जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको ५ हजारसम्म हात पर्ने ‘टपअपमा टपअप धमाका’

मुक्तिनाथ विकास बैंकको ५ हजारसम्म हात पर्ने ‘टपअपमा टपअप धमाका’

मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ ।

पहिलो योजनाअनुसार कम्पनीले ‘टपअपमा टपअप धमाका’ सार्वजनिक गरेको छ ।

यस योजनामा कम्पनीको मोवाईल बैंकिङमार्फत् २०० रुपैयाँ वा सो भन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्रमार्फत् २०० रुपैयाँको टपअप प्राप्त गर्ने छन् । यो योजना आगामी पुस १९ गतेदेखि २५ गतेसम्मका लागि रहने कम्पनीले बताएको छ।

यसैगरी, कम्पनीले बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा कम्पनीको मोवाईल बैंकिङमार्फत् हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सकिने छ ।

त्यस्तै, पहिलेदेखि बिल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनःभुक्तानी गरेमा त्यस ग्राहकमध्ये बिजुलीको बिलअन्तर्गत एक जना र इन्टरनेट बिलअन्तर्गत एक जना ग्राहकले लक्की–ड्रमार्फत् ५ महिनासम्मको बिलभुक्तानी वा अधिकतम ५हजार रुपैयाँसम्म प्राप्त गर्न सकिने छ । यो योजना पनि आगामी पुस १९ गतेदेखि माघ १९ गते सम्मका लागि हुने कम्पनीको भनाइ छ ।

तेश्रो योजनाअनुसार कम्पनीको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत् प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी ५०० रुपैयाँसम्मको कारोबार रकम क्यूआरमार्फत् प्राप्त गरेमा वा लिएमा त्यस ग्राहकमध्ये ५ जना ग्राहकले लक्की–ड्रमार्फत् स्मार्ट वाच प्राप्त गर्ने छन् ।

यो योजना पनि पुस १९ गतेदेखि माघ १९ गते सम्मका लागि हुनेछ ।

कम्पनीले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तरगतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बताएको छ ।

580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका