जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा सप्ताहव्यापी १७ कार्यक्रम

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा सप्ताहव्यापी १७ कार्यक्रम

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी विभिन्न १७ कार्यक्रम आयोजना गरेको छ।

ती कार्यक्रमहरुअन्तर्गत बुधबार बैंकले कावासोतीमा डिजिटल मेला गरेको छ। मेलामा बैंकले कावासोती बजारमा रहेका विभिन्न व्यवसायसँग आबद्ध व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ। कार्यक्रममा ४२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरिएको थियो भने १० वटा नयाँ क्यूआर रजिस्ट्रेसन गरिएको थियो।

वार्षिकोत्सवकै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरनवलपुरको सकलादेवी माविमा ‘समावेशी बैंकिङ शिक्षाः आजको आवश्यकता’ विषयक अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नवलपुरको देवचुली नगरपालिकाभित्र रहेका विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेको प्रमुुख आतित्यथामा सम्पन्न भएको थियो। माध्यमिक तहअन्तर्गत नेपाल माविका छात्र सौर्य पौडेल प्रथम भएका थिए। त्यस्तै आधारभुत तहअन्तर्गत सकला माविकी छात्रा आकृति चापागाई प्रथम भएकी थिइन्।

बैंकले आफ्नो वार्षिकोत्सव सप्ताहका कार्यक्रमहरुअन्तर्गत बिहीबार रोल्पा होलेरीको महेन्द्र मावि अध्ययनरत ५ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक झोला हस्तान्तरण गरेको छ। उक्त विद्यालयका प्रधानाध्यापक वेद वेदान्त सूर्यवंशीलाई बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रवन्धक सुरेन्द्र भण्डारीले उक्त शैक्षिक झोलाहरु हस्तान्तरण गरेका थिए।

कार्यक्रममा प्रधानाध्यापक सूर्यवंशीले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शैक्षिक झोला प्रदान गरेर विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।

बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बिहीबार भैरहवास्थित संस्कृत विद्याश्रमलाई सोफा तथा टेवल हस्तान्तरण गरेको छ। उक्त विद्याश्रमका पीठाधीश श्री १००८ श्वामी शान्ताराम सरस्वतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले विद्याश्रमका अध्यक्ष तथा समाजसेवी डीआर शर्मालाई उक्त सोफा तथा टेबल हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुसाललगायत अन्य कर्मचारीको उपस्थिति थियो।

बैंकले वार्षिकोत्सवका अवसरमा गत शुक्रबारदेखि विभिन्न ठाउँमा १७ वटा कार्यक्रम सम्पन्न गरेको हो। हाल बैंकले आफ्ना १३५ सञ्जाल, ७७ वटा एटीएम बुथ तथा १७ वटा शाखारहित बैंकिङ केन्द्रमार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ।

1070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका