जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

राष्ट्र बैंकका दर्जनौ निर्देशन पालना नगरेको भेटिएपछि कुमारी र प्राइम कर्मशियल बैंक पर्‍यो कारवाहीमा !

नेपाल राष्ट्र बैंकले कालो सूची र जोखिम भारको नियम पालना नगरेको भेटिएपछि कुमारी बैंक लिमिटेड र प्राइम कर्मशियल बैंक लिमिटेडलाई कारवाही गरेको छ भन्दा अब फरक पर्दैन । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र कुमारी बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले ती दुई बैंकलाई नियामकीय पालना अवज्ञा गरेको भन्दै कारबाही गरेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केन्द्रीय बैंकले कुमारी बैंकलाई कालोसुची सम्बन्धी नियमको पालना नगरेको भन्दै कारबाही गरेको छ ।

कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था विपरित बैंकले काम गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम सचेत गराइएको भेटिएको छ ।

साथै चालु आवको पहिलो त्रैमासमा केन्द्रीय बैंकले प्राइम कमर्सियल बैंकलाई पनि कारबाही गरेको छ । केन्द्रीय बैंकको निरीक्षणका क्रममा प्राइमले केही कर्जालाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, केही कर्जालाई कर्जा बक्यौता अवधिको आधारमा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाको जोखिम भार गणना गर्दा तोकिए अुसार नगरेको पाइएको छ ।

नियामकिय पालना नगरे पनि प्राइम कमर्सियल बैंकलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ । साथै क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार केही कर्जाको जोखिम भार गणना नगरेको पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ । सचेत भया ।

ग्लोबल आईएमई बैंकको ८ प्रतिशत लाभांश स्वीकृत

ग्लोबल आईएमई बैंकले चुँक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । बैंकको १९औं वार्षिक साधारणसभाका अवसरमा बुधबार आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको उक्त नगद लाभांश स्वीकृत गरेको हो ।

सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले आव २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।

साधारणसभामा अध्यक्ष ढकालले सरकार र नेपाल राष्ट्र बैंकका नीति, नियम पूर्ण परिपालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरू सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे ।

साधारणसभामा राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रतिनिधि, सेयरधनी, संस्थागत सेयरधनीका प्रतिनिधि, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि, कर्मचारी समेत उपस्थित थिए । ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल’ २०२४ र २०२५, ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’, ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।

ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३ सय ५२ शाखा कार्यालय, ३ सय ८४ एटीएम, १ सय ५० शाखारहित बैंकिङ, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजारभन्दा बढी केन्द्रमार्फत सेवा दिँदै आएको छ । बैंकले रेमिट्यान्स सेवामार्फत नेपालीलाई विश्वभरिबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।

अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

‘गरिमा रोड रेस’को दोश्रो संस्करण घोषणा: भेट्रान वर्ग थपियो, आकर्षक पुरस्कार राशि

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गरिमा रोड रेस-२०८२ को दोस्रो संस्करण आगामी मंसिर ६ गते, शनिबार आयोजना गर्न लागेको छ।
गत वर्षदेखि सुरु गरिएको यो प्रतिस्पर्धामा यसपटक पनि तीन विधा(खुला (महिला र पुरुष), कर्पोरेट (महिला र पुरुष) र नयाँ थपिएको भेट्रान (महिला र पुरुष)राखिएको छ। खुलातर्फ १० किलोमिटर दूरी तय गर्नुपर्नेछ भने कर्पोरेट र भेट्रान दुवै समूहका प्रतियोगीहरूले ५ किलोमिटर दौड प्रतिस्पर्धा गर्नेछन्।

गत वर्ष खुला र कर्पोरेट विधासम्म सीमित रहेको प्रतियोगितामा यस वर्ष ४५ वर्षमाथिका महिला र ५० वर्षमाथिका पुरुषहरूलाई समेत सहभागी गराउने उद्देश्यले भेट्रान वर्ग थपिएको हो। आयोजकका अनुसार यसपटक करीब १,००० जना धावकहरू सहभागी हुने अपेक्षा गरिएको छ।

पुरस्कार राशिमा पनि आकर्षक व्यवस्था गरिएको छ। खुला तर्फका विजेताले जनही रु. ५०,०००, दोस्रोले रु. ३५,०००, तेस्रोले रु. २०,०००, चौथोले रु. १५,००० र पाँचौंले रु. १०,००० प्राप्त गर्नेछन्।

त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही रु. ३०,०००, दोस्रोले रु. २०,०००, तेस्रोले रु. १४,०००, चौथोले रु. १०,००० र पाँचौंले रु. ७,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।

रोड रेसको खुला वर्ग बालुवाटारस्थित गरिमा विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका-३ कार्यालय भवन पुगेर सोही बाटो हुँदै पुनः बालुवाटारमै समापन हुनेछ।

कर्पोरेट र भेट्रान वर्गको दौड भने सोही स्थानबाट सुरु भई न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटारमै समाप्त हुनेछ।

प्रतियोगितालाई व्यवस्थित र डिजिटल बनाउनका लागि बैंकले खल्ती एपसँग सहकार्य गरेको छ। इच्छुक धावकहरूले कार्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत रु. २० शुल्क तिरी रजिस्ट्रेशन गर्न सक्नेछन्। थप जानकारीका लागि बैंकको कल सेन्टर ०१-५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ।

गत वर्षको पहिलो संस्करणमा ६५० जना प्रतिस्पर्धी, जसमा ओलम्पिक धाविका सन्तोषी श्रेष्ठ समेत सहभागी थिइन्। यस वर्ष त्यसभन्दा अझ बढी धावकहरूको सहभागिता रहनेमा गरिमा विकास बैंकले विश्वास व्यक्त गरेको छ।

कुमारी बैंकको नयाँ निक्षेप योजना सार्वजनिक, हरेक खातामा एउटा रुख रोपिने

कुमारी बैंकले ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने बैंकले जनाएको छ । बैंकका अनुसार प्रत्येक निक्षेपकर्ताहरूको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रूपमा सहभागिता रहनेछ।

ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट खोल्दा साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, दुई लाखसम्मको फोनलोन सुविधा (योग्यताअनुसार) पाइने बैंकका दिगो बैकिङ विभागका प्रमुख अर्पण पौडेलले जानकारी दिए ।

यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने उनले बताए । सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको बैंकले जनाएको छ ।

इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने जनाइएको छ । विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै स्टार एजेन्सी मिट सुदूरपश्चिम प्रदेश र नेपालगञ्जमा सम्पन्न गरेको छ।

सुदूर श्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरूमध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेशमा र नेपालगञ्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए । साथै नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए।

नेपालगञ्ज क्षेत्रमा आयोजित कार्यक्रममा ट्रेनर अर्णिको सिंहले बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा ट्रेनर सैयद अफजल अहमदले अभिकर्ताहरूलाई ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कलाको सुधार र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माणका उपायहरूबारे उपयोगी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सीईओ पाण्डेले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिए ।

सिटिजन लाइफको अवार्ड वितरण र सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले देशका विभिन्न क्षेत्रमा आयोजना गरेको ‘अवार्ड वितरण तथा सीप अभिवृद्धि समारोह’ सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र सहकार्य प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ । प्रत्येक कार्यक्रममा २५० देखि ३६० जना सहभागी भएका थिए ।

कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का ‘ब्रोनज क्लब क्वालिफायर’ हरूलाई सम्मान गरिएको थियो । साथै विभिन्न दिनहरूमा उत्कृष्ट प्रदर्शन गर्ने ‘हिरो अफ द डे’ उपाधि प्राप्त लिडरहरूलाई पुरस्कार प्रदान गरिएको थियो । तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत, प्रमुख बजार व्यवस्थापन अधिकृत र प्रमुख कार्यकारी अधिकृतले सञ्चालन गरेका थिए ।

उनीहरूको प्रेरणादायी सत्रले सहभागीहरूमा नयाँ उत्साह र जोश भरिएको कम्पनीको भनाइ छ । कार्यक्रमपछि आयोजित मनोरञ्जनात्मक सत्रमा लोकप्रिय लोकगायक मिलन लामाले पोखरा र काठमाडौंमा आफ्ना गीत प्रस्तुत गरी माहोल झनै रोचक बनाएका थिए । सहभागीहरूले यसबाट नयाँ ऊर्जा र प्रेरणा प्राप्त गरेको बताएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना लिडरहरूमा सकारात्मक सोच र पेशागत क्षमता फैलाउने संस्कृतिलाई निरन्तरता दिँदै आएको जनाएको छ । कम्पनीका अनुसार कडा मेहनत गर्ने लिडरहरूको सम्मान र पुरस्कार प्रदान गर्नु यसको नीति र मूल्यको महत्त्वपूर्ण अङ्ग हो । निकट भविष्यमा पश्चिम तथा हेटौंडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ ।

साउनदेखि रोकिएको जग्गा कित्ताकाट खुलायो सरकारले

सरकारले साउन १ बाट रोकिएको जग्गाको कित्ताकाट खोलेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुला गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाले बताए। भू-उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेसँगै कित्ताकाट खुला भएको मन्त्री सिंहले बताए। ‘कित्ताकाट खुला भएको छ। केही दिनमै राजपत्रमा आउँछ,’ मन्त्री सिन्हाले भने।

सरकारको निर्णय स्वागतयोग्य भएको नेपाल घरजग्गा व्यवसायी महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए। ‘किनबेच गर्नसमेत नपाएर व्यवसाय ठप्प थियो। अब घरजग्गा व्यवसायमा केही सुधार हुने आशा गरेका छौ,’ घिमिरेले भने।

सरकारले २०८१ भदौ २७ मा भूउपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न स्थानीय तहहरूलाई २०८२ असारसम्मको समय दिएको थियो। तर, यो अवधिमा २५३ स्थानीय तहले मात्र वर्गीकरण सकाएको थियो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७४ साउन २६ गते देशभरि कृषियोग्य भूमि खण्डीकरण बढेको भन्दै कित्ताकाटमाथि रोक लगाएको थियो। अर्को वर्ष तत्कालीन भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले कित्ताकाट खुलाएकी थिइन्।

तर यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। २०७७ मंसिरमा जग्गाको कित्ताकाट गर्न सर्वोच्च अदालतले रोक लगाइदियो। त्यसपछि कित्ताकाटको किचलो जारी रह्यो।

यसबीचमा भूमिसम्बन्धी नियमावली जारी भयो। नियमावलीमा जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्र भनेर वर्गीकरण गर्नुपर्ने व्यवस्था छ।

तर स्थानीय तहले वर्गीकरण गर्न नसकेर कित्ताकाट नहुँदा कारोबार ठप्प भएपछि अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन भन्दै २०८० साउनमा मन्त्रिपरिषद् बैठकले २०८१ सम्म असारका लागि कित्ताकाट फुकुवा गर्‍यो।

नियमावलीअनुसार २०८१ साउन ३२ गतेभित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने थियो। म्याद गुज्रिँदा पनि जग्गा वर्गीकरण नभएपछि २०८१ भदौ २५ गते मन्त्रिपरिषद्ले फेरि २०८२ असारसम्मका लागि कित्ताकाट फुकुवा गर्‍यो।

२०८१ भदौ २७ मा भूउपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न स्थानीय तहहरूलाई २०८२ असारसम्म समय दिइएको थियो। स्थानीय तहले भने जनशक्ति नभएको भन्दै वर्गीकरणमा ढिलासुस्ती गरिरहेको छ।

पूर्वसांसद देवीप्रसाद भट्टचन रिहा

पूर्वसांसद देवीप्रसाद भट्टचन रिहा भएका छन्। प्रहरीले म्याद थप गर्नका लागि उपस्थित गराएकामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अहिले हिरासतमा राख्नु नपर्ने भन्दै म्याद थप गर्न नमानेपछि भट्टचन रिहा भएका हुन्।

भट्टचन नेकपा (एमाले) का निवर्तमान सांसद हुन्। ‘अहिले हिरासतमा राख्नु परेन। तारिखमा राख्नु भनेर छोडेका हौं,’जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्माले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कात्तिक ११ गते ललितपुरको गोदावारीबाट उनलाई नियन्त्रणमा लिएको थियो।

आइएमई लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडले मंगलबार काठमाडौंमा २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्ष ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा क्षेत्रमा अग्रणी कम्पनीको रूपमा आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डका रूपमा स्थापित भएकोमा सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरे । उनले कम्पनीले २५ वर्षको यात्रामा व्यावसायिक दायरा विस्तार गर्दै नयाँ प्रविधि र रणनीतिका साथ आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

ढकालका अनुसार आइएमईले प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवाको विस्तार र विविधीकरणमार्फत कम्पनीलाई ‘पूर्ण वित्तीय समाधान प्रदायक संस्था’को रूपमा विकास गर्ने नीति लिएको छ ।

त्यस्तै, आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडले २५ वर्षमा परिपक्वता हासिल गर्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा उल्लेखनीय योगदान दिएको बताए । उनले आइएमई आज देशकै सर्वाधिक विश्वसनीय ब्रान्डका रूपमा स्थापित हुनु गौरवको विषय भएको टिप्पणी गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउने योजना रहेको जानकारी दिए । साथै, उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

दराजको ११.११ अभियानमा सामान खरिद गर्दा महालक्ष्मी विकास बैंकका ग्राहकलाई २००० रुपैयाँ सम्म छुट

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरि सहकार्य भएको छ।

११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधाहरुलाई अझ विस्तार गर्दै जाने नीति अनुरुप दराज नेपाल सँग सहकार्य भएको हो। सहकार्य अन्तर्गत २०८२ कार्तिक २५ गते देखी २०८२ मंसिर ५ गते सम्मको लागि लागू हुने गरि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरुले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ सम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार सम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नु पर्नेछ। योजना अवधीभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ। यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हालै मात्रबैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरि खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ। यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमाभुक्तानगर्न मिल्ने गरि रुपान्तरण गर्न समेत सक्नेछन्।

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको सञ्चालक समिति बैडकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ ।

ग्लोबल आईएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’, बचतको नयाँ तरिका

ग्लोबल आईएमई बैंकले ‘गोल बेस्ड सेभिङ’ योजना ल्याएको छ । लक्ष्य निर्धारण गरी सोअनुसारको रकम बचत गर्न सक्नेगरी बैंकले यो योजना ल्याएको हो । यस योजनामा ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरूवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

‘ग्राहकले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन्’ बैंकले भनेको छ ‘यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिनादेखि अधिकतम २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।’

ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक बचत गर्नुपर्ने रकम, पाउने ब्याजदर र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।यस योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक राख्ने विकल्प ग्राहकले छनोट गर्न सक्नेछन् । साथै ग्राहकले आफूले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ’ मा टप अप गर्न सक्नेछन् ।

उक्त योजनामा राउन्डअप सेभिङको सुविधा पनि छ । राउन्डअप सेभिङ अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् । यस राउन्डअप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प छन् । यो सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरुप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् ।

साथै विकल्पहरू पनि आवश्यकता अनुरुप परिवर्तन गर्न सक्नेछन् । नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनोट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।

फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा उक्त निर्धारित लक्ष्य योजनामा निश्चित रकम बचत गर्ने भन्ने हुन्छ । जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनोट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।

प्रतिशत विकल्प छनौट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनोट गरिएको छ भने २०० रुपैयाँको क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ ।

उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम् ब्याजदर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत् सिधै बचत गर्न सक्नेछन् ।

साथै उक्त योजनामा आवद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्नेछन् । साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाइल बैंकिङबाट सञ्चालन गर्न सकिनेछ । आफ्नो ‘गोल बेस्ड सेभिङ’ को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत् हेर्न सक्ने सुविधा छ ।