सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीलगायत देशैभरिका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ।
सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहातलगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन कम्पनीबाट ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएबमोजिम १ करोड ५० लाख रुपैयाँबराबरको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले आजै अर्थमन्त्री रामेश्वर खनालसमक्ष हस्तान्तरण गरेका छन्।
कम्पनीले विगतमा समेत विशेषगरी शिक्षा र स्वास्थको क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। हालको अवस्थामा समेत नेपाल सरकारले स्थापना गरेको उक्त भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कम्पनीबाट भएको सहयोगले क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहातलगायतका कार्यका निम्ति सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
यसका साथै विपदको घडीमा राष्ट्रले आह्वान गरेका यस प्रकारका अभियानमा सूर्यज्योति लाइफको निरन्तर साथ रहने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरेका छन्।
स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने छन् ।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ ।
उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले स्पष्ट पारेको छ ।
साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध गरिएको छ ।
माइतीघरमा शीर्ष नेताहरुको तस्विर राखेर लेखियो ‘भ्रष्टाचारी’, प्रदर्शनकारीलाई समाउन नहुने माग
माइतीघर क्षेत्रमा अहिले पनि केही व्यक्ति प्रदर्शन गरिरहेका छन्। दसैंको समयमा पनि माइतीघरमा जेनजी प्रदर्शन दमन गर्नेलाई पक्राउ गर्नुपर्ने भन्दै केही प्रदर्शन गरिरहेका छन्। यसबीच त्यहाँ राजनीतिक दलका शीर्ष नेताहरुको तस्विर राखेर प्रदर्शन गरिएको छ। पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओलीलाई ‘हत्यारा’ भनेर लेखिएको छ भने शेरबहादुर देउवा, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालको तस्विरमा ‘भ्रष्टाचारी’ लेखेर टाँगिएको छ।
यस्तै, पूर्व गृहमन्त्रीलाई नरसंहरकारकर्ता, पूर्व परराष्ट्र मन्त्री आरजु देउवा भ्रष्टाचारी र पूर्व मन्त्री महेश बस्नेतलाई ‘झोले’ लेखेर टाँगिएको छ। पहिला यस्ता ब्यानर प्रहरीले राख्न दिँदैन थियो। केही युवा समूहले जेनजी प्रदर्शनमा सहभागीहरुलाई पक्राउ गर्न नपाउने भन्दै नारा पनि लेखेका छन्। विध्वंस मच्चाउनेबाहेक प्रदर्शनकारीलाई समाउन नहुने माग उनीहरुको छ।
प्रहरीले तोडफोड, आगजनी र लुटपाटमा संलग्न केहीलाई पक्राउ गरेको थियो। तर, गृहमन्त्रालयले प्रहरीको प्रक्रियामा हस्तक्षेप पुर्याउँदै तत्काल कुनै गिरफ्तारी नगर्न भनेको छ। यसको अहिले सर्वत्र विरोध भइरहेको छ।
सुमेरु पोलिमर्सले आईपीओ निष्काशन गर्ने
सुमेरु पोलिमर्स लिमिटेडले सर्वसाधारणलाई लक्षित गर्दै प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।
यस अन्तर्गत कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनसम्बन्धी सम्झौता २०८२ साल आश्विन १२ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो। सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।
सुमेरु पोलिमर्स लिमिटेडले हालसम्म निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न पाइप तथा फिटिङ्ग उत्पादित गर्दै आएको छ। कम्पनीले विशेषगरी पीभीसी पाइप तथा फिटिङ्ग्स, एचडिपिई पाइप, र सिपिभिसी पाइप तथा फिटिङ्ग्सको उत्पादन गर्दै आएको छ। यी उत्पादनहरू निर्माण, सिँचाइ र औद्योगिक प्रयोजनमा प्रयोग हुने प्रमुख सामग्री मानिन्छन्।
कम्पनीको दर्ता कार्यालय काठमाडौंको कुलेश्वरमा रहेको छ भने मुख्य फ्याक्ट्री काभ्रेको पनौती नगरपालिका–९ मा करिब ११ रोपनी क्षेत्रफलमा स्थापना गरिएको छ। वि.सं. २०७४ सालमा प्राइवेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको यस कम्पनीले हाल व्यवसायिक उत्पादनलाई विस्तार गर्दै आएको छ।
आईपीओ निष्काशनमार्फत कम्पनीले आम लगानीकर्तालाई आकर्षित गर्नुका साथै व्यवसाय विस्तारका लागि आवश्यक पूँजी संकलन गर्ने लक्ष्य राखेको जनाएको छ। यससँगै कम्पनी पूँजी बजारमा प्रवेश गर्ने तयारीमा रहेको छ, जसले यसलाई दीर्घकालीन व्यवसायिक योजनामा सशक्त बनाउने अपेक्षा गरिएको छ।
ओली र लेखकलाई पक्राउ गर्न दबाब
जेनजी अगुवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा दबाबमूलक अभियान सुरु गरेका छन्। उनीहरुले जेनजीको भदौ २३ गतेको प्रदर्शन दबाउन मुख्य भूमिका निर्वाह गरेको भन्दै ओली र लेखकलाई पक्राउ गर्न दबाबमूलक अभियान सुरु गरेका हुन्। जेनजी अगुवा रक्षा बमले जेनजीको प्रदर्शनमा भएको आमहत्याका दोषीलाई कारबाही गर्न माग गरेकि छन्।
‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ बमले फेसबुकमा लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ। हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्। ’जेनजी अगुवा युजन राजभण्डारीले सामाजिक सञ्जालमा ‘हरेक गोलीको हिसाब हुनेछ। एरेस्ट केपी ओली’ भनेका छन्।
सुधन गुरुङले फेसबुकमा ‘देशका लागि गर या मर’को अवस्था भन्दै यो अभियानलाई ट्रेन्डिङ बनाउन आग्रह गरेका छन्।
‘द काउन्सिल अफ जेनजी’ लोगोसहित गुरुङले ओली र लेखकको फोटो राखेर पोस्टरसमेत सार्वजनिक गरेका छन्। ‘एरेस्ट केपी शर्मा ओली, एरेस्ट रमेश लेखक, एरेस्ट मर्डरर’ ह्यासट्यागमा बनाइएको पोस्टरमा ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौं’ भनिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए। भदौ २३ गतेको प्रदर्शनका क्रममा प्रदर्शनकारीमाथि अन्धाधुन्धरुपमा गोली चलाउँदा १९ जनाको तत्कालै मृत्यु भएको थियो। त्यो दिन गोली लागेका ३०० भन्दा बढी प्रदर्शनकारीमध्ये ३० जना अझै अस्पतालमा उपचाररत छन्। गृह मन्त्रालयका अनुसार दुई दिने प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो।
२३ गतेको प्रदर्शनमा भएको दमन र २४ गते भएको विध्वंशबारे छानबिन गर्न सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिसकेको छ।
आयोगले ओली र लेखकका साथै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई उपत्यका नछाड्न भनिसकेको छ।
दशैंमा ६२ अर्ब रुपैयाँ बराबरको ‘सुकिला नोट’ बजारमा
नेपाल राष्ट्र बैंकले दशैंमा साना र ठूला दरका गरी करिब ६२ अर्ब रुपैयाँ भन्दा बढीको नोट बजारमा पठाएको छ । नेपाल राष्ट्र बैंकले दशैंको लागि सुकिला नोट सटही गर्न सुरु गरेपछि ६२ अर्ब भन्दा बढीको नोट बजारमा पठाएको देखिएको हो ।
राष्ट्र बैंकले २९ भदौदेखि दशैं लक्षित गर्दै सुकिला नोट सटही सुरु गरेको थियो । ५ रुपैयाँ दरका नयाँ नोट नै सटही गरे पनि १ देखि १०० सम्मका भने सुकिला नोट भनेर पुरानो नोट नै बजारमा पठाएको थियो । दशैंका लागि सुकिला नोट सटही र ठूला दरका नोट समेत गरी ६२ अर्बका नोट बजारमा पठाएका राष्ट्र बैंकको तथ्यांक छ ।
दशैंको लागि सुकिला नोट सटही सुरु गर्नु पहिले २८ भदौमा राष्ट्र बैंक भन्दा बाहिर रहेको चलनचल्तिको नोट ७ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरका थिए । दशैं बिदा सुरु हुनुअघि ११ असोजमा ७ खर्ब ९३ अर्ब ७९ करोड रुपैयाँ बराबरको नोट बजारमा रहेकामा दशैंपछि १९ असोजमा ८ खर्ब १ अर्ब १४ करोड रुपैयाँ बराबरको नोट बजारमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
दशैंमा बैंकहरुले एटीएममा भरेको नगद सकिँदा दशैंपछिको पहिलो दिन केही नोट बैंकहरुले भल्टको लागि लगेर दशैं पछिको पहिलो दिन राष्ट्र बैंकभन्दा बाहिर रहेका नोट अझै बढेको राष्ट्र बैंकले जनाएको छ ।
निर्वाचन आयोगले बनायो चुनावी तालिका, नयाँ दल दर्ता गर्ने म्याद कात्तिक मसान्तसम्म
निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि तालिका बनाएको छ। आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचन तालिका स्वीकृत गरिएको बताएको छ। आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म तोकेर निर्वाचन तालिका बनाएको हो।
‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ,’ आयोगले भनेको छ। फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ। फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ। समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीतर्फमतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिनेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेस गर्नुपर्ने तालिका छ। नयाँ दल दर्ताका लागि कात्तिक अन्तिमसम्मको समय तोकिएको छ। ‘आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले मिति कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ,’ आयोगले भनेको छ।
किन तोकिएन मनोनयनको समय?
निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ता, दाबी विरोध तथा उम्मेदवारको नामावली प्रकाशनको समय राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले हालका लागि नतोकिएको बताएको छ। ‘मनोनयनको मिति राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले नतोकिएको हो। अलि पछि मात्रै तोकिन्छ,’ निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने। मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र त्यसकै वरिपरि उम्मेदवारी दर्ताको समय तोक्ने आयोगको तयारी छ।
चाडपर्वलक्षित अटो लोन योजनामा कोभन्दा को कम
गाडी किन्न वाणिज्य बैंकहरूले अहिले धमाधम स्थिर ब्याजदरमा कर्जा दिइरहेका छन्। कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने गरी न्यूनतम ७.४९ प्रतिशतदेखि अधिकतम ११.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा बैंकहरुले ऋण दिइरहेका हुन्।
अधिक तरलताका कारण बैंकहरूले लामो अवधिका लागि स्थिर ब्याजदरमा गाडी कर्जा दिइरहेका छन्। पछिल्लो समय निरन्तर ब्याजदर घटेका कारण कर्जाको औसत ब्याजदर ७.७६ प्रतिशतमा झरेको छ।
ब्याजदर निरन्तर घटेपनि कर्जाको माग भने बढ्न सकेको छैन। घट्दो ब्याजदर र चाडपर्वलाई लक्षित गर्दै बैंकहरूले सस्तो ब्याजदरका अटो कर्जाको अफर ल्याउन थालेका छन्।
चाडपर्वलाई लक्षित गर्दै एभरेष्ट बैंकले ७.४९ प्रतिशत ब्याजदरमा अटो कर्जा ल्याएको छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ।
परिवर्तित ब्याजदरको हकमा भने बैंकहरूले ६ प्रतिशत ब्याजदरमा अटो कर्जा दिइरहेका छन्। नेपाल बैंकले ५.९९ प्रतिशत परिवर्तित ब्याजदरमा अटो कर्जा दिइरहेको छ।
अन्य बैंकहरूले ६/७ प्रतिशत परिवर्तित ब्याजदरमा अटो कर्जा दिन्छन्। परिवर्तित ब्याजदर दिएको कर्जा बेसरेट बढेपछि भने बढ्छ। अधिकांश बैंकहरूले एकल अंकको स्थिर ब्याजदरमा अटो कर्जा दिएका छन्।
प्रभु बैंकले ८ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेको छ। ५ बैंकहरूले लामो अवधिको स्थिर ब्याजदरको कर्जाका लागि १० प्रतिशत बढी ब्याज लिन्छन्।
माछापुच्छ्रे बैंकले ५ वर्ष अवधिको अटो कर्जा साढे ९ प्रतिशत स्थिर ब्याजदरमा दिइरहेको भएपनि १० वर्ष अवधिको स्थिर ब्याजदरको कर्जामा भने दोहोरो अंकको ब्याजदर कायम गरेको छ। त्यसैगरी, लक्ष्मी सनराइज बैंकले न्यूनतम ७.४७ देखि अधिकतम ११.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिन्छ।
एभरेष्ट बैंकका सीइओ सुदेश खालिङ ७ वर्ष अवधिको अटो कर्जा ७.४९ प्रतिशत स्थिर ब्याजदरमा दिइरहेको बताउँछन्।
‘निरन्तर तरलता बढ्दै गइरहेको छ। वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ७५ प्रतिशत छ,’ उनले भने, ‘पर्याप्त तरलता र चाडपर्व लक्षित गरी सस्तो ब्याजदरमा स्थिर ब्याजदरको अटो कर्जा ल्याएका हौं।’
प्रायजसो बैंकहरूले चाडपर्वलाई मध्यनजदर गर्दै विभिन्न स्किम समेत ल्याउने गरेको उनको भनाइ छ।
ग्लोबल आइएमई बैंकका डेपुटी सीइओ सुमन पोखरेलले सस्तो स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेको जानकारी दिए।
‘नाडा अटो शोलाई मध्यनजर गर्दै अटो कर्जाको स्किम ल्याएका थियौं। त्यसले कर्जा पनि बढाएको थियो,’ उनले भने, ‘चाडपर्व लक्षित गरेर अहिले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेका छौँ।’
एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न आग्रह
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। “आयकर ऐन २०५८” बमोजिम करकट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागमा पेश गर्नुपर्ने भएकाले ग्राहकले तत्काल प्यान अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार प्यान अद्यावधिकका लागि ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको PAN Update विकल्प प्रयोग गर्न सक्नेछन्। साथै, आफूलाई सहज हुने जुनसुकै शाखाबाट पनि प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
एन आई सी एशिया बैंकले निक्षेपकर्तालाई भुक्तानी गरिएको ब्याजमाथिको कर (Tax Deducted at Source – TDS) E-TDS प्रणालीमा प्रविष्ट गर्न प्यान अनिवार्य रहेको स्पष्ट पारेको छ। प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण स्वचालित रूपमा अनुसूची–१० मा मिलान हुने भएकाले ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ। यसले बैंकसम्म धाउनुपर्ने झन्झट पनि अन्त्य गर्ने बताइएको छ।
तर, प्यान अद्यावधिक नगरिएमा E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा वा थप कर समायोजन गर्नुपर्ने अवस्थामा बैंक जिम्मेवार नहुने चेतावनीसमेत दिइएको छ।
यसअघि प्यान उपलब्ध गराएको भए पनि करकट्टी विवरण समावेश नभएका ग्राहकले नजिकैको शाखा कार्यालय वा बैंकको ग्राहक सम्पर्क केन्द्र (फोन नम्बर १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गरी सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
बैंकले आफ्नो लाखौं ग्राहकलाई कर प्रशासन प्रणालीमा सहज पहुँच दिलाउन यो पहललाई महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।
सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशीलः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसँगको भेटमा उनले सुरक्षा प्रत्याभूति दिने र दण्डहीनता मौलाउन नदिने सरकारको अडान स्पष्ट गरे।
सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ्ग सहुलियत तथा विमा क्षेत्रमा सहजीकरणका कार्यक्रम अघि सारेको छ। साथै सन्दर्भ मूल्य खारेज गरी भन्सारमा अनलाइन डेटाबेस प्रणाली लागू गरेपछि बजारमा पारदर्शी कारोबारलाई प्रश्रय मिल्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री खनालले असोज ९ गते उद्घाटन गरेको यो प्रणालीले ६–६ महिनामा परिमार्जन हुँदै जाने र व्यवसायीहरूको गुनासो सम्बोधन गर्ने विश्वास व्यक्त गरिएको छ।
निजी क्षेत्रका अध्यक्षहरूले सरकारको यो कदमको प्रशंसा गर्दै नयाँ प्रणालीको उपयोग गर्न उद्यमी व्यवसायीलाई आग्रह गरेका छन्। भन्सारमा जाँचपास भएका वस्तुको मूल्य विवरण संकलन गर्ने यो डिजिटल प्रणालीले कारोबार मूल्यको विश्लेषण र तुलना सहज बनाउने बताइएको छ।
भेटका क्रममा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले हालको अस्थिरताले ८१ प्रतिशत अर्थतन्त्र र ८६ प्रतिशत रोजगारीमा योगदान गर्ने निजी क्षेत्र प्रभावित भएको भन्दै आक्रमण, आगजनी र लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। उनीहरूले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्दै उद्यमी व्यवसायीलाई निर्वाध वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।
अध्यक्षहरूले लगानी बढाउन बहुपक्षीय वित्त सम्मेलन आयोजना गर्नुपर्ने सुझावसमेत दिएका छन्। साथै, निर्वाचन नै खुला बजार अर्थतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउने भएकाले समयमै निर्वाचन सम्पन्न गर्न निजी क्षेत्र तयार रहेको स्पष्ट पारेका छन्।
२० प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो कात्तिक १२ गते सेयरधनी भेला
२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
डिशहोम र सिद्धार्थ हस्पिटालिटीबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा
डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गरेको छ ।यस साझेदारीअन्तर्गत डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २० प्रतिशत छुट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् ।
डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत आवासमा २० प्रतिशत छुट र फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट रहेको छ । ‘सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं,’ डिशहोमका सीईओ तारा मानन्धरले बताए ।
डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एपमा उपलब्ध छ। ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्ने जनाइएको छ।












