जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

बैंकमा रहेको सर्वसाधारणको पैसा सुरक्षित

जेनजीले मंगलबार गरेको प्रदर्शनका कारण बैंक तथा वित्तीय संस्थाहरूमा पनि भौतिक क्षति भएको छ । आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा बैंक तथा वित्तीय संस्थाका केही शाखा कार्यलयमा क्षति पुगेको हो ।

प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थाका कार्यलयमा आक्रमण गर्दा भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भने नभएको छाता संगठनका प्रतिनिधिले बताएका छन् ।

बैंक तथा विकास बैंकहरूका केही शाखा कार्यलयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

मंगलबार राति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोड र लुटपाट गर्न खोजिए पनि नेपाली सेनाका कारण मानवीय र नगद नोक्सानी नभएको उनले बताए ।

त्यसैगरी केही स्थानका एटीएम मेसिन तोडफोड गरी नगद झिक्न खोजिए पनि त्यो असम्भव हुने भएकाले नगदको नोक्सानी हुनबाट बचेको कोइरालाको भनाइ छ ।

उनका अनुसार हालसम्म कुनै पनि बैंकको कार्यलयबाट नगद लुट्ने खालको गतिविधि भएको छैन । कार्यालयका झ्यालढोका फुटाउने तथा फर्निच तोडफोड भने भएका छन् ।

मंगलबारको प्रदर्शनका कारण के कस्ता क्षति भयो भन्ने यकिन जानकारी नआइसकेको उनले बताए ।

‘बैंकका कार्यलयमा कर्मचारीहरू पनि नभएको र के कस्तो क्षति भएको छ भनेर अनुमान गर्न पनि सम्पर्क गरेर जनकारी लिने अवस्था नभएकाले क्षतिको विवरण आउन सकेको छैन,’ उनले भने ।

बैंकका कार्यलयमा भएको क्षतिका सन्दर्भमा बुधबार मात्रै संकलन सुरु गरेको उनको भनाइ छ । ‘हालसम्म नगद नै क्षति भएको भन्ने आएको छैन, तोडफोड भने भएको छन्,’ उनले भने ।

कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको उनले बताए । बैंकिङ क्षेत्रमा भएको क्षतिको विवरण खोज्ने काम सुरु भएको उनको भनाइ छ । दसौं हजार कर्मचारीलाई घरतिर पठाएकाले पनि विवरण संकलनमा केही जटिलता आएको उनले बताए ।

त्यसैगरी डेभलपमेन्ट बैंकर्स संघले पनि मंगलबारको आन्दोलनको असरबारे बुधबार बिहान छलफल गरेको छ । डेभलपमेन्ट बैंकहरूमा पनि मंगलबारको आन्दोलनबाट खासै क्षति नभएको संघको निष्कर्ष छ ।

संघ कोषध्यक्ष कपिल ढकालका अनुसार क्षति भएको हुन सक्ने अनुमान गरिए पनि त्यसको विवरण के कस्तो छ भनेर छलफल गर्दा खासै नोक्सान नभएको जानकारी आएको बताए ।

आन्दोलकारीहरूको उद्देश्य बैंकहरूमै आक्रमण गर्ने नदेखिएकाले पनि क्षति नभएको उनको भनाइ छ । ‘अब यो गाउँपालिका अध्यक्ष, उपाध्यक्षको घरहरू भएको ठाउँमा घर जलाउँदा बैंक पर्ने छुट्टै भयो,’ ढकालले भने, ‘विकास बैंकहरूमा पनि सामान्य भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भएको छैन ।’

मंगलबारको प्रदर्शनमा सिंहदरबार सहित अधिकांस सरकारी कार्यलयमा तोडफोड र आगजनी भएको छ । त्यसका साथै केही उद्योग तथा व्यवसाय, उद्योगीका निवासमामा पनि आगजनी तोडफोड भएको छ ।

राष्ट्र बैंकले विदाको सूचना दिन नसक्दा बैंकवित्तका कर्मचारी कार्यालय पुगेर फर्किए !

नेपाल राष्ट्र बैंकले समयमै सही सूचना दिन नसक्दा मंगलबार धेरै बैंकका कर्मचारीले दुख पाएका छन् । बैंक बीदा हो वा होइन भन्ने कुरा बैंकका शाखा प्रवन्धकलाई थाहा भएन । न त यस बारेमा राष्ट्र बैंकले नै सूचित गर्न सक्यो ।

अहिलेको जेनजी आन्दोलन र लगाइएको कर्फयूका बेला बैंक वित्त खोल्ने वा नखोल्ने भन्नेबारे नेपाल राष्ट्र बैंकले अहिलेसम्म आधिकारीक सूचना जारी गरेको छैन । यसैको मारमा बैंकका कर्मचारी परेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डीत र सहप्रबक्ता सुमन न्यौपानेलाई हामीले यस विषयमा धेरै सम्पर्कको कोशीस गरेका थियौं ।

तथापी केन्द्रीय बैंकको वेभसाको टेलीफोनमा सम्पर्क हुनै सकेन । सोमबार र मंगलबार भएको आन्दोलनमा पनि कैयौं बैंकका कर्मचारी बैंक पुगेर फर्किए । नेपाल राष्ट्र बैंकले आधिकारकि सूचना समयमै दिन नसक्दा मंगलबार बैंक वित्त खोल्ने या नखोल्ने धेरैजसो सिइओहरु अन्यौलमा परे ।

राष्ट्र बैंकसँग समन्वय गरेर काठमाडौंसहित कर्फ्यु लागेका स्थानमा रहेका बैंकका शाखा बन्द गरिएको नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।

तथापी यसबारे नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक शोशल मिडिया वा वेभसाइटमा केही उल्लेख गरेको छैन । सुरक्षाकर्मीलाई अहिलेसम्मको अबस्थामा हेर्ने हो भने सुरक्षाको अबस्था थेग्न कठिन छ ।

वाणिज्य बैंक लुटपाट र आगजनि गर्ने पाँचजनालाई नेपाली सेनाले पक्राउ गर्यो

राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा लुटपाट गर्ने पाँच जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक आगजनी सहित लुटपाट गर्ने ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो । राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा लुटपाट पछि आगजनी भएको थियो । सो बैंक लुटपाट गर्ने पाँचजनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।

जेनजी आन्दोलन : कर्फ्यु लागेसँगै बैंक तथा वित्तीय संस्थाका शाखा बन्द

जेनजी आन्दोलनलाई मत्थर पार्न काठमाडौं प्रशासनले चक्रपथभित्र कर्फ्यु आदेश जारी गरेसँगै बैंक तथा वित्तीय संस्थाका शाखा पनि बन्द भएका छन् ।

काठमाडौं उपत्यकासहित बाहिरी जिल्लाहरुका शाखा पनि बन्द भएका छन् । राष्ट्र बैंकसँग समन्वय गरेर काठमाडौंसहित कर्फ्यु लागेका देशभरका विभिन्न स्थानमा रहेका बैंक शाखा बन्द गरिएको नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन्।

कफ्र्यु नलागेका क्षेत्रमा भने ग्राहकलाई असुविधा नहोस् भनेर बैंक तथा वित्तीय संस्थाबीच आपसी समन्वयमा सीमित समयका लागि शाखा सञ्चालन गरिएको छ । अत्यावश्यक सेवा निरन्तर दिन सकियोस् भन्ने उद्देश्यले शाखा खोल्ने निर्णय गरिएको संघले जनाएको छ ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालको परिस्थितिलाई ध्यानमा राखेर मंगलबारको शेयर कारोबार स्थगन गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै शेयर कारोबार स्थगन गरिएको जानकारी गराएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाको चक्रपथभित्र कर्फ्यु आदेश जारी गरेको र धेरै कारोबार सदस्य (ब्रोकर) तथा लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भएकोले कारोबार स्थगन गरिएको सूचनामा उल्लेख छ।

नेप्सेले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको जनाएको छ।

जेनजी प्रदर्शनः चार वटा बैंक शाखामा क्षति, थुप्रै एटीमएहरु फोडिए

देशभर फैलिएको जेन–जी पुस्ताको आन्दोलनले काठमाडौंसहित देशका विभिन्न शहरमा बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष प्रभावमा पारेको छ ।

भ्रष्टाचार नियन्त्रण, असमानता अन्त्य र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै सुरु गरिएको आन्दोलन क्रमशः हिंसात्मक रुप लिँदै जाँदा चार वटा बैंकका शाखा तोडफोडमा परेका छन् भने थुप्रै एटीएम मेसिन तोडिएका छन् ।

नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोड गरी बैंकको भल्टमा प्रवश गर्ने कोसिस भएको थियो । मंगलबार राति बैंककमा तोडफोडमा संलग्नहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । बैंकको शाखामा भौतिक क्षति भएपछि भल्ट सुरक्षित रहेकोले नगदमा कुनै क्षति पुगेको छैन । त्यस्तै मारवाडी सेवा समितिको बत्तिसपुतलिमा रहेको भवन प्रदर्शनकारीले जलाउँदा उक्त भवनमा रहेको हिमालयन बैंकको शाखा कार्यालय पूर्ण रुपमा नष्ट भएको छ । बैंकको उक्त शाखामा रहेको भल्ट भने सुरक्षित रहेको छ ।

अन्य केही एटीएमहरुमा पनि तोडफोड भए पनि नगद भने सुरक्षित रहेको छ । काठमाडौंको टंगालमा रहेको भाटभटेनी सुपरमार्केट प्रदर्शनकारीले जलाउँदा उक्त स्थानमा रहेका बैंकको एटीएमहरुमा भने क्षति पुगेको छ ।

भाटभटेनीको चितवनस्थित भरतपुर र मोरङको विराटनगर स्टोर भएको स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि शाखा कार्यालय रहेकोमा यी २ वटा शाखा कार्यालय पूर्ण रुपमा क्षति भएको छ । बैंकको भल्ट सुरक्षित रहेकोले नगद भने सुरक्षित नै रहेको बताइएको छ।

थापाथलीमा रहेको सेन्ट्रल विजेनस पार्क पुर्ण रुपमा जलेको छ । जसले गर्दा उक्त टावरमा रहेको ग्लोबल आईमई बैंकको शाखा कार्यालय पनि पुर्ण रुपमा क्षति पुगेको छ ।

यसबाहेक सरकारी कार्यालयमा आगजनी हुँदा सरकारी कार्यालयमा रहेको बैंकहरुको सेवाकेन्द्रहरु भने पूर्ण रुपमा क्षतिग्रस्त भएको बैंकर्स संघले जनाएको छ ।

यता राष्ट्र बैंक समेतको समन्वयनमा देशभर बैंकका शाखा र एटीएममहरुमा के कति क्षति भएको छ भन्ने विवरण संकलन भइरहेको बैंकर्स संघले जनाएको छ ।

सरकारी अफिसमा भएका एक्सटेन्सन काउन्ट र एटीएमहरु बढी तोडफोट भएका छन् । अन्य केही शाखा र एटीएममा पनि ढुंगामुढा भएको छन् । बैंकका शाखाहरुमा आक्रमण गर्दा कार्यालयको सिसा फुटेको छ भने कम्प्युटर, कागजात र फर्निचरमा क्षति पुगेको छ ।

आन्दोलनकारीहरूले सर्वसाधारणलाई सेवा दिइरहेका एटीएम मेसिनहरूलाई पनि लक्षित गर्दै फोड्ने प्रयास भएको छ । यसमध्ये केहीमा नगद रकम निकाल्ने प्रयास भएको छ भने कतिपयमा केवल तोडफोड मात्रै गरिएको छ । बैंकहरूले आपतकालीन रूपमा एटीएम सेवा बन्द गरेका छन् जसले सर्वसाधारणलाई थप असुविधा भएको छ।

सर्वसाधारणमा त्रास

घटनापछि बैंक नजिकै बसोबास गर्ने स्थानीयवासी त्रसित बनेका छन्। मध्यरातमा ढुंगामुढा, तोडफोड र चर्काचर्की नारा सुन्दा बच्चा, वृद्धवृद्धा र महिलाहरू घर बाहिर निस्कनै नसक्ने अवस्था आएको स्थानीयले बताएका छन्।

बैंकमा काम गर्ने कर्मचारीहरूले आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गर्दै आन्दोलनको नाममा वित्तीय संस्था आक्रमण गर्नु अन्यायपूर्ण भएको बताएका छन्।

बुधबार देशभरका बैंकवित्त पूर्ण भएको छ । राष्ट्र बैंकसँग छलफल गरेर देशभरका बैंकिङ कार्यालय पूर्ण रुपमा बन्द गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन् ।

बैंकका महत्वपूर्ण कागजात पनि जलाउनुपर्छ भन्ने धम्कीपूर्ण सन्देशहरु आएका छन् । सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै अब विस्तारै वातावरण शान्त हुँदै गएपछि भने बैंकहरु बिहीबारबाट क्रमश खुल्दै जाने बताइएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

जस अन्तर्गत मनकामना दर्शन प्रालि (कुरिनटार, चितवन) केवलकार टिकट खरिदमा १० प्रतिशत, समाज डेण्टल हस्पिटल प्रालि (बानेश्वर, काठमाण्डौं) मा एक्सरे र फार्मेसी बोहकका सेवाहरुमा १५ प्रतिशत, मत्सुरी टोकियो प्रालि (दरबारमार्ग, काठमाण्डौं) मा खाना तथा पेय पदार्थमा १० प्रतिशत, मंगलम डाईगोनोस्टीक सेन्टर (विरगंज, पर्सा) को प्याथोलोजी सेवामा १० प्रतिशत र होटल क्वीक २० रिभर साईड (जितपुर, सिमरा) खाना, आवास तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाइने छ ।

यस्तै नाईस न्यू होम डेकोर(नयाँबजार, काठमाण्डौं)मा कार्र्पेट तथा फ्लोरिङ्गसका सामाग्रीहरु खरिद गर्दा २० प्रतिशतसम्म छुट, शुभ काठमाण्डौं टायर सेन्टर (ढुंगेधारा, काठमाण्डौं) मा एम.आर.एफ ब्राण्डका टायरहरु खरिद गर्दा १० प्रतिशतसम्म छुट, कुलेखानी भिलेज रिर्सोट (मकवानपुर) को कोठा शुल्कमा १० प्रतिशतसम्म छुट र रिगल हेटौंडा रिर्सोट प्रालि ( हेटौंडा) मा खाना, आवास तथा पेय पदार्थको खरिदमा १५ प्रतिशत सम्म छुट र कविलास रिर्सोट एण्ड फनपार्क (भरतपुर) मा खाना तथा फनपार्क शुल्कमा १५ प्रतिशत छुट पाइने छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बुटबलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा एडमिसन चार्ज, ओटी चार्ज, ल्याब चार्ज, मेडिसिन र फार्मेसी जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

भोलि काठमाडौंका निजी विद्यालय बन्द

काठमाडौं उपत्यकाका निजी विद्यालय भोलि (भदौ २४ गते) बन्द हुने भएका छन् । सोमबार जेन-जीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरूले एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला विद्यालयहरूले मंगलबार एक दिन विद्यालय बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका छन् ।

सोमबारको प्रदर्शनमा परी साँझसम्म १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौं प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनमा केही विद्यालयका विद्यार्थीसँगै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत सहभागी थिए ।

कांग्रेस नेताहरुले मागे गृहमन्त्रीको राजीनामा

कांग्रेस नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल छाड्न माग गरेका छन्। जेनजीले सोमबार गरेको आन्दोलनमा चरम दमन गरेको भन्दै नेताहरुले पार्टीले सरकार छाड्नुपर्ने माग गरेका हुन्। कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले तत्काल सरकार छाड्न माग गरे।

‘संसद भवन तोडफोड नै हुँदा पनि फेरि बनाउन सकिन्थ्यो तर गोली लागेर जीवन गुमाएकाहरुको जीवन कसरी फिर्ता गर्ने सरकार? जनहत्यारा आरोप लागेपछि पनि कसरी सरकारमा बस्नु? कांग्रेसले तत्काल सरकार छोडोस्,’ शिवाकोटीले सामाजिक सञ्जालमा भनेका छन्।

केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। ‘गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्‍यो। नदिए पार्टीले फिर्ता बोलाउनुपर्‍यो,’ पोखरेलले भनेका छन्।

जेनजीको आन्दोलनमा प्रशासनले गरेको दमनबारे छलफल गर्न कांग्रेसले सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक जारी छ।

जेनजीमाथि प्रहरी बर्बररुपमा प्रस्तुत भएपछि अनाहकमा १९ युवाले गुमाए ज्यान

सरकारले आफ्नो कुकृत्यविरुद्धको आवाज दबाउन सामाजिक सञ्जाल बन्द गराएको विरोधमा सोमबार बिहान ९ बजे स्वतस्पूर्तरुपमा माइतीघरमा जम्मा भएका जेनजीले नारा लगाए- फ्रिको पेट्रोल हाल्दैनौं, मासुभातमा बिक्दैनाैं।
माइतीघरमा जम्मा भएका युवा ११ बजे नयाँ बानेश्वरतर्फ अगाडि बढे। प्रदर्शनमा स्कुल कलेजका विद्यार्थी थपिंदै गए। उनीहरुका हात हातमा भ्रष्टाचार र कुशासनविरुद्ध प्लेकार्ड थिए।

उनीहरु कुनै राजनीतिक दलको आ‍ह्वानमा प्रदर्शनमा सहभागी भएका होइनन्। अभिव्यक्ति स्वतन्त्रता र ‘ट्याक्स पेयर’को पक्षमा नारा लगाइरहेका उनीहरुको शान्तिपूर्ण प्रदर्शनलाई प्रहरीले रोक्न सकेन। युवाहरु निषेधित क्षेत्रको घेरा तोडेर अगाडि बढे। प्रहरी पनि सहजै ब्याक भयो।

प्रहरी ब्याक हुँदै संसद गेट अगाडि रोकियो। त्यतिबेलासम्म प्रदर्शनकारीले संसद् भवनको पश्चिमतिर र मुल सडकमा प्रदर्शन गरिरहेका थिए।

प्रदर्शनकारी दक्षिण गेटबाट भित्र प्रवेश गर्न खोजे। त्यसपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्‍यो। तर, त्यसको बेवास्ता गर्दै कतिपय प्रदर्शनकारी प्रहरी गाडीमा चढे।

त्यतिखेर प्रहरी संसद् भवन परिसर बाहिर र भित्र उभिएका थिए। प्रदर्शनकारी संसद् भवन परिसरमा गेटमाथि चढ्न खोजेपछि प्रहरीले फेरि अश्रुग्यास प्रहार गर्‍यो। प्रहरीको व्यवहारबाट प्रदर्शनकारी थप उत्तेजित भए।

उनीहरुले प्रधानमन्त्री केपी ओली विरोधी नारा चर्काउँदै भित्र छिर्ने प्रयास जारी राखे। प्रहरीले पनि अश्रुग्यासले प्रदर्शनकारी तितरबितर नभएको भन्दै अन्धाधुन्धरुपमा गोली चलायो।

प्रहरी कतिसम्म अराजक भयो भने उसले प्रदर्शनकारीलाई अस्पताल हाताभित्र प्रवेश गरेर समेत अश्रुग्यास र गोली हान्यो। प्रहरीको बर्बर दमनमा परी डेढ दर्जन युवाले अनाहकमा ज्यान गुमाए।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल र एभरेष्ट अस्पतालमा ३/३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर साढे तीनसय भन्दा बढी घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट हटाए तस्वीर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्वीर हटाएको छ । जेनजी युवाहरूको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् । काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

सीडीओ रिजालले आफ्ना सन्तानलाई विदेशमा राखेर पढाइरहेको तर, काठमाडौंमा युवाहरूको प्रदर्शनलाई दमन गर्न आदेश दिएको टिप्पणीसहित आलोचना भइरहेको छ ।

प्रशासनले कर्फ्यू जारी गरेपनि आक्रोशित प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् । कर्फ्यू तोडेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि लगातार गोली प्रहार गरिरहेको छ । काठमाडौंको बानेश्वरसहित शंखमुल, माइतीघर, थापागाउँ, सिंहदरबार लगायतका संवेदनशील क्षेत्रमा प्रहरीले सुरक्षा कडा बनाएको छ ।

जेनजी युवाहरूले प्रदर्शन नियन्त्रण गर्न असफल भएपछि काठमाडौं प्रशासनले सोमबार दिउँसो बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो । माइतीघरमा भेला भएर बानेश्वरतर्फ अगाडि बढेका युवाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, पानीको फोहोरा प्रहार गरेको थियो । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संघीय संसद भवनभित्र प्रवेश गर्न थालेपछि प्रहरीले लगातार गोली प्रहार गर्न थालेको थियो ।

राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको चारैतिर कर्फ्यू लगाउने सरकारको निर्णय

काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारीसँगै महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरिएको छ ।

यस अवधिमा तोकिएको सीमाभित्र कुनै पनि व्यक्तिले आवत जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्। प्रशासनले कर्फ्यू उल्लंघन गर्नेलाई आवश्यक कानुनी कारबाही गर्ने बताएको छ।

जेन जीको आन्दोलनले ठुलो रुपलिएपछि यसअघि बानेश्वर क्षेत्र आसपास कर्फ्यू आदेश जारी भइसकेको छ ।