जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • कांग्रेस नेताहरुले मागे गृहमन्त्रीको राजीनामा

कांग्रेस नेताहरुले मागे गृहमन्त्रीको राजीनामा

कांग्रेस नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल छाड्न माग गरेका छन्। जेनजीले सोमबार गरेको आन्दोलनमा चरम दमन गरेको भन्दै नेताहरुले पार्टीले सरकार छाड्नुपर्ने माग गरेका हुन्। कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले तत्काल सरकार छाड्न माग गरे।

‘संसद भवन तोडफोड नै हुँदा पनि फेरि बनाउन सकिन्थ्यो तर गोली लागेर जीवन गुमाएकाहरुको जीवन कसरी फिर्ता गर्ने सरकार? जनहत्यारा आरोप लागेपछि पनि कसरी सरकारमा बस्नु? कांग्रेसले तत्काल सरकार छोडोस्,’ शिवाकोटीले सामाजिक सञ्जालमा भनेका छन्।

केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। ‘गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्‍यो। नदिए पार्टीले फिर्ता बोलाउनुपर्‍यो,’ पोखरेलले भनेका छन्।

जेनजीको आन्दोलनमा प्रशासनले गरेको दमनबारे छलफल गर्न कांग्रेसले सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक जारी छ।

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका