जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

कोरोनाको नयाँ भेरियन्टको जोखिम तीव्र भएपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपात क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायक लगायतका मन्दिरमा मानिसको बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजा मात्र गर्ने गरी दर्शन बन्द गरिएको हो । 

भक्तजनका लागि मन्दिर बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । 

यसअघि नेपालमा पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

ज्योति लाइफद्धारा २४ लाख २ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले कोभिड १९ का कारण उपचारको क्रममा मृत्यु भएका सुन्दरहरैचा ९, मोरङ निवासी चिरञ्जीवी सुबेदीको श्रीमती लक्ष्मी खड्कालाइ २४ लाख २ हजार ९ सय ८८ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले माघ ४ गते बीमितको घरमै गएर बीमितको धर्मपत्नी लक्ष्मी खड्कालाइ दाबी भुक्तानी बापतको रकमको चेक हस्तान्तरण गरेको हो। मृतक सुबेदीले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा २२ लाख ५७ हजार बिमान्क रकमको ज्योती सुरक्षित बचत जीवन बीमा गरेका थिए ।

प्रदेश प्रमुख मदन कुमार गौतमले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानी प्रक्रिया सम्पुर्ण कागजातहरु पूरा भएको तीन दिन भित्रै सम्पन्न हुने हुदा ज्योती लाइफमा दाबी भुक्तानी प्राप्त गर्न कुनै ढिलाई नहुने बताए ।

बीमा गर्दा सजिलो तर लिन झन्झटिलो प्रक्रिया हुने हल्ला सुनेको भएता पनि त्यो सत्यता नरहेको यस मृत्यु दावीबाट प्रष्ट भएको साथै सम्पुर्ण दाबी भुक्तानीको लागि आवश्यक कागजातहरु पेश गरेको एक हप्ता नबित्दै दाबी भुक्तानी गरेकोमा मृतककी श्रीमती लक्ष्मी खड्का तथा अन्य आफन्तले सरल, सहजरुपमा एव छिटो बीमा रकम उपलब्ध गराएकोमा ज्योती लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिएका थिए ।

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८ % ले बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० करोड ४४ लाख ३२ हजार ६७० रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८.६६ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ५६ लाख १६ हजार ५९३ रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६ करोड ९६ लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १८ करोड २३ लाख १८ हजार ५७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १२ करोड १५ लाख १३ हजार ५३९ रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा पुस मसान्तसम्ममा १४ करोड ८८ लाख ३५ हजार ४२६ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १० करोड २५ लाख ६८ हजार ८४९ रुपैयाँ रहेको थियो ।

९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड २४ लाख २४ हजार ३०४ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३७ पैसा रहेको छ ।

बिक्रेताको दबाबमा सेयर बजार, इन्डेक्ससँगै कारोबार रकमले दिएन साथ

सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा गिरावट आउँदा कारोबार रकमले पनि साथ दिएको छैन । यो दिन बजारसँगै कारोबार रकममा गिरावट देखिएको हो ।

बुधबारको कारोबारमा बिक्रेता हावी हुँदा बजारमा दबाब सृजना भएको देखिएको छ । जसले गर्दा बजारले दोहोरो अंकको गिरावटको समाना गरेको छ । बजार मापन गर्ने सूचक ३८.३५ अंकले घटेर परिसूचक २८९८.३१ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबार बजार २९०० अंकको बिन्दुबाट ओरालो झरेको छ । लामो समयपछि बजारले २९०० बिन्दु पार गरेपछि पुन त्यो बिन्दुबाट झरेको छ ।

२२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बुद्धभुमी नेपाल हाईड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । बुधबारको कारोबारमा यी दुई कम्पनीको सेयर मुल्य मात्रै सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा साङग्रिला डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्शीयल बैंक छ्याङदी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै घलेम्दी हाइड्रो नेपाल, कालिका लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई समुन्नत योजना-२, मध्येभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यी कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग

लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो ।

बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड र महेन्द्रपुल शाखाका शाखा प्रबन्धकद्वय बलबहादुर ढकाल र गोपीराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । एकेडेमीमा हाल १५ जिल्लाका २४ बालक रहेको क्लबका उपाध्यक्ष तथा एकेडेमीका संयोजक चित्रबहादुर पुनले जानकारी दिनुभयो । सहारा क्लबले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षणसमेत दिँदै आएको छ ।

क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दैआएको छ । लुम्बिनी विकास बैंकले सातवटै प्रदेशमा ७९ शाखामार्फत २०७८ पुस मसान्तसम्म रु ४२ अर्ब ३८ करोड निक्षेप सङ्कलन गरी रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । बैंकले “निरन्तर सहयात्रा” नाराका साथ देशभरका ३१ जिल्लामा ७९ शाखा र १७ एटिएमबाट करिब तीन लाख ८० हजार ग्राहकलाई सेवा दिँदै आएको छ । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा क्लब पोखरालाई सहयोग रकम हस्तान्तरण गरेको बैंकका पोखरास्थित न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिनुभयो ।

कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको छ । कम्पनीले मंगलवार दोस्रो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षभन्दा यस वर्ष करिब १२ प्रतिशत घटेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू. ३९ करोड ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिसम्म रू. ३४ करोड ३६ लाख ८१ हजार मात्र यो नाफा गरेको हो । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफा ४१ दशमलव ५१ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. ३४ करोड ६९ लाख ५६ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४९ करोड ९ लाख ७३ हजार यो नाफा गरेको हो । सञ्चालन नाफा बृद्धि भए पनि कम्पनीको गैर सञ्चालन आम्दानी कम भएकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. २१ करोड २ लाख ५४ हजार रहेको गैर सञ्चालन आम्दानी यो वर्ष रू. ९२ लाख ९१ हजारमा सिमित भएको हो । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य मुनाफा पनि ६४ दशमलव ४१ प्रतिशत कम भएको छ । गत वर्ष रू. २७ करोड १९ लाख ५७ हजार रहेको वितरण योग्य मुनाफा यस वर्ष रू. ९ करोड ६७ लाख ९२ हजारमा सिमित भएको हो । यस वर्ष १८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १४ करोड २५ लाख ७७ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ४२ दशमलव ८५ प्रतिशत बढेको छ । 

गत वर्ष रू. ६५ करोड ८७ लाख ५५ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ९४ करोड १० लाख ३० हजार पुगेको हो । रिटेन्ड अर्निग भने गत वर्षभन्दा ८१ दशमलव ६५ प्रतिशत घटेको छ । गत वर्ष रू. ५२ करोड ७५ लाख २१ हजार रहेको रिटेन्ड अर्निग रकम यस वर्ष रू. ९ करोड ६७ लाख ९२ हजारमा झरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन ७ दशमलव ९९ प्रतिशत बृद्धि भएको छ भने कर्जा प्रवाह ११ दशमलव ५० प्रतिशत बढेको छ । 

गत वर्ष रू. ४४ अर्ब २० करोड ६ लाख ५ हजार निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष रू. ४७ अर्ब ७३ करोड २४ लाख ७८ हजार निक्षेप संकलन गरेको हो । त्यस्तै गत वर्ष रू. ३८ अर्ब ५८ करोड ५ लाख ५० हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ४३ अर्ब १ करोड ५५ लाख ३७ हजार कर्जा प्रवाह गरेको हो । गत वर्ष यस अवधिमा १ दशमलव ५९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ७७ प्रतिशत कायम भएको छ । कम्पनीको दोस्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी रू. २१ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ०२ छ ।

ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल स्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

महालक्ष्मी विकास बैंकद्धारा विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिदै यस बैंककोे पालुङ शाखाले थाहा ̵ ७ डाँडाबास स्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययरत विपन्न परिवारका ६३ जना छात्र ̵छात्राहरुलाई ज्याकेट वितरण गरेको छ । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । 

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पुयाएको बताउदै विद्यालय प्रधानाध्यापक प्रताप सिह गोलेले बैंकले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गर्नुका साथै यस किसमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताउनु भयो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभि चिप वेश ट्राभल काड, इ कमर्स कार्ड र डलर कार्ड जारी गरीसकेको छ ।
 
समग्रमा चिप वेश ट्राभल काड, इ कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक  महालक्ष्मी विकास बैंक रहेको छ । कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।

कृषि विकास बैंकद्धारा डिजिटलप्रोडक्ट तथा अन्य सेवाहरुमा आर्कषक छुट प्रदान

कृषि विकास बैंक लिमिटेडले  आफ्नो ५५ औं बार्षिकोत्सवको सु–अवसरमा आफ्ना सेवा ग्राहीहरुलाई डिजिटलप्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले मिति २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो शेयर र लकर सेवा नलिएका साथै २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोली उल्लेखीत सेवा लिने ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने र चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ ।

सो अवधिमा बैंकले उपलव्ध गराएको अवसरको सदुपयोग गर्न सम्पूर्ण ग्राहक महानुभावहरुमा बैंकले अनुरोध समेत गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा नयाँ आदेश जारी

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन् । मंगलबार मध्यरातिदेखि लागू हुने गरि नयाँ आदेश जारी गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ आदेश जारी गर्दै मंगलबार मध्यरातिदेखि लागू हुने गरि माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको जनाएको छ । त्यस्तै, अब मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा समेत प्रवेश गर्न नदिने भएको छ ।

नयाँ आदेशमा भनिएको छ, ‘जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोनाको लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड–१९ को परीक्षण गर्नु पर्नेछ । साथै, विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।’ 

त्यस्तै, सावैजनिक स्थलमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्ति मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने समेत नयाँ आदेशमा भनिएको छ । 

त्यसैगरि, नयाँ आदेशमा संस्थाको साधारणसभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितीलाई समेत गणपुरक संख्या मान्ने भनिएको छ । नयाँ आदेशमा लेखिए भन्दा भिन्न कुनै आकस्मिक परिस्थिती सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउनु समेत भनिएको छ । 

प्रेस चौतारी नेपालीको नवौं राष्ट्रिय महाधिवेशन स्थगित

प्रेस चौतारी नेपालको आगामी २०७८ माघ २२–२३ गते गण्डकी प्रदेशको पोखरामा आयोजना हुने भनिएको नवौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । प्रेस चौतारी नेपालले एक प्रेस विज्ञप्ती नै जारी गरि महाधिवेशन स्थगन गरिको जानकारी दिएको छ ।

प्रेस विज्ञप्ती जस्ताको तस्तैः–
हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन २०७८ माघ २२–२३ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको सवैमा बिदितै छ । गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी हामी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना संक्रमण निकै बढदै गइरहेको छ । जस्ले गर्दा महाधिवेशनको तयारीमा समेत गम्भीर असर परेको छ । कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ ।

पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली संगठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरु संक्रमित हुनुभएको छ । जस्को कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा (एमाले) केन्द्रीय कार्यालयले मिति २०७८ माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । संगठनका सवै साथीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो पेशागत काम गर्न र सवै कमिटीहरुलाई दैनिक गतिबिधि अघि बढाउन पनि आग्रह गर्दछु ।

नेपाल बंगलादेश बैंकको कामु प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डे

रिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भुपेन्द्र पाण्डेलाई नेपाल बंगलादेश बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।
बैंकको सञ्चालक समिति बैठकले १५ दिनअघि उनलाई नियुक्ति दिएको थियो। ज्ञानेन्द्र ढुंगाना तीन कार्यकाल गरेर १० वर्षपछि अवकाश भएपछि बैंकमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियो।

त्यही भएर बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा रहेका पाण्डेलाई वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनाएर भित्र्याएको थियो।

माघ १ गतेबाट बैंकमा हाजिर हुन थालेका पाण्डेले प्रमुख कार्यकारीको जिम्मेवारी पाएका हुन्। नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिँदैछ। तत्काल बैंकले कसैलाई पनि प्रमुख कार्यकारी बनाउँदैन।

पाण्डेसँग २० वर्षको बैंकिङ अनुभव छ। उनी इन्फ्रास्ट्रक्चर बैंकमा हुनुअघि राष्ट्रिय वाणिज्य बैंकमा थिए। उनी फेलो चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।