जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सेन्चुरीको खुद मुनाफामा ५४.५७ प्रतिशतको आकर्षक वृद्धि

सेन्चुरी बैंकले चालु आर्थिक बर्षको पहिलो छ महिनामा ७२ करोड २१ लाख रुपियाँ खुद नाफा गरेको छ जुन अघिल्लो बर्ष सोही अवधिको तुलनामा ५४.७७ प्रतिशतले बढी हो ।

बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफामा उत्साहजनक वृद्धि देखिएको हो । गत बर्ष सोही अवधिमा बैंकले ४६ करोड ६६ लाख रुपियाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, सेन्चुरीको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर एक अर्ब सात करोड २९ लाख रुपियाँ कायम भएको छ जुन गत बर्षको सोही अवधिको तुलनामा ४२.५१ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य मुनाफा ४५ करोड २६ लाख रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्मको भन्दा यो ८०.७६ प्रतिशत बढी हो ।

वित्तीय विवरण अनुसार बैंकको ब्याजदर स्प्रेड ३.९७ प्रतिशतबाट घटेर २.५७ प्रतिशतमा आइपुगेको छ । यद्यपि खुद ब्याज आम्दानी ५.८७ प्रतिशतले बढेर एक अर्ब २९ करोड २० लाख रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको कर्जा विस्तार करिब १० प्रतिशत छ । गत असार मसान्तसम्म ७८ अर्ब सात करोड ८२ लाख रुपियाँ बराबरको कर्जा प्रवाह गरेको सेन्चुरीले यसलाई विस्तार गर्दै ८५ अर्ब २० करोड ८५ लाख रुपियाँ पुर्‍याएको छ । तर निक्षेप संकलनमा भने कमी भई ९२ अर्ब १९ करोड ८३ लाख रुपियाँमा सीमित भएको छ । वित्तीय क्षेत्रमा देखिएको तरलता संकुचनको प्रभाव सेन्चुरीमा पनि देखिएको छ ।

बैंकको पुस मसान्तसम्म प्रतिशेयर आम्दानी १५.१२ रुपियाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म ईपीएस १०.३३ थियो । यस्तै प्रतिशेयर नेटवर्थ पनि २.३२ रुपियाँले बढेर १२१.१९ रुपियाँ पुगेको बैंकले जनाएको छ ।

सेन्चुरीले खराब कर्जामा सुधार गरी १.६७ प्रतिशतबाट १.३१ प्रतिशत कायम गरेको छ । कस्ट अफ फन्ड केही वृद्धि भएको छ । बैंकको बेसरेट ८.८२ प्रतिशत पुगेको छ ।

महालक्ष्मी विकास बैंकको नाफा ३१.५५ प्रतिशतले बढ्यो

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३१.५५ प्रतिशतले नाफा बढाएको छ । बैंकले ६ महिनामा ४५ करोड ६२ लाख नाफा गरेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गर्री बैंक अर्बको क्लबमा उक्लिएको छ ।

त्यसैगरि गत आर्थिक बर्षको पौष मसान्त सम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले बृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले उल्लेख्य रुपमा खराब कर्जा घटाई गत बर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झार्न सफल भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिनतर्फ उन्मुख रहेको देखिन्छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको बैंकले ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

नबिल बैंकको नाफा २ अर्ब १८ करोड

नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा ८.२० प्रतिशतले बढाएर २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ कमाएकाे छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब १ करोड ६० लाख २३ हजार रूपैयाँ रहेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ ।

बैकको खुद व्याज आम्दानी सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढको छ । गत आवमा ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रूपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढेर ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रूपैयाँ पुगेको छ । यस्तै सञ्चालन गत आवको तुलनामा बढेर ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

१८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६२ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.६० प्रतिशतबाट बढेर १.११ प्रतिशतले पुगेको भने प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ ।

६ महिनामा एनआइसी एशिया बैंकको नाफा २ अर्ब ४० करोड

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको एनआइसी एशिया नाफामा पनि पहिलो हुने अनुमान गर्न सकिन्छ । बैंकहरुले कर कार्यालयलाई बुझाएको विवरणअनुसार एनआइसी एशिया नाफामा पनि पहिलो स्थानमै छ ।

बैंकले २०७८/७९ को पुस मसान्तसम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ७३ अर्ब ४६ करोड पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (२२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन २ खर्ब ९९ अर्ब ३४ करोड पुर्याउन बैंक सफल भएको छ ।

यसैगरी बैंकको स्व-पुँजीमा प्रतिफल (आरओई) २१.७७ प्रतिशत रहेको छ । साथै, प्रतिशेयर आम्दानी ४१.४३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । कोभिड-१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा ५ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को प्रथम त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति शेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।

बैंकले देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत् सेवा दिन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

वाणिज्य बैंकरुमा कोरोना कहर उच्चः करिब ७ हजार कर्मचारी संक्रमित सय भन्दा बढि शाखा बन्दः राष्ट्र बैंक बेखबर !

नेपालमा अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसको दोस्रो लहरले नेपालका २७ वाणिज्य बैंकका करिब ७ हजार कर्मचारी संक्रमित भएका छन् भन्दा अब चाहि फरक पर्दैन । देशभरी करिब १०० शाखा बन्द नै भएका समाचार बाहिर आएका छन् । अधिकाशं कर्मचारीहरु घरबाटै काम गरिरहेको भेटिएको छ । खासगरि प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक लगायत १ दर्जन बैंकका कर्मचारीहरु कोरोना संक्रमित भएको खुलेको छ ।

नेपालका २७ वाणिज्य बैंकहरुमा सल्कीएको कोरोनाले बैंकिङ्ग सेवामा असर गरेको देखिन्छ । अत्यावश्यक सेवा भित्र बैंक र वित्तिय संस्था पर्ने भएकोले सेवा दिने दायित्व बैंक र वित्तिय संस्थाको छ । तर, जीवन नै जोखिमा राखेर सेवा दिने बैंक कर्मचारीहरुलाई थप सेवा सुविधा दिनु पर्ने अवस्था आएको छ भन्दा अब चाहि फरक पर्दैन । गतवर्ष कोरोना भाइरसबाट माछापुच्छ्रे बैंकका पूर्व सीइओ निरज श्रेष्ठको अकालमै मृत्यु भयो भने २ दर्जन कर्मचारीले ज्यान नै गुमाएका थिए । हजारौं हजार भन्दा बढि बैंक कर्मचारी विरामी परेका समाचार हामीले दिएका थियौं ।

पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विहिबार एकैदिन १२ हजार भन्दा बढि कोरोना संक्रमित थपिएका छन् । भन्दा फरक पर्दैन । संक्रमणको जोमिख अन्य क्षेत्रमा जस्तै वित्तीय क्षेत्रमा पनि उत्तिकै छ बैंक तथा वित्तीय क्षेत्रमा समेत कोरोना संक्रमणको दर उच्च देखिए पछि वर्क फ्रम होमको व्यवस्था मिलाइएको देखिन्छ । नेपाल राष्ट्र बैंकका १६६ जना कर्मचारी कारोना भाइरसबाट संक्रमित भएको देखिन्छ । संक्रमित कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको देखिन्छ ।

बैंक तथा बीमा कम्पनीमा पनि घरबाटै काम गर्ने व्यवस्था लागू गरिएको देखिन्छ । कतिपय बैंकले केही शाखा कार्यालय नै बन्द गरेका छन् भने अधिकांश कार्यालयमा वर्क फ्रम होम तथा आलोपालो प्रणाली लागू गरेको देखिन्छ । विगतका दिनहरूमा जस्तै बैंक तथा बीमा कम्पनीका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि यी क्षेत्रले ‘वर्क फ्रम होम’ को व्यवस्था ल्याएका लागू गरिएको देखिन्छ । बैंकिङ क्षेत्र भिडभाड हुने क्षेत्र हो । सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यी क्षेत्रलाई संक्रमणको उच्च जोखिम बढेको देखिन्छ ।
वाणिज्य बैंकका करिब ७ हजार बढी कर्मचारी कोरोनाबाट संक्रमित छन् । हाल हरेक २ दिनमा संक्रमितको संख्या दोब्बरले बढिरहेको देखिन्छ । मुलुकभरका वाणिज्य बैंकका ६० वटा शाखा कार्यालय बन्द भएको भेटिएको छ ।

कर्मचारीमा संक्रमण बढेसँगै सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाइएको र कार्यालयमा उपस्थित हुनैपर्ने कर्मचारी मात्रै आउने व्यवस्था मिलाइएको बैंकहरुको दाबी छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण दर बढेसँगै बैंक तथा वित्तीय संस्थालाई भौतिक रुपमा हुने कामलाई सकेसम्म कम गर्न समेत निर्देशन दिइसकेको भेटिएको छ । राष्ट्र बैंकले सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ भन्दा अब चाहि फरक पर्दैन ।

सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्न, एटीएम बुथहरुबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न ढोका खुला राखी सेनिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न पनि निर्देशन दिएको देखिन्छ । जे भएपनि बैंक र वित्तिय संस्थाहरुको नियमनकारी निकाय राष्ट्र बैंकले केही सजिलो निर्णय नलिए बैंक र वित्तिय संस्था कोरोना कहरको हटलाईन बन्ने निश्चित देखिन्छ । सचेत भया ।

सांग्रिला डेभलपमेन्ट बैंकको १०६ औं शाखा राजापुर शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै राजापुर बजार, राजापुर नगरपालिका वडा नं.४ बर्दियामा शाखा संचालनमा ल्याएको छ ।बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । राजापुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०६ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोह समातियो

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले समातेको छ । नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले समातेको छ ।

नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।

‘उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेशन चलाइरहेका रहेछन्’ कुँवरले भने, ‘यो सबै बनाउने एक जना व्यक्ति पनि अमेरिकामै रहेको बुझिएको छ, अहिले समातिएकाले नेपालमार्फत जुवा खेलाउने काम गरिरहेका थिए ।’

उनीहरुले जुवा खेलाएवापत कमिसन पाउने गरेको कुँवर बताउँछन् । तीन मुख्य व्यक्तिबाहेक अन्य कामदारका रुपमा प्रयोग भएका थिए भने अन्यले कामदारका रुपमा जुवा खेल्न लिंक शेयर गर्ने गरेको पाइएको कुँवर बताउँछन् ।

घटनाबारे थप अनुसन्धान जारी छ ।

देउवाको सहमतिमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एनओसीको मासिक घाटा अझै पौने ४ अर्ब

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा निगमले मूल्य बढाएको हो। निगमको तालुकदार मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हो। यो मन्त्रालय अहिले देउवालेनै सम्हालिरहेका छन्। 

स्रोतका अनुसार वाणिज्य सचिव दिनेश भट्टराईले अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन नहुँदा नोक्सानी बढ्दै गएर तेल आपूर्तिमै समस्या हुन थालेको जानकारी गराएपछि देउवाले मूल्य बढाउन सहमति दिएका थिए। त्यही सहमतिमा आधारमाा निगमले माघ ५ गते राती १२ बजेदेखि लागु हुने गरि मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साविक मूल्यमा ३ रुपैयाँ बढाइएको छ। अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ। डिजेल १२२ रुपैयाँ कायम भएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। समायोजित मूल्य अनुसार प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलर बढाइएको छ। नयाँ मूल्य ९९५ अमेरिकी डलर पुगेको छ। सबैभन्दा बढी नोक्सानी खाना पकाउने ग्यासमा भएको पनि मूल्य बढाइएको छैन। निगमलाई एक सिलिण्डर ग्यासमा ६ सय ४६ रुपैयाँ घाटा छ। यो आधारमा निगमलाई १५ दिनमा ग्यासबाट मात्रै १ अर्ब १४ करोड रुपैयाँ घाटा छ।

समायोजनपछि पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने जनाइएको छ। यो आधारमा निगमलाई मासिक घाटा ३ अर्ब ७६ करोड हुने देखिन्छ।

सांग्रिला बैंकको नाफामा छलाङ, खराब कर्जाको अनुपात घटेर यो वर्ष १.१५ प्रतिशतमा सीमित

तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रिला डेभलपमेन्ट बैंकले बढी नाफा कमाएको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको जनाएको छ। 

चालु आवको दोस्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो। यो अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ बढी रहेको जनाएको छ। 

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा पनि ह्वात्तै बढेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म २२ करोड २४ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ३७ करोड ४१ लाख रुपैयाँ पुगेको छ। यसरी अघिल्लो वर्षको तुलनामा बैंकले संचालन मुनाफामा समेत ६८.१६ प्रतिशतको छलाङ हानेको छ।

व्यवसाय वृद्धिमा बैंक व्यवस्थापनले ध्यान दिएका कारण खुद ब्याज आम्दानीतर्फ पनि आकर्षक प्रगति भएको दाबी बैंकको छ। अघिल्लो वर्षको यही अवधिसम्म ५४ करोड २१ लाख रुपैयाँमा सीमित खुद ब्याज आम्दानी बढेर यो वर्ष ७९ करोड ५८ लाख रुपैयाँ माथि पुगेको बैंकले जनाएको छ। 

यस्तै, अघिल्लो वर्ष ६५ करोड ९५ लाख रुपैयाँमा सीमित रिजर्भको आकार बढेर समीक्षा अवधिसम्म ७२ करोड ४२ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ। चुक्ता पुँजी पनि २ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ३ अर्ब १ करोड रुपैयाँ माथि पुगेको छ।  

समीक्षा अवधिमा सांग्रिलाले ४५ अर्ब ९२ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ४१ अर्ब ७९ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको थियो। 

नाफामा भएको बढोत्तरीसँगै सांग्रिला बैंकको दोस्रो त्रैमाससम्मको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) मा पनि वृद्धि भएको छ। अघिल्लो वर्षको यही अवधिसम्म इपीएस १२ रुपैयाँ ६५ पैसा रहेकोमा बढेर समीक्षा अवधिसम्म १७.३९ रुपैयाँ पुगेको हो। 

बैंकले यो अवधिमा खराब कर्जाको अनुपात सुधारमा निकै कसरत गरेको देखिन्छ। परिणामस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म २.४३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष १.१५ प्रतिशतमा सीमित बन्न पुगेको बैंकले जनाएको छ। 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फण्ड ७.४३ प्रतिशत रहेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ रु. १३०.९७, मूल्य आम्दानी अनुपात २३.९८ गुणा, तरलता अनुपात २०.८६ प्रतिशत, क्यापिटल एडेक्वेसी रेसियो १२.८० प्रतिशत रहेको बैंकले जनाएको छ। 

नबिल बैंकका सञ्चालक समितिका अध्यक्षको सपथ ग्रहण

नबिल बैंक लिमिटेडको संचालक समितिको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन हुनुभएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

नबिल बैंकले ३७औं साधरणसभा सम्पन्न गरको तथा अहिले सम्म गरिआएको कार्यहरुलाई, गभर्नर ज्यूले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराउनु भएको थियो ।
नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकले १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन् ।
 
त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, बिराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गरेका छन् ।  कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियोे ।

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका–१४ लोहाचोकमा रहेको चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्र छात्राहरुलाई शैक्षिक सामाग्री एवं खानेपानीको लागी आवश्यक उपकरण सहयोग गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकले धेरै राहत महसुुश भएको बताए । यस्तो सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्थरको बिकासमा टेवापुग्ने बताए ।

बैंकको सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घीमा बैंक सधै कटिबद्घ रहेको बताए ।
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम गर्दै अघि बढ्ने बताए ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनीप्रदेशमा १८, कर्णलीप्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आईरहेको छ ।