जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ज्योति लाइफद्धारा २४ लाख २ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

ज्योति लाइफद्धारा २४ लाख २ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले कोभिड १९ का कारण उपचारको क्रममा मृत्यु भएका सुन्दरहरैचा ९, मोरङ निवासी चिरञ्जीवी सुबेदीको श्रीमती लक्ष्मी खड्कालाइ २४ लाख २ हजार ९ सय ८८ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले माघ ४ गते बीमितको घरमै गएर बीमितको धर्मपत्नी लक्ष्मी खड्कालाइ दाबी भुक्तानी बापतको रकमको चेक हस्तान्तरण गरेको हो। मृतक सुबेदीले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा २२ लाख ५७ हजार बिमान्क रकमको ज्योती सुरक्षित बचत जीवन बीमा गरेका थिए ।

प्रदेश प्रमुख मदन कुमार गौतमले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानी प्रक्रिया सम्पुर्ण कागजातहरु पूरा भएको तीन दिन भित्रै सम्पन्न हुने हुदा ज्योती लाइफमा दाबी भुक्तानी प्राप्त गर्न कुनै ढिलाई नहुने बताए ।

बीमा गर्दा सजिलो तर लिन झन्झटिलो प्रक्रिया हुने हल्ला सुनेको भएता पनि त्यो सत्यता नरहेको यस मृत्यु दावीबाट प्रष्ट भएको साथै सम्पुर्ण दाबी भुक्तानीको लागि आवश्यक कागजातहरु पेश गरेको एक हप्ता नबित्दै दाबी भुक्तानी गरेकोमा मृतककी श्रीमती लक्ष्मी खड्का तथा अन्य आफन्तले सरल, सहजरुपमा एव छिटो बीमा रकम उपलब्ध गराएकोमा ज्योती लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिएका थिए ।

6620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका