जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

३ वर्षे कार्यकाल पुरा गरेर आयल निगमबाट सुरेन्द्र पौडेल बाहिरिए

नेपाल आयल निगममा ३ वर्षको कार्यकाल पुरा गरेर सुरेन्द्र पौडेल बाहिरिएका छन् ।

२०७५ साल पुसमा आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले कोभिडको कठिन समयमा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न सफल भएका थिए ।

उनको कार्यकालमा आयल निगम नाफामा समेत गएको थियो । पछि सरकारले पेट्रोलियम पदार्थमा उच्च कर लगाएको कारण निगम घाटामा जान थाल्यो । आयल निगममा आउनु अगाडि पौडेल उदयपुर सिमेन्टमा महाप्रवन्धक थिए ।

पौडेल उदयपुर सिमेन्टमा महाप्रवन्धक हुँदा पहिलो पटक सिमेन्ट उद्योग नाफामा गएको थियो ।

ग्लोबल आइएमई बैंकद्वारा किसान कार्डमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गर्न सम्झौता

ग्लोबल आइएमई बैंक, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फीकेयर प्रा.लि.का निर्देशक सविन मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आर एण्ड डि. इनोभेटिभ सोलुसनप्रा.लि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालिले कृषक पहिचान तथा कृषकहरुलाई आवश्यक तालिम प्रदान गर्ने समेत सम्झौतामा उल्लेख छ ।

कर्जा, नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार व्याज अनुदानप्रदान गरिनेछ । कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यबस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयर प्रा.लिले गर्ने सम्झौतमा उल्ृलेख गरिएको छ ।

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, मेगाका ग्राहकलाई अनलाइन भुक्तानी झन सहज

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ। साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन।

मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन। यो सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन्।

सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन्। मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट भएको विज्ञप्तिमा उल्लेख छ।

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा दीप प्रकाश पाण्डे र सुनिल बल्लभ पन्त निर्वाचित

नेपाल पुनर्बीमा कम्पनीको आज सम्पन्न भएको छैटौं बार्षिका साधारणसभाबाट दुई जना नयाँ सञ्चालक निर्वाचित गरेको छ । केहीबेर अघि सम्पन्न भएको साधारणसभाले शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई सिईओमा निर्वाचित गरेको हो ।

सञ्चालक समितिको निर्वाचनबाट सर्वसम्मत रुपमा दुई जना सञ्चालक चयन गरिएको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ । पाण्डे सो कम्पनीका निवर्तमान सञ्चालक समेत हुन् भने पन्त पहिलो पटक सञ्चालक बनेका हुन् ।

यसअघि नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पाण्डे र पन्तका अतिरिक्त सिद्धार्थ इन्स्योरेन्स कम्पनीका बीरेन्द्र वैदवार क्षेत्री, हेमन्त नाहाटा र उपासना पौडेलले उम्मेदवारी दिएका थिए । १० अर्ब चुक्ता पुँजि भएको नेपाल पुनर्बीमा कम्पनी नेपाल सरकारको समेत शेयर स्वामित्व भएको कम्पनी हो । नेपालमा सञ्चालित पुराना बीमा कम्पनीहरुले समेत नेपाल पुनर्बीमा कम्पनीको शेयर लगानी गरेका छन् ।

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभाको सु-अवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीले मोबाइल एपको समुद्घाटन गरिएको छ । कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नो पन महशुस हुने गरी थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित मोबाइल एप को शुभारम्भ गरेको छ ।

कम्पनीको एप प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ । Android तथा IOS प्रविधीमा चलाउन सकिने कम्पनीकोApp, Play Store र App Store बाट सहजै डाउनलोड गर्न सकिन्छ । एप मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमाशूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिने, अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमाशूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा एपमा रहेको कम्पनीले जनाएको छ । बीमितले एप मार्फत बीमाशूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमाशूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन् । कम्पनीको एप लाई डाउनलोड गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा You Tube मा हेर्न सकिने ब्यवस्था समेत मिलाईएको जनाएको छ ।

कम्पनीको मोबाइल एप को समुद्घाटनको क्रममा एप को आवश्यकता, विशेषता र प्रयोगविधी माथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले प्रकाश पारेका थिए ।

ज्योति विकास बैंकद्वारा ट्राफिक लाईट हस्तान्तरण

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत काठमाडौं महानगरपालिका वडा नं. १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक श्री सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख श्री जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. १ का वडा सदस्य श्री अशोक कुमार श्रेष्ठद्वारा संयुक्त रुपमा ट्राफिक लाईटको उद्घाटन गरिएको थियो। उद्‌घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट लगायत बैंकका विभिन्न पदाधिकारीहरु र महानगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख श्री भट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंकप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो। 

ट्राफिक लाईट जडान तथा संचालन भए संगै महेन्द्र शालिक चोकमा राखिएको ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापनन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

सनराइज बैंकको सनराइज रेमिट मुद्दती खाता

नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सन्राइज बैंकले सनराइज रेमिट मुद्दती खाता ल्याएको छ । विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता संचालनमा ल्याएको बैंकले जानकारी गराएको छ ।

उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैंसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ । विदेशबाट श्रम गरि नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

युनिमनी को र्याफल ड्र क्याम्पियन सुरू आइफोन १३ र १०० ग्राम सुनको सिक्का जित्ने मौका

आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ । र्याफल ड्र क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट www.unimoni.qa मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३स ाथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नुहुनेछ । सोही क्याम्पियनको अवधि १ जनावरी २०२२ देखि १४ मार्च २०२२ (१७ पुष, २०७८ देखि फागुन ३०, २०७८) सम्म जम्मा ६९ दिनका लागि लागु हुनेछ ।

विद्युतिय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ । उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०÷२० जना गरेर तल उल्लेखित तालिका अनुसार पुरस्कार विनियोजन गरिएको छ ।

सोही क्याम्पियनको बारेमा बोल्दै युनिमनी कतारका महाप्रबन्धक श्री फ्लोयड जोनीले “हामी हाम्रा विश्वस्त ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको हाम्रो नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकहरूलाई उहाँहरूको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रूपमा सीधै पैसा पठाउनको लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौं । हामी सबै युनिमनी एक्सचेन्ज कतारकोे तर्फबाट म हाम्रा ग्राहकहरूमा सफलता साथै उक्तरोत्तर प्रगति को शुभकामना व्यक्त गर्न चाहन्छु ” भन्नुभएको छ ।

विश्व बजारमै नभएको महामारीको बीमा गर्ने, निजीवन बीमा कम्पनीहरुले कोरोना बीमाको भुक्तानी नगरेसम्म लाभाशं वितरण गर्न नपाउनेः बीमा समिति

ढिलै भएपनि बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले राम्रो मात्रै होइन स्वागत योग्य एउटा निर्णय गरेको छ भन्दा अब चाहि फरक पर्दैन । विश्वमै नभएको महामारीको नाममा तत्कालीन बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईको पहलमा ल्याइएको कोरोना बीमाको अर्बौ रकम अझै सर्वसाधारण जनताले पाएका छैनन् भन्दा फरक पर्दैन ।

निजीवन बीमा कम्पनीहरुले राज्यले पैसा नदिएको भन्दै विगत ६ महिना देखि कोरोना बीमा वापत दिने रकम दिन बन्द गरेका थिए । यसै कुरालाई मध्यनजर गर्दै बीमा समितिले कोरोना बीमाको प्रिमियम भुक्तानी नगरेसम्म निजीवन बीमा कम्पनीहरुको लाभाशं रोक्का गर्ने निर्णय गरेको देखिन्छ । भनिन्छ निजीवन बीमा कम्पनीहरुले ठूलावडा र आफन्ताहरुको कोरोना बीमा भुक्तानी दिए पनि सर्वसाधारण जनताको कोरोना बीमाको भुक्तानी नदिएपछि यसले ठूलो चर्चा पाएको थियो । र बीमा कम्पनीहरु प्रति जनताहरुको नकारात्मक सोच बन्दै गएको थियो भन्दा फरक पर्दैन ।

जनताको बीमा लेखको प्रिमियम नतिर्ने तर, आफ्ना शेयरधनीहरुलाई लाभाशं दिने यो हाकाहाकी ठगी ठहरिने भन्दै बीमा समितिले लाभाशं रोक्का गरेको हो भन्दा अब चाहि फरक पर्दैन । यस निर्णयको सर्वत्र स्वागत गरिएको देखिन्छ ।

कोरोना बीमाको नाममा सर्वसाधारणबाट प्रिमियम उठाएर दाबी भुक्तानी नगरेका निर्जीवन बीमा कम्पनीहरुले लाभांश बाँड्न नपाउने भएका छन् भन्दा अब चाहि फरक पर्दैन । नियामक बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानी नभएसम्म कुनै पनि प्रकारको लाभांश बाँड्न नदिने भएको हो ।सर्वसाधारणलाई भुक्तानी गर्नुपर्ने दायित्व ठूलो हुँदाहुँदै नाफा देखाएर लाभांश बाँड्नु ‘ठगी’ हो । यसमाथि कानुन प्रश्न पनि उठाउने भएपछि बीमा समितिले लाभांश वितरणमा रोक लगाउने भएको छ भन्दा फरक पर्दैन । हेक्का होस् ।
अघिल्लो आर्थिक वर्ष नेपाल पुनर्बीमा कम्पनीसहित १३ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश पारित गरेका थिए । ६ वटा जीवन बीमा कम्पनीहरुले लाभांश वितरण गरेका थिए भन्दा फरक पर्दैन ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आर्थिक बजार न्यूजडटकमसंग भनेः– निर्जीवन बीमा कम्पनीहरुलाई लाभांश वितरण गर्न नदिने निर्णय गरेका छौं र कोभिडसँगै अन्य समस्याहरु पनि छन् । त्यसैले गत वर्षको नाफाबाट चालु वर्ष कसैलाई पनि लाभांश वितरण गर्न नदिने निर्णय भएको सत्य हो ।

‘लामो समयदेखि निजीवन बीमा कम्पनीहरुले कोभिडको दाबी भुक्तानी दिन सकिएको छैन । त्यसो हुँदा बीमा कम्पनीका सेयरधनीले लाभांश नपाउँदा केही पनि हुँदैन । अध्यक्ष सिलवालले दाबी गरे । अहिले नपाए अर्को वर्ष त्यो लाभांश दिन सक्ने देखिन्छ नि उनीले थपे ।
निजीवन बीमा कम्पनीहरुबाट कोरोना बीमा एक लाख ३८ हजार २५१ जनाले बीमा रकम पाउन बाँकी देखिन्छ । दाबी भुक्तानी गर्न बाँकी कम्पनीहरुले आफैंले स्किम ल्याएका थिए । उनीहरुले ग्राहकसँग सरकारले पैसा दिएमा मात्र दाबी भुक्तानी गर्छु भन्ने सर्त राखेका थिएनन् । भन्दा फरक पर्दैन । हेक्का होस् ।

कोरोना महामारी भएका बेला बीमा कम्पनीहरुले आफ्नो फाइदाका लागि ल्याएको स्किममा पछि सरकार जोडिएको थियो । बीमा कम्पनीहरुले आफ्नो पैसा लिनुपर्ने भए सरकारसँग लिनु पर्छ । तर ग्राहकलाई भने सरकारले दिएन भनेर दाबी भुक्तानी रोक्नु भनेको ‘ऋणीले किस्ता तिर्ने बेलामा फलानोले दिएन त्यही भएर तिर्दिन’ भनेजस्तै हो । भन्दा फरक पर्दैन हेक्का होस् । र कारवाही पनि होस् ।
‘आफ्नो नाफाबाट भए पनि तिर्नु पर्छ । एक वर्षको नाफाबाट पुग्दैन भने तालिका बनाएर यति वर्षमा तिर्छु भन्नु पर्छ । ‘बीमा कम्पनीहरुले दाबी भुक्तानीको दायित्व फर्छ्यौट नगरी लाभांश वितरण गर्नै मिल्दैन । भन्दा फरक पर्दैन । कि कसो ?

कोरोना बीमाको दाबी रकम १३ अर्ब १९ करोड ७८ लाख ५५ हजार २१३ रुपैयाँ छ । सरकारले अहिलेसम्म ४१ करोड ९५ लाख १४ हजार ७ सय रुपैयाँ मात्र उपलब्ध गराएको छ । बाँकी पैसाका लागि बजेटमा व्यवस्था पनि गरेको छैन । यसैलाई देखाएर नाफा हुँदा पनि बीमा कम्पनीहरुले दाबी भुक्तानी तिर्न अटेर गरेका हुन भन्दा फरक पर्दैन । बीमा गरिएपछि दाबी भुक्तानी दिने दायित्व बीमा कम्पनीहरुको हो । त्यसकारण राज्यलाई देखाउदै पन्छिन पाइदैन । हेक्का होस् ।

सबै वित्तिय सूचकहरुमा एनआईसी एशिया बैंक लिमिटेड अग्रणी स्थान ओगट्न सफलः २७ वाणिज्य बैंक मध्येकै कान्छा सीइओ न्यौपानेको दुरगामी सोचकै कारण बैंकले मार्यो फड्को ?

भनिन्छ जोस जागर र अठोट भएपछि जे काममा पनि सफलता हासिल हुन्छ । यस्तो भएको छ एनआईसी एशिया बैंक लिमिटेडको युवा टिमलाई भन्दा अब चाहि फरक पर्दैन ।

नेपालका २७ वाणिज्य बैंकहरु मध्ये एनआईसी एशिया बैंक लिमिटेडले बैकिङ्ग क्षेत्रको अधिकाशं वित्तिय सूचकहरुमा अग्रणी स्थान ओगट्न सफल भएको देखिन्छ भन्दा अब चाहि फरक पर्दैन । २७ वाणिज्य बैंकहरु मध्येका सीइओहरुमा सबै भन्दा कान्छा सीइओ रोशन कुमार न्यौपानेको दुरगामी सोचकै कारण बैंकले छलाङ्ग मारेको भेटिएको छ ।

पूरानो नबिल बैंक, ठूलो पूजी भएको ग्लोबल आईएमई बैंक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई चुनौती दिँदै आएको एनआईसी एशिया बैंकको पछिल्लो प्रगति लोभ लाग्दो छ भन्दा फरक पर्दैन । एनआईसी एशिया बैंकको निक्षेप संकलन, खुद नाफा, प्रति शेयर आम्दानी, डिजिटल बैंकिङ्ग र शाखा सञ्जालमा लोभ लाग्दो मात्रै छैन २६ वाणिज्य बैंकहरुले सिक्ने शिक्षा जस्तो छ भन्दा अब चाहि अन्यथा नहोला । भनिन्छ कर्जा प्रवाहमा सरल प्रकृया खाता सञ्चालनमा सहजता, डेविट र मोबाइल बैंकिङ्ग र डिजिटल डिपोजिटमा समेत अग्रणी स्थान एनआईसी एशिया बैंक लिमिटेडले बनाएको छ भन्दा फरक पर्दैन ।

नेपालका २७ वाणिज्य बैंकहरुका सीइओहरुमध्ये उमेरमा कान्छा सीइओ रोशन कुमार न्यौपाने र उनीको युवा टिमकै कारण बैंकले छोटो समयमा सबै सूचकहरुमा छलाङ्ग मारेको भेटिएको छ ।


यि वित्तिय सूचकलाई हेरौंः–
बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटन सफल यस बैंकको पहिलो त्रयमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रू. ७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७७.८५ अर्ब पु¥याएको देखिन्छ । निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (रू. ६५.२९ अर्व) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. ३११.४५ अर्ब पु¥याएको भेटिएको छ भन्दा फरक पर्दैन ।

खुद मुनाफातर्फ रू. १.१८ अर्ब आर्जन, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी देखिन्छ । बैंकको स्व–पुँजीमा प्रतिफल २१.३९ प्रतिशत, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो भन्दा फरक पर्दैन । प्रति शेयर आम्दानी रू. ३९.६५ आर्जन, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो भन्दा फरक पर्दैन । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई पहिलो त्रयमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल देखिन्छ । यस अतिरिक्त देशका वाणिज्य बैंकहरूमध्ये आ.व. २०७८÷७९ को पहिलो त्रयमासमा यस बैंकको Rank को तुलनात्मक सार संक्षेप देहायबमोजिम रहेको छ ः

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गमा केके छन् सुविधा ?

मोबाइल बैंकिङ सेवाले ग्राहकहरूलाई निम्न तरिकाले आफ्ना मोबाइलमार्फत विभिन्न जानकारीमूलक र वित्तीय कारोबार गर्ने अनुमति बैंकले दिएको छ ।

अन्तर बैंक रकम स्थानान्तरण, खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, अनलाइन टिकेटिङ, युटिलीटि बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई रहेको छ ।

विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन, प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal), एपमा रहेको ‘Customer Care’ बाट ग्राहक महानुभावहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नुहुने बैंकले जनाएको छ ।

आइओएस र एन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएका स्मार्टफोनमा निःशुल्क डाउनलोड गर्न सकिने, १२ लाख भन्दा बढी पटक डाउलोड, साढे ५ लाख सक्रिय प्रयोगकर्ताहरु, बढि भन्दा बढी सुविधा एकै एपमार्फत ल्याउने बैंकको प्रयास, मोबाइल बैंकिङ ग्राहकहरूलाई आफ्ना मोबाइलमार्फत सुरक्षित तरिकाले आफ्नो खातासम्म पहुँच पु¥याउन प्रदान गरिएको एउटा प्लेटफर्म हो भन्दा फरक पर्दैन ।

मोबाइल बैंकिङ सेवाले मोबाइल फोनमार्फत ग्राहक खाता जानकारी र वास्तविक समय कारोबार राख्ने गरेको देखिन्छ । ग्राहकहरूलाई बैंकका उत्पादन र सेवाहरूबारे जानकारीमूलक सन्देशहरू दिने बैंकले जनाएको छ ।

केके छन् डिजिटल सुविधा ?
बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाब ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्ममार्फत अघि बढाईरहेको देखिन्छ भन्दा फरक पर्दैन । ४ विधाभित्र २० वटा विभिन्न सुविधाहरू लगायत कुल चार वटा सेवाहरु रहेका छन् १. मोबाइल बैंकिङ्ग सम्बन्धि सेवाहरू, २. ग्राहक सम्बन्धी सेवाहरू, ३. टेलर सेवाहरू र ४. कार्ड सम्बन्धी सेवाहरू दिएको छ भन्दा फरक पर्दैन ।

मोबाइल बैंकिङ सम्बन्धि सेवाहरू भित्रः नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट, ग्राहक सम्बन्धी सेवाहरू भित्रः ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment का सेवा बैंकले दिँदै आएको भेटिएको छ ।

टेलर सेवाहरू भित्रः नगद तथा चेक डिपोजिट भौचर भर्ने, कार्ड सम्बन्धी सेवाहरू भित्रः ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy, आईसर्भ आफैमा एउटा भर्चुअल बैंक, अनेकौ सुविधाले एनआईसी एशिया बैंक लिमिटेडलाई एउट सक्षम र अग्रणी बैंक बनाएको देखिन्छ ।

नेपालको बैंक क्षेत्रमा पहिलो पटक यि सेवा एन आई सी एशिया बैंकले ल्याएको देखिन्छ । आगामी दिनमा सकेसम्म बढी डिजिटल सेवा दिएर डिजिटल फष्ट बैंक बैंकको योजना रहेको बैंकका सीइओ रोशन कुमार न्यौपानेले बताए ।
जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई iServe मार्फत बैंक अघि बढाईरहेको देखिन्छ । एनआईसी एशिया बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले पंक्तिकारसंग बताए ।

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, iServe, Website र Internet Banking Ncell मा निःशुल्क चलाउन सकिने सुविधाहरु यस्ता छन् ।

एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, Website, iServe तथा Internet Banking मा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी Ncell निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ र भन्दा फरक पर्दैन ।

यससुविधा मार्फत Ncell का ग्राहक महानुुभावहरूले डाटा प्रयोग गरी यस बैंकका NIC ASIA MoBank तथा iServe, Website सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने र निःशुल्क सुविधाको प्रयोग गरी यस बैंकका ग्राहक महानुभावहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सक्ने व्यवस्था बैंकले गराएको भेटिएको छ ।
NIC ASIA MoBank एपः अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, QR भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क । साथै, NIC ASIA MoBank मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन दिन सकिने ।NIC ASIA MoBank प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal) को प्रयोग गर्न सक्नुहुने र एपमा रहेको ‘Customer Care’ बाट ग्राहक महानुभावहरूले आफ्ना समस्या यथासिघ्र समाधान गर्ने वयवस्थ बैंकले ल्याएको छ भन्दा फरक पर्दैन ।

iServe: यस https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सक्ने बैंकका सीइओ रोशन कुमार न्यौपानेले पंक्तिकारलाई बताए ।

Website: बैंकको वेबसाइट www.nicasiabank.com बाट यस बैंकबारे अधिकतम जानकारीको साथै अनलाइन खाता आवेदन, अनलाइन IPO आवेदन, Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिने व्यवस्था बैंकले गरेको देखिन्छ ।

Internet Banking: यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिने व्यवस्था रहेको छ भन्दा फरक पर्दैन ।

बैंकको ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गरिरहेको बैंकका सीइओ न्यौपानेले पंक्तिकारसंग बताए । पूरानो ठूला भनिएको नबिल बैंक लिमिटेड चुक्ता पूँजी ठूलो रहेको, ग्लोबल आईएमई, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुनौती बन्दै आएको एनआईसी एशिया बैंकको छलाङ्ग र पछिल्लो वित्तिय अवस्थाले यी बैंकहरुले थप व्यवसाय विस्तार गर्नुपर्ने दबाब बढेको छ भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् ।

सक्षम, दक्ष र युवा टिमको नेतृत्व गरिरहेका एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेको दीर्घकालीन सोच र कोर बैंकिङ्गले यस बैंक प्रति लाखौ लाख ग्राहक जोडिएका छन् भन्दा फरक पर्दैन । सचेत भया ।

महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपाीलकालाई ट्री गार्ड प्रदान

महालक्ष्मी विकास बैंक लिमिटेडकोेद्धारा बाँसगढी नगरपाीलकालाई ट्री गार्ड प्रदान गरेको छ । बैंककोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँसगढी नगरपाीलकालाई बर्दिया स्थीत महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका हेतु दश थान ट्रि गार्ड सहयोग स्वरुप प्रदान गरेको हो ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा बाँसगढी नगरपाीलकालाई ट्रि गार्ड प्रदान

“सबल बैंक सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँसगढी नगरपाीलकालाई बर्दिया स्थीत महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका हेतु दश थान ट्रि गार्ड सहयोग स्वरुप प्रदान गरेको छ ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card / Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card / Dollar card गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ ।