जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नागरिक लगानी कोषमा लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो दशौं एक्स्टेन्सन काउण्टर विस्तार गरेको हो । बैंकले काठमाडौंको नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषमा स्थापना गरेको हो ।

यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो एक्स्टेन्सन काउण्टरको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, एटिएम, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

धादिङ्गको मलेखुमा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले मंगलबार धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन् समारोहमा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका संचालक बलराम पराजुलीद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।

सीबीआईएल क्यापिटलको निर्देशकमा खडका नियुक्त

सीबीआईएल क्यापिटलको निर्देशकमा सुबास खड्का नियुक्त भएका छन् । सीबीआईएल क्यापिटलको डाइरेक्टरमा पौष १८ गतेदेखि खड्का नियुक्त भएका हुन् ।

कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक सुबास खड्का सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा नियुक्त भएका हुन् ।

कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले खड्कालाई पौष १५ मा कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।

सोही कार्यक्रममा अध्यक्ष, अन्य निर्देशक र सीईओले निवर्तमान निर्देशक टोपाराम पण्डितलाई आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण योगदानका लागि धन्यवाद दिए ।

ज्योति विकास बैंकद्वारा देशका ५ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको छ।

बैंकले लिपानिबिर्ता स्वास्थ्य चौकी(परवानीपुर, हेटौडा अस्पताल(हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी(फापरबारी, चन्द्रनिगाहपुर अस्पताल ( चन्द्रनिगाहपुर र इनरुवा अस्पताल ( सुनसरी गरि ५ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट लिपानिबिर्ता स्वास्थ्य चौकी, हेटौडा अस्पताल, बेतिनी स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पतालका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ। बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा। महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा ून्यानो नानीू बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना( २ को लागि सहयोग प्रदान गरेको थियो।

बैंकले यस अघि पनि राष्ट्रिय आविष्कार केन्द्र संगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल( कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल ( नवलपुर, महाकाली अञ्चल अस्पताल (कञ्चनपुर, प्युठान जिल्ला अस्पताल(प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र(महोत्तरी, आम्दा अस्पताल(झापा, जिल्ला अस्पताल(खोटाङ्ग,सामरी स्वास्थ्य चौकी( नुवाकोट, बेनी अस्पताल( म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र( बाग्लुङलाई एक(एक थान बेबी वार्मर गरि १० वटा बेबी वार्मर प्रदान गरेको थियो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

हिमालयन बैंकका कर्मचारीद्वारा सबै पक्ष मिलाएर मर्जर गर्न आग्रहः नत्र आन्दोलन घोषणा !

हिमालयन बैंकको कर्मचारी यूनियनले सबै पक्षलाई मिलाएर मात्रै मर्जर गर्न बैंक बोर्ड र नेतृत्वलाई आग्रह गरेको छ भन्दा अब चाहि फरक पर्दैन । एक हिमालयन बैंकका कर्मचारी यूनियनका नेताले पंक्तिकारसंग नाम नलेख्ने शर्तमा भनेः– सबै पक्षलाई नमिलाई मर्जर अब सम्भव नै छैन । हाम्रो तलबको विषय के हो ? नेपाल इन्भेष्टमेण्ट बैंकको कर छलीको विषय प्रष्ट भएर मर्जर नभए हामी आन्दोलन गछौं । बैंक बन्द गर्ने अवस्था समेत आउने चेतावनी उनीले पंक्तिकारलाई बताए ।

नेपाल राष्ट्र बैंकको दबाबमा कर छुट पाउने लोभमा जबरजस्ती मर्जर गरि त्यसको परिणाम राम्रो नहुने हिमालयन बैंक कर्मचारी यूनियनको दाबी छ । भन्दा अब चाहि फरक पर्दैन । हिमालयन बैंकमा कर्मचारी यूनियनले पटक÷पटक आन्दोलन गर्दै बैंक नेतृत्वलाई चेतावनी दिएका दर्जनौ घटना हामी सामू छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकका सदाबहार अध्यक्ष पृथ्वी बहादुर पाडेले सत्ता र शक्तिको भरमा हिमालयन बैंकका शेयरधनीको रोजीरोटी खोस्दै जबरजस्ती मर्जर गर्न हिमालयन बैंकका सञ्चालक एवं कांग्रेस केन्द्रीय सदस्य सुनिल बहादुर थापा मार्फत दबाब सृजना गरेको देखिन्छ । हिमालयन बैंकले बोलाएको विशेष साधारण सभाले मर्जर प्रस्ताव पास नहुने देखेपछि नेपाल इन्भेष्टमेण्ट बैंकले सेञ्चुरी कर्मशिलय बैंक, कुमारी बैंक, मेगा बैंकसंग मर्जरको छलफल समेत अगाडी बढाएको स्रोतको दाबी छ ।

गत शुक्रबार हिमालयन बैंकको केन्द्रीय कार्यालयमा अबकास पाएका पूर्व कर्मचारीलाई विदाई तथा सम्मान कार्यक्रममा बोल्दै बैंकका सीइओ अशोक राणाले हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर पेचिलो बनेको र हुन पनि सक्ने नहुन पनि सक्ने अवस्थामा पुगेको बताएका छन् । उनीकै शब्द सापटी लिने हो भने यी दुई बैंक बीच मर्जर अझै प्रस्ट भएको छैन । अगामी विशेष साधारण सभाले मर्जरको प्रस्ताव फेल हुने भन्दा फरक पर्दैन ।

उक्त कार्यक्रममा बोल्दै हिमालयन बैंकको कर्मचारी यूनियन नेपाल वित्तिय संस्था कर्मचारी संगठनका अध्यक्ष गौतम भण्डारीले मर्जर भए ठूलो बैंक हुने नभए हामीलाई राम्रो हुने बताए पछि कर्मचारीहरुलाई ताती लगाएर समर्थन गरेका थिए भन्दा फरक पर्दैन । यी दुई बैंक मर्जर गराउने योजना अब चुहिने पक्का पक्की जस्तै बनेको देखिन्छ ।
जनताको पैसामा राजनीति शुरु गरेका हिमालयन बैंकका सञ्चालक सुनिल बहादुर थापाको दबाबले हावा खाने पक्का पक्की देखिन्छ ।

प्रभु बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनी बने मालमाल

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष १८ गते आईतबारका दिन प्रभु बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, सो वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७७–०७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले तोकेको सीमाभित्र रही शेयरधनी महानुभावहरुलाई वार्षिक साधारण सभास्थलमा प्रत्यक्ष तथा अप्रत्यक्ष उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था मिलाईएको थियो ।

२०औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु सर्वसम्मत रुपले पारित गर्दै बैंकले गत आव २०७७–७८ को मुनाफाबाट सोहि आवमा कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । सभाले १२ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

वार्षिक साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने, प्राप्ती (एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने र सो सम्बन्धी समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।

देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरु सहित देशभर पैmलिएको बैंकिङ्ग सञ्जालको माध्यमबाट १६ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सोमबार विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका हुन् ।

सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई रु.२ अर्ब ५५ करोड २ लाख ८२ हजार एक सय कायम हुनेछ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

संस्थापक शेयरधनी समुह “क” बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा श्री विवेक झा निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनी समूह “ख” बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

नबिल बैंकको सुदूरपश्चिममा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासंग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । अन्तरक्रियाको दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम सुरु बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि ८ दिने तालिम कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

यस कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याई देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ । पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु २०७८/०९/११ देखि २०७८/०९/१८ सम्म संचालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागि छन । तालिममा ४०० जनाले आवेदन दिएका थिए ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरको हो । नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ ।

परियोजनामा समस्या आए तत्काल खबर गर्न अर्थमन्त्रीको आग्रह,

अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन्। बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा अर्थमन्त्रीले आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेका हुन्।

‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो’, उनले भने, ‘यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला। यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ।’

फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने भन्दै समय नै सबैभन्दा ठूलो पुँजी भएको बताए। ‘प्रोजेक्टको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो। अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो। व्यवसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन’, उनले भने, ‘मुख्य पुँजी भनेकै समय हो।’

नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत दिए।

फाइनान्स र सहकारी एउटै हुन् भन्ने भ्रम हटाउन फाइनान्सलाई ‘फाइनान्स बैंक’ बनाउन सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई ‘फाइनान्स बैंक’को रुपमा परिभाषित गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । आम जनमानसमा “फाइनान्स” भनेको “सहकारी” हो भन्ने भ्रम रहेको र हाल फाइनान्सहरुको नाममा एकरुपता कायम नभएकोले भ्रम हटाउन तथा एकरुपता कायम गर्न सिबिफिनले यस्तो सुझाव दिएको हो ।

आम जनमानसले “सहकारी” लाई बुझेर वा नबुझेर “फाइनान्स” भन्ने गरेको,र यसो हुँदा फाइनान्स कम्पनीसँग कारोबार गरेको ठानी कतिपय आम जनमानस सहकारीसँग कारोबार गर्न पुग्ने गरेको सिबिफिनले जनाएको छ ।

नाममा पनि एकरुपता नभएकोले सर्वसाधारणमा भ्रम सिर्जना गर्नसक्ने संभावना रहेको सिबिफिनले उल्लेख गरेको छ। ऐनमा “फाइनान्स कम्पनी” लेख्ने व्यवस्था भए पनि केहिलाई “….. फाइनान्स लि.” केहिलाई “… फाइनान्स कम्पनी लि.” लेख्न लगाइएकोले फाइनान्स कम्पनीहरुलाई कारोबारको दायरा प्रष्ट्याई “फाइनान्स बैंक” लेख्न दिनु उपयुक्त हुने सुझाव सिबिफिनले दिएको हो।

“फाइनान्स बैंक” को रुपमा परिभाषित गर्दा फाइनान्स र सहकारी एउटै हुन्भन्ने भ्रम हट्ने , फाइनान्स कम्पनीमा कारोबार गर्न खोज्नेहरु सहकारीमा कारोबार गर्न पुग्नसक्ने संभावनाको न्यूनीकरण हुने भएकाले र बैंकिङ प्रणालीबाट हुने कारोबार बढ्नसक्ने , कारोबारको दायरा छुट्ट्याइने भएकाले नेपाल राष्ट्र बैंकलाई नियमन गर्न पनि सहज हुने विश्वास सिबिफिनको रहेको छ ।

सिबिफिनले छिमेकी देश भारतले पनि साना साना कर्जा लगानी गर्नका लागि फाइनान्स बैंकको व्यवस्था गरेको उदाहरण पनि पेश गरेको छ। भारतको केन्द्रीय बैंकबाट लाइसेन्स पाएर हाल १० वटा स्मल फाइनान्स बैंक संचालनमा छन् ।

नेपाल एसबिआई बैंकको साधारण सभा मंगलवार हुँदै

नेपाल एसबिआई बैंकको अठइसौं वार्षिक साधारण सभा मंगलवार पुस २० गते हुदैछ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालि काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो ।  

सभाले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

‘आयल निगमले २०५८ सालपछि बोनस बाँडेको छैन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु रहर नभई बाध्यता हो’ : निर्देशक पौडेल

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले नेपाल आयल निगमले २०५८ सालबाट बोनस नबाढेको दाबी गर्नुभएको छ । पेट्रोलियम पदार्थको सहज आपूर्ति र स्वचालित मूल्य प्रणालीसम्बन्धी अन्तरक्रिया कार्यक्रमा निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले तीन अर्वको फिगरले गर्दा बोनसको कुरा जनमानसमा उठ्ने गरेको बतादै २०५८ साल भन्दा यता बोनस बाडिएको मिति गिममा नभएको दाबी गर्नुभएको हो ।उहाँले आयल निगमले मूल्य बृद्धि गर्नु रहर नभई बाध्यता भएको तर्क गर्नुभयो ।

उहाँले नेपालमा पेट्रोलियम पदार्थको शुद्धतामा कुनै सम्झौता नगरिने जानकारी दिँदै नेपालमा युरो मापदण्डको पेट्रोलसमेत आयात गरिएको बताउनुभयो ।नेपालमा पाइपलाइनबाट पेट्रोल आयात गर्दा शुद्धतामा कमि नआएको बताउँदै पौडेलले नेपाल आयल निगमको ल्याव नै भरपर्दो भएले शुद्धतामा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा दुइवटा पाइपलाईन बन्ने अवस्थामा रहेकाले पेट्रोलियम पदार्थ आयातमा अझै सहज हुने बताउनुभयो । नेपालमा पेट्रोलियम पदार्थको सहज तरिकाले आयत गर्नुपर्ने कार्यक्रमा सहभागिहरुको भनाई थियो ।