जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनी बने मालमाल

प्रभु बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनी बने मालमाल

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष १८ गते आईतबारका दिन प्रभु बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, सो वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७७–०७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले तोकेको सीमाभित्र रही शेयरधनी महानुभावहरुलाई वार्षिक साधारण सभास्थलमा प्रत्यक्ष तथा अप्रत्यक्ष उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था मिलाईएको थियो ।

२०औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु सर्वसम्मत रुपले पारित गर्दै बैंकले गत आव २०७७–७८ को मुनाफाबाट सोहि आवमा कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । सभाले १२ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

वार्षिक साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने, प्राप्ती (एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने र सो सम्बन्धी समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।

देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरु सहित देशभर पैmलिएको बैंकिङ्ग सञ्जालको माध्यमबाट १६ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

2985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका