जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नेपाल इन्भेष्टमेन्ट बैंकका नवनियुक्त अध्यक्ष पाँडेले लिए गभर्नर महाप्रसाद अधिकारीबाट शपथ

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाँडेले पुस १९ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पुस १९ गतेदेखि शपथ लिएका अध्यक्ष पाँडेले आजैदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । बैंक स्थापनाकालदेखि नै अध्यक्षको जिम्मेवारीमा रहेका उनी बैंकको प्रमुख सेयर होल्डरसमेत हुन् ।

सहकारी संस्थाबाट सवा ९ लाख चोरी

सूर्यविनायक नगरपालिका-८ अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट आइतबार राति नगद चोरी भएको प्रहरीले जनाएका छ ।

प्रहरीका अनुसार गणेश मन्दिरनजिकै रहेको उक्त सहकारीबाट ९ लाख २९ हजार ३३१ रुपैयाँ चोरी भएको हो ।

दराजमा राखेको उक्त नगद चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीले जनाएको । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सबैलाई समेट्ने गरी बीमा नीति ल्याउन प्रदेश सरकारसँग बीमा समितिका अध्यक्ष सिलवालको आग्रह

बीमा समितिको आयोजनामा प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा यही पुस १४ गते (हिजो) बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लगायत कर्मचारीहरु गरी करिव ६० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्तीका कारणले आइपर्ने संकटका समयमा बीमाले सहयोग गर्ने भएकाले बीमाको पहुँच समाजका टाठाबाठा र उद्योगी व्यवसायीसम्म मात्र नभई विपन्न बर्गसम्म पुर्याउनुपर्ने बताए।

उनले प्रदेशका सबै नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि विशेष गरी विपन्न बर्गलाई केन्द्रित गरी प्रदेश सरकारका आगामी नीति, कार्यक्रम र बजेटमा बीमासम्बन्धी नीति तथा कार्यक्रम ल्याउने जानकारी दिंदै बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी जनचेतना अभिवृद्धि महत्वपूर्ण हुने भएकाले प्रदेशका सबै पालिकाहरुमा बीमा सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री राउतले बीमा गरेपछि नागरिकमा संकटमा समयमा आत्मविश्वास र आत्मबल बढ्ने भएकाले बीमा कसरी, कहाँ गर्ने र कसरी दाबी भुक्तानी पाउने बारेमा सबैलाई बुझाउनु जरुरी रहेको बताए।

साथै, उनले प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमको प्रभावकारी कार्यान्वयमा समेत बीमाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुहुँदै सबै छोरीहरुको बीमा गर्न सकेमा समाजको रुपान्तरण हुने भएकाले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको महत्वका बारेमा आम जनतालाई बुझाउने दायित्व बीमा समिति सहित प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको समेत रहेको उल्लेख गर्दै बीमासम्बन्धी जनचेतना बढाएर नै चालू आर्थिक वर्षमा एक तिहाई जनतामा बीमाको पहुँच पुर्याउने लक्ष्य हासिल गर्न सकिने बताए ।

अध्यक्ष सिलवालले नागरिकका आवश्यकता र सुझाव अनुसार बीमालेखमा परिमार्जन गर्दै आएको जानकारी दिनुहुँदै घर जग्गामा दिएको छूट रकमबाट घरको बीमा गर्नुपर्ने, विपन्न तथा अपांगहरुको बीमा प्रदेशले गर्ने लगायतका विभिन्न सुविधाहरु सहित प्रदेशका सबैलाई समेट्ने गरी बीमा नीति ल्याउन प्रदेश सरकारसँग आग्रह गरे ।

प्रदेशका प्रमुख सचिव हरिप्रसाद मैनालीले प्रदेशमा घर तथा सम्पत्ति बीमालाई अनिवार्यरुप्मा अगाडि बढाउन आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेटमा आवश्यक नीतिगत व्यवस्था गरिने जानकारी दिए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकार र बीमा समिति आपसी समन्वयका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमा समितिका कार्य, बीमाको पहुँच विस्तारका लागि प्रदेश सरकारको भूमिका, बीमा समितिले गर्न सक्ने सहयोग लगायतका विषय सहितको कार्यपत्र प्रस्तुत गरेका थिए।

छलफलमा सहभागीहरुले बीमा कम्पनीहरुले विभिन्न कारण देखाई कृषि बीमा नगर्ने गरेको गुनासो गर्नुका साथै बीमालेखमा भएका शब्द र शर्तहरु बुझ्न कठिन भएकाले सरलीकृत गर्नुपर्ने र जडिबूटी बीमा अन्तर्गत बृक्षरोपणको समेत बीमा गर्ने व्यवस्था हुनुपर्ने लगायतका विचार व्यक्त गर्नुभयो ।

सिद्धार्थ बैंक नेशनल पेमेन्ट स्वीचमा आबद्ध

सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीको औपचारिक रुपमा सम्झौता भएको छ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुरुप सिद्धार्थ बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआवद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरण प्रयोग गर्न सक्ने छ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआइकामार्फत बैंकले ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्ने बताइएको छ।

मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा प्रवेश

मुक्तिनाथ विकास बैंक लि.ले १५ औं वर्ष पार गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ ।

बैंकले प्रदेश नं ०१ मा ४ वटा, प्रदेश नं ०२ मा ३ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदुरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरुको औपचारीक रुपमा शाखा समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरत राज ढकालले गरेका थिए ।

यसैगरी, उक्तउद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरु,पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा बैंकका उच्चपदाधिकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ । जसमध्ये, विद्यालयमा स्टेशनरीका सामग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ । यसैगरी बैंकका क्षेत्रीयकार्यालय र केन्द्रीय कार्यालयहरुले वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् ।

बैंकले काठमाडौको केन्द्रीय कार्यालय – कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो । उक्त कार्यक्रमबाट कुल २०२ पोका रगत संकलन गरेको छ । बैंकले यस वार्षिकउत्सवको अवसरमा गरेका माथि उल्लेखित सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि कुल रु १० लाख बढी बराबरको सहयोग गरेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनद्वारा २० प्रतिशत बोनस वितरण, शेयर अभौतिकीकरणका लागि आग्रह

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले यस वर्षका लागि वितरण गर्ने निर्णय गरेको २० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ । कम्पनीले कात्तिक १६ गते सम्पन्न ५४औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो । कम्पनीले पुस ९ गते २० प्रतिशत बोनस शेयर वापतको ३ लाख ८४ हजार ५८३ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो ।

कात्तिक १ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यसपश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमश जम्मा गर्दै जाने कम्पनीले बताएको छ । यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

कात्तिक १ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा भएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गराउन समेत कम्पनीले भनेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ ।

१० प्रतिशतभन्दा बढी ‘क्रस होल्डिङ’ भएका माइक्रोफाइनान्सलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले एउटै बैंक वित्तीय संस्थाको १० प्रतिशत भन्दा धेरै ‘क्रस होल्डिङ’ भएका माइक्रोफाइनान्सलाई मर्जरमा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार एउटा निर्देशन जारी गर्दै त्यस्ता माइक्रोफाइनान्ससँग कार्ययोजना माग गरेको छ ।

राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ को निर्देशन नम्बर १० मा बुँदा नम्बर १५ मा थप गरि यस्तो निर्देशन दिएको हो । उक्त बुँदामा थप गर्ने क्रममा राष्ट्र बैंकले ‘इजाजतपत्र ‘क’ ‘ख’ र ‘ग’ वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको संस्थाहरु बीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ’ भनि थप गरेको छ । यो व्यवस्था थप भए सँगै क्रस होल्डिङ्स भएका लघुवित्तले आउँदो असार मसान्तभित्रमा मर्जरमा जाने योजना बनाउनुपर्ने भएको छ ।

नबिल बैंकको सुदूरपश्चिममा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासंग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । अन्तरक्रियाको दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम सुरु बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि ८ दिने तालिम कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

यस कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याई देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ । पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु २०७८/०९/११ देखि २०७८/०९/१८ सम्म संचालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागि छन । तालिममा ४०० जनाले आवेदन दिएका थिए ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरको हो । नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ ।

सरकारी कर्मचारी पोखरेल ग्लोबल आईएमई बैंकको मार्केटिङ्ग हेड, बैंकका विज्ञापन आफ्नै लगानीको अनलाइन पोर्टलमाः कर्पोरेट सुशासनको धज्जी ? सरकारी कर्मचारीले बैंकमा जागिर खान पाइदैनन्ः प्रबक्ता राष्ट्र बैंक

ग्लोबल आईएमई बैंक लिमिटेड यस्तो बैंक हो । उसलाई जे गर्दा पनि छुट छ भन्दा फरक पर्दैन । किनभने सो बैंकका सीइओ रत्नराज्य बज्राचार्य नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका गुरु हुन् भन्दा अब चाहि फरक पर्दैन । ग्लोबल आईएमई बैंकमा एउटा घिनलाग्दो र डरलाग्दो घटना फेला परेको छ । बैंक भित्र राष्ट्र बैंकका पूर्व डिपुटी गर्भनरका श्रीमती देखि गोरखापत्र संस्थानका जागिरेहरुको हालिमुहाली छ भन्दा फरक पर्दैन । हेक्का होस्, छानवीन होस् ।

भनिन्छ आफ्नो हात जगन्नाथ भन्ने उखान जस्तो घटना ग्लोबल आईएमई बैंक भित्र फेला परेको छ । सरकारी कर्मचारी योगेश पोखरेल ग्लोबल आईएमई बैंकका मार्केटिङ्ग हेड छन् । उनीकै लगानीमा सञ्चालित www.newspolar.com पनि छ । उनीले बैंकको कर्पोरेट सुशासन विपरित गएर उक्त अनलाईन पोर्टलमा विज्ञापन गरेका छन् भन्दा अब चाहि फरक पर्दैन । सीइओ रत्नराज्य बज्राचार्यज्यू हेक्का होस् ।

गर्भनर महाप्रसाद अधिकारीले छुट दिएका छन् भन्दा अब चाहि फरक पर्दैन । यसबाट के प्रस्ट हुन्छ भने ग्लोबल आईएमई बैंकले कर्पोरेट सुशासनको धज्जी उठाएको देखिन्छ । भन्दा फरक पर्दैन । यस बारेमा गोरखापत्र संस्थानका कर्मचारी एवं ग्लोबल आईएमई बैंकका मार्केटिङ्ग हेड योगेश पोखरेलले पंक्तिकारसंग भने हो म गोरखापत्र संस्थानमा करारमा रातको समयमा डेक्समा काम गर्दछु । उनीले थपे म पत्रकार हो मेरो अनलाईन पोटलमा विज्ञापन राख्ने मेरो अधिकार हो ।

सरकारी स्वामित्वको गोरखापत्र संस्थानमा राती डेक्समा उनी पत्रकारिता गर्दछन् । र दिउँसो ग्लोबल आईएमई बैंकमा जागिर खान्छन् । के सरकारी कर्मचारीले बैंकमा जागिर खान छुट छ ? यसबारेमा नेपाल राष्ट्र बैंकका प्रवक्त डा. गुणाकर भट्टले भने सरकारी कर्मचरीले बैंकमा जागिर खान पाइदैन । तपाईले भनेको सहि भए छानवीन हामी तत्कालै गर्नेछौं । उनीले थपेः– केही बैंकहरुले बैंकको मिडिया कन्सलटेन्ट राख्ने गरेको गुनासो हामी कहाँ आएको छन् नि । उनीकै शब्द सापटी लिने हो भने सरकारबाट तलब भत्ता लिने कुनै पनि कर्मचारीले अर्को प्राइभेट बैंकमा काम गर्न पाइदैन ।

तर ग्लोबल आईएमई बैंकमा सबै कुरा गर्न गर्भनर महाप्रसाद अधिकारीले छुट दिएका छन् भन्दा अब चाहि फरक पर्दैन । यसबाट के प्रस्ट हुन्छ भने ग्लोबल आईएमई बैंकले कर्पोरेट सुशासनको धज्जी उठाएको देखिन्छ । भन्दा फरक पर्दैन । यस बारेमा गोरखापत्र संस्थानका कर्मचारी एवं ग्लोबल आईएमई बैंकका मार्केटिङ्ग हेड योगेश पोखरेलले पंक्तिकारसंग भने हो म गोरखापत्र संस्थानमा करारमा रातको समयमा डेक्समा काम गर्दछु । उनीले थपे म पत्रकार हो मेरो अनलाईन पोटलमा विज्ञापन राख्ने मेरो अधिकार हो । तपाई जागिरे भएको ग्लोबल आईएमई बैंकको विज्ञापन राख्न पाइन्छ त ? भनी पंक्तिकारले गरेको अर्को प्रश्नमा उनीले थपेः– म ग्लोबल आईएमई बैंकको मिडिया कन्सलटेन्ट हो विज्ञापन अनलाईन पोर्टलमा राख्ने मेरो अधिकार नै हो नि होइन र ?

उनीकै शब्द सापटी लिने हो भने उनी दुबै तर्फ जागिरे छन् । उनको लगानीमा अनलाईन पोर्टल पनि छ यो ठिक छ तर लाखौ जनताको डिपोजिटबाट उनी जागिरे भएको बैंकको विज्ञापन आफ्नै लगानीको अनलाइनमा राख्ने उनीलाई कुनै अधिकार छैन । यो बैंकको कर्पोरेट सुशासन विपरित छ भन्दा अब चाहि फरक पर्दैन । सीइओ रत्न राज्य बज्राचार्यज्यू हेक्का होस् । भनिन्छ ग्लोबल आईएमई बैंकमा हामी जस्ता निरिह जनताहरुको शेयर छ । डिपोजिट पनि छ । खाता पनि छ तर, जनताको डिपोजिटलाई आफ्नो हात जगन्नाथ गर्ने अधिकार बैंक सीइओ देखि कुनै पनि कर्मचारीलाई छैन । यो कसैको व्यक्तिगत कम्पनी होइन हेक्का हुनु पर्दछ कि पर्दैन ।

गोरखापत्र संस्थानका सरकारी कर्मचारी योगेश पोखरेल मार्केटिङ्ग हेड छन् नि त भनी गरिएको प्रश्नमा उनीले भने हो योगेश जी गोरखापत्र संस्थानको करार कर्मचारी हुन् हाम्रो बैंकमा जागिरे भन्दा पनि मिडिया कन्सलटेन्ट हो नि । उनीकै शब्द सापटी लिने हो भने जे भएपनि सरकारी कर्मचारीले ग्लोबल आईएमई बैंकमा जागिर खाएको चाहि सत्य हो ।

यस बारेमा पंक्तिकारले ग्लोबल आईएमई बैंकका सीइओ रत्नराज्य बज्राचार्यसंग प्रतिक्रिया माग्दा उनीले भनेः– सरकारी कर्मचारीले बैंकमा जागिर खान पाइदैन नि । तपाईकै बैंकमा गोरखापत्र संस्थानका सरकारी कर्मचारी योगेश पोखरेल मार्केटिङ्ग हेड छन् नि त भनी गरिएको प्रश्नमा उनीले भने हो योगेश जी गोरखापत्र संस्थानको करार कर्मचारी हुन् हाम्रो बैंकमा जागिरे भन्दा पनि मिडिया कन्सलटेन्ट हो नि । उनीकै शब्द सापटी लिने हो भने जे भएपनि सरकारी कर्मचारीले ग्लोबल आईएमई बैंकमा जागिर खाएको चाहि सत्य हो । यसले के प्रस्ट गर्दछ भने ग्लोबल आईएमई बैंकले कर्पोरेट सुशासनको धज्जी उठाएको देखिन्छ । सचेत भया ।

अजोड इन्स्योरेन्स र सहारा बीच सम्झौता

राइड सेयरिङ एप सहाराले यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैंयाको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि पाँच लाखको दुर्घटना र एक लाख रुपैंयाँको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बीमा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे । सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बीमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

सम्झौताअनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ । यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

पार्टनर र यात्रु दुबैले बीमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै कम्पनीका अध्यक्ष श्रेष्ठले ढुक्क भएर सहाराको सेवा लिन आग्रह गरेका छन् । सहारा एपमार्फत दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने श्रेष्ठले जानकारी दिए ।

यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट कुनै किसिमको कमिसन नलिने उद्घोष गरेको छ । बजारमा राइडर तथा पार्टनरहरुले कम्पनीलाई २० प्रतिशतसम्म कमिसन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए ।

उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ । यात्रुहरुले गूगल प्ले तथा एप्पलको एपस्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् भने चालकहरुले गूगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् ।

एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको सहारा एप राइड शेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भैसकेको छ । एपको प्रयोगकर्ता बढिरहेकाले दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ । १ लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपकामा झण्डै २० हजार पार्टनरहरु आवद्ध छन् । सहाराले पार्टनर तथा यात्रुहरुलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समय समयमा विभिन्न किसिमका अफरहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश

ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ।

काठमाडौंको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गरेका छन्। यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरे।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताएका छन्।

प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए।

हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ शेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ।

त्यस्तै, बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखारहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकमा ३,२०० भन्दा बढी कर्मचारी तथा २७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्।

बैंकले आफ्नो स्थापनाको १५औँ वर्षको अवसरमा मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ। यसैक्रममा बैंकले निःशुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो।

ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो।

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा भटौलिया बजारमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, भटौलिया बजारमा यहि पौष १६, गतेबाट ९० औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।