जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

हालको खबर

१७ औं वार्षिकोत्सवको अवसर सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

मंगलबार बिहान ९ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । अहिले सानिमा बैंकको सातै प्रदेशमा हाल ११७ वटा कार्यालयहरु र ९७ वटा ए.टि.एम. संचालनमा रहेर सेवा प्रदान गरिरहेको छ ।

सामजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अब अनलाइनबाट

सामजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अब अनलाइनबाट मात्र हुने व्यवस्था गरिएको छ । कोषले आज एक  विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको हो ।

अनलाइनबाट अवकाश दावी भुक्तानी गर्नलाई अनिवार्य रुपमा केवाइसी अपडेट भएको हुनुपर्नेछ भने रोजगारदाताको सुचिबाट टर्मिनेट गराउन लगाउनुपर्नेछ । यति भइसकेपछि कोषको वेवसाइटमा गएर कन्ट्रिब्युटर पोर्टलमा गएर लगइन गरी २०७८ असार मसान्तभित्र योगदान सुरु गरेको योगदानकर्ता हो भने एक्स्ट्रा अमाउन्टमा गएर ट्रान्सफर किल्क गर्नपर्नेछ ।

त्यसपछि  पेनसन फण्डमा जम्मा भएको रकम देखिनेछ। जसबाट  कति रकम अवकाश योजनामा लिने छान्नुपर्नेछ । सबै रकम ट्रान्सफर गर्ने हो भने अल सेलेक्ट गर्नुपर्नेछ तर त्यसो गरेको अवस्थामा अर्को कम्पनीमा  आवद्ध भए नयाँ रोजगारदाताको रुपमा आवद्ध हुनेछ  र  त्यसपछि निवृतभरण पाइनेछ ।

तर निवृतभरण योजनामा केही रकम बाँकी राखेर गरेको अवस्थामा भने  पुरानै योगदानकर्ताको रुपमा रहिरहनेछ ।यो सबै प्रकृया पुरा भइसकेपछि  एसएसएफले  ट्रान्सफर अनुमोदन गर्नुपर्नेछ । यसपछि मात्र  आफ्टर इम्प्लोइमेन्टमा गएर पैसा निकाल्ने प्रकृया अगाडी बढाउन सकिन्छ  ।

अनलाइन दाबी भुक्तानीको लागि मिति खुलेको राजिनामा स्विकृत पत्र, रोजगारदाताले सामाजिक सुरक्षा कोषलाई अवकाश योजना वापतको रकम भुक्तानिको लागि लेखेको पत्र र चेकको स्कयान कपि अपलोड गर्नु पर्ने विज्ञप्तिमा जनाइएको छ  ।

नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको ऋण सहयोग प्राप्त भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकद्वारा संचालनहुने कृषि रुपान्तरणका लागि समावेशि मूल्य श्रृंखला  परियोजना लागि को लागि नेपाल सरकार तथा कृषि विकास बैंक लिबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बरावरको सहायक ऋण सम्झौता सम्पन्न भएको हो  । 

उक्त कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डाकाराम तिवारीले हस्ताक्षर गरेका थिए ।

यस परियोजनाबाट ५ वर्ष  अवधिभित्र १ लाख २५ हजार कृषकहरु लाभान्वित हुने अनुमान गरिएको छ । कृषि मूल्यश्रृंखलाको विकास र विस्तारका लागिकार्य गर्ने यस परियोजनाले कृषकहरुलाई सहूलियतपर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर ईन्टरनेसनल संस्थासंग सहकार्य गर्दै कृषकहरुको क्षमताअभि बृद्धि गर्ने कार्य समेत गर्ने लक्ष्य रहेका छ ।

स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

नेपाल उद्योग परिसंघले मेक इन नेपाल- स्वदेशी अभियान अघि  बढाउने क्रममा स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट ९कधबमभकजष्।अयm।लउ० र  मोबाइल एप सार्वजनिक गरेका हुन ।  

स्वदेशी अभियानमा आवद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र  एप्लिकेसनबाट आवदेन दिन सकिने व्यवस्था मिलाइएको छ । यसैगरी स्वदेशी अभियानका  जानकारी पनि मोबाइल एप्लिेकेसन र वेबसाइटमा समावेश छ । 

स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आवद्ध हुनुभएको छ ।  नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै  मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्ने गरी  अभियानको प्रारम्भ गरिएको छ ।  

परिसंघले नेपालको व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन र देशको दीगो आर्थिक  विकासको आधारशीला नै औद्योगिक विकास हो भन्ने मूल सन्देशसहित यो अभियान अघि  बढाएको छ । अभियानको कार्यान्वयनसँगै देशमा औद्योगिक विकास र रोजगारी सिर्जनामा  गुणात्मक परिवर्तन आउने परिसंघको विश्वास छ ।  

स्वदेशी बेवसाइट सार्वजनिक गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली  उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको  माग बढाउने उद्देश्य अभियानले राखेको बताए । उनले स्वदेशी वस्तुको माग बढ्दै  जाँदा त्यसले औद्योगीकरणमा पनि टेवा दिने उल्लेख गरे । 

औद्योगीकरणका लागि आवश्यक नीतिगत मध्येस्थताका विषयमा नेपाल सरकारलाई  अध्ययनसहितको प्रतिवेदन प्रस्तुत गर्ने जानकारी पनि दिरे । यसैगरी परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको  हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि  बढाएको उल्लेख गरे । 

यस्तै परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो  व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन  गर्दै नियार्त वृद्धि गर्ने लक्ष्य अभियानले राखेको बताए । स्वदेशी वर्किङ कमिटीका  संयोजक हितेश गोल्छाले बेवसाइट र एप्लिकेसनबाट सम्पूर्ण जानकारी पाइने भन्दै सम्पूर्ण  स्वदेशी वस्तु तथा सेवा उत्पादकलाई यस अभियानमा आवद्ध हुन आग्रह गरे ।
  
नेपालको औद्योगीकरणको उद्देश्य राखेर सुरु गरिएको अभियान २०७७ फागुन २७ गते  तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । यस अभियान  कार्यान्वयनका लागि नेपाल सरकार र नेपाल उद्योग परिसंघबीच २०७८ असार १० गते  समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

स्वदेशी अभियानका ७ वटा स्तम्भ रहेका छ । जसमा उत्पादनसँग सम्बन्धित ४ वटा र  उपभोगसँग सम्बन्धित ३ वटा लक्ष्य रहेका छन् । नेपाली उद्योगका लागि व्यवसायमैत्री  वातावरण, आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजीगत खर्च, सेवा क्षेत्रको आधुनिकीकरण,  नेपाली उपभोक्ताद्वारा स्वदेशी वस्तुको उपभोग, सार्वजनिक खरिदमा स्वदेशीलाई प्राथमिकता  र स्वदेशी वस्तुको निर्यात यस अभियानका स्तम्भहरू हुन् । 

स्वदेशी अभियान कार्यान्वयन गर्दै नेपालको कूल गार्हस्थ्य उत्पादनमा संरचनागत  परिवर्तनका लागि ३४ वटा नीतिगत मध्येस्थता तय भएका छन् । त्यसमा श्रृंखलाबद्ध  छलफल गर्दै नेपालमा उद्योगमैत्री वातावरण तयार गर्ने परिसंघको उद्देश्य रहेको छ । 

वार्षिक १ हजार उद्योग दर्ता, सन्२०२५ सम्ममा कूल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा  २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पु¥याउने, वार्षिक १ लाख ५० हजार  औद्योगिक रोजगारी सिर्जना गर्ने र आगामी ५ वर्षमा निर्यात ४.६ अर्ब डलर बराबरको  पु¥याउने लक्ष्य अभियानका रहेका छन् ।

अर्बै राजश्व छली गरेको नेपाल इन्भेष्टमेण्ट बैंकलाई गर्भनर अधिकारीको चर्को निर्देशनमा यसरी दिएका थिए, बैंक सुपरिवेक्षण विभागका उपनिर्देशक पोखरेलले लाभाशंको स्वीकृती (प्रमाण सहित)

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडलाई लाभाशंमा लाग्ने कर छली गरेको प्रमाण नै महालेखा परिक्षकको कार्यालयले उपलब्ध गराएपनि रातारात लाभाशंको स्वीकृती गरेको पत्र आर्थिक बजार न्यूजडटकमलाई प्राप्त भएको छ ।

राज्यले पाउने अर्बौकर उठाउने दायित्व बैंकका गर्भनर महाप्रसाद अधिकारी र उनीको कर्मचारीहरुको हो कि होइन ? जनताको करबाट वार्षिक लाखौ लाख तलब खाने तर राज्यलाई घाटा हुने काम नियमनकारी निकाय राष्ट्र बैंकबाट हुनुले के सन्देश दिन्छ हेक्का होस् ।
के राज्यलाई तिर्नु पर्ने कर नेपाल इन्भेष्टमेण्ट बैंकले तिर्नु पर्दछ कि पर्दैन । सत्ता र शक्तिको भरमा मर्जर गर्ने शर्तमा सबैकुरा छुट दिने अधिकार नेपाल राष्ट्र बैंकका गर्भनर र उनका कर्मचारीहरुलाई छैन । अर्थमन्त्री जनार्दन शर्माज्यू हेक्का होस् ।

बैंक र वित्तिय क्षेत्रको आफूलाई नियमनकारी निकाय हुँ भन्ने तर, पावरवाला, राजनीतिक पार्टीका नजिक नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेको बैंकलाई कर छली गरेको भेटिएपनि लाभाशं स्वीकृती दिने तर मर्जरको निर्णय नगरेको भन्दै हिमालयन बैंकको वित्तिय विवरण (लाभाशं) रोक्का गर्ने अधिकार राष्ट्र बैंकका हाकिमहरुलाई कसले दियो ।

यो खोजीको विषय बनेको छ । हामीले खोजी भित्रीरुपमै शुरु गरेका छौं । के मर्जर जबरजस्ती हुन्छ । मर्जर सबै बदमासी छुट हुन्छ ? यसको उत्तर गर्भनर अधिकारीले नै अब आम डिपोजिटकर्ता र शेयरधनीलाई दिनु पर्दछ कि पर्दैन ।

हिमालयन बैंकलाई एउटा कानून र नेपाल इन्भेष्टमेण्ट बैंकलाई अर्को कानून लागु हुने कुन निर्देशिकामा उल्लेख गरेको छ गर्भनर साब ?
राष्ट्र बैंकबाट पेश गरिएका वित्तिय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रवधानहरु पालना गरेको देखिएको हुँदा, उक्त ऐनको उपदफा (१) बमोजिम नियमनकारी समायोजन पछिको सञ्चित मुनाफा रकमबाट रु १२६५४१३४५२, शेयर प्रिमियमबाट रु ४७९८३७१ ऋणपत्र फिर्ता जगेडा कोषबाट रु ५०००००००० र Bargain purchase Gain/ Acquisition Recurve वापत नियमनकारी समायोजन कोषमा जम्मा रकमबाट रु २८००००००० गरी जम्मा रु २०५०२११८२३ बोनस शेयर तथा रु ५५०९६०८९७ नगद लाभाशं (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनको लागि समेत) गरी कुल जम्मा ३६०११७२७२० लाभाशं वितरण गर्न आकर ऐन र अन्य प्रचलित कानूनी व्यवस्थको समेत पालना गर्ने गरी त्यस बैंकको वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृती प्रदान गरिएको, साथै आ.व. २०७७÷०७८ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकतीको लागि पेश गर्निे प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयअनुसार जानकारी गराउदछु । भनिएको छ ।

लेखा परिक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरु पूर्ण सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने व्यवस्था मिलाउनु हनु भनिएको छ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पुँजीको २ प्रतिशत वा सो भन्दा बढि शेयर धारण गरेको संस्थापकहरुले राष्ट्र बैंकको स्वीकृति नलिई आफूले धारणा गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुलाई सोको स्वीकृति नलिएसम्म वा सो शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रुपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद दाभाशं तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनु हुन भनिएको छ ।

यस बैंकबाट जारी गरिएको निर्देशन नं. १० को बुदाँ नं. ७ बमोजिम इजाजत प्राप्त कुनै एक बैंक तथा वित्तिय संस्थाको संस्थाक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढिमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तय संस्थाहरुमा चुक्ता पुँजीको बढिमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लेखित सीमाभन्दा बढि शेयर लाभाशं तथा बोनस शेयर विवरण रोकका व्यवस्था मिलाउनु हुन पनि भनिएको देखिन्छ ।

यता नेपाल इन्भेष्टमेण्ट बैंकले मर्जरको समय माग्दै राष्ट्र बैंकलाई पत्र पठाएको छ । यो राष्ट्र बैंकको चाहाना अनुसार नै गरिएको भेटिएको देखिन्छ ।

आर्थिक एजेण्डामा सबै राजनीतिक दलको समान दृष्टिकोण चाहिन्छः एफएनसीसीआई उपाध्यक्ष ढकाल

नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिकदलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन्। 

नेपालउद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थानगर्न सबै राजनैतिकदलहरुको समान धारणा आवश्यक पर्ने बताएका हुन्।

“अहिले अर्थतन्त्र विस्तारै सुधार हुनथालेको छ। यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न। सबै मिलेर यसलाई द्रुत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,”उनले भने, “यसका लागि सबै राजनैतिक दलहरुको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ।

अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभावबारे बोल्दै उनले यसलाई अहिलेसम्मका अध्ययनहरुले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यससँगसँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो।

लुम्बिनीप्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए। 

उनले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत सहकार्य हुने बताए। 

“हामी सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्यहरु निर्माण गर्न गइरहेका छौँ। यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ। यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत साझेदारी र सहकार्य हुनेछ।’ उनले भने।
कोभिड महामारीले मुलुकमा चुनौतीमात्र नथपेको बताउँदै यसले नयाँनयाँ अवसरका ढोकापनि खोलेको छ।’

डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो सङ्कटले सबैलाई बाध्यपारेको भन्दै इ–कमर्श, इ–कारोबार, सेवा तथा वस्तुको उत्पादन एवं बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरुको प्रयोग बढेको पनि उनले बताए।

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण २०७८ साल मंसिर १८ गते शनिवारको दिन होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडरहरु, उत्कृष्ट ५ सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरे ।

कार्यक्रममा ४०० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भएको हो ।कार्यक्रममा मुख्य अतिथिका रुपमा डा. सन्दुक रुइतको उपस्थिती थियो । आफ्नो जिवनका भोगाइहरु व्यक्त गर्दै उनले आफुले मन देखी चाहेको खण्डमा केहि कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिदैँ अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे ।
 
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई  पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे ।

समापनको अवसरमा अध्यक्ष श्री प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।

गायक तथा कलाकार प्रकाश सपुतलाई प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा निरन्तरता

नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुतलाई प्रभु बैंक लिमिटेडले थप अवधिका लागि आफ्नो ब्रान्ड एम्बास्डरमा निरन्तरता दिने भएकोे छ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा गायक तथा कलाकार सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिनेसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। प्रभु बैंकले गत वर्षदेखि नै सपुतलाई आफ्नो ब्रान्ड एम्बस्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको  हुँदा थप अवधिका लागि प्रभु बैंक ब्रान्ड एम्बास्डरमा निरन्तरता दिने भएको हो।

नेपाली सांगीतिक आकाशका उज्ज्वल नक्षत्रका रुपमा ख्यातिप्राप्त गायक एवं श्रोता तथा दर्शकको अत्याधिक रुचिमा पर्न सफल सपुत प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा थप अवधिका लागि नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने र प्रभु बैंकको यस किसिमको पहलकदमीबाट नेपालको कलाकारिता क्षेत्रको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

परासीमा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ। 

मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०३औँ शाखा हो। 

मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।

कामना बैंकले ‘कामना सेवा फुटसल कप २०२१’ आयोजना गर्दै

“स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिता आयोजना गर्ने भएको छ । 

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् । 

सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खल्तीपाटी डटकमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।
 
संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक श्री विश्वेश्वर सुवेदीले बताए । 

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गर्ने पक्का भएको छ। उनको नियुक्ति सन्दर्भमा बैंकले कर्मचारीलाई जानकारी गराइसकेको छ। 

प्रमुख कार्यकारी अधिकृत भुवन दहाल दुई कार्यकाल पुरा गरेर माघ ११ गतेबाट अवकाश हुँदैछन्। त्यसपछि १२ गतेदेखि पाण्डेले बैंकको व्यवस्थापन सम्हाल्ने छन्।

पाण्डे यसअघि विभागीय प्रमुखको जिम्मेवारीमा थिए। उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिसकेको छ।

दहालभन्दा एक तह तल अर्थात नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा तेजबहादुर चन्द छन्। उनी लामो समयदेखि सानिमा बैंकमा छन्। चन्दलाई छाडेर बैंक सञ्चालक समितिले पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।

पाण्डे जोखिम र ऋण प्रवाहमा अब्बल मानिन्छन्। नबिल बैंकबाट करियर सुरु गरेका उनी ८ वर्षअघि सानिमा बैंक गएका हुन्। नबिल बैंक छाडेर डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रूपमा दहाल सानिमा गएका थिए। त्यसबेला प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल थिए।

प्रमुख कार्यकारी अधिकृत बनाउने प्रतिबद्धताका आधारमा दहाल सानिमा गएका थिए। उनले नबिलबाट पाण्डेसहित अन्य केहीलाई पनि लगेका थिए। 

“नेपाल आइडल सिजन ४” को मुख्य प्रायोजकमा कोका–कोला

सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका–कोलाले अन्तर–राष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले भने, “कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो । हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको छ ।

हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका–कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा हामी अत्यन्त खुशी छौँ । सम्पूर्ण प्रतिस्पर्धी र नेपाल आइडल टिमलाई कोका–कोलाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”

नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले भने, “नेपाल आइडलको सिजन ४ मा पनि कोका–कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ । नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ । गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जित्नुभएको थियो र आफ्नो सांगीतिक यात्रालाई उहाँँले कडा परिश्रमको साथ अगाडि बढाइ रहनुभएको छ । यसपालि अझ दमदार प्रतिस्पर्धीहरुको सहभागितासँगै हामी नयाँँ विजेता को हुनेछ भनेर थाहा पाउन निकै नै आतुर छौँ ।”

नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट ब्एज्ञ टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरुलाई प्ल्याटफर्म दिँदै आइरहेको छ ।