जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा Dynamic Combo Pack

डिशहोम फाईबरनेटले Dynamic Combo Pack Offer अन्तर्गत ४० एमबिपिएस ईन्टरनेट बार्षिक मात्र रु १२,९९९ मा ल्याएको छ । जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनुहुनेछ । यो सुविधा २५ एमबिपिएस वार्षिक रु ११,५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएस सम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सबै पेट्रोल पम्पलाई चार्जिङ स्टेशन बनाउनु पर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सबै पेट्रोल पम्पलाई चार्जिङ् स्टेशन बनाउनु पर्ने बताएका छन् । नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपालको ४५ औँ वार्षिक साधारण सभा कार्यक्रमको उद्धघाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।   

अर्थमन्त्री शर्माले भने, ‘आन्तरिक उत्पादनमा आधारित उद्योगहरु सञ्चालन गर्न अटो मोबाईल्स व्यवसायीले पनि सहयोग गर्नुपर्छ । यसका लागि विद्युतमा आधारित सवारी साधन आयात वा स्वदेशमै उत्पादन गरि हाल रहेका पेट्रोल पम्पहरुलाई विद्युतिय चार्जिङ स्टेशनकारुपमा परिणत गर्न सरकार तयार छ ।’ 

उक्त कार्यक्रममा बोल्दै उनले नाडाको भूमिका घटाउनु पर्नेमा जोड दिएका छन् । ‘नाडासँग सम्बन्धीत व्यवसायीले विदेशबाट सवारी साधन र यससँग सम्बन्धीत पार्टहरुको आयात गरि ठूलो मात्रामा विदेशी मुद्रा बाहिर पठाउने काम गरेका छन् । अब यसलाई घटाउँदै लैजानु पर्छ’, उनले भने । विदेशबाट आयात गरिएका महँगा गाडीहरुले राज्यको राजश्वमा ठूलो योगदान गरेपनि अब सवारी साधान र यससँग सम्बन्धीत उद्योग स्वदेशमा नै स्थापना गरेर विदेशबाट आयात गर्ने भूमिका कम गर्दै लैजान उनले आग्रह गरे । 

त्यस्तै, अर्थमन्त्री शर्माले नेपालमा टायर, मोविल उद्योगको पनि सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा टायर उद्योगको सम्भावना छ । त्यति मात्र होइन नेपालमा मोविल उद्योगको पनि विस्तार गर्न सकिन्छ । नेपालको आजको आवश्यकता अनुसार अघि बढ्न म आग्रह गर्दछु ।’ अर्थमन्त्री शर्माले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताए । ‘स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक छ’, मन्त्री शर्माले भने, ‘आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ । आजको जमानामा यो सम्भव छैन ।’ 

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धीहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने बताएका हुन् । यद्यपि स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिने बताए । ‘प्रतिबन्ध सम्भव छैन’, उनले भने, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए । 

मन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । उनले खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताऐ । त्यसका लागि परम्परागत नीतिलाई समायानुकूल परिवर्तन गर्नुपर्ने र त्यो सम्भव रहेको पनि उनले बताए । मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पु¥याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीहरूलाई आग्रह गरे ।

उनले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गर्नुभएको हो । ‘त्यो २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पु¥याउन तपाईँहरूलाई आग्रह छ’, व्यवसायीहरूलाई उनले भने, ‘आजको दिनमा जहाँ पनि प्रविधि पु¥याउन सकिन्छ । जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’ 

सिटिजन्स बैंकद्वारा आठ लाख भन्दा बढी नगद हस्तान्तरण

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुई जनालाई नगद हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेली लाई ३ लाख ६५ हजार ७७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरी लाई ४ लाख ५४ हजार १२२ रुपैयाँ नगद हस्तान्तरण गरेको हो । 

उक्त रकम सिटिजन्स बैंकका  प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यही मंसिर २१ गते एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।  

सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ११४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता, यसरी सहजै रकम पठाउन सकिने

राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र इसेवा सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी  निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरे।

सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण  शाखाहरुबाट भुक्तानी हुनेछ। विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पठाएको पैसा इसेवामार्फत लिन सकिने विज्ञप्तिमा उल्लेख छ।

इसेवा उपभोग गर्न बैंकका खाताग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबीबी स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ। विज्ञप्तिका अनुसार त्यसपछि मुलुकभरी तथा संसारका २०० बढी मुलुकमा कारोबार विस्तार गरेको ईसेवा र राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

त्यो पैसा आरबीबी स्मार्ट एप प्रयोग गरेर ईसेवामनी ट्रान्सफर मार्फत नेपालभरी रहेका ईसेवाका नेटवर्क माझ रेमिटेन्स पठाउन र पाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, इसेवामनी ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख ईन्द्र वस्नेत लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।

कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना प्रस्तुत गरेको छ ।

यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।

विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तिव्र गतिमा अघि बढेका छन् ।

यस्तो विकास निर्माणका काममा जोखिम बढि रहेको हुन्छ । साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्कर देखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना ल्याएको हो ।

यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना यहाँहरु माझ ल्याएको हो ।

यस बीमा योजनाको मूख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नु हो ।

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाखसम्मको सम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ ।

यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ५० हजार देखि १ करोडसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ ।
वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानि गर्न सकिने “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १% छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३% थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६% थप लाग्नेछ भने अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थप घट हुने छैन ।

बीमालेख चालु रहि बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने छ ।

बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने छ ।

बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम + आर्जित बोनश रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।

यदि कदम्कदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला रेमिट’ सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहजरुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टकोमा गई नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सीधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्नेछन।

बैंकले संचालनमा ल्याएको यस सेवा आन्तरिक बिप्रेषण को लागि हो भने बिदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकमलाई समेत बैंकिङ प्रणालीबाट नेपालमा ल्याई सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिने सम्बन्धि अन्तरास्ट्रिय रेमिट्यान्स सेवासमेत छिट्टै संचालनमा ल्याउन लागिएको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई हाल सम्म सफलताका सोह्रौं वर्ष पार गरिसकेको छ । सांग्रिला डेभलपमेन्ट बैंकका देशभर १०४ शाखा तथा, ३१ एटिएम संचालनमा छन् ।

केयुकेएलले १५ करोड रुपैयाँको आईपीओ जारी गर्ने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । पब्लिक कम्पनीको रुपमा स्थापित केयुकेएलले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर मिलनकुमार शाक्यले आईपीओ जारी गर्ने तयारी सुरु भएको बताए । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत रकम बराबरको आईपीओ जारी गर्न लागेको शाक्यले जानकारी दिए । केयुकेएलको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ ।

आईपीओ जारी गर्ने प्रक्रिया सुरु भएको छ, कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत (१५ करोड रुपैयाँ) बराबरको आईपीओ जारी गर्नेछ,’ प्रमुख कार्यकारी अधिकृत शाक्यले विकासन्युजसँग भने ।

सैद्धान्तिक रुपमा आईपीओ जारी गर्ने निर्णय केयुकेएलको संचालक समितिले गरिसकेको छ । अब कम्पनीको वार्षिक साधारणसभा बोलाएर आईपीओ जारी गर्ने संचालक समितिको प्रस्तावमाथि निर्णय गर्दैछ । काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने जिम्मा पाएको केयुकेएलले सर्वसाधारणमा सेयर जारी गरेर पब्लिक संचालक भित्र्याउने तयारी गरेको हो ।

केयुकेएलमा नेपाल सरकारको २४ प्रतिशत, काठमाडौ महानगरपालिकाको २४ प्रतिशत, नेपाल चेम्बर अफ कमर्शको ७.२ प्रतिशत र नेपाल उद्योग बाणिज्य महासंघको ४ प्रतिशत सेयर लगानी छ । यस्तै ललितपुर चेम्बर अफ कमर्शको १.२ प्रतिशत, भक्तपुर चेम्बर अफ कमर्शको १.२ प्रतिशत र ललितपुर महानगरपालिकाको ८ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीले उपत्यकाका १६ वटा नगरपालिकाको लागि ८ प्रतिशत, कर्मचारी कल्याणकारी कोषका लागि ४ प्रतिशत, केयुकेएलका कर्मचारीको लागि ५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्याएको छ ।

एनएमबि बैंकले स्विटजरल्याण्डबाट डेढ अर्ब ल्याउन स्वीकृति पायो

तरलता अभाव भइरहेका बेलामा एनएमबि बैंकले विदेशबाट पैसा ल्याउने भएको छ । स्विटजरल्याण्डको ओबीएएम (OBVIAM) इन्भेष्टमेन्ट फण्डबाट सफ्ट लोन स्वरुप  १२ मिलियन डलर ( करिब डेढ अर्ब रुपैयाँ) बराबर पैसा ल्याउने भएको हो । 

उक्त पैसा ल्याउनका लागि मंगलबार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । विदेशबाट सस्तो ब्याजदरमा ल्याएको ऋणले केही हदसम्म भएपनि नेपाली बैंकिङ प्रणालीको तरलता संकटमा राहत दिने विश्वास लिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए । यसअघि एक वर्ष पहिला पनि  बेलायती संस्था सीबीसीले एनएमबि बैंकलाई १५ मिलियन डलर ल्याइसकेको छ । 

गत हप्ता मात्रै एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको थियो  । नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड हात पार्न सफल भएको हो। 

महालक्ष्मी विकास बैंकद्धारा टोल विकास संस्थालाई डस्टबिन प्रदान

महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हेटाँैडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठुलो डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ ।

शहिद स्मारक पार्कमा आयोजित एक भव्य कार्यक्रम बीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु गणेश टोल बिकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने कुरा बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।  

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको जनाएको छ । 

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, इ कमर्स कार्ड, र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, इ कमर्स कार्ड, र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको बैंकले जनाएको छ । 

१७ औं वार्षिकोत्सवको अवसर सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

मंगलबार बिहान ९ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । अहिले सानिमा बैंकको सातै प्रदेशमा हाल ११७ वटा कार्यालयहरु र ९७ वटा ए.टि.एम. संचालनमा रहेर सेवा प्रदान गरिरहेको छ ।

सामजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अब अनलाइनबाट

सामजिक सुरक्षा कोषको अवकाश दावी भुक्तानी अब अनलाइनबाट मात्र हुने व्यवस्था गरिएको छ । कोषले आज एक  विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको हो ।

अनलाइनबाट अवकाश दावी भुक्तानी गर्नलाई अनिवार्य रुपमा केवाइसी अपडेट भएको हुनुपर्नेछ भने रोजगारदाताको सुचिबाट टर्मिनेट गराउन लगाउनुपर्नेछ । यति भइसकेपछि कोषको वेवसाइटमा गएर कन्ट्रिब्युटर पोर्टलमा गएर लगइन गरी २०७८ असार मसान्तभित्र योगदान सुरु गरेको योगदानकर्ता हो भने एक्स्ट्रा अमाउन्टमा गएर ट्रान्सफर किल्क गर्नपर्नेछ ।

त्यसपछि  पेनसन फण्डमा जम्मा भएको रकम देखिनेछ। जसबाट  कति रकम अवकाश योजनामा लिने छान्नुपर्नेछ । सबै रकम ट्रान्सफर गर्ने हो भने अल सेलेक्ट गर्नुपर्नेछ तर त्यसो गरेको अवस्थामा अर्को कम्पनीमा  आवद्ध भए नयाँ रोजगारदाताको रुपमा आवद्ध हुनेछ  र  त्यसपछि निवृतभरण पाइनेछ ।

तर निवृतभरण योजनामा केही रकम बाँकी राखेर गरेको अवस्थामा भने  पुरानै योगदानकर्ताको रुपमा रहिरहनेछ ।यो सबै प्रकृया पुरा भइसकेपछि  एसएसएफले  ट्रान्सफर अनुमोदन गर्नुपर्नेछ । यसपछि मात्र  आफ्टर इम्प्लोइमेन्टमा गएर पैसा निकाल्ने प्रकृया अगाडी बढाउन सकिन्छ  ।

अनलाइन दाबी भुक्तानीको लागि मिति खुलेको राजिनामा स्विकृत पत्र, रोजगारदाताले सामाजिक सुरक्षा कोषलाई अवकाश योजना वापतको रकम भुक्तानिको लागि लेखेको पत्र र चेकको स्कयान कपि अपलोड गर्नु पर्ने विज्ञप्तिमा जनाइएको छ  ।

नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको ऋण सहयोग प्राप्त भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकद्वारा संचालनहुने कृषि रुपान्तरणका लागि समावेशि मूल्य श्रृंखला  परियोजना लागि को लागि नेपाल सरकार तथा कृषि विकास बैंक लिबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बरावरको सहायक ऋण सम्झौता सम्पन्न भएको हो  । 

उक्त कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डाकाराम तिवारीले हस्ताक्षर गरेका थिए ।

यस परियोजनाबाट ५ वर्ष  अवधिभित्र १ लाख २५ हजार कृषकहरु लाभान्वित हुने अनुमान गरिएको छ । कृषि मूल्यश्रृंखलाको विकास र विस्तारका लागिकार्य गर्ने यस परियोजनाले कृषकहरुलाई सहूलियतपर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर ईन्टरनेसनल संस्थासंग सहकार्य गर्दै कृषकहरुको क्षमताअभि बृद्धि गर्ने कार्य समेत गर्ने लक्ष्य रहेका छ ।