जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • आर्थिक एजेण्डामा सबै राजनीतिक दलको समान दृष्टिकोण चाहिन्छः एफएनसीसीआई उपाध्यक्ष ढकाल

आर्थिक एजेण्डामा सबै राजनीतिक दलको समान दृष्टिकोण चाहिन्छः एफएनसीसीआई उपाध्यक्ष ढकाल

नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिकदलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन्। 

नेपालउद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थानगर्न सबै राजनैतिकदलहरुको समान धारणा आवश्यक पर्ने बताएका हुन्।

“अहिले अर्थतन्त्र विस्तारै सुधार हुनथालेको छ। यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न। सबै मिलेर यसलाई द्रुत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,”उनले भने, “यसका लागि सबै राजनैतिक दलहरुको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ।

अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभावबारे बोल्दै उनले यसलाई अहिलेसम्मका अध्ययनहरुले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यससँगसँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो।

लुम्बिनीप्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए। 

उनले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत सहकार्य हुने बताए। 

“हामी सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्यहरु निर्माण गर्न गइरहेका छौँ। यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ। यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत साझेदारी र सहकार्य हुनेछ।’ उनले भने।
कोभिड महामारीले मुलुकमा चुनौतीमात्र नथपेको बताउँदै यसले नयाँनयाँ अवसरका ढोकापनि खोलेको छ।’

डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो सङ्कटले सबैलाई बाध्यपारेको भन्दै इ–कमर्श, इ–कारोबार, सेवा तथा वस्तुको उत्पादन एवं बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरुको प्रयोग बढेको पनि उनले बताए।

4465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका