जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

नेपाल उद्योग परिसंघले मेक इन नेपाल- स्वदेशी अभियान अघि  बढाउने क्रममा स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट ९कधबमभकजष्।अयm।लउ० र  मोबाइल एप सार्वजनिक गरेका हुन ।  

स्वदेशी अभियानमा आवद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र  एप्लिकेसनबाट आवदेन दिन सकिने व्यवस्था मिलाइएको छ । यसैगरी स्वदेशी अभियानका  जानकारी पनि मोबाइल एप्लिेकेसन र वेबसाइटमा समावेश छ । 

स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आवद्ध हुनुभएको छ ।  नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै  मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्ने गरी  अभियानको प्रारम्भ गरिएको छ ।  

परिसंघले नेपालको व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन र देशको दीगो आर्थिक  विकासको आधारशीला नै औद्योगिक विकास हो भन्ने मूल सन्देशसहित यो अभियान अघि  बढाएको छ । अभियानको कार्यान्वयनसँगै देशमा औद्योगिक विकास र रोजगारी सिर्जनामा  गुणात्मक परिवर्तन आउने परिसंघको विश्वास छ ।  

स्वदेशी बेवसाइट सार्वजनिक गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली  उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको  माग बढाउने उद्देश्य अभियानले राखेको बताए । उनले स्वदेशी वस्तुको माग बढ्दै  जाँदा त्यसले औद्योगीकरणमा पनि टेवा दिने उल्लेख गरे । 

औद्योगीकरणका लागि आवश्यक नीतिगत मध्येस्थताका विषयमा नेपाल सरकारलाई  अध्ययनसहितको प्रतिवेदन प्रस्तुत गर्ने जानकारी पनि दिरे । यसैगरी परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको  हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि  बढाएको उल्लेख गरे । 

यस्तै परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो  व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन  गर्दै नियार्त वृद्धि गर्ने लक्ष्य अभियानले राखेको बताए । स्वदेशी वर्किङ कमिटीका  संयोजक हितेश गोल्छाले बेवसाइट र एप्लिकेसनबाट सम्पूर्ण जानकारी पाइने भन्दै सम्पूर्ण  स्वदेशी वस्तु तथा सेवा उत्पादकलाई यस अभियानमा आवद्ध हुन आग्रह गरे ।
  
नेपालको औद्योगीकरणको उद्देश्य राखेर सुरु गरिएको अभियान २०७७ फागुन २७ गते  तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । यस अभियान  कार्यान्वयनका लागि नेपाल सरकार र नेपाल उद्योग परिसंघबीच २०७८ असार १० गते  समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

स्वदेशी अभियानका ७ वटा स्तम्भ रहेका छ । जसमा उत्पादनसँग सम्बन्धित ४ वटा र  उपभोगसँग सम्बन्धित ३ वटा लक्ष्य रहेका छन् । नेपाली उद्योगका लागि व्यवसायमैत्री  वातावरण, आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजीगत खर्च, सेवा क्षेत्रको आधुनिकीकरण,  नेपाली उपभोक्ताद्वारा स्वदेशी वस्तुको उपभोग, सार्वजनिक खरिदमा स्वदेशीलाई प्राथमिकता  र स्वदेशी वस्तुको निर्यात यस अभियानका स्तम्भहरू हुन् । 

स्वदेशी अभियान कार्यान्वयन गर्दै नेपालको कूल गार्हस्थ्य उत्पादनमा संरचनागत  परिवर्तनका लागि ३४ वटा नीतिगत मध्येस्थता तय भएका छन् । त्यसमा श्रृंखलाबद्ध  छलफल गर्दै नेपालमा उद्योगमैत्री वातावरण तयार गर्ने परिसंघको उद्देश्य रहेको छ । 

वार्षिक १ हजार उद्योग दर्ता, सन्२०२५ सम्ममा कूल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा  २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पु¥याउने, वार्षिक १ लाख ५० हजार  औद्योगिक रोजगारी सिर्जना गर्ने र आगामी ५ वर्षमा निर्यात ४.६ अर्ब डलर बराबरको  पु¥याउने लक्ष्य अभियानका रहेका छन् ।

4355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?