जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

बैंकिङ र बीमा क्षेत्रबीच सहकार्य गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्न का.मु.गभर्नर ढुंगानाको आग्रह

नेपाल राष्ट्र बैंककी का.मु.गभर्नर निलम ढुंगानाले बैंकिङ एवं बीमा क्षेत्रले एकआपसमा सहकार्य गर्दै उत्पादनशिल क्षेत्रमा लगानी अभिवृद्धि गर्दै जानुपर्ने बताएकी छन् । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढुंगानाले लगानी र उद्यमशीलताको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य देखिएको बताइन् ।

बीमा क्षेत्रको विकासमा प्रविधिको भुमिका धेरै प्रभावकारी हुने भएकाले नेपाली बीमा कम्पनीहरूमा डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधिहरूको माध्यमबाट बीमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्यहरू अझ प्रभावकारी हुने उनको भनाइ छ ।

कायममुकायम गभर्नर ढुंगानाले भनिन्, ‘बीमा क्षेत्रको विकासमा प्रविधिको भुमिका अत्यन्तै प्रभावकारी हुन्छ । नेपाली बीमा कम्पनीले डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधिहरू प्रयोगमा ल्याउनुपर्छ । सोको माध्यमबाट बीमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्यहरू अझ प्रभावकारी हुनेछ । जसबाट बीमा व्यवसायले प्रवाह गर्ने सेवालाई गुणस्तरीय, छिटो पारदर्शी, सुलभ एवंम विश्वासशिलो बनाउन सकिनेछ ।’

ढुंगानाले नियमनकारी निकायको हैसियतले पनि बीमा प्राणिकरणले बीमा सम्बन्धि सुरक्षाका मामिलामा अझ बढी ध्यान दिनुपर्ने बताइन् । बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी समयमै मिलाउने व्यवस्था सुनिश्चित गर्नसक्नुपर्छ । त्यसो गर्नसके बीमाप्रति जनताको विश्वास बढेर जाने उनको भनाइ छ । जनताले दुर्घटना, प्रकृतिक विपद जस्ता संकटको बेला समयमै दाबी भुक्तानी पाएमा सकारात्मक सन्देश प्रवाह हुनेछ र अरुलाई पनि बीमा गर्न प्रोत्साहन मिल्ने उनले बताइन् ।

नेपालमा बीमा व्यवसाय तथा यसले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन बीमा शिक्षा, बीमा व्यवसाय प्रवद्र्धन तथा बिमितको हकहितको संरक्षणसम्बन्धि कार्यमा थप जोड दिन जरूरी रहेको उनको भनाइ छ ।

सिटिजन्स बैंकद्वारा संकट मोचन देवसरन रामरती माविलाई पंखा वितरण

सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका ४ अवस्थित संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु सहयोग प्रदान गरेको छ ।

यस विद्यालयमा करिब १००० बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् र अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ । विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप पंखाहरु हस्तान्तरण गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको उनको भनाइ छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ८८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

ग्लोबल आइएमई बैंक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ । नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको बैंकले जनाएको छ ।

नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटि असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरु मूल्याङ्कन गर्ने गर्दछ ।

नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ । बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ ।

प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राख्नुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गरेको हो। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

लक्ष्मी सनराइज बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किम ( नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा दिपेश अमात्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस एनसीएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लक्ष्मी सनराइज बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस एनसीएस र नेपाल पे काडको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु-याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरु मध्येको लक्ष्मी सनराइज बैंकले देश भरी रहेका २५४ वटा शाखा २७ विस्तारित काउन्टर तथा ३२९ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई बजेटको प्राथकितामा राख्न महासंघका अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई बजेटको प्राथकितामा राख्न आग्रह गर्नु भएको छ । नेपाल निर्यात व्यवसायी महासंघ (फिन) को पाँचौँ वार्षिक साधारण सभा तेस्रो अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाली उत्पादनहरू जस्तै हस्तकला, पश्मिना, गलैँचा, हर्बल उत्पादन, कृषिजन्य वस्तुको अन्तरराष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी वस्तुको निर्यात प्रवद्र्धनमा सहयोग गर्ने गरि बजेटमा सम्बोधन हुनु पर्ने बताउनु भयो ।
यस्तै अध्यक्ष ढकालले वातावरणमा नकारात्मक असर नगर्ने गरि खनिजजन्य वस्तुको निर्यात खोल्नु पनि सुझाव दिनु भयो । “हामीले लामो समय देखि खनिजजन्य वस्तुको निर्यात खुलाउनु पर्छ भन्यौं । एकदुई पटकको बजेटमा त्यो विषय आयो पनि । तर कार्यान्वयन भएन् । वातावरणमा प्रतिकुल असर नपर्ने गरि हामीसंग भएको खनिजजन्य सामग्रीको निर्यात गर्न सके यसले छिमेकी मुलुकसंगको व्यापार घाटा कम गर्न सहयोग गर्छ । म सरकारलाई अहिलेको बजेटमा यो विषयलाई प्राथमिकताा राख्न आग्रह गर्दछु ” उहाँले भन्नुभयो ।

यस्तै उहाँले हरेक दुई वर्षमा उद्योगी व्यवसायीहरुलाई दिइने “सिआइपी” दिन ढिला भएको उल्लेख गर्दै सिआइपी डे घोषणा गरेर निश्चित समयमा दिने व्यवस्था मिलाउन पनि आग्रह गर्नु भयो । निर्यात प्रवद्र्धनका लागि फिनले छोटो सयमा गरेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष ढकालले महासंघले फिनजस्ता वस्तुगत संघहरूसँग सधैं सहकार्य गनेृ धारणा राख्नुभयो । अध्यक्ष ढकालले निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण, रुग्ण उद्योगको पुनरुत्थान र घरेलु उद्योग सुदृढीकरणमा महासंघले पहल गरिरहेको समेत बताउनु भयो ।

सालपा विकास बैंक र एससीटीबीच युपीआइ कार्ड जारी गर्न सम्झौता

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच एससीटी युपीआइ कार्ड जारी गर्न सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार अब सालपा विकास बैंकका ग्राहकहरूले एससीटी युपीआइ कार्ड सजिलै पाउने छन् । जसले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकले ग्राहकका लागि कार्ड वितरण प्रक्रिया सुरु गरिसकेको छ । यसले ग्रामीणदेखि शहरी क्षेत्रसम्म डिजिटल भुक्तानी पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

सिटिजन्स बैंकद्वारा जनकपुरको विद्यालयलाई पंखा सहयोग, करिब १ हजार विद्यार्थी लाभान्वित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका–४ स्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत करिब १ हजार विद्यार्थीको पठनपाठनलाई सहज बनाउन बैंकले यो सहयोग उपलब्ध गराएको हो । विद्यालयमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले विद्यालय प्रशासनलाई पंखाहरू हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै पोखरेलले सानो सहयोगबाट पनि विद्यार्थीहरूलाई राहत मिल्ने विश्वास व्यक्त गर्दै, आगामी दिनमा शैक्षिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

निगमले फेरी घटायो पेट्रोल र डिजलको भाउ

नेपाल आयल निगमले पेट्रोलियम इन्धनमध्ये पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। निगमका अनुसार बिक्रेता भारतीय आयल निगमबाट मे १५ तारेख(जेठ १ गते) प्राप्त नयाँ मूल्य अनुसार यी तीनै थरीको मूल्य घटेकाले यहाँ पनि मूल्य समायोजन गरिएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रू १, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. ३ का दरले घटाइएको छ। अब काठमाडाैंमा पेट्रोल प्रतिलिटर रू. १५७ र डिजल र मट्टीतेल प्रतिलिटर १४२ का दरले बिक्री हुनेछ। यो दर शुक्रबार बिहानदेखि लागू हुनेछ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर पेट्रोल र डिजलको मूल्य क्रमशः रू १५५.५० र रू १४२.५० कायम गरिएको छ। यसैगरी सुर्खेत र दाङमा प्रतिलिटर पेट्रोल रू १५७ र मट्टीतेल डिजल रू १४४ मा उपलब्ध हुनेछ।

बालाजुमा ८ वर्षदेखि किर्ते कागजपत्रको धन्दा, नक्कली कागजात बनाएर बैंकबाट ऋण !

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली कागजपत्र बनाउने समूहलाई पक्राउ गरेको छ। काठमाडौंको तार्केश्वर नगरपालिका-७ बालाजु फुटुङमा कोठा भाडा लिएर नक्कली कागजपत्र बनाउने समूहलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा गोरखा घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाका २८ वर्षीय निर्मल खड्का र मकवानपुरका २३ वर्षीया अन्जु खत्री छन्।

अन्जनीको योजनामा विगत ८ वर्षदेखि नक्कली कागजपत्रको कारोबार हुने गरेको देखिएको छ। उनीहरूले विभिन्न ठाउँमा कोठा सारेर कारोबार गर्ने गरेको देखिएको छ।

उनीहरूले विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जग्गाधनीपुर्जा लगायत आवश्यकता अनुसार कागजपत्र बनाउने गरेको देखिएको छ। पक्राउ परेका खड्का र खत्री भने अन्जनीकहाँ काम गर्नेहरु हुन्। उनीहरूलाई १० हजार र १५ हजार रुपैयाँ तलब दिने गरेको अनुसन्धानमा खुलेको छ।

उनीहरूले विदेश जानको लागि आवश्यक पर्ने नक्कली विवाह दर्ता र वडा कार्यालयको सिफारिस पत्र समेत बनाउने गरेका थिए।

राष्ट्र बैंकमा मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभइ योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।

३६ प्रतिशत सहुलित कर्जा दुरुपयोगको आशंका

सरकारले ब्याज अनुदान दिएको सहुलियतपुर्ण कर्जामा ३६ प्रतिशत कर्जा दुरुपयोग भएको आंशका गर्न सक्ने एक प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा र सहुलियतपूर्ण कर्जाको प्रयोगको अध्ययन गर्न नियुक्त परामर्शदाताको प्रतिवेदनले त्यस्तो तथ्य देखाएको हो ।

१ लाख ७२ हजार ६५४ ऋणीमध्ये १८.३४ प्रतिशत अर्थात् ३१ हजार ६६४ ऋणीका फाइल तथा १ हजार ८३८ परियोजनाको स्थलगत निरीक्षणपछिको प्रतिवेदनले उक्त तथ्य देखाएको महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । उक्त अध्ययन प्रतिवेदनमा मूल्यांकन गरिएका कर्जामध्ये ७ प्रतिशत ऋणीको ६ अर्ब ३५ करोड ६० लाख कर्जा सदुपयोग नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै १२ प्रतिशत ऋणीको १८ अर्ब ७४ करोड ९० लाखको कर्जा फाइलमा लक्षित वर्ग पहिचान नभएको पाइएको हो । ६ प्रतिशत ऋणीको १० अर्ब ४९ करोड १० लाखमा दोहोरो कर्जा सुविधा उपयोग भएको र ११ प्रतिशत ऋणीको २१ अर्ब २५ करोड ४० लाख कर्जामा दुरुपयोगको आशंका देखिएको प्रतिवेदनमा उल्लेख छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जातर्फ ५ अर्ब ३४ करोड ५४ लाख कर्जा प्रवाह भएका १० हजार ९८१ ऋणीको नमुना परीक्षण गरिएको उल्लेख छ। यसले सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिता र पारदर्शितामा थप सुधार आवश्यक रहेको महालेखा परिक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सहुलियतपूर्ण कर्जा कार्यक्रम घोषणा गर्नुपूर्व पर्याप्त अध्ययन, बिश्लेषण एवं बिगतका कार्यक्रमको समीक्षा हुन नसकेकोमहालेखा परिक्षकले औंल्याएको हाे । ‘कार्यविधि पटक–पटक संशोधन हुँदा स्थायित्व प्रभावित हुन गएको छ । लक्षित वर्ग पहिचान र ब्याज अनुदान वितरण प्रक्रियामा सुधारको आवश्यकता देखिन्छ,’ महालेखा परिक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘वित्तीय संस्थालाई प्राथमिकतापूर्वक लगानी गर्न प्रोत्साहन गर्न नसकेको देखिन्छ ।’

नेपाल सरकारले २०७५ मा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ स्वीकृत गरी ब्याज अनुदानको कर्जा सुरु गरेको थियो । सोही कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट २०८१ आषाढ मसान्तसम्म १ खर्ब ८७ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गाएका छन् । सहुलियतपुर्ण कर्जामा ५ प्रतिशतका २०८१ आषाढ मसान्तसम्म २४ अर्ब ८९ करोड १० लाख ब्याज अनुदान प्रदान गरेका प्रतिवेदनमा उल्लेख छ । हाल ब्याज अनुदान रकम २८ अर्ब ४९ करोड ३ लाख ९० हजार पुगेको छ ।

सहुलियतपूर्ण कर्जाको बक्यौता रकम २०८१ आषाढ मसान्तमा १ खर्ब २६ करोड ८२ लाख पुगेकोमा हाल ९१ अर्ब ३२ करोड पुगेको छ । बैंकहरूले सहुलियतपूर्ण कर्जा, त्यसको लागि प्रदान गरेको ब्याज अनुदान लगायतका खर्च खुल्ने विवरण तयार नगरेको भन्दै महालेखा परिक्षकको कार्यालले प्रश्न गरेको छ । यसको विवरण तयार गरी कर्जा असुलीसमेत प्रभावकारी बनाउनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ असारसम्म ब्याज अनुदान ६ अर्ब ७९ करोड ६४ लाख ७९ हजार रहेकोमा २०७९ असारसम्म १५० प्रतिशतले वृद्धि भई १६ अर्ब ९६ करोड ८५ लाख ८ हजार पुगेको थियो । २०८० असारसम्म २२ अर्ब ३९ करोड ८ लाख १६ हजार र २०८१ असारसम्म २४ अर्ब ८९ करोड ९ लाख ५९ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । यसले कार्यक्रमको व्यापकता तथा वित्तीय संस्थाहरूको संलग्नता बढेको देखाएपनि दीर्घकालसम्म सहुलियत ब्याज अनुदान कार्यक्रमको निरन्तरता कायम गर्न थप विश्लेषण हुनुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा सहुलियतपूर्ण कर्जा अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २०८१ असार मसान्तसम्म ४६ हजार ३५६ ऋणीको १ खर्ब ११ अर्ब २५ करोड ५९ लाख कर्जा स्वीकृत भएको थियो । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा भएको लगानीको प्रतिफल मूल्यांकन हुनुपर्ने महालेखा परिक्षकले औंल्याएको छ ।

गभर्नर सिफारिस समितिमा डा. पोषराज पाण्डेको इन्ट्रि

सरकारले गभर्नर नियुक्ति सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्(क्याबिनेट) बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको छ ।

सरकारले गभर्नर नियुक्तिका लागि चैत ११ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र डा.विश्वनाथ पौडेल सदस्य रहने गरी गभर्नर सिफारिस समिति गठन गरेको थियो । त्यसपछि पूर्वगभर्नर विजयनाथ भट्टराईले ९ वैशाखमा सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

उनको ठाउँमा १७ वैशाखमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त गरेको थियो । नेपाली कांग्रेसले गभर्नरका लागि डा.गुणाकर भट्टको नाम लगेपनि उनको राजीनामा स्वीकृत हुन नसकेपछि डा. विश्वनाथ पौडेललाई अगाडि बढाएको छ । उनले २८ वैशाखमा सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।