

नेपाल आयल निगमले पेट्रोलियम इन्धनमध्ये पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। निगमका अनुसार बिक्रेता भारतीय आयल निगमबाट मे १५ तारेख(जेठ १ गते) प्राप्त नयाँ मूल्य अनुसार यी तीनै थरीको मूल्य घटेकाले यहाँ पनि मूल्य समायोजन गरिएको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रू १, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. ३ का दरले घटाइएको छ। अब काठमाडाैंमा पेट्रोल प्रतिलिटर रू. १५७ र डिजल र मट्टीतेल प्रतिलिटर १४२ का दरले बिक्री हुनेछ। यो दर शुक्रबार बिहानदेखि लागू हुनेछ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर पेट्रोल र डिजलको मूल्य क्रमशः रू १५५.५० र रू १४२.५० कायम गरिएको छ। यसैगरी सुर्खेत र दाङमा प्रतिलिटर पेट्रोल रू १५७ र मट्टीतेल डिजल रू १४४ मा उपलब्ध हुनेछ।