जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

जीवन बीमा कम्पनीमा बीमितले लिन नआएको १ अर्ब रकममा प्राधिकरणको वेवास्ता

जीवन बीमा कम्पनीहरुमा बीमा गरेवापत बीमितले लिन नआएको १ अर्बको रकममा नेपाल बीमा प्राधिकरणले अनुमगन शून्य भएको पाइएको छ । बीमितको बीमा अवधि समाप्त पश्चात् पनि रकम लिन नगएका कारण बीमा कम्पनीहरुमा १ अर्ब १९ करोड रुपैयाँ रकममा प्राधिकरणले वेवास्ता गर्दै आईरहेको पाइएको छ ।

बीमालेख परिपक्व भइसकेको भुक्तानी हुन बाँकी ३७ करोड ३७ लाख ९ हजार रुपैयाँ जीवन बीमा कम्पनीले नै प्रयोग गर्दै आइरहेको देखिन्छ । प्राधिकरणले भुक्तानी नहुनुको कारण बारे बीमकहरूसँग जानकारी लिने नगरेको साथै बीमा दाबी भुक्तानीमा ढिलाइ हुनुको कारण बीमित मात्र नभई बीमक जिम्मेवार हुने हुँदा सो सम्बन्धमा प्राधिकरणले अनुगमन गरी आवश्यक निर्देशन दिएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनमा कम्पनीले उक्त रकममा कम्पनी स्वयंमले नै प्रयोग गर्दै आईरहेको हुँदा बीमा प्राधिकरणलाई बीमक माथि निगरानी राख्न निर्देशन दिएको छ ।

जीवन बीमा कम्पनीले बीमितलाई भुक्तानी गर्न बाँकी दाबी सम्बन्धमा प्राप्त तथ्याङ्क अनुसार लामो समयदेखि जीवन बीमा कम्पनीबाट पूर्ण परिपक्व दाबी, चुक्ता दाबी, समर्पण दाबी तथा मृत्यु दाबीअन्तर्गत १ वर्षभन्दा बढी समयदेखि भुक्तानी हुन १ अर्ब १९ करोड ९४ लाख १३ हजार रुपैयाँ रहेको पाइएको हो ।

बीमालेख परिपक्व भइसकेको भुक्तानी हुन बाँकी ३७ करोड ३७ लाख ९ हजार रुपैयाँ जीवन बीमा कम्पनीले नै प्रयोग गर्दै आइरहेको देखिन्छ ।

शेयर खेलाडीको कब्जामा नेरुड़े मिर्मिरे लघुवित्त

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा गम्भीर आर्थिक चलखेल भएको खुलासा भएको छ। तत्कालीन अध्यक्ष सन्तोष फुयाँलको मिलोमतोमा एक समूह विशेषले संस्थाको सेयरमा नियन्त्रण जमाउँदै संस्थागत लुटधन्दा सञ्चालन गरेको प्रमाण सार्वजनिक भएको हो।बिजपाटी डटकमलाई प्राप्त कागजातअनुसार, आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण साउन २६ गते शनिबार सार्वजनिक गरिएको थियो।

सो विवरणमा कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ६२ रुपैयाँ ४८ पैसा देखाइएको छ। यस्तै विवरण देखाएर साउन २७ र २८ गते फुयाँल समूहका सेयर खेलाडीहरूले प्रति कित्ता ९३३ रुपैयाँदेखि ९८८ रुपैयाँसम्ममा ४ लाख कित्ता सेयर बिक्री गरेका छन्।

प्रति सेयर आम्दानी (ईपीएस) ६२ रुपैयाँ ४८ पैसा देखाइएको नयाँ पत्रिकामा प्रकाशित आर्थिक वर्ष २०८०-८१ को वित्तिय विवरणफुयाँलसँगै उनको परिवारका सदस्य सरोजा फुयाँल, भान्जा शिशिर आचार्य र राम प्रसाद दाहालको नाममा पनि झन्डै १ लाख ५७ हजार कित्ता सेयर बिक्री भएको देखिन्छ।

स्रोतका अनुसार यी सेयरहरू ती समूहले पहिले प्रति कित्ता करिब ६०० रुपैयाँमा खरिद गरेका थिए।वित्तीय विवरणको आधारमा सेयर मूल्य कृत्रिम रूपमा बढाएर बिक्री गरेपछि कम्पनीले साउन २८ गते एक सानो नोटिसमार्फत सार्वजनिक गरिएको आम्दानी तथ्य गलत भएको सूचना पत्रिकाको एउटा कुनामा सार्वजनिक गरिएको थियो।

जसमा प्रति सेयर आम्दानी ६२ रुपैयाँ ४८ पैसा नभई ४६ रुपैयाँ ८६ पैसा भएको उल्लेख गरिएको छ। उक्त सूचना  यसले योजनाबद्ध रूपमा भित्री सूचना प्रयोग गरी बजारमा नाजायज फाइदा लिने उद्देश्यले वित्तीय विवरण हेरफेर गरिएको स्पष्ट संकेत गर्छ।

बीमा कम्पनीहरूले ३५ अर्ब ३६ करोड दाबी भुक्तानी गर्न बाँकी

बीमा कम्पनीहरूबाट अझै ३५ अर्बभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट १ लाख ५७ हजार ५५९ वटा बीमाको ३५ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको हो ।

चालु आवको चैत्र मसान्तसम्ममा भुक्तानी हुन बाँकी दाबी संख्या जीवन बीमातर्फ ५२ हजार ६८७ रहेको छ भने निर्जीवनतर्फ १ लाख ४ हजार ८७२ रहेको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४३ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ९४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

चैत्र मसान्तसम्ममा ३ लाख २ हजार ५२३ दाबीको ६२ अर्ब रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको चैत्रसम्मको तुलनामा दाबी संख्या १०.४७ प्रतिशत र दाबी रकम ३.४६ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो पाँच आवको बीमा दाबी भुक्तानीको विवरण (रु.करोड)

null

तथ्यांकअनुसार दाबी भुक्तानीको संख्या र रकम क्रमश वृद्धि हुँदै गइरहेको छ । तथ्यांकअनुसार आव २०७७/७८ मा बीमा कम्पनीहरुले ५० अर्ब ७० करोड रुपैयाँ दाबीबापत्को रकम बीमितलाई भुक्तानी गरेका छन् । जसमा जीवन बीमा कम्पनीले ३३ अर्ब १६ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १७ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।

त्यस्तै, आव २०७८/७९ मा कम्पनीहरूले ६८ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । जुन आव २०७७/७८ को तुलनामा ३४.८५ प्रतिशतले वृद्धि हो । जसमा जीवन बीमा कम्पनीहरूले ४९ अर्ब १९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १९ अर्ब ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

आव २०७९/८० मा दाबी भुक्तानी ४.७२ प्रतिशतले वृद्धि देखिएको छ । उक्त आवमा जीवन बीमा कम्पनीहरूले ६० अर्ब २४ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २४ अर्ब १७ करोड रुपैयाँ गरी कुल ८४ अर्ब ४२ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन् । आव २०८०/८१ मा दाबी भुक्तानी संख्या ७.९६ प्रतिशतले बढेको छ । उक्त आवमा बीमा कम्पनीहरूले ८४ अर्ब ४९ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट पाउने भएका छन्।

बैैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्टसँग सम्बझौता गरेको छ। सम्झौता अनुसार आफ्ना ग्राहकले रिसोर्टमा खाना र सफ्ट ड्रिङक्समा १५% छुट पाउने बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

छुट सुविधाका लागि ग्राहकले एनआईएमबी बैंकको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नु पर्नेछ।

राष्ट्रिय बीमा कम्पनीको भ्रष्टाचार महालेखाको प्रतिवेदनमा छर्लङ्ग, अख्तियार र प्राधिकरण मौन

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भेरी बबई सिचाँई आयोजनामा कम्पनीका उच्च तहका पदाधिकारीको मिलेमतोमा ६ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारलाई महालेखा परिक्षण प्रतिवेदनमा छर्लङ्गै प्रष्ट पारिएको छ । तर नियामक निकाय नेपाल बीमा प्राधिकरण आफैले छानविन प्रतिवेदनमा दोषीलाई किटान गर्दै निलम्बन गर्न सिफारिस गरेपनि हालसम्म कार्यान्वयन भएको छैन ।

कम्पनीले भेरी बबई हाइड्रोपावर परियोजनाको निर्माण कम्पनीलाई भुक्तानीयोग्य रकमभन्दा बढी रकम भुक्तानी गरेको पाइएको हो । कम्पनीले संरचनामा क्षतिको दुई गुणा बढी भुक्तानी गरेको पाइएको छ ।महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनमा कम्पनीले भुक्तानीयोग्य रकमभन्दा बढी दिएको पाइएको भेटिएको हो ।

तीन करोड रुपैयाँमा बनेको संरचनामा क्षति पनि सोही हारहारीमै हुनुपर्ने थियो । तर, त्यसमा राष्ट्रिय बीमा कम्पनीले आठ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले त्यसमा संलग्न सर्भेयर र कम्पनीलाई पनि कारवाही गनुपर्ने बताएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमक, बीमक मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक वा त्यस्तो बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसँग सम्बन्धित व्यक्ति वा संस्थाको काम कारबाहीको सम्बन्धमा जुनसुकै बखत नियमन, निरीक्षण वा अनुगमन गर्नसक्ने व्यवस्था रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । भेरी बबई हाइड्रोपावर आयोजनाको एक निर्माण व्यवसायीले आईपीसी नं. २ बाट ३ करोडमा सम्पन्न गरेको कफर ड्यामलगायत अन्य संरचनामा २०७७ असार ८ मा आएको बाढीबाट क्षति भएपछि राष्ट्रिय बिमा कम्पनीमा बीमा दाबी प्रस्तुत गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले एक सर्भेयरलाई सो संरचनाको क्षति मूल्यांकन गर्न नियुक्त गरेकोमा सर्भेयरले अन्तरिम भुक्तानी र रनिङ बिलबापत ८ करोड ८८ लाख ३० हजार क्षतिको मूल्यांकन गरेको र बीमालेखको शर्तअनुसार राष्ट्रिय बीमा कम्पनीले ८ करोड ६० लाख भुक्तानी गरेको देखिएको कैफियत भेटिएको छ।

पुनर्बीमा कम्पनीमा उक्त रकमको दावी प्रस्तुत गरे तापनि सो रकम प्राप्त भएको देखिएन । भुक्तानीयोग्य रकमभन्दा बढी भुक्तानीको लागि बीमक र सर्भेयर उपर प्राधिकरणले छानविन गरी आवश्यक कारबाही गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन

रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरमा लुकाएर तस्करी हुँदै गरेको अवस्थामा सुन बरामद गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा सुन बरामद गरेको हो ।

रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरेका छन् । तर, अनलाइनखबरसँग कुरा गर्दै थप जाँच भइरहेको भन्दै परिमाण खुलाएनन् ।

यद्यपि, नेपाल प्रहरी उच्च स्रोतले भने रसुवामा ७ किलो ६५३ ग्राम सुन बरामद भएको पुष्टि गरेको छ । स्रोतका अनुसार, सुनसहित एक जना व्यक्ति समेत पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको भन्दै उनको नाम खुलाइएको छैन ।

‘ड्राइभर बस्ने ठाउँमा माथि पट्टी फल्स बटम बनाएर सुन ल्याएको खुलेको छ’, स्रोतले भन्यो, ‘सुराकीका आधारमा जाँच गर्दा सुन भेटिएको हो ।’

रसुवा प्रहरीले ना ४ ख ६२०१ नम्बरको ट्रक पनि बरामद गरेको छ । सुनका विस्कुटहरुलाई थप जाँच गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।

ऋण लिने प्रयोजनले नक्कली जग्गाधनी पुर्जा र बैंक स्टेटमेन्ट बनाउने तीन जना पक्राउ

किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका– ७ फुटुङ्मा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था र शैक्षिक प्रमाणपत्र लगायतका कागजात किर्ते गरी नक्कली बनाउने गरेको सूचना प्राप्त गरेपछि प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका – २ देवी चोक बस्ने ४६ वर्षीया अन्जनी बयलकोटी, ओखलढुङ्गा घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका – १२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका – १ दह चोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेका छन् । पक्राउ परेकी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैह्रसरकारी कार्यालयका कागजात, स्थानीय तहका सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा र सवारी चालक अनुमति पत्र लगायतका कागजातहरू किर्ते गरी नक्कली बनाई प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले नक्कली कागजात डिजाइनको लागि दुई जना सहयोगीलाई मासिक दश हजारदेखि १५ हजारसम्म तलब दिएर कार्यकाल सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले डिपेन्टेन्ड भिसा, विवाह सर्टिफिकेटदेखि बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको खुलेको छ । यस्तै, विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाइदिने गरेको पाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

यस्तै उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलोग्रामहरु उपलब्ध गराउने, जापान लगायतका देशहरूमा कामदार भिसामा जानको लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभव समेत पत्र बनाइ दिने गरेको अनुसन्धानबाट खुलेको उनले बताए । उनीहरूले विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशको पिआर तथा ग्रिन कार्ड आवेदनको लागि नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल, वीर अस्पताल लगायतको नक्कली मेडिकल कार्ड बनाइदिने गरेको पाइएको छ । साथै, भिजिट भिसाको लागि ’क’ वर्गका सबै बैंकको नक्कली बैंक स्टेटमेन्ट समेत बनाइदिने गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

उनीहरूको साथबाट ४२ थान माइग्रेसन सर्टिफिकेट, ६० थान क्यारेक्टर सर्टिफिकेट, ११० थान एकेडेमिक ट्रान्सक्रिप्ट, ५ थान म्यारिज रजिस्टेशन सर्टिफिकेट, ५० थान प्रोभिजनल सर्टिफिकेट, १० थान जग्गाधनी दर्ता प्रमाण बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट विभिन्न सहकारी संस्थाका लेटर प्याडहरू, विभिन्न बैंक तथा सहकारीहरूको स्टेटमेन्ट पानाहरू, स्थानीय तहबाट प्रदान गर्ने विभिन्न किसिमका सिफारिस पत्रहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

कृषकको टोल-टोल अनि घर -घर मा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस पटक कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल कार्यक्रम त्रीवेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिममा सम्पन्न गरेको छ । सो कार्यक्रम जेठ २ गते सम्पन्न गरेको हो । कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न ठाँउमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि कार्यक्रम संचालन गरिरहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले बताए।

उक्त कार्यक्रमका प्रमुख अतिथि त्रीवेणी गाउँपालिका ३ रुकुम पश्चिमका वडा अध्यक्ष दिपेन्द्र कुमार वलिले बीमाको महत्त्व बुझ्न अनुरोध गर्दै उपस्थित जनाएका सबैलाइ कार्यक्रमबाट आफुले प्राप्त गरेको बीमा सचेतना अब टोल टोलमा गएर बीमा सचेतना फैलाउन आग्रह गरे ।

उनले सबै बीमा अपरिहार्य रहेको त्यसमाथी कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको र बीमा गरेमा निकै फलदायी हुने बताए । साथै सबै कृषकलाइ एनएलजी सङै जोडिएर बीमा गर्न आग्रह गरे ।

कार्यक्रमका सयोंजक एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

उनले सरकारले कृषकलाई दिने बीमा शुल्कको ८० प्रतिशत अनुदानको लाभ संगै बीमाको लाभ लिन रुकुम पश्चिमका सबै कृषकलाइ बीमाको दायरामा ल्याउन अब यस्ता कार्यक्रम लिएर रुकुम पश्चिमका सबै स्थानिय तह अनि गाउँ गाउमा समेत क्रमस एनएलजी जाने बताए ।

रुकुम शाखा र सल्यान शाखाको समन्वय सहकार्य गर्दै रुकुम पश्चिमका सबै कृषकलाई बीमाको दायरामा ल्याउन आफू अहोरात्र खट्दै थप नबिनतम अभ्यासका साथ आउदा दिनहरुमा अघि बड्ने समेत बताए ।

सल्यान शाखा प्रमुख बोहराले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशु पन्छी बीमाको बारे प्रष्ट पारेका थिए ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने लगाएत उपस्थिति जनाउने सबैलाई शाखा प्रमुख बोहराले धन्यवाद समेत व्यक्त गरे ।कार्यक्रममा त्रीवेणी गाउँपालिका ३ रुकुम पश्चिम् का विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका ५१ जना व्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन रुकुम पश्चिम् शाखा प्रमुख हेमराज बोहराले गरेका थिए ।

साथै कार्यक्रममा त्रीवेणी गाउपालिका ३ रुकुम पश्चिमका वडा सदस्य रति दमाई, पत्रकार नोखिराम थापा, युवा ब्यवसायी बिबियस बुढा मगर,जनक खत्री, पशु प्राविधिक जगत खड्का लगायतको अतिथ्यता रहेको थियो ।

वाणिज्य बैंकहरूको निक्षेपभन्दा कर्जा वृद्धिदर धेरै

यो आर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेप भन्दा कर्जाको वृद्धिदर धेरै देखिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूको निक्षेपको तुलनामा कर्जा लगानी ०.६९ प्रतिशत बिन्दुले बढेको हो ।

विगत केही वर्षदेखि आर्थिक गतिविधिमा सुस्तता आएपछि बैंकहरूमा कर्जाको माग बढ्न सकेको थिएन । गत आर्थिक वर्षमा बैंकहरूले लगानी गरेको कुल कर्जा २ खर्ब ९१ अर्ब रूपैयाँ थियो । तर, चालु आर्थिक वर्षको वैशाखसम्ममा मात्रै २० बैंकहरूको कुल कर्जा लगानी ३ खर्ब ४० अर्ब पुगेको हो ।

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूमा ३ खर्ब ८८ अर्ब निक्षेप थपिएको छ । हालसम्म बैंकहरूको कुल निक्षेप ६१ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ । चालु आवको हालसम्म बैंकहरूमा थपिएको निक्षेपको वृद्धिदर ६.७५ प्रतिशत रहेको संघले जनाएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको हालसम्ममा बैंकहरूको कर्जा लगानी ३ खर्ब ४० अर्ब पुगेको छ । यो सँगै बैंकहरूको कुल कर्जा लगानी ४९ खर्ब ११ अर्ब पुगेको छ । चालु आर्थिक वर्षमा बैंकहरूको कर्जा लगानी वृद्धिदर ७.४४ प्रतिशत रहेको संघले जनाएको छ ।

चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएसँगै कर्जा वृद्धिदरमा सुधार आएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका सबै क्षेत्र सकारात्मक छन् । त्यसका साथै अर्थतन्त्रका वाह्य क्षेत्रमा पनि उल्लेख्य सुधार रहेको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समयमा आयातमा पनि सुधारको हुनाले पनि कर्जा वृद्धिदरमा सुधार आएको हो । आन्तरिक उत्पादन नबढेको भएपनि आर्थिक गतिविधिमा विस्तारै सुधार आएको बैंकहरूले प्रवाह गरेको कर्जाले पनि स्पष्ट हुन्छ ।

वैशाखमा बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७९.२६ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने र कर्जा लगानी नबढ्दा कर्जा निक्षेप अनुपात सहज अवसथा देखिएको हो । बैंकहरूले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म हुने गरी कर्जा लगानी गर्न सक्छन् । कर्जा निक्षेप अनुपात न्यून देखिए पनि पछिल्लो समयमा बैंकहरूको कर्जा लगानी विस्तारको बाधक न्यून माग र पूँजीकोषको दबाब पनि हुन् ।

तर, चालु आर्थिक वर्षको मासिक तथ्यांक हेर्दा बैंकहरूले साउन महिनामा २ अर्ब मात्र कर्जा लगानी गरेका छन् । त्यसैगरी भदौमा ५३ र असोज महिनामा ५६ अर्ब कर्जा लगानी गरेका थिए । साथै यो वर्षको कात्तिक महिनामा भने बैंकहरूको कर्जा लगानी २ अर्बले घटेको थियो भने मंसिरमा ४२, पुसमा ९४, माघ १२, फागुनमा २३ र चैतमा ६५ अर्बले बढेको बैंकर्स संघले जनाएको छ । तर, वैशाखमा बैंकहरूको कर्जा लगानी भने ४ अर्बले घटेको छ ।

त्यसैगरी यो वर्षका मासिक निक्षेपलाई हेर्दा पनि साउनमा ३९ अर्बले घटेको संघले जनाएको छ । भदौमा ७३, असोजमा १३३ अर्बले बढेको थियो । तर, कात्तिकमा १९ अर्ब घटेको निक्षेप मंसिरमा ३३ अर्ब, पुसमा ५१, माघमा ९०, फागुनमा ४०, चैतमा ८३ अर्ब र वैशाखमा २३ अर्ब निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ ।

ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

ग्लोबल आइएमई बैंक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ ।

नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको बैंकले जनाएको छ ।

नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटि असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरु मूल्याङ्कन गर्ने गर्दछ ।

नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ ।

बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ ।

प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राख्नुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गरेको हो।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

नेशनल लाइफ इन्स्योरेन्सको सिइओ पदमा दोहोरिए खत्री

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री दोश्रो कार्यकालका लागि दोहोरिएका छन् । चार वर्षे पहिलो कार्यकाल सन्तोषजनक रहेको निष्कर्षसहित कम्पनीको सञ्चालक समितिले कार्य सम्पादन समिक्षा गर्दै पुनः चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको दोश्रो कार्यकाल जेठ ३ गतेदेखि शुरू भएको छ। यद्दपी जेठ ३ गते सार्वजनिक बिदा परेकाले उनले जेठ ४ गतेदेखि औपचारिकरूपमा दोश्रो कार्यकाल सम्हाल्नेछन् ।

३७ वर्ष लामो इतिहास बोकेको नेशनल लाइफ इन्स्योरेन्समा तत्कालीन प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल पुरा भएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए ।

निरन्तर ३२ वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्समा आबद्ध खत्रीको करियरको शुरूवात सहायक पदबाट भएको थियो। उनले भारतको बैङ्ग्लोरबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् ।

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ

महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकलाई मासिक किस्ता (ईएमआई)मा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।

बाइ ह्वाट यु लभ, पे हाउ यु लाइक’भन्ने योजनामा ग्राहकले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले खरिद गरेको सेवा वा वस्तुको मुल्यको भुक्तानी ३ महिना देखि १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्नेछन् ।

नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले आफूले खरिद गरेको बिल पेश गरे पश्चात महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिने र यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले ईएमआई प्रोसेसिङ शुल्क नलिने जनाएको छ।