सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गभर्नर छिट्टै नियुक्ति हुने बताएका छन् । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई–चार दिनभित्रै नियुक्ति हुने बताए ।
उनले अब तलमाथि नभई कन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहेको तीन सदस्य सिफारिस समिति गठन गरेको बताए ।
उनले भने, ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो, त्यो डिफंग भयो । त्यसपछि फेरि हामीले पूर्व गभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ । डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनः गठन गरेका छौँ । मान्य मन्त्रीज्यूको संयोजकत्वमा महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहनुभएको तीन सदस्य सिफारिस समिति गठन भएको छ । अब तलमाथि नभइ कन दुई, चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ ।’
एमडीएमएसमा सफाइ पाएका दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई फेरि टेरामक्समा भ्रष्टाचार मुद्दा
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा सफाइ पाएका नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई फेरि अख्तियारले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराममक्स) प्रकरणमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाललाई विशेष अदालतले एमडीएमएस खरिद प्रकरणमा ५ करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ जरिवानासहित १३ महिना कैद सजाय तोकेर अरु सबै कर्मचारीलाई भने सफाइ दिएको थियो । खनालालाई फेरि अर्को मुद्दा लागेको छ । अख्तियारले विहीबार विशेष अदालतमा दर्ता गराएको मुद्दामा खनालसहितका अरु कर्मचारीबाट जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ विगोमाग गरेको छ ।
एमडीएमएसमा सफाइ पाएका प्राधिकरणका कर्मचारीहरुलाई फेरि टेरामक्सको मुद्दा लागेको छ । प्राधिकरणका कर्मचारीहरुमा निर्देशकहरु विजयकुमार राय, सुरेन्द्रलाला हाडा, दीपेश आचार्य, उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्चुतानन्द मिश्र र सन्दीप अधिकारीमाथि भ्रष्टाचार मुद्दा लागेको छ। एमडीएमएसमा विजय कुमार राय, दिपेश आचार्य, सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ र सन्दीप अधिकारीलाई सफाई दिएको थियो । अख्तियारले यी कर्मचारीसहितका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल र दीगम्बर झासहितका सबै प्रतिवादीलाई जनही ३ अर्ब २१ करोडको विगो माग गरेको छ ।
अख्तियारले दायर गरेको टेरामक्सको मुद्दामा पूर्व मन्त्री मोहनबहादुर बस्नेत, प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती विरुद्ध आरोपत्र दायर भएको छ । अख्तियारले पूर्व मन्त्री तथा कर्मचारीलाई सरह परामर्शदाता कम्पनी भानराइज सोलुन्स सालका सीईओ जमुल अनौटी र भानराइजका लोकल एजेन्ट कनेक्सन ट्रेडका अध्यक्ष दिलिपकुमार गुरुङ र यसका निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
कर्मचारीलाई लागेको यो मुद्दासँगै प्राधिकरणको तीनवटा महाशाखा फेरि नेतृत्वविहीन भएको छ । अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनीहरु स्वत: निलम्बित भएका हुन् । यो मुद्दापछि प्राधिरकणको अनुगमन महाशाखा, प्रसाशन महाशाखा र पूर्वाधार महाशाखाको नेतृत्व रिक्त भएको हो । यी महाखामा अनुगमनमा राय, प्रसाशनमा आचार्य र पूर्वाधारमा हाडा निर्देशक छन् ।
राजस्व चुहावट कसुरमा डेढ करोड माग दाबीसहित दुईविरुद्ध मुद्दा दायर
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी कसुरमा शुभलक्ष्मी अटो लिंक प्रालिका प्रोप्राइटर जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसुरमा अनुसन्धान पूरा गरी विभागले उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको जनाएको छ ।
विभागका अनुसार खनाल र खरलेलाई ७२ लाख ११ हजार ३ सय रुपैयाँ बिगो र शतप्रतिशत जरिबाना गरी कुल १ करोड ४४ लाख २२ हजार ६ सय रुपैयाँ असुलउपर गर्न सजायको मागदाबी सहित मुद्दा दायर गरिएको हो ।
रुपन्देही तिलोत्तमा नगरपालिका–४ का ४८ वर्षीय खनाल र सोही ठाउँका ५४ वर्षीय खरेलले सञ्चालन गरेको वर्कसप र गोदाम खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा राजस्व चुहावट गर्ने उद्देश्यले मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको, बिजक जारी नगरी मालवस्तु बेचेको, माज्दात विवरणभन्दा अधिक मालवस्तु फेला परेपछि राजस्व चुहावट कसुर पुष्टि भएको विभागले जनाएको छ ।
गभर्नर पदमा राजीनामाको लर्को, अदालतमा मुद्दाको चाङ, राष्ट्र बैंक भित्र चरम राजनीतिकरणः गभर्नर पद स्वार्थ समूहको खेलैना !
यति बेला राष्ट्र बैंकको गभर्नर को बन्ला कसरी बन्ने भन्ने बारे यति चर्चा छ की त्यो लेख्ने शब्द नै छैन भन्दा फरक पर्दैन । गभर्नर पद पाउने आशमा बैंकका सीइओ देखि राष्ट्र बैंककै कार्यकारी निर्देशकहरुले भटाभट राजीनामा दिए आज उनीहरु भन्दछन् न रह्यो बाँस न बज्यो बाँसुरी । गभर्नर पाउने कुरा त कता हो कता भएको महंगो जागिर पनि गयो । केही को राजीनामा नै स्वीकृत भएन भने केही गभर्नर बन्न दाम दक्षिणा र पावर (सत्ता र शक्ति) लगाएका बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा नै पुग्यो भन्दा अब चाहि फरक पर्दैन ।
सत्ता साझेदारी दल एमाले र कांग्रेसले गभर्नर पदलाई लिलामी जस्तै गरि एक पछि अर्कोलाई सहिद बनाउँदै आएको देखिन्छ । अर्थमन्त्री विष्णु प्रसाद पौड्यालको साथ पाएछि राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले पदबाट राजीनामा दिए । कांग्रेस नेतृत्वबाट गभर्नर बन्ने आसवासन पाएका डा.गुणकर भट्ट र नबिल बैंकका पूर्व सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजीनामा नै दिए तर यति बेला गभर्नरमा नयाँ कांग्रेस पार्टीबाट टिकट लिएर चितवनबाट चुनाव हारेका पात्र डा.विश्व पौड्यालको नाम बजारमा चर्चामा छ भन्दा फरक पर्दैन । एक पछि अर्कोलाई सहिद बनाउदै पद बाँड्ने कांग्रेस र एमाले पार्टीको नेतृत्वले राष्ट्र बैंक भित्र चरम राजनीतिकरण गरेको छलङ्ग भएको छ भन्दा फरक पर्दैन ।
कांग्रेस नेतृत्वबाट गभर्नर बन्ने आसवासन पाएका डा.गुणकर भट्ट र नबिल बैंकका पूर्व सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजीनामा नै दिए तर यति बेला गभर्नरमा नयाँ कांग्रेस पार्टीबाट टिकट लिएर चितवनबाट चुनाव हारेका पात्र डा.विश्व पौड्यालको नाम बजारमा चर्चामा छ भन्दा फरक पर्दैन ।
गभर्नर नियुक्ति प्रक्रियाको एक महिनामा पाँच जनाले राजीनामा दिएका छन् । भन्दा फरक पदैन । तर पनि अझै राष्ट्र बैंकले १८ औं गभर्नर पाउन सकेको छैन । सुरुमा राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले राजीनामा दिएका थिए । राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठले फागुन १८ गते नै राजीनामा दिएको भएपनि चैतको तेस्रो सातातिर मात्रै उनको राजीनामाबारे चर्चा भएको थियो । त्यसपछि नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाले राजीनामा दिए । चैत २४ गते गभर्नर पद रिक्त हुँदै थियो, ढुङ्गानाले चैत १० गतेदेखि नै लागू हुने गरी राजीनामा दिए । यसपछि पक्कापक्की भएका भनिएका डा.गुणाकर भट्टले बैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा बुझाए । तर,कामु गभर्नर ढुङ्गानाले उनको राजीनामा स्वीकृत अझै गरेकी छैनन् ।
लगत्तै, गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले बैठक नराखेको भन्दै बैशाख ९ गते राजीनामा बुझाएर समितिबाट अलग्गिए । डा.भट्टको राजीनामा स्वीकृत नभएपछि रन्थनिएको नेपाली कांग्रेसले सिफारिस समितिका सदस्य डा.विश्व पौडेललाई नै गभर्नर बनाउनु भन्दै प्रधानमन्त्रीलाई नाम दिएको चर्चा बजारमा छ । यसपछि सिफारिस समितिबाट पौडेलले बैशाख २८ गते राजीनामा दिएको देखिन्छ ।
एक महिना बित्दासम्म सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । गभर्नरको पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गरी सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने कानूनी प्रावधान छ । हेक्का होस् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा भनिएको छ,‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्ति गरी सो को सूचना सार्वजनिकरूपमा प्रकाशन तथा प्रसारण गर्नेछ ।’
यता अब सिफारिस समिति फेरि रिक्त भएको छ । अब पहिला सिफारिस समितिलाई पूर्णता दिनुपर्ने बाध्यतामा सरकार छ । त्यसपछि बल्ल सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ । यसरी पहिलेदेखि गभर्नर बन्ने सपना देख्दै दौडथुपमा लागेकाहरु अहिले निराशामा छन् । गभर्नर बन्ने सपना बुन्नेहरु धेरैको सपना तुहिएको छ । गभर्नर बन्ने पक्का जस्तै मानिएका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट राजीनामा स्वीकृत नभएपछि अमेरिका पुगेका छन् । भन्दा फरक पर्दैन । अहिले डेपुटी गभर्नर डा. निलम ढुंगानाले कामु धानिरहेकी छिन् । एक महिना बित्दासम्म सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । गभर्नरको पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गरी सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने कानूनी प्रावधान छ । हेक्का होस् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा भनिएको छ,‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्ति गरी सो को सूचना सार्वजनिकरूपमा प्रकाशन तथा प्रसारण गर्नेछ ।’
सत्ता र शक्तिको घेराबन्दी भन्दा फरक पदैन । स्वयत संस्थाको रुपमा स्थापना भएको नेपाल राष्ट्र बैंकमा पटक–पटक राजनीतिक हस्तक्षेप हुने गरेको देखिन्छ । गभर्नर नियुक्ति होस् या राष्ट्र बैंकको अन्य काम कारबाहीमा राजनीतिक भागवण्डा, खिचातानी र हस्तक्षेप भएको छ । विश्वका कुनै पनि देशमा केन्द्रीय बैंकमाथि सरकारको हस्तक्षेप मान्य हुँदैन ।
तर, नत ऐनअनुसार सूचना सार्वजनिक भयो । पहुँच र राजनीतिक आडमा मात्रै गभर्नर बन्ने दौडधुप चलिरह्यौ । एक महिनाको बीचमा गभर्नर बन्न गठबन्धनका ठूला दल कांग्रेस र एमाले नेताहरूलाई गुहारे । तर पनि दुई तिहाइको सरकारले अझै गभर्नर नियुक्ति गर्न सकेको छैन । कारण के हो ? सत्ता र शक्तिको घेराबन्दी भन्दा फरक पदैन । स्वयत संस्थाको रुपमा स्थापना भएको नेपाल राष्ट्र बैंकमा पटक–पटक राजनीतिक हस्तक्षेप हुने गरेको देखिन्छ । गभर्नर नियुक्ति होस् या राष्ट्र बैंकको अन्य काम कारबाहीमा राजनीतिक भागवण्डा, खिचातानी र हस्तक्षेप भएको छ । विश्वका कुनै पनि देशमा केन्द्रीय बैंकमाथि सरकारको हस्तक्षेप मान्य हुँदैन । छिमेकी मुलुक भारतमै पनि सरकारको हस्तक्षेप अस्वीकार गर्दै दुई जना गभर्नरले राजीनामा नै दिएको उदाहरण छ । हेक्का होस् ।
नेपालमा भने राष्ट्र बैंकमाथि राजनीतिक हस्तक्षेप बढ्दो छ । संवैधानिक रुपमा नै राष्ट्र बैंक एउटा सरकारी संस्था जस्तो भएको छ । यसले नेपाल राष्ट्र बैंकको गरिमा घटाएको छ । राजनीतिक कारण नै राष्ट्र बैंकको क्षमता नै अत्यन्त कमजोर भएको छ । वित्तीय क्षेत्र हरेक मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । यो क्षेत्रको नियामक निकाय स्वायत्त हुनुपर्छ । राजनीतिक पहुँच, खिचातानीकै कारण राष्ट्र बैंक ऐनमा भएको व्यवस्थालाई लत्याउँदै सरकारले १८औं गभर्नर नियुक्तिमा ढिलाइ गरेको छ । गभर्नर नभएकै कारण मौद्रिक नीतिको तेस्रो समीक्षा अलपत्र परेको छ । समयमै गभर्नर नियुक्त नहुँदा मुलुकको मूल्य तथा शोधनान्तर स्थितिमा प्रतिकूल असर पर्न देखिएको छ । अर्थतन्त्र चलामान बनाउने दिशामा आगामी गभर्नरले आवश्यक कदम चाल्नसक्ने भएपनि गभर्नर नियुक्तिको ढिलाइले समग्र वित्तीय क्षेत्र प्रभावित हुन थालेको छ ।
आकांक्षीहरु शक्तिकेन्द्रसँग निकटता बढाउँदै आफू गभर्नर भए देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने ब्रिफिङ गर्न थालेका थिए । गभर्नरको रेसमा डेपुटी गभर्नरहरुसँगै, पूर्वडेपुटीहरु, राष्ट्र बैंककै हाल आसिन र रिटायर्ड कार्यकारी निर्देशकहरु, अर्थविद्हरु, प्रशासकहरु, विभिन्न सरकारी निकायमा कुशल नेतृत्व गरी बाहिरिएकाहरु, सत्तापक्ष निकट विज्ञहरु समेत लागि परेका थिए ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले गभर्नर नियुक्तिमा सहमति गरिसकेको विषय बाहिरिरहँदा नियुक्तिको काममा भने ढिलाइ गरिरहेका छन् । महाप्रसाद अधिकारीको कार्यकाल सकिन ३ महिना बाँकी रहँदादेखि नै नयाँ गभर्नर बन्ने आकांक्षीले दौडदूध सुरु भएको थियो । आकांक्षीहरु शक्तिकेन्द्रसँग निकटता बढाउँदै आफू गभर्नर भए देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने ब्रिफिङ गर्न थालेका थिए । गभर्नरको रेसमा डेपुटी गभर्नरहरुसँगै, पूर्वडेपुटीहरु, राष्ट्र बैंककै हाल आसिन र रिटायर्ड कार्यकारी निर्देशकहरु, अर्थविद्हरु, प्रशासकहरु, विभिन्न सरकारी निकायमा कुशल नेतृत्व गरी बाहिरिएकाहरु, सत्तापक्ष निकट विज्ञहरु समेत लागि परेका थिए । तर अहिले घुम्दै गभर्नर सिफारिस समितिकै सदस्य डा.पौडेल समक्ष आइपुगेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ (क) ले राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्त हुन नसक्ने व्यवस्था गरेको भन्दै ऐनविपरीत गएर डा. पौडेललाई नियुक्त गर्न लागिएकोले नियुक्ति रोक्नुपर्ने रिट निवेदकको माग छ।
यसअघि उनीहरूले नै डा. गुणाकर भट्टलाई पनि गभर्नर बनाउन लागेको भन्दै सर्वोच्चमै रिट दायर गरेका थिए भने त्यसअघि अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी मापदण्डमा भएको उमेर हद संशोधनविरुद्ध पनि रिट दायर गरेका थिए।
एक महिनाको बीचमा फागुन २७ गते स्वार्थ समूहको चाहनाअनुसार गभर्नर नियुक्तिका लागि अर्थ मन्त्रालयमातहतका सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड संशोधन गरी ६५ वर्षे उमेरहदसम्बन्धी व्यवस्था हटाइएको थियो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ संशोधन गर्दै उमेरहदसम्बन्धी व्यवस्था हटाएको थियो । यो मापदण्डले राष्ट्र बैंकलाई समेत समेटेको थियो । तर २९ चैतमा उमेरहदसम्बन्धी मापदण्ड हटाइएकोविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । ३ वैशाखमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश दिँदै गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद कायमै राख्न आदेश दिएको थियो । गभर्नरका आकांक्षी अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका हुन्।
गत मंगलबार दायर रिटमा राजनीतिक दलबाट सिँधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ (क) ले राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्त हुन नसक्ने व्यवस्था गरेको भन्दै ऐनविपरीत गएर डा. पौडेललाई नियुक्त गर्न लागिएकोले नियुक्ति रोक्नुपर्ने रिट निवेदकको माग छ।
यसअघि उनीहरूले नै डा. गुणाकर भट्टलाई पनि गभर्नर बनाउन लागेको भन्दै सर्वोच्चमै रिट दायर गरेका थिए भने त्यसअघि अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी मापदण्डमा भएको उमेर हद संशोधनविरुद्ध पनि रिट दायर गरेका थिए। गभर्नर सिफारिस समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले समिति गठन भएको लामो समयसम्म बैठक नबसेकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। उनको स्थानमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले समितिको सदस्य बनाएका थिए। सिफारिस समितिमा अधिकारीको नियुक्तिविरुद्ध समेत सर्वोच्चमा रिट परेको थियो। अधिकारी विरुद्ध परेको रिटमा सर्वोच्च अदाललते कारण देखाउ आदेश जारी गरेर दुवै पक्षलाई जेठ ४ गते छलफलमा बोलाएको छ । भन्दा फरक पर्दैन । गभर्नर यति चलायमान बनाएको छ कि लेख्ने शब्द नै छैन भन्दा फरक पर्दैन । सचेत भया ।
मन्त्रिपरिषद बैठक बस्दैः गभर्नर नियुक्ति सिफारिस समिति सदस्य नियुक्त गर्ने सम्भावना
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बुधबार राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले गभर्नर सिफारिस गर्न गठित समितिका सदस्य डा.विश्व पौडेलको राजीनामा स्वीकृत गर्दै नयाँ सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ।
उनको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ। राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो।
सोही समझदारीका आधारमा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको बताइएको छ। दुई दलीय भागबण्डामा गभर्नर कांग्रेसले लिने समझदारी भएको छ।
बैंकमै थन्कियो सरकारको डेढ खर्ब ऋण
सरकारले ब्याजमा ऋण लिएर स्थानीय तहलाई दिएको डेढ खर्ब ऋण परिचालन हुन नसक्दा बैंकमै थन्किएको छ। आर्थिक बर्ष २०८०/८१ सम्म आइपुग्दा अर्थमन्त्रालयले नगद योजनाअन्तर्गत वित्तीय हस्तान्तरण गरेको डेढ खर्ब रकम स्थानीय तहले खर्च नगरी बैंकमै थन्क्याएका हुन् ।
बैंकमा थन्किएको उक्त रकमको ब्याज भने अर्थमन्त्रालयले ७ अर्ब बढी तिरिसकेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा यसरी स्थानीय तहलाई बजेट दिँदा पर्याप्त नगद योजना तर्जुमा नगरी दिएको उल्लेख गरेको हो।
नगद योजना (आर्थिक कार्यवधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २९मा)अर्थ मन्त्रालयले नेपाल सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी विभिन्न निकायको समन्वयमा नगद योजना तर्जुमा गर्नुपर्ने व्यवस्था छ।
‘मन्त्रालयले नियमावलीको उक्त व्यवस्थाबमोजिम नगद योजना तर्जुमा गरेको पाइएन’ प्रतिवेदनमा उल्लेख छ। गत वर्ष नेपाल सरकारले वैदेशिक ऋण १ खर्ब १३ अर्ब २७ करोड १४ लाख र आन्तरिक ऋण २ खर्ब ३४ अर्ब ४२ करोड ३४ लाख लिएको थियो।
सो रकमबाट मन्त्रालयले सो वर्षमात्रै ३७ अर्ब ४ करोड ४७ लाख प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण गरेको थियो।
तर प्रदेश तथा स्थानीय तहमा खर्च भने गर्न सकेका छैनन्। आव २०८०/८१ सम्म प्रदेश तथा स्थानीय तहमा खर्च हुन नसकी प्रदेश सञ्चित कोष र त्यसअन्तर्गतको अन्य खातामा ६९ अर्ब ८२ करोड ७७ लाख र स्थानीय सञ्चित कोषमा र सोसँग सम्बन्धित अन्य खातामा ७९ अर्ब ४३ करोड ३० लाख गरी कुल १ खर्ब ४९ अर्ब २६ करोड ७ लाख मौज्दात रहेको देखिएको हो।
संघीय सरकारले दिएको डेढ खर्ब रकम स्थानीय तह तथा प्रदेश सरकारले खर्च गर्न नसकेका हुन्। तर यता सरकारले भने उक्त रकमबापतको ब्याज नै ७ अर्ब तिरिसकेको छ।
अर्थमन्त्रालयले सो रकम ५.२७ प्रतिशत ब्याजमा ऋण संकलन गरेको थियो। जुन आव २०८०/८१ सम्म आइपुग्दा ब्याजमात्रै ७ अर्ब ८६ करोड ६० लाख पुगेको छ।
यसरी सरकारले ऋणबाट वित्तीय हस्तान्तरण गरेको रकम खर्च नभई बाँकी रहेको अवस्थामा समेत ब्याज भुक्तानी गर्नु परेको छ। नगद योजना तर्जुमा नगरी वित्तीय हस्तान्तरण गर्दा सरकारको आर्थिक भार बढ्ने देखिएको प्रतिवेदनले उल्लेख गरेको हो। अब मन्त्रालयले नगद योजना तर्जुमा गरी प्रदेश र स्थानीय तहमा मौज्दात रहेको रकम नै परिचालन गर्न पनि प्रतिवेदनले सुझाएको छ।
मर्जरपछि कायम सेयरधनीलाई दिएको १ अर्ब १२ करोड रूपैयाँ लाभांश कर छुट असुल गर्न महालेखाको ताकेता
मर्जरमा गएका केही संस्थाहरुले मर्जर पछि कायम सेयरधनीलाई पनि लाभांश करमा छुट दिएको भन्दै महालेखा परिक्षकले असुल गर्न निर्देशन दिएको छ । ठूला करदाता कार्यालय अन्तर्गतका ५ करदाताले १० आय वर्षमा २२ अर्ब ४३ करोड ७९ लाख लाभांश वितरण गरेको देखिएको महालेखा परिक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
त्यसमध्ये गाभ्ने निकायका सेयरधनी, नयाँ सेयरधनीलगायतलाई भुक्तानी भएको लाभांशको ५ प्रतिशतले हुने कर १ अर्ब १२ करोड १९ लाख दाखिला नगरेकोले यस सम्बन्धमा छानबिन गरी कर निर्धारण गर्नुपर्ने प्रतिवेदनले औंल्याएको हो ।
आयकर ऐन, २०५८ को दफा ४७क (५) को उपदफा (१) बमोजिम गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्ष भित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार गाभिई निःसर्ग भएको निकायका साविकका सेयरधनीहरूले मात्र वितरण गरेको लाभांशमा कर छुट हुने भएपनि गाभ्ने कम्पनी र गाभिएपछि कायम सेयरधनीलाई समेत कर लाभांश कर छुट दिएको भन्दै असुल गर्न निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा एक्विजिसनलाई प्रोत्साहन गर्ने भन्दै विभिन्न सहुलियत दिएको थियो । साथै सरकारले पनि कर छुट दिने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार गाभिने संस्थाको अर्को संस्थामा गाभिएर एकीकृत कारोबार हुनुभन्दा अघि कायम सेयरधनीले २ वर्षसम्म उक्त संस्थाले वितरण गर्ने लाभांशमा कर छुट पाउने व्यवस्था थियो ।
तर, गाभ्ने संस्था र गाभिएपछि दोस्रो बजारमा सेयर खरिद गरी कायम सेयरधनीले समेत उक्त कर छुटको लाभ लिएको भन्दै कर असुल गर्नुपर्ने महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यस्तै मुनाफा बाहेकको आम्दानीबाट लाभांश वितरण गर्दा कर लाग्ने व्यवस्था भए पनि एक कम्पनीले भने त्यस्तो आयबाट लाभांश वितरण गर्दा कर नतिरेको भन्दै कर असुल गर्नुपर्ने महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । ‘आयकर ऐन, २०५८ को दफा ५६ (३) मा उल्लेख भएको मुनाफा बाहेकको लाभांश रकममा तोकिएको अवस्थाभन्दा बाहेक निकायको आयमा आयकर लाग्ने व्यवस्था छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ठूला करदाता कार्यालयअन्तर्गतको एक करदाताले २०७६/७७ मा पुनर्मूल्यांकन कोषबाट ३ करोड ७६ लाख ९४ हजार, २०७८/७९ मा ३ करोड ७६ लाख ९४ हजार र २०७९/८० मा ३ करोड ७६ लाख ९५ हजार समेत ११ करोड ३० लाख ८३ हजार सञ्चित मुनाफा ( रिटेन्ड अर्निङ) मा सारेको देखिन्छ ।’
कम्पनीले मुनाफा बाँड्ने प्रयोजनार्थ उक्त रकम पुनर्मूल्यांकन कोषबाट जगेडा कोषमा सारी उक्त वर्ष लाभांश वितरण गरेकोले उक्त रकम आयमा समावेश गरी सोको २५ प्रतिशतले हुने आयकर २ करोड ८२ लाख ७१ हजार र सोमा लाग्ने ब्याज तथा शुल्कसमेत छानबिन गरी कर निर्धारण गर्नपर्ने प्रतिवेदनमा उल्लेख छ ।
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले बाटो खोल्यो
सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।
पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको थियो । त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो ।
दुई पक्षको छलफलपछि डा नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो ।
यो आदेश सँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । आइएमई ग्रुपको लगानीमा पाथिभरामा केवलकार निर्माणको काम अघि बढेको थियो।
कुमारी बैंक नेतृत्वमा १५ अर्बको ऋण लगानी
गोरखा, लमजुङ र तनहुँ जिल्लाको सिमानामा पर्ने मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको नेतृत्वमा १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको ऋण लगानी सम्झौता सम्पन्न भएको छ ।
बुधबार सम्पन्न उक्त सम्झौतामा एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काले हस्ताक्षर गरे । कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले जलविद्युत् आयोजनामा संयुक्त रूपमा लगानी गर्ने सहमति जनाएका छन् ।
आयोजनाको कुल लागत २० अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ, जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहनेछ । स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको सहभागिता रहनेछ भने डोल्मा इम्प्याक्ट फण्डले कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्ने तयारी गरिरहेको छ ।
आयोजनाले २०८० साल कात्तिक १ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न गरिसकेको छ । व्यावसायिक उत्पादन सुरु गर्ने मिति २०८६ साल वैशाख २२ गते तोकिएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश गरिएको छ । उत्पादित विद्युत् ११.६ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेसनमा २२०/१३२ केभीमा जोडिनेछ ।
यस आयोजनाले नेपालको ऊर्जा क्षेत्रमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नबिलको घर कर्जामा ०.७५ प्रतिशत प्रिमियम ३५ वर्षका लागि ‘स्थिर’
जीवनमा आफ्नै घर, सोही घरमा परिवारसँगै रमाउने अनि जिन्दगी बिताउने जो कसैको रहर हुन्छ । जागिर, व्यवसाय वा अन्य कुनै काम गरिरहेका व्यक्तिलाई चिटिक्क परेको घर बनाउने सपना (सोच) हुन्छ । मानिसहरूका लागि आधारभूत आवश्यकता पनि हो, ‘घर’ । तर, जग्गाजमिन भएर पनि रकम अभावमा धेरै मान्छेले सपनाको घर बनाउन सकेका हुँदैनन् ।
जग्गाजमिन छ, घर बनाउन सकिएको छैन, तयारी अवस्थामा घर छ, खरिद गर्न सकिएको छैन, शान्त तथा रमणीय वातावरणमा अपार्टमेन्ट छ, खरिद गर्न सकिएको छैन, आफ्नै घरलाई थप विस्तार गर्ने योजना छ, गर्न सकिएको छैन, बैंकबाट ऋण लिएर घर बनाउने योजना छ, सस्तो ब्याजदर नहुँदा घर कर्जा लिएको छैन । यी तमाम समस्या र झन्झटबाट मुक्त हुनेगरी नबिल बैंकले ल्याएको छ, ‘नबिल अफोर्डेबल हाउजिङ लोन’ ।
घर बनाउन कर्जा आवश्यक परेकाहरूलाई बैंकका ‘नबिल ढुक्क घर कर्जा’ र ‘दिगो घर कर्जा’ योजना सञ्चालनमा छन् । तर, बैंकको पनि सपना छ, सबै वर्गका मान्छेहरूसँग एउटा घर होस् ।
‘समाजमा कम आयस्रोत भएका व्यक्ति पनि छन् । उहाँहरूको आफ्नै घर बनाउने सपना हुन सक्छ । तर, न्यून तथा मध्यम आम्दानी हुँदा सहजै कर्जा पाउन सक्नु भएको छैन । त्यसैले आयस्रोत कम भएका व्यक्तिहरूको घर बनाउने सपना पूरा गर्न नबिल बैंकले नबिल अफोर्डेबल हाउजिङ लोन योजना ल्याएको हो,’ बैंककी रिटेल लेण्डिङ प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘उच्च तहका व्यक्तिले त सहजै घर बनाउन सक्नुहुन्छ । तर, निम्न तथा मध्यम वर्गका मान्छेसँग इच्छा भएपनि घर बनाउन सक्नु भएको छैन । उहाँहरूलाई लक्षित गरी गत पुसमा यो प्रोडक्ट ल्याएका हौं ।’
उनका अनुसार हालसम्म धेरैले सपनाको घर बनाउन नबिल अफोर्डेबल हाउजिङ लोन लिएका छन् । कर्जा लिएका ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको उनले बताइन् ।
यस्ता छन् विशेषता
नबिल अफोर्डेबल हाउजिङ लोन योजनामा बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्छ । साथै कर्जा अवधि ३५ वर्ष तोकिएको छ । कर्जा चुक्ता अवधि धेरै भएकाले किस्ता रकम थोरै हुने गरेको उनले बताइन् । उनका अनुसार ५० लाख रुपैयाँ कर्जा लियो भने ३५ वर्षभित्र चुक्ता गर्नुपर्ने हुन्छ । किस्ता भने मासिक तिर्नुपर्छ ।
‘५० लाख रुपैयाँ कर्जा लिएको अवस्थामा ३५ वर्षमा ४२० वटा किस्ता हुन्छन् । जसअनुसार एक लाख रुपैयाँ कर्जाको मासिक किस्ता जम्मा ६१९ रुपैयाँ हुन आउँछ,’ बैंककी रिटेल लेण्डिङ प्रमुख चाँदनी श्रेष्ठले भनिन् ।
बैंकले २ लाख रुपैयाँसम्मको जीवनभर निःशुल्क क्रेडिट कार्ड दिनेछ । बैंकहरूले अन्य कर्जा प्रवाह गर्दा सेवा शुल्क लिने गरेका हुन्छन् । तर, यस योजनामा भने सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएर ०.५० प्रतिशत मात्रै लिने गरेको उनको भनाइ छ । जसले गर्दा ग्राहकलाई बैंकको कर्जाको लागत कम हुँदा राहत हुने उनले बताइन् ।
नबिल अफोर्डेबल हाउजिङ लोन योजनामा ब्याजदर निर्धारण गर्दा अन्य कर्जा सरह नै गरिन्छ । जस्तो कुनै ग्राहकलाई कर्जा दिँदा आधार दरमा निश्चित प्रिमियम दर तोकेर ब्याजदर निर्धारण गरिन्छ । र नबिल अफोर्डेबल हाउजिङ लोन योजनामा आधार दरमा ०.७५ प्रतिशत प्रिमियम दर जोडेर ब्याजदर निर्धारण गरिन्छ । जसमा आधार दर मासिक परिवर्तन हुन्छ भने प्रिमियम दर स्थिर रहन्छ ।
‘बैंकले अहिलेको बजार आवश्यकता हेरेर यो प्रोडक्ट ल्याएको हो । कुनै समय आधार दर बढी हुँदा ढुक्क घर कर्जा, दिगो घर कर्जा ल्याएको थियो । अहिलेको समयमा यो कर्जा उपयुक्त छ,’ बैंककी रिटेल लेण्डिङ प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘कर्जा लिँदा आधार दरमा ०.७५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिन्छ । आधार दर प्रत्येक महिना परिवर्तन हुन्छ । तर, प्रिमियम दर भने ३५ वर्षसम्मका लागि स्थिर हुन्छ ।’
उनका अनुसार बैंकिङ क्षेत्रमा अधिकांश घर कर्जा योजनामा १.५० प्रतिशतभन्दा बढी नै प्रिमियम दर रहेको छ । तर, नबिलले घर कर्जामा बैंकिङ क्षेत्रमै सबैभन्दा कम प्रिमियम दर तोकेको उनको दाबी छ । हाल नबिल बैंकको आधार दर ५.९७ प्रतिशत रहेको छ । बैंकले ग्राहकलाई गुणस्तरीय सेवा दिइरहेको छ । ग्राहकले सबै डकुमेन्ट उपलब्ध गराएको एक साता भित्र कर्जा प्रवाह गर्ने गरेको उनले बताइन् ।
‘जस्तो घर किन्दै हुनुहुन्छ भने घरको लालपूर्जा र बिक्रेताको नागरिकता ल्याउनुपर्छ । साथै खरिदकर्ताले केवाईसी फारम भर्नुपर्ने हुन्छ । जसमा नागरिकता, फोटो, प्यान आवश्यक पर्छ । साथै आम्दानी स्रोत र कर चुक्ता प्रमाणपत्र पनि उपलब्ध हुनुपर्दछ,’ उनले भनिन् ।
५ क्यासिनोले तिरेनन् रोयल्टीबापतकाे १ अर्बभन्दा बढी रकम
पाँच क्यासिनोले आर्थिक वर्ष २०८०/८१ मा १ अर्बभन्दा बढी रोयल्टी नबुझाएको पाइएको छ । बुधबार महालेखापरीक्षकले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले १ अर्ब भन्दा बढी ७८ करोड ५१ लाख ४९ हजार बक्यौता तिर्न बाँकी देखाएको हो ।
महालेखाको प्रतिवेदनअनुसार गत आवमा ६ क्यासिनोको १ अर्ब ९५ करोड १६ लाख ४९ हजार बक्यौता रहेकोमध्ये आव २०८०/८१ मा मा एक क्यासिनोको १६ करोड ६५ लाख असुल भएको थियो ।
रोयल्टी नबझाउने क्यासिनोमध्ये हाल २ क्यासिनो सञ्चालनमा नरहेको र ३ क्यासिनो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयले खारेज भएकोमा सर्वोच्च अदालतको आदेशानुसार यो वर्ष नवीकरण दस्तुर बापत ६२ लाख ५० हजार रुपैयाँ र रोयल्टीबापत १२ करोड ३७ लाख ५० हजार रुपैयाँ प्राप्त भएकोले बाँकी बक्यौता हिसाब अद्यावधिक गरी असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
क्यासिनो रोयल्टी तथा इजाजत नवीकरण क्यासिनो नियमावली, २०७० को चौथो संशोधन २०७६ को नियम १० मा इजाजत दस्तुर र नियम १२ र १३ मा नवीकरण दस्तुर लाग्ने व्यवस्था छ ।
कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा झिनो कटौती
कुमारी बैंक लिमिटेडले जेठ महिनाका लागि ब्याजदर झिनो कटौती गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिएको थियो। जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.११ प्रतिशत,६ महिनादेखि १ वर्ष मुनिका लागि ४.३१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.८१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.७१ प्रतिशत ब्याजदर पाउनेछन् ।
कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि लागि ४.५१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.०१ प्रतिशत, २ वर्ष र सो भन्दा माथिका लागि ५.९१ प्रतिशत ब्याजदर तोकिएको छ ।
त्यस्तै, संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा ३.०५ प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि ३.२५ प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ४ प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ४.९१ प्रतिशत ब्याजदर पाउने छन् ।












