जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

नबिल बैंकको एटीएमको पासवर्ड बिर्सिनुभयो ?

अब नबिल बैंककाग्राहकलेले एटीएम कार्डको पिन नम्बर बिर्सिँएमा आफै परिवर्तन गर्न सक्ने भएका छन् । डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गरेसँगै बैंकको एटिएम बुथबाटै पासवर्ड रिसेट तथा परिवर्तन गर्न सकिने सुविधा ल्याएको हो । यसअघि बैंकका ग्राहकले पासवर्ड बिर्सिँदा बैंकमै सम्पर्क राख्नुपर्ने बाध्यता रहेको थियो । मोबाइल नम्बरका आधारमा पिन नम्बर रिसेट गर्न सकिने भएपछि बैंकका ग्राहकले बिर्सिँदा समेत चिन्तित हुनुपर्ने छैन । तर यसका लागि बैंककै एटीएम मसिन प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ ।

रिसेट गर्नका लाष् िसबैभन्दा पहिला यसका लागि नबिल बैंकको नजिकैको एटीएम बुथमा जानुहोस् र आफ्नो कार्ड राख्नुहोस् र इन्सर्ट गर्नुहोस् । त्यसपछि अब त्यसमा रहेको ‘जेनेरेट ओटीपी फर पिन’ नामक विकल्प रोज्नुहोस् र आफ्नो कार्ड एटीएम मसिनबाट झिक्नुहोस् यसका साथै अब तपाईंको दर्ता भएको मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ । अब पुनः आफ्नो एटीएम कार्ड मसिनमा राख्नुहोस् र भाषा छनौंट गर्नुहोस् । ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ लेखिएको विकल्प रोज्नुहोस् । यति गरिसकेपछि आफ्नो मोबाइलमा आएको ६ अंकको ओटीपी कोड राख्नुहोस् । अब आफूले चाहेको नयाँ पिन नम्बर राख्नुहोस् र कन्फर्म गर्नुहोस् । यति भएसँगै तपाईंको पासवर्ड सफलतापूर्वक परिवर्तन हुनेछ ।

कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि ऋणपत्र विक्री गर्ने

कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको छ । कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ताले हुन आउँने रू. १ अर्ब बराबरको ऋणपत्र विक्री खुला गर्न लागेको होे ९ प्रतिशत व्याजदरको उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्ता सम्म दरखास्त दिन सकिने व्यवस्था छ ।

कम्पनीले कुल १० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी ४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । सर्वसाधारणको लागि छुट्याएको मध्यबाट ५ प्रतिशतका दरले २० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकिएको छ ।

अब आम सर्वसाधारणका लागि ३ लाख ८० हजार कित्ता सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्र छिटोमा माघ २६ गते र ढिलोमो चैत ६ गतेसम्म विक्रीमा रहनेछ । ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

ज्योति विकास बैंकको साधारण सभा सम्पन्न

ज्योति विकास बैंकको साधारणसभाले १० प्रतिशत बोनस सेयर पारित गरेको छ ।

बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको छ। कोरोना भाइरस ९कोभिड(१९० महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन ९भर्चुअल० प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६÷७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ।

साथै, साधारणसभाले ज्योति विकास बैंक लि। संस्थापक सेयरधनी समुहको तर्फबाट हरि प्रसाद ,हरिचन्द्र खड्का , सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

मञ्जुश्री फाइनान्सले ११ करोड ३४ लाख खुद नाफा कमायो

मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार फाईनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। फाईनान्सको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा दुई करोड ९९ लाख रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा फाईनान्सले १४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आएसँगै फाईनान्सको नाफा घट्न पुगेको हो। ९६ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाईनान्सको जगेडा कोषमा ३७ करोड ७४ लाख रुपैयाँ र शेयरधनीकोषमा २ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा ७ अर्ब ८९ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ बराबर कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिसम्ममा फाईनान्सले १९ करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा फाईनान्सले १९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंक अफ काठमाण्डू पनि जोडियो एनसीएचएलको कर्पोरेट पेमा, चेक नकाटी भुक्तानी गर्न सकिने

बैंक अफ काठमाण्डूले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने कर्पोरेट पेको सुरुवात गरेको छ। उक्त सेवा बैंकले नेपाल क्लियरिङ् हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरेको हो।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण,  तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु गर्न सकिने छ जनाएको छ।  उक्त प्रणालीमार्फत् कनेक्ट आइपीएस वा एनसीएचएल-आइपीएसबाट कारोबार गर्न
सकिने जनाएको छ।

ग्राहकहरुले यो सेवा सुचारु गर्न आवश्यक प्रकृया पूरा गरी बैंकमा आवेदन दिनुपर्ने जनाएको छ। साथै, ग्राहकहरुले आवश्यकताअनुसार यो प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने जनाएको छ। यो प्रणालीबाट बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैंकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी विद्युतीय माध्यमबाट नै गर्न सकिने बताइएको छ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ् हाउस लिमिटेडका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेका छन्। बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिइरहेको छ।

आइएमई र यूनिमोनीवीच सम्झौता

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ ।

समझदारीपछि यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधैँ प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नुहुनेछ । यो सम्झौतापछि यूनीमोनी कतारबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट कतारमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई यूनिमोनी कतारबाट पठाएको रेमिट्यान्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।

रोजगारीका वा व्यापार व्यवसायका लागि कतारभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले यूनिमोनी कतारबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको यूनिमोनी कतारका महाप्रवन्धक फ्ल्योद जोहनीले बताए ।

आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने महाप्रवन्धक जोहनीले बताए । आइएमई पे ब्राण्डको प्रर्विद्र्घत संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको बताए ।

कतार नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा कतारको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओः ५० कित्तासम्म सबैले पाउने, ६० कित्ताका लागि ‘लक्की ड्र’ हुने

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा ५० कित्तासम्म आवेदन दिने सबैले पाउने भएका छन् ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले प्रि–अलोटमेन्टमार्फत् १४ लाख ७५ हजार ८ वटा आवेदनलाई योग्य ठहर गरेको हो । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले पाउनेछन् भने केही भाग्यशालीले ६० कित्तासम्म सेयर प्राप्त गर्नेछन् । प्रि अलोटमेन्टमा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ ।

आइपीओ बाँडफाँट शुक्रबार विहान १० बजे हुनेछ ।

बैंकले माघ २ देखि ६ गतेसम्म ८ अर्ब रुपैयाँ बराबरको निष्कासन गरेको ८ अर्बको आईपीओमा आवेदन दिनेको संख्या १४ लाख ८१ हजार २८४ थियो । उनीहरूले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँका लागि आवेदन दिएका थिए ।

एशियन लाईफ इन्स्योरेन्सको दैलेख नयाँ शाखा संचालन

 

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले कर्णाली प्रदेशको दैलेखमा उपशाखा कार्यालयलाई स्तरोन्नती गरी ४० औं शाखाको रुपमा संचालनमा ल्याएको छ । यस कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र सहायक महाप्रबन्धक विजय पराजुलीको समेत उपस्थिति रहेको थियो ।
दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा संचालनमा ल्याएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गर्दै लगिनेछ ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादी सहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको चुक्ता पुँजी रु.२ अर्ब १ करोड २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष रु.२३ अर्ब ६ करोड रहेको छ ।

१६ प्रतिशतले बढ्यो नेपाल बंगलादेश बैंकको नाफा, वितरणयोग्य कति ?

चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकको खुद नाफा १६.५२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ८० करोड ७७ लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा बढेर ९४ करोड १२ लाख पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ८.०१ प्रतिशतले घटेर १ अर्ब २४ करोड कायम भएको छ । यस अवधिमा  बैंकको वितरणयोग्य नाफा ४६ करोड ७ लाख रहेको छ ।

बैंकको निक्षेप ५.५० प्रतिशतले बढेर ७० अर्व ९ करोड पुगेको छ भने कर्जा प्रवाह ३.०८ प्रतिशतले बढेर ६० अर्ब ९२ करोड पुगेको छ ।  ८ अर्ब ४९ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ५६ करोड रहेको छ । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरेको लाभांश यसमा समायोजन गरिएको छैन ।

त्यस्तै बैंकको खराब कर्जा १.९२ प्रतिशतबाट बढेर २.३७ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २२.१६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १६५.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.७३ प्रतिशत, बेस रेट ८ प्रतिशत, स्प्रेड दर ४.१९ प्रतिशत, कोषको लागत ५.८७ प्रतिशत, सिसिडि ७१.३२ र पुँजी पर्याप्तता अनुपात १४.१७ रहेको छ ।

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंगपोखरा)मा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५ पुगेको छ ।

बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ४, हुमिन(ग्याङ्गसिंगपोखरा)मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोज बहादुर बि.क.ले गर्नुभयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु बहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, NTC /NCELL/DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको शाखा ललितपूरको कुपण्डोलमा

सानिमा बैंक लिमिटेडले ललितपूरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । सोमबार उक्त शाखाको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।

मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए । सानिमा बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

सिटिजन्स बैंकका ग्राहकलाई वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट कुमारीपाटीबीच सम्झौता भएको छ । अब सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक महानूभाव तथा कर्मचारीहरुले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।