जोडिनुहोस
आइतवार, साउन १०, २०८३
आइतवार, साउन १०, २०८३
  • होमपेज
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओः ५० कित्तासम्म सबैले पाउने, ६० कित्ताका लागि ‘लक्की ड्र’ हुने

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओः ५० कित्तासम्म सबैले पाउने, ६० कित्ताका लागि ‘लक्की ड्र’ हुने

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा ५० कित्तासम्म आवेदन दिने सबैले पाउने भएका छन् ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले प्रि–अलोटमेन्टमार्फत् १४ लाख ७५ हजार ८ वटा आवेदनलाई योग्य ठहर गरेको हो । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले पाउनेछन् भने केही भाग्यशालीले ६० कित्तासम्म सेयर प्राप्त गर्नेछन् । प्रि अलोटमेन्टमा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ ।

आइपीओ बाँडफाँट शुक्रबार विहान १० बजे हुनेछ ।

बैंकले माघ २ देखि ६ गतेसम्म ८ अर्ब रुपैयाँ बराबरको निष्कासन गरेको ८ अर्बको आईपीओमा आवेदन दिनेको संख्या १४ लाख ८१ हजार २८४ थियो । उनीहरूले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँका लागि आवेदन दिएका थिए ।

6885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका