जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंक अफ काठमाण्डू पनि जोडियो एनसीएचएलको कर्पोरेट पेमा, चेक नकाटी भुक्तानी गर्न सकिने

बैंक अफ काठमाण्डू पनि जोडियो एनसीएचएलको कर्पोरेट पेमा, चेक नकाटी भुक्तानी गर्न सकिने
बैंक अफ काठमाण्डूले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने कर्पोरेट पेको सुरुवात गरेको छ। उक्त सेवा बैंकले नेपाल क्लियरिङ् हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरेको हो।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण,  तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु गर्न सकिने छ जनाएको छ।  उक्त प्रणालीमार्फत् कनेक्ट आइपीएस वा एनसीएचएल-आइपीएसबाट कारोबार गर्न
सकिने जनाएको छ।

ग्राहकहरुले यो सेवा सुचारु गर्न आवश्यक प्रकृया पूरा गरी बैंकमा आवेदन दिनुपर्ने जनाएको छ। साथै, ग्राहकहरुले आवश्यकताअनुसार यो प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने जनाएको छ। यो प्रणालीबाट बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैंकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी विद्युतीय माध्यमबाट नै गर्न सकिने बताइएको छ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ् हाउस लिमिटेडका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेका छन्। बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिइरहेको छ।

7285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका