जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

बीओके क्यापिटलको विशेष साधारणसभा सम्पन्न

बीओके क्यापिटल लिमिटेडको बिशेष साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जनालाई सञ्चालकमा निर्विरोध नियुक्त गरेको छ । जसमा महेश मिश्र, चन्द्रराज शर्मा, दीपक गौतम र रविन्द्र बल्लव पन्त छन् । साथै मिश्रलाई पुनः ४ वर्षका लागि अध्यक्ष नियुक्त गरेको छ

सनराइज क्यापिटलको साधारणसभा सम्पन्न

सनराइज क्यापिटल लिमिटेडको दशैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले आफ्नो शेयरधनीलाई आव २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको

यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्ड लगायत लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा सञ्चालन गर्दै आईरहेको छ ।

सामसङको एस-२१ सिरिजका तीन स्मार्टफोन सार्वजनिक

सामसङ नेपालले एस-२१ सिरिज फाइभ-जी स्मार्टफोनका तीन मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार भर्चुअल माध्यमबाट सामसङका नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो।

 

एस-२१ सिरिजमा सुधारिएको आर्टिफिसियल इन्टिलिजेन्स (एआई), डुअल लेन्स प्रणालीयुक्त यो फोन जुमको गुणस्तरमा ब्रेक थ्रु हुने सामसङ नेपालका जेनरल म्यानेजर प्रणयरत्न स्थापितले बताए। ‘एस-२१ स्मार्टफोन प्रयोगकर्ताका लागि नवीनतम अनुभव हुनेछ,’ उनले भने।

स्मार्टफोनको यो नयाँ मोडलमा १०८ मेगपिक्सेलको वाइड लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स छ। १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेजसहित एउटा भेरियन्टमा मात्रै उपलब्ध रहेको कम्पनीले जनाएको छ।

एस-२१ फ्यान्टम ब्ल्याक र सिल्भर कलरमा बजारमा ल्याइएको छ। यसअघिको मोडलभन्दा एस-२१ मा अतिरिक्त २५% उज्ज्यालो (ब्राइटनेस), ५०% कन्ट्रास्ट र शतप्रतिशत कलर भोल्युम रहेको कम्पनीले जनाएको छ।

उद्योगी राणा, शर्मा र श्रेष्ठ लगानी बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त

उद्योगीद्वय भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठ लगानी बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले उनीहरुलाई विशेषज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

राणा नेपाल उद्योग वाणिज्य महासंघ र शर्मा सीएनआइका निवर्तमान अध्यक्ष हुन्। त्यस्तै श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हुन्।

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल”भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर)को हिँउदयाम (२०७७ माघ ३ गते शनिबार) मा सफलता पूर्वक आरोहण गरी विश्वकीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

२०७७ माघ १६ गते शुक्रबार बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पु¥याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई रु.पाँचलाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताउनुभयो । उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थितिरहेको थियो ।

कुलेश्वरको फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूलबजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । शुक्रबार बिहाननेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गर्नुभएको हो ।

अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।

क्यूआर कोड भुक्तानी सेवाउद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सिनियर म्यानेजमेन्ट कर्मचारी, नेपाल फलफूलथोक व्यवसायी संघका कार्यकारी सदस्यहरु र कृषिबजार विकास कम्पनीका अध्यक्षको उपस्थिति रहेको थियो ।

राष्ट्र बैंककागभर्नर अधिकारीले विभिन्न फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही फलफुल पसलमा फलफूल खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोड मार्फत भुक्तानी गर्नुभएको थियो ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झट मुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवा तर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।

अहिले बैंकको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् ।

कार्यक्रममा गभर्नर अधिकारीले भन्नुभयो, ‘क्यूआर कोड भुक्तानी सेवा एक नवीनभुक्तानी प्रणाली हो जुनविशेष गरी कोभिडको महामारीको कारणले बढेको छ, पछिल्लो पटक यस्तो डिजिटल बैंकिङ आवश्यकपनि रहेको छ, ।’

उहा“ले अघि भन्नुभयो, ‘नबिल बैंक जस्तो वित्तीय संस्थाले वित्तीय पहु“च, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षमपार्न डिजिटल भुक्तानी सक्षमगर्न सक्रिय भूमिका खेलिहेका छन् ।’

यसैगरी, नबिल बैंकका प्रमुखकार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केहीवर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नया“ पन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै– विस्तारै नगदबाट डिजिटल भुक्तान तर्फ परिवर्तन भइरहेको पाइएको बताउनुभयो ।
उहा“ले भन्नुभयो, ‘अझै पनि कारोबारको ठूलो हिस्सा नगदमा नै हुन्छ ।

आजको डिजिटल युगमा नविनतम टेक्नोलोजीको विकास गर्नु आवश्यक छ जसले डिजिटल भुक्तानीमा सहयोग गर्छ । नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानको रूपमालिन सकिन्छ ।’

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । ंनया“ प्रविधिअपनाउने र नवीन प्रँेडक्टका साथै सेवाहरु सुरु गर्ने काममा नबिल सधैं नै अगाडि रहेको छ ।

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटल मार्फत सेवा पुराइरहेको छ ।

बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टच पोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र आजबाट, ब्याज दर साढे ८ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंकले बजार दरभन्दा बढी ब्याज दिने गरी आजबाट ऋणपत्र निष्कासन गरेको छ। ऋणपत्रको ब्याज दर साढे ८ प्रतिशत छ।

अहिले बैंकहरुको एक वर्षे मुद्दती निक्षेपको ब्याज दर साढे सात प्रतिशत छ। २ वर्षेको ८ प्रतिशतसम्म छ।

२०८४ सालमा परिपक्व हुने ऋणपत्र खरिदका लागि माघ २० गतेभित्र आवेदन दिइसक्नु पर्छ। बैंकको ऋणपत्र खरिदका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ। प्रति कित्ता अंकित मूल्य एक हजार रुपैयाँ छ।

बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो। २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ। ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुले किन्ने छन्। बाँकीमा सर्वसाधारणको दाबी हुने छ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा २०.८४ प्रतिशतले घट्यो

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २०.८४ प्रतिशतले घटेको छ। बैंकले शुक्रबार चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेको जनाएको हो।

बैंकले अघिल्लो वर्ष २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो। यसपाली जम्मा एक अर्ब ७४ करोड ८८ लाख रुपैयाँ नाफा गरेको छ।

बैंकको नाफालाई स्प्रेड दरले प्रभावित गरेको छ। ५.५३ प्रतिशतको स्प्रेडलाई बैंकले ४.०९ प्रतिशतमा झारेको छ। यसले गर्दा खुद ब्याज आम्दानी ५ अर्ब ६ करोडबाट घटेर ३ अर्ब ९१ करोड रुपैयाँमा आएको छ।

ऋण र निक्षेप वृद्धि लगभग बराबरीजस्तो भएपनि स्प्रेड कटौतीले बैंकको नाफामा उच्च गिरावट आएको हो। ऋण लगानी एक खर्ब ५० अर्बबाट बढेर एक खर्ब ६२ अर्ब पुगेको छ। निक्षेप पनि २ खर्ब ३० अर्बबाट बढेर २ खर्ब ४१ अर्बमा उक्लिएको छ।

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई काठमाडौंबाट पक्राउ गरी सर्लाही लगिएको छ ।

उनलाई प्रहरीले बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।

सञ्चालक अग्रवाललाई सर्लाही पुर्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले पुष्टि गरे।

उनले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको जानकारी समेत दिए।

उनका अनुसार सर्लाही प्रहरीको पत्राचारकै आधारमा अग्रवाललाई काठमाडौँमा पक्राउ गरिएको थियो ।

अग्रवालविरुद्ध १७ करोड रुपैयाँ माग दाबी गर्दै उखु उत्पादक किसानले जाहेरी दिएका थिए । सो मध्ये उनले १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ तिरिसकेको बताइएको छ ।

“अग्रवाल पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्छ”, प्रहरी उपरीक्षक राठौरले भने “काठमाडौँमा पक्राउ परेका अग्रवाललाई सर्लाही ल्याइएको हो।”

उखुको भुक्तानी नपाएपछि किसानले काठमाडौँसम्म पुगेर आन्दोलनसमेत गरेका थिए ।

त्यसपछि गृहमन्त्रालयले चिनी उद्योगका सञ्चालकलाई पक्राउ गरेर भए पनि किसानका रकम प्रदान गर्ने प्रक्रिया शुरु भएको  थियो

एनएमबि बैंकले बल्खु तरकारी बजारमा सुरु गर्यो क्यूआर कोडबाट भुक्तानी

बल्खु तरकारी बजारमा पनि क्यूआर कोड मार्फत् भुक्तानी सुरु भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बल्खु तरकारी बजारमा क्यूआर कोड भुक्तानीको उद्घाटन गरेका छन्।

बल्खु तरकारी बजारमा एनएमबि बैंकले क्यूआर कोड सेवा सुरु गरेको हो।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उपस्थिति थियो।

नगदरहित कारोवार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोड मार्फत् साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बजारमा रहेका दुई तरकारी पसल  बुढाथोकी भेजिटेबल सप्लायर्स र सजनी भेजिटेबल सप्लायर्सलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि दिएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने कदम भएको बैंकले जनाएको छ। यो परियोजना नगदबाट नगदरहित कारोबारतर्फ समाजलाई रूपान्तरणको दिशामा उन्मुख भएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

‘वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागी थप कार्यक्रम गर्नेमा प्रतिबद्ध छौं।’, बैंकका सीईओ केसीले भने।

इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँट: ५० कित्तासम्म सबैलाई ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर केही बेरमा बाँडफाँट हुँदैछ। बुधबार प्रि-अलटमेन्ट भइसकेको छ।

५० कित्तासम्म माग अनुसार नै उपलब्ध हुनेछ। कम्पनीले न्यूनतम १० कित्तामा पनि आवेदन गर्ने व्यवस्था गरेको थियो।

५० कित्तासम्म बाँडफाँटपछि गोलप्रथा गरिने छ। ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट वितरण गरिने छ। ६० भन्दा बढी माग गर्नेले यसैबाट थप सेयर पाउने हुन्।

सनराइज बैंकद्वारा गैह्रिधारा चोकमा ट्राफिक लाईट स्थापना

सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा कार्यहरु गर्दै आएको सन्राइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडी गैह्रिधारा चोकमा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना गरी उद्घाटन गरेको छ । आज भएको उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा नं. १ का सचिव अशोक कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाईटको उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै जनक शर्मा पौड्यालले बैंकले स्थापना गरेको यस ट्राफिक लाईटले यातायत व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मदत गर्ने साथै काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य शहरको रुपमा अघि बढाउन मदत गर्ने जनाउनु भयो । उक्त कार्यक्रममै ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक जनक भटराईले यस्तो प्रविधियुक्त ट्राफिक लाईट काठमाडौंका चोक चोकमा राख्ने उद्देश्य राखेको र सन्राइज बैंकले सो उद्देश्यमा साथ दिई शहरको सभ्यताको परिचय विकास गर्न सहयोग पु¥याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सन्राइज बैंकले यस अघि पनि शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका विभिन्न क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरु गरिसकेको र आगामी दिनमा पनि गर्दै जाने छ ।