जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

ललितपुरको खुद्रा पसलमा पनि क्युआरबाट भुक्तानी शुरु

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ललितपुरको नख्खु क्षेत्रका खुद्रा पसलहरुमा क्युआर कोडमार्फत भुक्तानी प्रवर्द्धनमा सरिक भएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्‍साहित गर्ने उद्देश्यले नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत भुक्तानी प्रवर्द्धन कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको गभर्नर अधिकारीले उद्घाटन गरेका थिए ।

यसअघि काठमाडौंको नारायणचौरस्थित तरकारी बजारमा पनि क्युआर कोडमार्फत नगदरहित भुक्तानीको सुरुआत गभर्नर अधिकारीको उपस्थितीमा भएको थियो।

नगदरहित कारोबार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले ग्लोबल आईएमई बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै, बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको बताएको छ ।

एनसीसी बैंकको सञ्चालकमा पुर्व मन्त्री बस्नेतसहित ६ जना चयन, अध्यक्षमा न्यौपाने चयन

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बार्षिक साधारणसभाले लाभांस पारित गरेको छ।

बैंकको सभाले १०.२६ प्रतिशत बोनस शेयर र बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाबाट संस्थापक समुहबाट तीन र सर्वसाधारणबाट एक जना महिला सहित तीन जना सञ्चालक चयन गरेको छ। सञ्चालक चयनपछि बसेको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ। बस्नेत पुर्व मन्त्रीसमेत हुन्।

न्यौपाने, मोहनबहादुर बस्नेत, ईमान सिंह लामा, चन्द्रप्रसाद बास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान सञ्चालक चयन भएका छन्।

 

सामसङको एस२१ सिरिज नेपाली बजारमा

सामसङ नेपालले एस२१ सिरिज नेपाली बजारमा ल्याएको छ। ग्यालेक्सी एस२१, एस२१प्लस र एस२१ अल्ट्राका सिरिजमा आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीको भनाइ छ।

 

सामसङ ग्यालेक्सी एस२१ र एस२१प्लसमाप्रो–ग्रेड क्यामरा छ। एस२१ अल्ट्रामा एडभान्स प्रो ग्रेड क्यामरा छ भने ६।८ इन्चको डिस्प्ले छ। यसमा आइ कम्फर्ट सिल्ड पनि छ। जसले आँखालाई थकान महशुस नहुने सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापित बताउँछन्। फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ।

एस२१ अल्ट्रा फानटम ब्ल्याक र सिल्भर गरी दुई रंगहरुमा उपलब्ध छन्। ग्यालेक्सी एस२१प्लस  फानटम ब्ल्याक, सिल्भर र भायोलेट रंगमा पाइन्छन्। त्यसैगरी, एस२१ फानटम ग्रे र भायोलेट रंगमा पाइन्छ।

ग्राहकले एस२१ अल्ट्रा १२ जिबी र्‍यामर२५६ जिबी रोममा, एस२१प्लस र  स२१  ८ जिबी र्‍यामर २५६ जिबी रोम क्षमतामा किन्न पाउँछन्। एस२१ अल्ट्रा, एस२१प्लस र एस२१ को मूल्य क्रमशः एक लाख ५४ हजार ९ सय ९९, एक लाख २९ हजार ९ सय ९९ र १ लाख ९ हजार ९९ रहेको छ।

सामसङले यी सेटहरुको प्रि बुकिङ्ग शुक्रबारदेखि फेब्रुअरी ४ तारिखसम्म खुल्ला गरेको छ। आजदेखि नेपाल अधिराज्यभर रहेका मुख्य मोबाइल स्टोर, इकमर्स प्लाटफर्म जस्तै दराज, स्मार्ट डोको, सस्तोडिल, इसेवा आदिबाट गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ।

अनलाइनमै डिम्याट खाता खोल्न सकिने, नम्बर पनि १ घण्टा भित्रै पाइने

एनआईसी एशिया क्यापिटल लिमिटेडले “एनआईसी एशिया अनलाइन डिम्याट” सेवा सञ्चालन गरेको छ । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो बारम्बार आईरहेकोले हुँदा सर्वसाधारणलाई प्रविधिको प्रयोग मार्फत तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ क्यापिटलले उक्त सेवा सञ्चालन गरेको हो ।

क्यापिटलले “एनआईसी एशिया अनलाइन डिम्याट” सेवा संचालन गरेको उपलक्ष्यमा २०७७ साल माघ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता निस्शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हाललाई यो सेवा काठमाडौं उपत्यका भित्र मात्र उपलब्ध हुनेछ । साथै, निकट भविष्यमा काठमाडौं उपत्यका बाहिरबाट समेत अनलाइन मार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाइने क्यापिटलले जानकारी गराएको छ ।

अनलाइन मार्फत डिम्याट खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै यसमा क्लिक गरि रितपुर्वक विवरण भरी उक्त विवरण सक्सेस्फुल्ली सब्मिसन भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने क्यापिटलले जानकारी गराएको छ । साथै, उक्त सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने व्यहोरा समेत अनुरोध छ ।

हाल एनआईसी एशिया क्यापिटलले डिम्याट खाताको पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरि “एक नेपाली, एक डिम्याट” अभियान संचालन गरिरहेको छ । क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ

स्रोत नखुलेको १५ लाख नगदसहित पक्राउ

काठमाडौं महानगरपालिका २२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कमपनीको माघ ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

चन्द्रागिरी हिल्सको आईपीओमा पौन ११ लाखको हात खाली

चन्द्रागिरी हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँड भएको छ । चन्द्रागिरीको आईपीओमा आवेदन दिनेहरूमध्ये १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ । १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । दुई जनाले भने थप १/१ कित्ता शेयर अर्थात ११ कित्ता शेयर प्राप्त गर्न गरेका छन् । कम्पनीले रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिषेक विक्रम शाहले जानकारी दिए ।

पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन् ।

क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँड गरिएको छ । अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गर्न भएका छन् ।

मेगा बैंकमा इन्जिनियरलाई विषेश सुविधा, १० लाखसम्मको बीमा पनि

मेगा बैंक नेपालले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्ने समझदारीपत्रमा उल्लेख छ  । खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिनाधितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

सिटिजन्स बैकले शुरु गर्यो भिसा कन्ट्याक्टलेस कार्ड

सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधीमा मेसिन भित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पीओएस मेसिन ट्याप मात्र गरि भुक्तानी गर्न सकिन्छ ।

यो प्रविधी सरल एवम सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ । राष्ट्र बैकको नियमानुसार हाललाई यस प्रविधीबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको १८.५० लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रस्तावित १८ दशमलव ५० प्रतिशत लाभांश पारित गरेको । बैंकले बिहीवार ३४ औं वार्षिक साधारणसभा आयोजन गरी प्रस्तावित १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि बैंकले पुस २२ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन् ।

बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण पनि बिहीवारनै सार्वजनिक गरेको छ । यस वर्ष बैंकले रू. १ अर्ब ५८ करोड ६६ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ४९ करोड ३८ लाख ३८ हजार रहेको छ । यस वर्ष रेगुलेटरी रिजर्भमा बैंकले रू. ५० करोड ८८ लाख ६५ हजार छुट्याएको छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७१ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट राजस्व बुझाउन सकिने

राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिने सम्बन्धमा बिहीबार सम्झौता भएको छ।

मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ हाउस, खल्ती, आइएमई पे, प्रभु पे र  नेपाल पे बीच सम्झौता भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पेका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट प्रबन्ध संचालक कुसुम लामा  र नेपाल पेका तर्फबाट प्रमुख संचालन अधिकृत मालिका भट्टराइले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै रकम भुक्तानी गर्न सकिने छ।

राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ

आइएमइ पे एप नयाँ सुविधासहित अध्यावधिक, एक रुपैयाँ मौज्दात रहँदा सुपर वालेटमा परिवर्तन

आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ।

 

कम्पनीमा आवद्व कर्मचारी र विषय विज्ञहरूले वालेटको डिजाइनलाई कसरी आकर्षक र प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन सकिन्छ भन्ने विषयमा लामो समयदेखि निरन्तर कार्य गर्दै आइरहेका थिए।

त्यसैको नतिजा स्वरूप आइएमई पे आजको यो अवस्थामा आइपुगेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

अध्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको छ। एपलाई प्रयोगकर्ता मैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको छ।

चुस्त कार्यप्रणाली, सेवा क्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ।

डिजिटल पेमेन्ट उद्योगको फस्टाउँदो अवस्थासँगै आम उपभोक्ताहरु पनि यसको प्रयोगमा अभ्यस्त हुँदै आएको सन्दर्भमा कम्पनी डिजिटल पेमेन्ट उद्योगलाई थप प्रवद्र्घन गर्न प्रतिवद्ध रहँदै आएको छ।

सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा १ हजार नेपाली रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ।