जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको १८.५० लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको १८.५० लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रस्तावित १८ दशमलव ५० प्रतिशत लाभांश पारित गरेको । बैंकले बिहीवार ३४ औं वार्षिक साधारणसभा आयोजन गरी प्रस्तावित १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि बैंकले पुस २२ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन् ।

बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण पनि बिहीवारनै सार्वजनिक गरेको छ । यस वर्ष बैंकले रू. १ अर्ब ५८ करोड ६६ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ४९ करोड ३८ लाख ३८ हजार रहेको छ । यस वर्ष रेगुलेटरी रिजर्भमा बैंकले रू. ५० करोड ८८ लाख ६५ हजार छुट्याएको छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७१ रहेको छ ।

4525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका