जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

६ महिनामा छक्का हान्ने बैंकहरुलाई चिनौ, एनसीसी, प्रभु, सिभिल, एनआईसी एशिया, माछापुच्छ्रे, सेञ्चुरी र सिटिजन्स बैंकको छलाङ्गः पुराना बैंक पुरानै शैलीमा ?

नेपालमा सञ्चालित २७ वाणिज्य बैंकहरु अझै सञ्चालनमा छन् ती मध्ये केही बैंकहरुले लकडाउन बीचमै छक्का हानेका छन् भन्दा अब चाहि फरक पर्दैन ।
सबैभन्दा कान्छो र सानो बैंक भनेर हेपिएको सिभिल बैंक लिमिटेडले यो ६ महिनामा कोरोना कहरबीच डिपोजिट र कर्जामा छलाङ्ग नै मारेको छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो भन्दा फरक पर्दैन ।
भनिन्छ २४ वाणिज्य बैंकहरुले डिपोजिट संकलनमा छलाङ्ग मारेका छन् । भने दुई वटा बाहेक २५ वटा बैंकले कर्जा प्रवाहमा छलाङ्ग नै मारेको छ भन्दा अब चाहि फरक पर्दैन ।
सधैं आक्रमक व्यापार व्यवसाय बढाएको सबैभन्दा बढि शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकले ६ महिना बीचमा २७ वाणिज्य बैंकहरुमा सबैभन्दा बढि कर्जा प्रवाह गरेको भेटिएको छ । सधैं हेपिएको र सानो भनिएको बैंक सिभिल बैंकले समेत कर्जा विस्तारमा छलाङ्ग मारेको भेटिएको छ भन्दा अब चाहि फरक पर्दैन ।

यति मात्रै होइन पूराना दर्जनौ बैंकहरुलाई चुनौती दिँदै एनसीसी बैंक र प्रभु बैंक लिमिटेडले डिपोजिट संकलन र कर्जा प्रवाहमा अग्रस्थानमा छन् । यो तथ्याङ्कले पुष्टी गरेको छ ।
नेपाल बैंकर्स संघकै तथ्याङ्क हेर्दा २५ वटा वाणिज्य बैंकहरुले कर्जा प्रवाह र २४ वटा बैंकले डिपोजिट संकलनमा छलाङ्ग नै मारेका छन् भन्दा फरक पर्दैन ।

नेपालमा हाल घर जग्गाको विक्री बढेको, कोरोना कहर केही कम भएको, व्यापार उद्योग सञ्चालनमा आएको कारण बैंकहरुले कर्जा प्रवाह र डिपोजिट संकलनमा छलाङ्ग मारेका छन् भन्दा फरक पर्दैन ।
अब हेरौ कुन वाणिज्य बैंकले कस्तो छलाङ्ग मा¥यो त ।

आक्रमक बजार विस्तारको रणनीति लिएको एनआइसी एशिया बैंक ६ महिनाको अवधिमा झनै आक्रमक देखिएको छ । बैंकले गत असार मसान्तको व्यवसायको आकारलाई पुस मसान्तमा ३२ प्रतिशले बढाएको छ । भन्दा फरक पदैन ।

बैंकले गत असार मसान्तसम्म २ खर्ब १० अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसमा बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा ३१.५२ प्रतिशत अर्थात् ६६ अर्ब ४६ करोड रुपैयाँले थप गरी २ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ पुर्याएको भेटिएको छ ।

बैंकले कर्जा प्रवाह समेत ३५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा आइपुग्दा ३४.१५ प्रतिशत अर्थात् ५९ अर्ब ३४ करोड रुपैयाँ थप कर्जा बढाएर २ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ पुर्याएको भेटिएको छ ।
सिभिल बैंक लिमिटेडले गत असार मसान्तमा ६० अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा २९.२५ प्रतिशत अर्थात् १७ अर्ब ५९ करोड रुपेयाँले बढेर ७७ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको भेटिएको छ ।

साथै, बैंक गत असार मसान्तमा ५३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २६.३४ प्रतिशत अर्थात् १४ अर्ब १८ करोड रुपैयाँ थप गरेर ६८ अर्ब १ करोड रुपैयाँ पुर्याएको देखिन्छ ।
एनसीसी बैंक लिमिटेडले गत असार मसान्तमा ७९ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म आइपुग्दा २८.३९ प्रतिशत अर्थात् २२ अर्ब ६० करोड रुपैयाँले निक्षेप थप गरी १ खर्ब २ अर्ब २१ करोड रुपैयाँ पुर्याएको देखिन्छ ।

साथै, बैंक गत असार मसान्तमा ६९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १९.४१ प्रतिशत अर्थात् १३ अर्ब ४६ करोड रुपैयाँ थप गरेर ८२ अर्ब ८१ करोड रुपैयाँ पुर्याएको छ ।
प्रभु समुहको ठूलो लगानी रहेको प्रभु बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब ३६ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म आइपुग्दा २४.६९ प्रतिशत अर्थात् ३३ अर्ब ७१ करोड रुपैयाँले निक्षेप थप गरी १ खर्ब ७०अर्ब २३ करोड रुपैयाँ पुर्याएको भेटिएको छ ।

प्रभु बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब २४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । भने पुस मसान्तमा २५.४९ प्रतिशत अर्थात् २६ अर्ब २८ करोड रुपैयाँ थप गरेर १ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ प्रवाह गरेको भेटिएको छ ।

सेञ्चुरी बैंक लिमिटेडले गत असार मसान्तमा ७० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म आइपुग्दा २२.५८ प्रतिशत अर्थात् १५ अर्ब ८९ करोड रुपैयाँले निक्षेप थप गरी ८६ अर्ब २५ करोड रुपैयाँ पुर्याएको देखिन्छ ।

साथै, बैंक गत असार मसान्तमा ६१ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १७.८७ प्रतिशत अर्थात् १० अर्ब ९२ करोड रुपैयाँ थप गरेर ७२ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ भन्दा फरक पर्दैन ।

सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले चालु आवको पुस मसान्तसम्म १ खर्ब ७ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत असार मसान्तको भन्दा १६.९५ प्रतिशत अर्थात् १५ अर्ब ५३ करोड रुपैयाँ निक्षेप र १२.०६ प्रतिशत अर्थात् ९ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह थप गरेको देखिन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले गत असार मसान्तसम्म १ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले ६ महिनामा १३.६२ प्रतिशतले निक्षेप संकलन बढाएर १ खर्ब २१ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ ।

साथै गत असार मसान्तमा बैंकले ९४ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा पुस मासान्तमा १३.३६ प्रतिशतले बढाएर १ खर्ब ७ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंक लिमिटेडल गत असार मसान्तसम्म १ खर्ब ४५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा ११.०२ प्रतिशतले बढाएर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, गत असार मासन्तमा १ खर्ब २७ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा पुस मसान्तमा १३.०४ प्रतिशतले बढाएर १ खर्ब ४४ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले गत असार मसान्तमा २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा १०.८८ प्रतिशतले बढाएर २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ पुर्याउको छ । साथै, गत असार मसान्तमा १ खर्ब ९९ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा ग्लोबलले पुस मासान्तमा ७. ८५ प्रतिशतले बढाएर २ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ ।

एनएमबि बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब ३४ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा १०.८४ प्रतिशतले बढाएर १ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, बैंकले गत असार मसान्तमा १ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १७.९७ प्रतिशतले बढाएर १ खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।


नेपाल बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा ५.७६ प्रतिशतले बढाएर १ खर्ब ५१ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ७ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १३.८५ प्रतिशतले बढाएर १ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ ।

नबिल बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा ५.४३ प्रतिशतले बढाएर २ खर्ब ३ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

पुस मसान्तमा १६.६८ प्रतिशतले बढाएर १ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको भेटिएको छ ।
लक्ष्मी बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब १ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा ५.२२ प्रतिशतले बढाएर १ खर्ब ६ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको देखिन्छ ।
साथै, बैंकले गत असार मसान्तमा ९० अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ५.०७ प्रतिशतले बढाएर ९५ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

हिमालयन बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब ३१ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ५. १० प्रतिशतले बढाएर १ खर्ब ३८ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको देखिन्छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ६.८५ प्रतिशतले बढाएर १ खर्ब १५ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ ।
प्राइम कर्मशिलय बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ४.७० प्रतिशतले बढाएर १ खर्ब ३५ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १४ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ९.०४ प्रतिशतले बढाएर १ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको देखिन्छ ।

एभरेष्ट बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब ४४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ४.५७ प्रतिशतले बढाएर १ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ पुर्याएको छ ।


साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ०.९४ प्रतिशतले बढाएर १ खर्ब १९ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब २४ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ४.५३ प्रतिशतले बढाएर १ खर्ब २९ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १५ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ४.५८ प्रतिशतले बढाएर १ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुर्याएको छ ।

सनराइज बैंक लिमिटेडले गत असार मसान्तमा ९४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ३.९२ प्रतिशतले बढाएर ९८ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, बैंकले गत असार मसान्तमा ८३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ६.७९ प्रतिशतले बढाएर ८९ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत असार मसान्तमा २ खर्ब ३२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ३.५१ प्रतिशतले बढाएर २ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ११.४९ प्रतिशतले बढाएर १ खर्ब ७४ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।

मेगा बैंक लिमिटेडले गत असार मसान्तमा मेगा बैंकले १ खर्ब ३१ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ३.१० प्रतिशतले बढाएर १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १३ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १२.१५ प्रतिशतले बढाएर १ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले गत असार मसान्तमा ९३ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले २.११ प्रतिशतले बढाएर ९५ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा ८२ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १०.५० प्रतिशतले बढाएर ९१ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

सानिमा बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब १० अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले १.५४ प्रतिशतले बढाएर १ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, बैंकले गत असार मसान्तमा ९३ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १२.१७ प्रतिशतले बढाएर १ खर्ब ४ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ ।

कृषि विकास बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब ४३ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ०.३३ प्रतिशतले बढाएर १ खर्ब ४४ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब २३ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ७.२० प्रतिशतले बढाएर १ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब ६८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ०.३१ प्रतिशतले बढाएर १ खर्ब ६९ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २.१७ प्रतिशतले बढाएर १ खर्ब ४७ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेडले गत असार मसान्तमा नेपाल बंगलादेश बैंकले ७३ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ०.४८ प्रतिशतले निक्षेप घटाएर ७२ अर्ब ८४ करोड रुपैयाँमा सीमित गरेको छ ।

साथै, बैंकले गत असार मसान्तमा ६१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १.३९ प्रतिशतले बढाएर ६२ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।
नेपाल एसबिआइ बैंक लिमिटेडले गत असार मसान्तमा १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ६.५० प्रतिशतले निक्षेप घटाएर १ खर्ब ३ अर्ब २२ करोड रुपैयाँमा सीमित गरेको छ ।

साथै, बैंकले गत असार मसान्तमा ९४ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १.५१ प्रतिशतले कर्जा प्रवाह घटाएर ९२ अर्ब ८९ करोड रुपैयाँमा सिमित गरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत असार मसान्तमा ९९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले १२.३९ प्रतिशतले निक्षेप घटाएर ८६ अर्ब ८३ करोड रुपैयाँमा सीमित गरेको छ ।

साथै, बैंकले गत असार मसान्तमा ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २.६८ प्रतिशतले कर्जा प्रवाह घटाएर ५५ अर्ब ९८ करोड रुपैयाँमा सिमित गरेको छ ।
नेपालका यी वाणिज्य बैंकहरुले समग्रमा कोरोना कहर बीच पनि राम्रो र आश्चर्यजनक प्रगति गरेका छन् भन्दा फरक पदैन । सचेत भया । आर्थिक बजार राष्ट्रिय मासिक माघ अंकबाट साभार गरिएको 

 

कृषि विकास बैंकको वार्षिकोत्सव सम्पन्न, २० जना कृषकले क्रेडिट कार्ड पाए

कृषि विकास बैंकको ५४ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।  वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गर्ने भएको छ । उपत्यका भित्रका २० जना कृषकलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड वितरण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड र  एपको उद्घाटन गरेका छन् ।

चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ आज बुधबार लन्च भएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षदेखि सबै काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

यस्ता छन् किसान क्रेडिट कार्डका विशेषता

कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गर्ने भएको छ । उपत्यका भित्रका २० जना कृषकलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड वितरण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड र  एपको उद्घाटन गरेका छन् । चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ आज बुधबार लन्च भएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षदेखि सबै काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

पहिलो चरणमा आज ६ अर्बको कृषि बण्ड र यस वर्ष कुल २४ अर्बको बण्ड निष्कासन गर्न आजकै दिनमा २६ वटा ‘क’ वर्गको बैंक र १ पूर्वाधार विकास बैंकसमक्ष दरखास्त आह्वान गर्न सफल भएका छ । यस कार्यले देशको कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने र स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिको साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणाली समेत बलियो र भरपर्दो हुने विश्वास रहेको बैंकले जनाएको छ ।

वित्तीय बजारको करिब ४ प्रतिशतभन्दा माथि हिस्सा ओगटेको यस बैंकले सम्पूर्ण प्रविधिमैत्री सेवा प्रदान गर्दै गएकोमा कोभिड १९ को लकडाउनमा करिब ३ लाख मोबाइल बैंकिङ सेवा प्रदान गर्दै डिजिटल प्रविधि बैंकको नयाँ खुड्किलोमा सहकार्य गर्न सफल भएका छ । संघीय र प्रदेश सरकार सँगको कार्यक्रमलाई पनि हाम्रो मूल कार्यक्रममा समाहित गर्दै आफ्ना अत्याधुनिक प्रविधिको कोर बैंकिङ प्रणाली मार्फत २७८ वटा कार्यालयहरुबाट कूल कर्जाको ८५ प्रतिशतभन्दा बढी हिस्सा १५ लाख भन्दा कम रकमका साना तथा मझौला कर्जामा लगानी गरेको एक मात्र वाणिज्य बैंक भएका छ ।

बैंकले आफ्ना ग्राहक, नियामक निकायहरुसँग राम्रो व्यावसायिक सम्बन्ध कायम गरेको छ, आगामी दिनमा अझ फराकिलो र बलियो सम्बन्ध कायम गर्दै लैजाने बैंकले जनाएको छ । बैंकले व्यवसाय संचालनमा सरोकारवाला शेयरधनी नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियमनकारी निकायहरु, ग्राहकहरु, दातृ निकायहरु, बैंकका युनियनकर्मीहरु, अन्य सम्बन्धित पक्षहरुसँग असल व्यवसायिक वातावरण र सम्बन्ध कायम गर्दै आएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा बिहिबार

नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारणसभा माघ ८ गते (बिहिबार) हुने भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा आयोजना हुने भएको हो ।

सभाले असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने र सो कार्यका लागि सम्पूर्ण कम अगाडि बढाउँने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि बैंकले पुस २२ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २१ गतेसम्म कारोबार भई पुस २७ गते भित्र बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त भएको नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयररधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

कृषि विकास बैंकले जारी गर्यो ६ अर्ब कृषि बण्ड

कृषिमा लगानी गर्ने स्रोत व्यवस्थापनका लागि कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ‘कृषि बण्ड’ जारी गरेको छ । आज अर्थमन्त्री विष्णुप्रसाद  पौडेलले उक्त बण्डको आज शुभारम्भ गरेका हुन् । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिक अवसरमा कृषि बण्ड, किसान क्रेडिट कार्ड र एपकोे शुभारम्भ गरेको हो । बजेटले लिएको नीति अनुरुप कृषि विकास बैंकले यस वर्षमात्रै २४ अर्बको कृषि बण्ड जारी गर्ने योजना बनाएको छ । यो बण्डमा पूर्वाधार बैंक सहित २६ वटा बैंकमा कृषि विकास बैंकले दरखास्त आव्हान गरिसकेको छ ।

सो अवसरका अर्थमन्त्री पौडेलले कृषि क्षेत्रमा लगानी गर्न सबै बैंक तथा वित्तीय संस्थाको प्रतिनिधित्व कृषि विकास बैंकलाई गर्न निर्देशन दिए । आम किसानहरुलाई कृषि उद्यमीको रुपमा स्थापित गर्न कृषि विकास बैंकबाट विशेष भुमिका खेल्न पनि उनले निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले प्रविधिको क्षेत्रमा विश्वले गरेका चमत्कारहरुलाई नेपालले पछ्याइरहेको बताए । कृषि विकास बैंकले बनाएको ‘किसान एप र किसान क्रेडिट कार्ड’ सार्वजनिक गर्दै उनले यो प्रविधिले आम किसानहरूलाई प्रविधिमैत्री बन्न मद्दत पुग्ने बताए । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिक अवसरमा किसान क्रेडिट कार्ड र एपकोे शुभारम्भ गरेको हो । किसान एप र किसान क्रेडिट कार्ड’ को औपचारिक शुभारम्भ अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

सो अवसरका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘किसान एप र किसान क्रेडिट कार्ड’ को शुरुवातले सरकार तथा राष्ट्र बैंकले लिएको डिजिटल भुक्तानीको नीतिलाई पूर्णता दिन सहयोग गर्ने बताए । कृषि विकास बैंकले किसान एप र किसान क्रेडिट कार्डको सुरुवात गरी काम पनि शुरु गरिसकेको हुँदा डिजिटल नेपाल फ्रेमवर्क अभियान चाँडै सफल हुने उनको बताए ।

सोही अवसरमा गभर्नर अधिकारीले वाणिज्य बैंकहरुबाट भएको लगानीको २० प्रतिशत कृषि विकास बैंकबाट भएको बताए । उद्यपि कृषि विकास बैंक सवल र सक्षम भएपनि अन्य वाणिज्य बैंकहरूको तुलनामा प्रतिस्पर्धामक नभएको गुनासो गरे । समग्रमा २७ वाणिज्य बैंकमा कृषि विकास बैंक २६ औं नम्बरमा रहेकोले बैंक अझै प्रतिस्पर्धी हुनु पर्ने बताए ।

अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि क्षेत्रमा लगानी गर्ने कृषि विकास बैंकले पाएको नेतृत्वदायी भुमिकामा सहकार्य गर्न अन्य बैंक तथा वित्तीय संस्थाहरू तयार रहेको जानकारी गराए । जसका लागि संघले कृषि विकास बैंककै संयोजकत्वमा अध्ययन कमिटी गठन गर्न लागेको पनि उनले बताए ।

कृषि विकास बैंकले १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कुल प्रवाहित कर्जामा २८ प्रतिशत कृषि क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा रहेको बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । बैंकको हालसम्म  एक खर्ब ४४ अर्ब निक्षेप संकलन गरेर  १ लाख ५२ हजार ऋणी प्रवाह गरेको बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बताए ।

‘जसमध्ये अधिकांश ५० लाख रुपैयाँ मुनि कर्जा लिने ग्राहक रहेका छन्,’ उनले भने । वार्षिक उत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सरकारको नीति तथा कृषि उत्पादन, बजार, बिउ विजन, खेती प्रविधि बजार मूल्य सम्बन्धी सूचनाको जानकारी लिन तथा ऋणी किसानको सहज पहँुच पुर्याउन ‘किसान एप र किसान क्रेडिट कार्ड’ को सुरुवात गरिएको बताए ।

मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य

मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटस्सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा मेगा बैंक नेपाल लिमिटेड., बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटस्का तर्फबाट हस्ताक्षर भयो ।

यो सम्झौतापश्चात् मेगा बैंकले रोराङ्ग गाउँपालिका, धादिङ्गका साना किसान, व्यवसायीका साथै व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

उक्त कार्यक्रममा बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले सेवाग्राहीहरुलाई आ—आफ्नो पक्षबाट बेनिघाट रोराङ्ग गाउँपालिकाका उद्यमीहरुलाई सहुलियतपूर्ण ब्याज अनुदान कर्जा सेवा प्रदान गर्ने सिलसिलामा भरपुर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बैंकले गाउँपालिका तथा उद्योग वाणिज्य संघसँग आवद्ध साना किसान, लघु, घरेलु तथा साना उद्यमीहरुलाइ प्राथमिकताका साथ बंैकको मलेखु, धादिङ स्थित शाखा कार्यालयबाट सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने व्यहोरा बैंकका तर्फबाट विभागीय प्रमुख पुण्यप्रसाद खनियाले जानकारी गराउनु भयो ।

बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुलाई  Lavie रेस्टुरेन्टमा १०% छुट

बैंक अफ काठमाण्डू लिमिटेड र Lavie रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले  Lavie  रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउनुहुनेछ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र Lavie रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गर्नुभयो ।
बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफले १०० रुपैयाँ अंकित दरका सेयरलाई ५० रुपैयाँ बनाउँदै

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५१ प्रतिशत लाभांश पारित गर्न माघ २८ गते बार्षिक साधारणसभा डाकेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट दुई जना सञ्चालक पनि चयन गर्ने छ। अर्को महत्वपूर्ण एजेण्डा पनि कम्पनीले साधारणसभा लैजाँदैछ।

कम्पनीको प्रति सेयर मूल्य १०० रुपैयाँ रहेकोमा यसलाई परिवर्तन गरी अंकित मूल्य ५० रुपैयाँ पुर्याउने प्रस्ताव लैजाने भएको हो। यो प्रस्ताव सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुने छ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब  ५ अर्ब ५० करोड रहेको चुक्ता पुँजी लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड हुनेछ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ।

कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्तसम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ।

ज्योति विकास बैंकमा सञ्चालकहरुको चर्को हस्तक्षेप, अध्यक्ष खड्का र सञ्चालक अधिकारीकै मिलोमोतोमा खोलाको जग्गा धितो राखी करोडौं घोटलाः राष्ट्र बैंक बेखबर ?

भनिन्छ बैंक र वित्तिय संस्थामा प्रमोटरहरुको ३० प्रतिशत मात्रै शेयर छ । तर, ३० प्रतिशत लगानी गरेका बैंक सञ्चालकहरुले बैंकहरुमा चर्को हस्तक्षेप गरेका छन् भन्दा फरक पर्दैन । यसको पछिल्लो उदाहरण हो ज्योति विकास बैंकको पछिल्लो घोटला काण्ड भन्दा अब चाहि फरक पर्दैन ।

नेपालमा बैंक तथा वित्तिय संस्थाहरुको निमयनकारी निकाय नेपाल राष्ट्र बैंक मौन बस्दा ज्योति विकास बैंक भित्र सञ्चालकहरुको चर्को हस्तक्षेपमा करोडौं घोटला भएको भेटिएको छ ।

ज्योति विकास बैंकमा अध्यक्ष हरिचन्द्र खड्का र सञ्चालक सन्तोष अधिकारीकै लगानी रहेको एक कन्सल्टेन्सीको धितो मुल्याकनमा खोलाको जग्गालाई करोडौंको कर्जा प्रवाह गरेको भेटिएको छ र यस्ता दर्जनौ काण्डमा बैंकका सञ्चालकहरुले हस्तक्षेप गरेपछि तत्कालीन बैंकका सीइओ मनोज ज्ञावलीले २ वर्ष कार्यकाल छदै राजीनामा दिएको खुलेको छ । यसपछि ज्योति विकास बैंकको सञ्चालक समितिले बैंकका अध्यक्षका अत्यन्तै नजिकका साक्षी र आफू अनुकुल निर्णय गराउन श्रीचन्द्र भट्टलाई सीइओ बनाएको भेटिएको खुलेको छ ।

निरिह जनताको ७० प्रतिशत शेयर भएको ज्योति विकास बैंकमा अत्यन्तै कम प्रमोटर शेयर रहेको हरिचन्द खड्का र केही सञ्चालकहरुले आफू अनुकुल मान्छे सीइओ बनाएर लुट मच्चाएपछि नेपाल राष्ट्र बैंक चुपचाप छ भन्दा फरक पर्दैन । कारण के हो ? यसको खोजी शुरु भएको छ ।

धितो बैंकले लिलामी गर्दा अर्कै जग्गा देखाइएका कारण एक व्यक्तिले लिलाम सकारे । तर नामसारी गर्न जादा थाहा भयो, नक्सामा रामो देखिएको जग्गा फिल्डमा खोला दौडिरहेको थियो । लिलाम सकारेका व्यक्ति आफु ठगिएको भन्दै अदालत पुगे । अदालतले किर्ते कागजात पेश गरि ऋण लिने व्यक्तिलाई मात्र नभई लगत तरिकाले धितो मुल्यांकन गर्ने कम्पनी र बैंकका अधिकारीहरुलाई कारवाही गर्न आदेश दियो ।

हेरौ कथा के हो ?
ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का र सञ्चालक सन्तोष अधिकारीको नाममा दर्ता भएको एक इन्जिनिएरिङ कन्सल्टेन्सीले सोही बैंकको धितो मुल्यांकनको काम गर्ने रहेछ । नियमविपरित संचालकहरुकै स्वामित्वमा रहेको सो कम्पनीले खोला बगिरहेको जग्गालाई अत्यधिक मुल्यांकन गराई कर्जा दिइयो र सो कर्जा डुब्यो । भन्दा फरक पर्दैन ।

सो धितो बैंकले लिलामी गर्दा अर्कै जग्गा देखाइएका कारण एक व्यक्तिले लिलाम सकारे । तर नामसारी गर्न जादा थाहा भयो, नक्सामा रामो देखिएको जग्गा फिल्डमा खोला दौडिरहेको थियो । लिलाम सकारेका व्यक्ति आफु ठगिएको भन्दै अदालत पुगे । अदालतले किर्ते कागजात पेश गरि ऋण लिने व्यक्तिलाई मात्र नभई लगत तरिकाले धितो मुल्यांकन गर्ने कम्पनी र बैंकका अधिकारीहरुलाई कारवाही गर्न आदेश दियो ।

धितो मुल्यांकन गर्ने कम्पनी डिएचएस इन्जिनिएरीग कन्सल्टेन्सी बैंकका अध्यक्ष हरिचन्द खडका र संचालक सन्तोष अधिकारीको स्वामित्वमा रहेको कम्पनी थियो । सो कम्पनीमा प्राविधिक काम भने नेपाल रेडक्रस सोसाइटीका इन्जिनियर दिपक भट्टले गर्थे । उनीहरुको मिलेमतोमा नै नक्कली कागजातको आधारमा कर्जा दिलाइएको भेटिएको छ ।

ज्योति विकास बैंकको सेयर पनि भान्जाका नाममा किनेका छन । उनले आफु कारवाहीबाट जोगिनका लागि भान्जाको नाममा विवादास्पद कम्पनीको सेयर नामसारी गरेको भए पनि संस्थापक तथा आधारभुत सेयरधनी रहेका पाण्डेको नाममा सारीएको कम्पनीले पनि धितो मुल्यांकनको काम गर्नु नियमविपरित नै हुन्थ्यो ।

कुनै पनि बैंक तथा वित्तिय सस्थामा अध्यक्ष वा संचालकको त कुरै छाडौं सामान्य सस्थापक सेयरधनी र कर्मचारीहरु सलग्न कम्पनीसग कुनै पनि किसिमको कारोवार गर्न बन्देज लगाइएको हुन्छ । तर यस बैंकमा त खुल्लमखुल्ला अध्यक्ष र संचालककै स्वामित्वको कम्पनीले धितो मुल्यांकनको काम गरिरहेको थियो ।

जब यस काण्डमा काठमाडौं जिल्ला अदालतमा मुद्दा परयो । त्यसपछी बैंकका अध्यक्ष हरिचन्द खडकाले सो कन्सल्टेन्सीमा रहेको आफनो नामको सेयर आफना भान्जा विरेन्दजग पाण्डेको नाममा सारे । जबकी अध्यक्ष खडकाले आफुले सेयर कारावार तिनै भान्जाको नाममा गर्ने गर्छन ।

आफु अध्यक्ष भएका कारण ईन्साइडर टेडिगको काम आफनो नाममा गर्न नपाउने हुनाले उनले भान्जा पाण्डेकै नाममा कारोबार गर्छ न । उनले ज्योति विकास बैंकको सेयर पनि भान्जाका नाममा किनेका छन । उनले आफु कारवाहीबाट जोगिनका लागि भान्जाको नाममा विवादास्पद कम्पनीको सेयर नामसारी गरेको भए पनि संस्थापक तथा आधारभुत सेयरधनी रहेका पाण्डेको नाममा सारीएको कम्पनीले पनि धितो मुल्यांकनको काम गर्नु नियमविपरित नै हुन्थ्यो ।

उजुरी परेपछी आफु कारवाहीमा पर्ने डरले अब कम्पनी नै नरहेको देखाउन उनले कम्पनी खारेजीमा लगेका छन। यसबाट पनि उनले आफनो अपराध छोप्न गरेको कालो कर्तुत छर्लंग हुन्छ । अदालतको फैसलादेखि कम्पनी रजिष्टार कार्यालयको कागजात र बैंकको धितो मुल्यांकनकर्ताको काम गर्ने डिएचएस (जुन दिपक भट्ट, हरिचन्द खडका र सन्तोष अधिकारीको नाममा रहेको छ)

त्यस्तै, अर्का संचालक सन्तोष अधिकारीको नाम त सो कन्सल्टेन्सीको संचालकमा अझै थियो । यस बिषयमा नेपाल राष्ट बैंकका समेत उजुरी परयो । राष्ट बैंकले पत्र पठाएर बैंकलाई यसबारे पष्टिकरण सोधेपछी अध्यक्ष खडकाले हतार हतार कम्पनी खारेजीमा लगे । तर भान्जाको नाममा सेयर नामसारी गरिएको कम्पनीले कम्पनी रजिष्टारको कार्यालयमा बुझाएको डकुमेन्टमा विरेन्दजग पाण्डेको नाममा अध्यक्ष खडकाले नै हस्ताक्षर गरेको पष्ट देखिन्छ ।

उजुरी परेपछी आफु कारवाहीमा पर्ने डरले अब कम्पनी नै नरहेको देखाउन उनले कम्पनी खारेजीमा लगेका छन। यसबाट पनि उनले आफनो अपराध छोप्न गरेको कालो कर्तुत छर्लंग हुन्छ । अदालतको फैसलादेखि कम्पनी रजिष्टार कार्यालयको कागजात र बैंकको धितो मुल्यांकनकर्ताको काम गर्ने डिएचएस (जुन दिपक भट्ट, हरिचन्द खडका र सन्तोष अधिकारीको नाममा रहेको छ)

यति मात्र हैन, अर्को त्यस्तै काण्ढ ज्योति विकास बैंकमा चितवन टाडीका एक आदीवासी व्यक्तिले संचालन गरेको कृषि फार्मलाई ऋण पारित गराई रकम नै नदिएर ति व्यक्तिको सम्पूर्ण सम्पत्ति हडप्ने काममा अध्यक्ष खडकाले सफलता पाएका छन । करिब साढे २ करोड कर्जा दिइएको ति व्यक्तिको करिब ९ करोडको घरजग्गा र कृषि फार्म नै खडकासहितले आफनो बनाएका छन भन्दा फरक पर्दैन ।

सो सम्पत्ति ज्योति विकास बैंककै सस्थापक सेयरधनी रहेका र हाल बिभिन्न विजनेसमा खडकासग साझेदार रहेका शंकरदेव क्याम्पसमा प्राध्यापन पर्ने हरिकुमार श्रेष्ठको श्रीमती सिर्जना गुरुगको नाममा पास गरिएको छ । श्रेष्ठ तिनै व्यक्ति हुन, जसलाई गत महिना मात्रै रास्व अनुसन्धान विभागले राजस्व छलि, नक्कली बिलविजक बनाएको र विदेशी मुदा अपचलन काण्डमा १ अर्ब ७५ करोड विगो बराबरको मुद्दा दायर गरेको छ र उनी हाल फरार छन भन्दा फरक पर्दैन ।

अध्यक्ष खडकाले चितवनका मोतिराम दराईको नाममा धितो रहेको सम्पत्ति हडपेर आफैले कब्जा जमाएको र त्यसमा साझेदार बन्नका लागि अन्य व्यक्तिहरुलाई अफर गरेको अडियो रेकर्ड यस संवाददातासंग सुरक्षित छ । दराईलाई कर्जा दिदा कमिशन खाएको र सो कमिशनको रकम सोही बैंकको स्टाफको खातामा जम्मा गरेको समेत पाइएको छ । तर यसबारे बिस्तृत उजुरी पर्दा समेत राष्ट बैकले निरिक्षण समेत गरेको छैन । गर्भनर साब हेक्का होस् ।

नियम विपरित सिईओ हटाउने खेल र केही कर्जा काण्डहरुमा असहमति जनाएका संचालक अधिकारीलाई नै खडका समुहले राजिनामा दिन बाध्य पारेको भेटिएको छ । उनले खडका समुहले बैंक डुबाउने काम गरिरहेको चुपचाप हेर्न नसक्ने भन्दै राजिनामा दिएका थिए । गर्भनर साब ।

यति मात्र हैन, बैंकको अध्यक्ष भएर संस्थापकहरुले बिक्रीका लागि ल्याउने सानातिना सेयरको दलालि गरेर बस्ने खडकाले आफु अनुकुलको निर्णय गराउन अफठेरो पर्ने भएपछी सिईओ मनोज ज्ञवालीलाई २ बर्ष पदावधी बाकी रहदा नै हटाएका थिए । चार बर्षे नियुक्ती पाएका सिईओ ज्ञवालीलाई संस्थागत निक्षेपको सिमा झार्न नसकेको काइते अभियोग लगाएर २ बर्षमै निकालिएको थियो । जबकी राष्ट बैंकले नै त्यस्तो निक्षेपको सिमा तोकिएको पतिशतसम्म ल्याउने समय असार मसान्तसम्म दिएको थियो । कोभिड १९ का कारण बैंकिग क्षेत्र नै अस्तव्यस्त बनिरहेको बेला सिईओ हटाएर तेसो बरियताका व्यक्तिलाई निमित्त दिएर उनले आफुखुशी बैंक चलाउने र कुस्त कमाउने धन्दा चलाएको भेटिएको छ ।

यसबाहेक बैंकका स्वतन्त्र संचालकको रुपमा रहेका नेपाल राष्ट बैंकका पूर्व निर्देशक जगदिश अधिकारीलाई पनि उनीहरुले पदावधी बाकी छदै हटाएका छन । नियम विपरित सिईओ हटाउने खेल र केही कर्जा काण्डहरुमा असहमति जनाएका संचालक अधिकारीलाई नै खडका समुहले राजिनामा दिन बाध्य पारेको भेटिएको छ । उनले खडका समुहले बैंक डुबाउने काम गरिरहेको चुपचाप हेर्न नसक्ने भन्दै राजिनामा दिएका थिए । गर्भनर साब ।

आफनो दाईले संचालक गर्ने सामान्य गार्मेन्टमा काम गर्ने खडका कुनै व्यापारीक वा उच्च खानदानका व्यक्ति हैनन । ठमेलमा एउटा सानो सटरमा सामान्य पसल राख्ने उनी ज्योति विकास बैंकको ठुलो प्रबद्र्धक समेत हैनन । मुश्किलले १ लाख कित्ता सेयर होल्ड गरेका खडकाले साढे ३ अर्बभन्दा बढी चुक्तापुजी रहेको बैंकलाई आफनो निजी कम्पनीसरह चलाइरहेका छन । उनको कुनै व्यापार व्यवशाय र आम्दानीको कुनै स्रोत समेत छैन त्यसैले उनले बैंकमा बसेर जतिसक्दो कमाउने धन्दा चलाइरहेका छन । भन्दा अब चाहि फरक पर्दैन ।

बैंकसग कुनै पनि रुपमा सम्बद्ध नरहेको घटनामा अदतलमा मुद्दा चल्दैमा सन्चालक हुन अयोग्य भइदैन । साथै अन्तिम अदालतले फौजदारी अभियोगमा दोषि किटान नगरेसम्म उनलाई बैंकको सन्चालक बन्न अयोग्य बनाउन मिल्दैन । तर संस्थापक अध्यक्ष उप्रेतिलाई चक्रव्यूहमा पारेर बैंकबाट निकालिएको भेटिएको छ ।

ज्योति विकास बैंकको स्थापना नेपाल विद्युत प्राधिकरणका पुर्व कर्मचारीहरुले स्थापना गरेका थिए । तर अहिले बिद्युत प्राधिकरणमा आवद्ध ति सस्थापकहरुको भुमिका र स्थान केही देखिएको छैन । अहिले खडकासहितको समुहले आफनो लगानी खासै नभए पनि तिकडमको आधारमा बैंकमा बहुमत कब्जा गरेको र चरम लुट मचाइरहेको भेटिएको छ । गर्भनर साब ।

बैंकको कन्सेप्ट ल्याउने र स्थापना गर्ने मुख्य व्यक्ति ध्रुब कुमार उप्रेतिलाई खडका सहितको समुहले पहिले प्राधिकरणमा कार्यरत रहदा अख्तियारको छानविनमा परेको भन्दै बैंकको अध्यक्षबाट हटन बाध्य पारेका थिए । जबकी बैंकसग कुनै पनि रुपमा सम्बद्ध नरहेको घटनामा अदतलमा मुद्दा चल्दैमा सन्चालक हुन अयोग्य भइदैन । साथै अन्तिम अदालतले फौजदारी अभियोगमा दोषि किटान नगरेसम्म उनलाई बैंकको सन्चालक बन्न अयोग्य बनाउन मिल्दैन । तर संस्थापक अध्यक्ष उप्रेतिलाई चक्रव्यूहमा पारेर बैंकबाट निकालिएको भेटिएको छ ।

महिनौ बितिसक्दा पनि राष्ट बैंकले खटाएको अधिकारी सुपरिवेक्षणमा खटाएका अधिकारी नजानुमा ठग गिरोहसगको सेटिङले काम गरेको आशंका समेत उनको छ । बैंकले लिलामीमा निकालेकोे जग्गा खरिद गरेका बज्राचार्यले आफुले किनेको जग्गा नै नक्कली परेपछी नेपाल राष्ट बैंकमा उजुरी दिएका थिए ।

ज्योति विकास बैंक काण्डमा नेपाल राष्ट बैंकमा पनि दर्जनौ उजुरी परेका छन । यस बिषयमा नेपाल राष्ट बैंकको विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई समेत उजुरी दिइएको पिडितहरुले जनाएका छन । तर राष्ट बैंकले अहिलेसम्म एकपटक स्थलगत सुपरिवेक्षण समेत गरेको छैन । ५ महिनाअघि राष्ट बैंकले सुशिल विजुक्छेसहितको टिमलाई स्थलगत निरिक्षणको लागि खटाएको जनाएको थियो ।

तर राष्ट बैंकका उपनिर्देशक बिजुक्छेले त्यसबेला कोरोनाको डर भएकाले आफु तत्काल जान नसक्ने जानकारी दिएको उजुरीकर्ता प्रथमकुमार बज्राचार्यले बताए । उनले महिनौ बितिसक्दा पनि राष्ट बैंकले खटाएको अधिकारी सुपरिवेक्षणमा खटाएका अधिकारी नजानुमा ठग गिरोहसगको सेटिङले काम गरेको आशंका समेत उनको छ । बैंकले लिलामीमा निकालेकोे जग्गा खरिद गरेका बज्राचार्यले आफुले किनेको जग्गा नै नक्कली परेपछी नेपाल राष्ट बैंकमा उजुरी दिएका थिए ।

त्यसबेला ज्योतिको स्वतन्त्र संचालक रहेका जगदिश अधिकारीले आफनो जेठान ऋषिकेश भट्ट राष्ट बैकको कार्यकारी निर्देशक भएका कारण छानविन रोकाएको आशंका उनको छ । साथै अहिले ज्योतिमा सिईओ बनाएका ल्याइएका श्रीचन्द्र भट्टले राष्ट बैंकका कार्यकारी निर्देशक भट्टलाई दाजुभाई नाता लगाउने हुनाले कारवाही नभएको भनिन्छ गर्भनर साब । सबै कार्यालयहरु सामान्य रुपमा चलिसक्दा समेत खटाइएको व्यक्ति बैंकको निरिक्षणमा जान नचाहनुमा बैंक लुटने गिरोहको सेटिङमा परेको अनुमान हुन थालेको छ भन्दा फरक पर्दैन ।

गतबर्ष नै बैंकले जलबिद्युत आयोजनाहरुमा थप लगानी नगर्ने भनेर निर्णय गरेको थियो । तर पछिल्लो समय गोल्डेन सेयर र कमिशनकै लागि कास्कीको सेतिखोला हाइडोपावरमा ६० करोड कर्जा लगानीको लागि फाइल अगाडी बढाइएको छ । यसबाहेक सस्थापककै लगानी रहेको लोअर ईर्खुवाखोला हाइडोपावरमा लगानी गर्नका लागि ठुलै रकमको डिल भैसकेको फेला परेको छ गर्भनर साब तत्कालै ज्योति विकास बैंक भित्र स्थलगत निरक्षण होस् र दोषी भेटिए तत्कालै कारवाही होस् । (शेयर बजार साप्ताहिकको सहयोगमा तयार पारिएको सामाग्री)

राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १७१ जनाले रक्तदान गर्नुभएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् ।

चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ । डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताउनुभयो ।

डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ ।
हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ ऋंखलाको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ ।

सिटी एक्सप्रेसलाई गाभेर इन्भेष्टमेन्ट बैंकले माघ ११ बाट एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गरेर माघ ११ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ। बैंकले गत मंसिर ७ मा राष्ट्र बैंकबाट प्राप्तिका लागि अन्तिम स्वीकृति पाएको थियो।

सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने छ।

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ।

यसमा प्रवर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ।