जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मेगा बैंकमा इन्जिनियरलाई विषेश सुविधा, १० लाखसम्मको बीमा पनि

मेगा बैंकमा  इन्जिनियरलाई विषेश सुविधा, १० लाखसम्मको बीमा पनि

मेगा बैंक नेपालले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्ने समझदारीपत्रमा उल्लेख छ  । खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिनाधितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

8695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका