जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामदार र मजदुरको नाममा भ्याट छली

कामदार र मजदुरको नाममा भ्याट छली

सरकारको छानबिनबाट बच्‍नका लागि व्यापारीले कामदार तथा मजदुरका नाममा समेत मूल्य अभिवृद्धि कर (भ्याट) नम्बर तथा बैंक खाता खोलेर ठगी गर्ने पाइएको छ । राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा त्यस्तो बदमासी देखिएको हो । विभागले आज उच्च अदालत पाटनमा एक व्यवसायी विरुद्धदायर गरेको मुद्दामा जोडिएका केही व्यक्ति कामदार तथा श्रमिक रहेको पाइएको छ ।

नक्कली भ्याट बिल बनाई राजश्व छली गरेको अभियोगमा विभागले न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक मनिषुकमार समेत १५ जना विरुद्ध रु एक अर्ब २२ करोड २० लाख १९ हजार १९ बराबरको ठगी गरेको पाएको हो ।

न्यू सयपत्री इन्टरप्राइजेजलगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्थाका मजदुरको नाममा दर्ता गरिएको पाइएको छ । आर्थिक हैसियत नै नभएका व्यक्तिको नाममा नक्कली फर्म दर्ता गरी राजश्व चुहावट एवं भ्याट छली गरेको पाइएको छ ।

यस्तै विभागले संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साह विरुद्ध पनि रु १२ करोड ७५ लाख ५१ हजार ६१४ बराबरको भ्याट छली गरेको आरोपमा मुद्दा दायर गरेको छ । रासस

6485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका