जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीमा खतिवडा नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

उनी विद्युत नियमन आयोगका सदस्य भएर काम गरेको अनुभव छ। साथै लगानी बोर्डको परामर्शदाताका रूपमा पनि उनले काम गरेका छन्।

उनलाई लगानी बोर्डमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगेका थिए। अधिकारी अहिले राष्ट्र बैंकको गभर्नर छन्। इन्फ्रास्ट्रक्चर बैंकलाई राष्ट्र बैंकले नियमन गर्छ।

अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारीबाट बाहिरिएपछि खतिवडाले त्यहाँ आवेदन दिएका थिए। उनले एचआइडीसीएलको वित्त विभाग प्रमुख भएर पनि काम गरेका थिए। पेसाले चार्टर्ड एकाउन्टेन्ट खतिवडासँग एनआइबीएल एस क्यापिटलमा पनि काम गरेको अनुभव छ।

स्रोतहरुका अनुसार, बैंकका जागिरका लागि माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कुमारी बैंकका पूर्व कामु प्रमुख कार्यकारी अधिकृत राजिव गिरि, नबिल बैंकका पूर्व नायव महाप्रबन्धक रमेश लोहनी र नबिलकै कृष्ण भट्टराईलगायतले आवेदन दिएका थिए।

उनीहरुलाई आइतबार फोन गरेर सोमबार बिहान प्रस्तुतिका लागि बोलाइएको थियो। प्रत्येकलाई २० मिनेट मात्र दिइएको थियो।

‘एकदमै म्याच फिक्सिङ जस्तो देखिन्थ्यो। जसरी प्रस्तुति गर्न लगाइयो, त्यो हेर्दा आफ्नो हुँदैन भन्नेमा ढुक्क थिएँ,’ अन्तर्वार्तामा गएका एकले भने, ‘सञ्चालक समितिको बडी ल्याङ्वेज नै छुट्टै थियो। प्रक्रिया पुर्‍याउनका लागि मात्र अन्तर्वार्ताका लागि डाकिएको महसुस भएको थियो।’

राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश बाँड्ने

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सात प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सीइओ किरणकुमार श्रेष्ठले भने:-  ‘बैंक सञ्चालक समितिले साढे तीन प्रतिशत नगदका साथै अर्को साढे तीन प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत वर्षबाट लाभांश वितरण गर्ने थालेको हो। अघिल्लो वर्षको नाफाबाट बैंकले पोहोर सरकारलाई चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सरकारले एक अर्ब ८ करोड रुपैयाँ पाएको थियो।

यसपाली बैंकबाट सरकारले ३१ करोड रुपैयाँ नगद पाउने छ भने ३१ करोड रुपैयाँको सेयर पाउने छ। सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढ्ने छ। अहिले चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ छ। अब पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ पुग्ने छ।

बैंकमा अधिकांश सेयर सरकारको छ। एनआइडीसी विकास बैंक गाभ्दा त्यहाँ रहेका सर्वसाधारणको सेयर ०.०३ प्रतिशत छ। यी सेयरधनीले पनि बोनस सेयर पाउने छन्।

बैंकको लाभांश वितरण क्षमता ७० करोड रुपैयाँ थियो। राष्ट्र बैंकले नगद लभांशमा कडाइ गरेपछि सरकारले पनि क्षमता अनुसारको नगद नपाएको हो।

 

कानूनका प्राध्यापकहरूसँग अभियोजन नीति तथा मार्गदर्शन विषयमा छलफल कार्यक्रम सम्पन्न

महान्यायाधिवक्ताको कार्यालय, नेपालको आयोजनामा महान्यायाधिवक्ताको कार्यालयमा कानूनका प्राध्यापकहरूसँग अभियोजन नीति तथा मार्गदर्शन २०७७ को मस्यौदा उपर छलफल कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा कार्यालयका सहन्यायाधिवक्ता लोकराज पराजुलीले महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शनको मस्यौदामा समेटिएका विषयहरूमा प्रस्तुती गर्नुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता नारायणप्रसाद पौडेलले छलफलमा प्राप्त सुझावहरू महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शनको अन्तिम रूप दिंदा समावेश गरिने बताउनुभयो । नेपाल ल क्याम्पसका सह प्राध्यापक विजयप्रसाद मिश्रले प्रतिवादी अनुसन्धानको चरणमा हिरासतमा रहेको अवस्थामा सरोकारवालाले मुद्दाको जानकारी पाउन सम्पर्क अधिकृत सम्बन्धी व्यवस्था प्रस्तावित अभियोजन नीति र मार्गदर्शनमा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारी वकीलले वस्तुगत प्रमाणको आधारमा गरेको अभियोजन अभियोग पत्रमा प्रतिबिम्बित हुनुपर्छ । “नेपाल ल क्याम्पसका सह प्राध्यापक मुकुन्द शर्मा पौडेलले पारस्परिक कानूनी सम्झौता नभएका देशहरूसँग अनुसन्धानको चरणमा प्रमाण संकलनका लागि प्रहरीले पत्राचार गरेपनि अदालतमा मुद्दा बुझाए पश्चात पनि जवाफ नआएको अवस्थामा अदालतले थुनामा राख्ने आदेशलार्इ निरन्तरता दिने हुनाले पारस्परिक कानूनी सम्झौता नभएका देशहरूबाट जवाफ नआउँदा के गर्ने भन्ने सम्बन्धमा न्याय सम्पादन गर्ने सरोकारवाला निकायहरू बीच स्पष्ट दृष्टिकोण हुनुपर्ने   बताउनुभयो ।

उहाँले सरकारवादी देवानी मुद्दाको विषयमा समेत अभियोजन नीति र मार्गदर्शनमा समेटनुपर्ने उल्लेख गर्नुभयो । नेपाल ल क्याम्पसका उपप्राध्यापक विष्णुमाया भुसालले महिला हिंसाका पीडितहरूले मुद्दाको प्रकृया बारे जानकारी पाउने व्यवस्थाका साथै पीडितहरूले मुद्दाको सन्दर्भमा सरकारी वकीलसँग अपनत्व हुने क्रियाकलापहरू बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाल ल क्याम्पसका उपप्राध्यापक डा. वलरामप्रसाद राउतले अभियुक्तले अनुसन्धानको चरणमा कसूर स्विकार गरेमा सजायको सौदाबाजी सम्बन्धी कानूनी व्यवस्थाको कार्यान्वयनमा सरकारी वकीलको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

नेपाल ल क्याम्पस क्याम्पसका उपप्राध्यापक डा रमेश पराजुलीले कार्यान्वयनमा रहेका कतिपय कानूनहरूमा रहेका त्रुटिहरू संसोधन गरी प्रभावकारी अभियोजनका लागि सरकारलार्इ प्रमुख कानूनी सल्लाहकारको रूपमा महान्यायाधिवक्ताबाट सुझाव प्रदान गर्नुपर्ने बताउनुभयो ।

माननीय महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता शिव वाग्लेले गर्नुभएको थियो ।

एभरेष्ट बैंकद्वारा Fonepay संगको प्राविधिक सहकार्यबाट अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू

एभरेष्ट बैंकले फोनपेसंगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ । साथै बैंकका व्यवस्थापकहरुका अनुसार यस बिधुतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोविड(१९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रिया को अन्त्य गर्नेछ ।

कोविड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो । सो समरोहमा  मधु कुमार मरासानी, महालेखा नियन्त्रक, नेपाल सरकार,  विनोद बहादुर कुँवर, महानिर्देशक, आन्तरिक राजस्व विभाग,  दिवस कुमार सापकोटा, प्रमुख प्राविधिक अधिकृतका साथै फोनपे र बैंकका वरिष्ठ अधिकारीहरु पनि उपस्थित थिए ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय , १३२ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो ।

महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ ।

ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।

त्यसैले सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।

महाअभियोग प्रस्ताव पास होला ?

सुरुमा डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार अमेरिकी संविधानको धारा २५ प्रयोग गरेर उपराष्ट्रपति माइक पेन्स र मन्त्रिमण्डलका सदस्यहरुलाई ट्रम्पलाई हटाउन माग गरेका थिए । यस धारामा यदि राष्ट्रपति जिम्मेवारी पूरा गर्न अक्षम भयो भने उसको शक्ति उपराष्ट्रपतिमा स्थानान्तरण हुने व्यवस्था छ । यद्यपि रिपब्लिकन सांसदहरुले त्यसलाई अस्वीकार गरे । तर पनि ट्रम्पको खतरा टरेन ।

डेमोक्रेटिक पार्टीका सदस्यहरुले सोमबार फेरि ट्रम्पलाई हटाउने कोसिस गरे । संसद भवन क्यापिटल हिल्समा आक्रमण हुनुको दोष ट्रम्पमाथि लगाइयो र ट्रम्पका कारण देशको सुरक्षा व्यवस्थालाई खतरामा पारेको आरोप लगाइएको छ ।

महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत चाहिन्छ । तर माथिल्लो सदनबाट महाअभियोग प्रस्ताव पास हुनेमा डेमोक्र्याट सांसदहरुले नै विश्वस्त नरहेको बीबीसीले लेखेको छ

माडवारी सेवा समितिमा नयाँ कार्यसमिति चयन

माडवारी सेवा समिति नेपालको नयाँ कार्यसमिति चयन भएको छ। समितिको नेतृत्वका लागि उद्योगी कैलाशचन्द्र गोयल र उद्योगी वसन्तकुमार चौधरीले प्यानलनै बनाएर चुनाबमा प्रतिस्पर्धा गरेका थिए।

गत शुक्रबार भएको निर्वाचनमा गोयल पक्षका १६ जना र चौधरी पक्षका १५ जना कार्यसमितिमा चुनिएका छन्। कार्यसमितिमा चुनिएका आधारमा अध्यक्ष लगायतका पदाधिकारीको चयन गरिनेछ।

बहुमत कार्यसमितिका आधारमा गोयल फेरि संस्थाको अध्यक्ष चयन हुनेछन्। गोयललाई सोमबारनै उद्योगी चौधरीले बधाई समेत दिइसकेका छन्।

बी.पी.कोइराला क्यान्सर अस्पतालका कर्मचारीलाई सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाखसम्म कर्जा दिने

महानगरपालिकास्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बीच बैंकिङ्
सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौतासंगै बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवद्ध स्थायी चिकित्सक, प्राविधिक तथा कर्मचारीहरुलाई बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्राइम लाइफको तेह्रौंं वार्षिक साधारणसभा सम्पन्न

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौंं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तिय विवरणहरु पारित गरिएको र सो आर्थिक बर्ष सम्मको मूनाफाबाट हाल कायम चूक्ता पूँजी रु २,२५,८९,३१,७९७.00 को ७ प्रतिशत (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर र ८ प्रतिशतका दरले नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत) बितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

उल्लेखित बोनश शेयर बितरण प्रक्रिया पूरा गरे पश्चात् कम्पनीको चूक्ता पुंजी रु २,४१,७०,५७,0२३.00 हूनेछ ।

कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराइरहेको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन वीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा शेयरधनीहरुलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागि रहेको सम्बन्धमा समेत शेयरधनीहरुलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।

हिमालयन बैंकको अठ्ठाइसौं वार्षिक साधारण सभा सम्पन्न

हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वार्षिक साधारण सभा सम्पन्न भयो ।

सोमबार सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ।

सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी गराइयो ।

यसका साथै २८ वर्ष देखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको व्यहोरा सभा समक्ष व्यक्त गरियो।

हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ ब्त्ः र ४२०० भन्दा बढी एइक् त्भचmष्लबकि संख्या बाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३१ अर्ब ८६ करोड ३ लाख पुगेको छ । कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई रु. १ खर्ब ७ अर्ब २९ करोड ४८ लाख पुगेको छ । यस अबधिमा बैंकको निष्कृय कर्जा १.०१ प्रतिशतमा सिमित गरिएको छ। कोभिड महामारीको बिच पनि बैंकको समग्र वित्तिय अवस्थाको प्रगतिप्रति शेयरधनी महानुभावहरु सन्तोष व्यक्त गर्नुभयो।

कोभिड—१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट साधारणसभा गरिएको थियो ।

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २७ गते बसेको संचालक सम्तीको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११।०५ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

इजी ट्याक्सी नेपाल र प्रभु इन्स्योरेन्सबीच सहकार्य, बीमा दाबी भुक्तानी सहज हुने

इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुविधा उपलब्ध गराउन प्रभुसँग सहकार्य गरेको हो।

इजीले नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको छ। सम्झौतापत्रमा इजी ट्याक्सीका प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभुका सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरल रूपमा हुने इजी ट्याक्सीका सिइओ पौडेलले विश्वास व्यक्त गरेका छन्

एआईजी विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन

प्रहरी प्रधान कार्यालयले ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको छ । कार्यालयले मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको हो ।

आगामी वैशाख १७ र २७ गते हुने आमनिर्वाचनको तयारीस्वरुप उक्त टोली गठन गरिएको स्रोतले जानकारी दियो । एक उच्च प्रहरी अधिकृतकाअुनसार गठन गरिएको टोलीले सम्पूर्ण सुरक्षा चुनौतीलगायतका विषयमा प्रतिवेदन तयार गर्नेछ ।

उक्त टोलीमा एआईजी पोखरेलसहित प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ, १२ जना र अन्य एसएसपी, एसपी र डएसपी रहेका छन् ।