जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

कोरोना कहरबीच एनआईसी एशिया बैंक र प्राइम कर्मशिय बैंक कौडीको मुल्यमा ऋणीहरुको धितो धमाधम लिलामी गर्दै, जताततै उजुरी तर, कतै भएन कारवाहीः राष्ट्र बैंक बेखबर ?

पछिल्लो समय २७ वाणिज्य बैंकहरुमा आक्रमक व्यवसाय विस्तार गर्दै कर्जा लगानीमा नम्बर १ बनेको सबैभन्दा धेरै शाखा सञ्जाल र एटिएम भएका एनआईसी एशिया बैंक लिमिटेड र केही राम्रा विकास बैंकलाई मर्जर गरि पूरानै परम्परामा राम्रो व्यापार गरेको भनिएको प्राइम कमर्शियल बैंक लिमिटेड माथी दर्जनौ उजुरी राष्ट्र बैंक र सम्बन्धित निकायमा परेको खुलेको छ भन्दा फरक पर्दैन ।
एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंक लिमिटेड लगायत २७ वाणिज्य बैंक र वित्तिय संस्थाहरुको नियमनकारी निकाय (हजुरबुबा) ले दिएको नीति निर्देशनलाई रद्दीको टोकरीमा फाली दर्जनौ निर्देशनहरु पालना नगििरएको फेला परेको छ भन्दा फरक पर्दैन ।

सधै २७ वाणिज्य बैंक नम्बर १ बन्ने इच्छा बोकेको देखाउने एनआईसी एशिया बैंक लिमिटेड र पूरानै शैलीमा ब्यापार, व्यवसाय बढाउदै आएको प्राइम कर्मशियल बैंक लिमिटेड माथी विभिन्न निकायमा बैंकिङ्ग प्रणाली माथी नै जोखिम पुग्ने काम गरेको भन्दै उजुरी परेको राष्ट्र बैंकका एक डिपुटी गर्भनरले पंक्तिकारसंगको भेटमा बताए ।

नयाँ गर्भनर महाप्रसाद अधिकारीबाट ठूलो अपेक्षा र आशा गरेका ग्राहक र आम लगानीकर्ताहरु एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकलाई सबै कुरामा राष्ट्र बैंकले छुट दिएको देखेपछि निराश मात्रै बनेका छैनन् । भविष्यमा आ–आफ्नो लगानी डुब्ने पो हो कि भन्ने चिन्ता व्यक्ति गर्न थालेका छन् । भन्दा फरक पर्दैन ।

एनआईसी एशिया बैंक लिमिटेड र प्राइम कर्मशियल बैंक लिमिटेड विरुद्ध विभिन्न निकायहरुमा परेका दर्जनौ उजुरीमा भनिएको छः– यी दुबै बैंकहरुले बैंक र वित्रिय संस्थाहरुको नियम विपरित सञ्चालकहरुललाई कर्जा प्रवाह गरेको, कर कार्यालयबाट गरिने काम पूरा नगरि कर्जा दिएको, दोहोरो, तेहोरो वासलात भएका दर्जनौ कम्पनीलाई पनि घुमाउरो पाराले करोडौ कर्जा प्रवाह गरेको, राष्ट्र बैंकले तोकेको भन्दा बढि कर्जा दिँदा सेवा शुल्क लिएको, कर्जा सूचना केन्द्रले तोकेको नियम पालना नगरेको र अर्को महत्वपूर्ण कुरा नेपाल राष्ट्र बैंकको निर्देश्न विपरित ऋण–स्वपूँजी अनुपातलाई बेवास्ता गरेको जस्ता संघिन र गम्भीर आरोप लगाएको भेटिएको छ ।

एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकले कोरोना कहरबीच ग्राहकलाई दुख दिए पछि दर्जनौ उजुरी अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक देखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको नेपाल उद्योग वाणिज्य महासंघका एक उपाध्यक्षले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग बताए ।

उनीले दाबी गर्दै भनेः– हामीले नयाँ गर्भनरबाट ठूलो अपेक्षा र भरोसा गरेका थियौं तर, त्यो पाएनौ हामीलाई दुख लागेको छ । कोरोना कहरबीच हामी व्यवसायीहरुलाई तर्साउने, धम्काउने र ३०÷३५ दिन नवित्तै दैनिक पत्रिकामा लिलामीका सूचना निकाली वदनाम गराउने बैंकहरुमाथी किन स्पष्टिकरण पनि सोधिदैन उनीले पंक्तिकारसंग गुनासो पोखे ।

राष्ट्र बैंकलाई चुनौती दिँदै उसको नीति र निर्देशन विपरित प्राइम कर्मलियल बैंक र एनआईसी एशिया बैंकले कर्जा दिँदा पनि राष्ट्र बैंक किन बोल्दैन, कहाँ छ सरकार उनीले प्रश्न गरे ।
एनआईसी एशिया बैंक र प्राइम कर्मशियल बैंकले ऋणीहरुलाई कोरोना कहरबीच कर्जा तिर्न धम्की दिएको राष्ट्र बैंकले छुट दिँदा दिदै लिलामी सूचना प्रकाशन गर्ने गरेको भन्दै सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय देखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको भेटिएको छ । तर, कतै सुनुवाई भएको छैन ।

एनआईसी एशिया बैंक बिरुद्ध उसकै केन्द्रीय कार्यालय थापाथली देखि अन्य शाखा कार्यालयहरुमा आन्दोलन र घेराउ नै भएको देखिन्छ । यति मात्रै होइन । पीडित ऋणीहरुले प्राइम कर्मशिलय बैंक र एनआईसी एशिया बैंक लिमिटेड बिरुद्ध सघर्ष समिति नै खडा गरि आन्दोलन गरिरहेका छन् भन्दा फरक पर्दैन, गर्भनर साब हेक्का होस् ।

गर्भनर साब यसरी नेपाली बैंकबाट कर्जा दिएको सयौं ऋणी (ग्राहक) आन्दोलनमा उत्रिनु भनेको नेपाल राष्ट्र बैंक निरिह बन्नु हो कि के हो ? यसको उत्तर कसले दिने हो ।
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर चिरनजीवी नेपालका बेला यति सम्म त भएको देखिएन । तर, राष्ट्र बैंक भित्रै ३० वर्ष विताएका अनुभवी गर्भनर महाप्रसाद अधिकारीज्यू गर्भनर भएपछि बदमासी गर्ने यी र यस्ता नाफामुखी, ग्राहकमारा बैंकलाई के कारवाही हुँदैन । यसको उत्तर ति पीडित ऋणीलाई अब कसले दिने हो ?

अर्को कुरा के पनि भेटिएको छ भने सनराईज बैंक लगायत १ दर्जन बैंकहरुले अरु बैंक र वित्तिय संस्थाहरुको कर्जा खोसाखोस गर्दै बेसरेट भन्दा तल गराएर कर्जा दिएको खुलेको छ । यसले नेपालको बैकिङ्ग प्रणालीलाई कहाँ पु¥याउने हो गर्भनर साब ? यसबारेमा पनि तपाईको कार्यलयमा दर्जनौ उजुरी परेको भेटिएको छ ।

यतिमात्रै होइन केही बैंकहरुले राष्ट्र बैंकले तोके भन्दा बढि स्प्रेडदर पनि दैनिक पत्रिकाहरुमै प्रकाशन गरेको भेटिएको छ । यसबारेमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक बोल्न मिल्दैन ? कारण के हो ? ससुराली हो की, पाटी एउटै हो कि ? अरु केही हो ? यस बारेमा हामीले भित्रीरुपमा खोजी शुरु गरेका छौं । जनताको ७० प्रतिशत लगानी रहेको मात्रै ३० प्रतिशत ठूलावडा, साहुँमहाजनहरुले प्रमोटर शेयर राखेको बैंकहरुले रातारात नाफा कमाउने होडवाजी गर्दै हामी जस्ता निरिह जनताको सम्पत्ती हडप्ने काम गर्नु भनेको लुट मच्चाउनु हो । भनिन्छ, बैंकका सीइओसाबहरु बर्दि विनाका प्रहरी हुँ त यसको बारेमा कसले बोल्ने हो ?

जनताले खाइ नखाई जोडेको एक टुक्रा जग्गा बैंकमा राखी केही व्यवसाय गर्दै जादा कोरोना कहरकै कारण १÷२ महिना कर्जाका साँवा किस्ता बैंकमा नबुझाउँदा कानुन नै दिएको ९० दिन पनि नकुरी धितो लिलामी गर्दै कौडीको मुल्यमा जनताको सम्पत्ती हड्प्ने अधिकार नेपालको कानुनमा बैंक र वित्तिय संस्थाहरुलाई छैन । हेक्का होस् ।

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ती गर्ने

नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । यी दुई कम्पनीविच पुस २३ गते प्राप्ती सम्बन्धि सम्झौता भएको हो । दुवै कम्पनीहरुको सञ्चालक तथा उच्च व्यवस्थापनहरुको रोहबरमा प्राप्ती सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद शेयर विक्री गरेको छ । हकप्रद पश्चात रू. ३० करोड ५५ लाख ५१ हजार चुक्तापूँजी कायम हुने यस कम्पनीले रू. २३ करोड ६८ लाख ७४ हजार चुक्तापूँजी रहेको ललितपुर फाइनान्सलाई प्राप्ती गर्न लागेको हो । यस अघि ललितपुर फाइनान्सलाई प्राइम कमर्सियल बैंकले प्राप्ती गर्ने भएको थियो । प्राइम कमर्सियलसँगै उक्त सम्झौता भाडिएपछि नेपाल फाइनान्सले प्राप्ती गर्न लागेको हो ।

आरटीजीएस प्रणालीमा ८ विकास बैंक थपिए, एउटा बैंकबाट अर्कोमा भुक्तानी कारोबार सहज

नेपाल राष्ट्र बैंकको वास्तविक समयको भुक्तानी प्रणाली (आरटीजीएस) मा आठ विकास बैंक तथा दुई वित्त कम्पनी थपिएका छन्।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार आरटीजीएसमा ‘ख’ र ‘ग’ वर्गका १० संस्थाहरु आबद्ध भएका हुन्।

यसअनुसार ज्योति विकास, महालक्ष्मी विकास, मुक्तिनाथ विकास, कामना सेवा र गरिमा विकास बैंक छन्। यसैगरी सांग्रिला डेभलपमेन्ट, साइन रेशुंगा डेभलपमेन्ट र लुम्बिनी विकास बैंक पनि यसमा आबद्ध भएका छन्।

आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स पनि यस प्रणालीमा आबद्ध भएको राष्ट्र बैंकले जनाएको छ।

यसअघि २७ वटा वाणिज्य बैंक यस प्रणालीमा आबद्ध थिए।

आरटीजीएस प्रणालीमार्फत ठूलो मुल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरू सदस्य बैंक र वित्तीय संस्थाहरू बीच गरिन्छ।

आरटीजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छ्यौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानीको मेरुदण्ड हो।

सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

सनराइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८०% प्रतिशतका दरले हुने रु. ५२,०१,३३,०६३÷२९ (अक्षरेपी बाउन्न करोड एक लाख तेतीस हजार त्रिसठ्ठी रुपैयाँ र पैसा उनान्तीस मात्र) बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८% का दरले हुने नगद लाभांश रु. २२,२४,०१,७२३÷६२ (अक्षरेपी बाईस करोड चौबिस लाख एक हजार सात सय तेईस रुपैयाँ र पैसा बासठ्ठी मात्रर्) (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिष्ठित व्यावसायिक घरानाहरु,संस्थापक तथा कुशल व्यवस्थापक रहेको यस बंैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भएको यस बैंकको हाल चुक्ता पूँजी रु. ८ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई रु. ९,४८,७९,४४,४९९÷३९ कायम हुन गएको छ । देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषि जन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापरिक घराना समेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यलाई निरन्तरता दिदैं यस बैकले हाल १३९ वटा शाखा, ६१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।¬

सिटिजन्स बैंकका ग्राहकहरुले होटल अकामा विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा प्रालीबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

शुक्रबारबाट कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालन गरेका हुन् ।

उद्धघाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोडदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलपूmल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेको बताए ।

त्यस्तै, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

यसैगरि, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा हामी विचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेकोमा खुशी प्रकट गरे ।

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ब्रान्ड अम्बासडरमा नायिका मनिषा कोइरालालाई नियुक्त गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त नायिका कोइरालालाई तीन वर्षको लागि नियुक्त गरेको हो ।

कम्पनीले नायिका कोइरालाको सहकार्यले कम्पनीको प्रबद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित बीमा कम्पनी रहेकोले यसबाट थप सेवा पुग्ने कम्पनीको विश्वास रहेको छ ।

मेगा बैंककी प्रमुख कार्यकारी खुँञ्जेलीको तलब सुविधा ५६ लाख बढ्यो, एक करोड ७० लाख पुग्यो

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेलीको बार्षिक तलब सुविधा ५६ लाख रुपैयाँले बढेको छ।

अघिल्लो बर्ष बार्षिक एक करोड १४ लाख रुपैयाँ पारिश्रमिकत तथा सुविबा बुझ्दै आएकी उनले गत आर्थिक बर्ष एक करोड ७० लाख ३२ हजार रुपैयाँ बुझेकी छिन्। उनी सञ्चालनमा रहेका २७ बाणिज्य बैंकमा एक्लि महिला प्रमुख कार्यकारी हुन्।

बैंकले आगामी पुस २९ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, खुँञ्जेलीले तबब मात्र एक करोड २ लाख रुपैयाँ पाएकी छिन्।

यसबाहेक दसैं भत्ता साढे ८ लाख, बोनस र कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार, इन्धन सुविधा ३ लाख रुपैयाँ बुझेकी छिन्। यद्यपी उनले आफ्नो आम्दानीमा ३६ प्रतिशत आय कर राज्यलाई बुझाएकी छिन्।

बैंकले प्रबन्धक/उच्च ब्यवस्थापनलाई गत बर्ष तलब बापत ५ करोड १२ लाख रुपैयाँ भुक्तानीगरेको छ। भत्ता बापत ३ करोड ३१ लाख, सञ्चय कोष बापत ४८ लाख, दसैं भत्तामा ५८ लाख ७८ हजार, बोनस र कल्याणकारी कोषमा  ३ करोड ५० लाख र इन्धन बापत ४५ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट ३.०५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। बैंकको हाल १३ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी छ। बोनस सेयरपछि चुक्ता पूँजी एक अर्ब ३३ करोडले बढ्ने छ

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटल बिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको र गोकर्णेश्वर नगरपालिका, नारायणटार स्थित नेपाल अर्थोपेडिक हस्पिटल बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक, तथा स्थायी कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकबाट रु.१५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ साथै सांग्रिला डेभलपमेन्ट बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनहरुलाई सो हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था रहेको छ । हस्पिटल र बैक बिच आयोजित कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख जोखिम अधिकृत निर्मल कुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका मेडिकल डाइरेक्टर डा.युवराज खरेलले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपभोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ नियुक्त

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बिच ब्रान्ड एम्बासडरमा नियुक्ती गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गर्नु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताउनुभयो । सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । सो कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताउनुभयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन ईश्वर उप्रेतीले गर्नुभएको थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, बैंक व्यवस्थापन समितिका सदस्यहरु, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री प्रमोद कंसकार लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले गत आ.व. २०७६÷०७७ मा ४ अर्ब ४५ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप २ खर्ब ३० अर्ब रुपैंया, कर्जा १ खर्ब ५० अर्ब रुपैंया र हालको बेस रेट ५।७४ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

डिशहोममा शनिबार चलचित्र फ्लाइट १९२ प्रसारण हुँदै

डिशहोम नेटवर्कमा पुस २५ गते शनिबारदेखि हलिउड चलचित्र फ्लाइट १९२ प्रसारण हुँदैछ ।
डिशहोमको च्यानल नम्बर–१०२ रियालिटी टिभीमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । डिशहोममा अबदेखि हरेक शनिबार अपराह्न २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने डिशहोम व्यवस्थापनले जनाएको छ । रियालिटी टिभी डिशहोमको बेसिक प्लसप्याकेज देखि उपलव्ध गराइएको छ । नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा डिशहोमले ल्याएको हो ।

हिमालयन बैंकको नयाँ शाखा ललितपुरको झम्सिखेलमा

हिमालयन बैंकले नयाँ शाखा संचालमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा पुस २३ गते देखि सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

सो शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ६९ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ संख्या पुगेको छ ।