जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

“गरिमा सुनौलो भविष्य बाल निक्षेप योजना”

गरिमा विकास बैंकले अघि सारेको “सुनौलो भविष्य बाल निक्षेप योजना” बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागी अत्यन्त प्रभावकारी छ । यस योजना अन्तर्गत न्युनतम 500 मा खाता खोलेर निक्षेप योजना भरी मुद्घतीको ब्याज पाउनुको साथै समय समयमा थप वचत थप्दै जान पनि सकिनेछ । यस योजनामा भर्खर जन्मेका शिशु देखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाता खोल्न सकिनेछ । ‘आजको बचत भोलीको आधार’ नारा रहेको यस बचत योजनामा हरेक महिना बचतको केहि भाग आफ्नो बच्चाको सुनौलो भविष्यको लागि जम्मा गर्न सकिनेछ ।

बालबालिकाहरुले भविष्यमा डाक्टर, ईन्जीनियर, पाईलट तथा अन्य लक्ष्य लिदा सोही वमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चहरुलाई मध्यनजर राखेर आजैवाट योजनावद्घ तवरले वचत गर्न आफ्ना अभिभावकहरुलाई प्रेरित गर्न सक्नेछन् भने वचत गर्ने बानीको समेत विकास हुनेछ । प्रत्येक ३ महिनामा खातामा ब्याज पाउने र त्यो ब्याजले पनि ब्याज कमाईरहने भएकोले यो योजना अत्यन्तै लाभदायक छ ।

खातावालाले आफू नागरिकता लिएर सम्बन्धित वैंक शाखामा उपस्थित भए पश्चात यो खाता स्वतः वन्द भई साधारण खातामा परिवर्तन हुनेछ । आवश्यक परेको खण्डमा बचतको ८०% सम्म कर्जा सुविधा लिन पनि सकिने छ भने यस योजनामा समय पुगेपछि आफैं निःशुल्क खाता बन्द हुनेछ । यो योजना गरिमा विकास बैंकको सबै शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।

स्ट्याण्डर्ड चार्टड बैंक नेपालको अध्यक्षमा जारिन नियुक्त

स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले अध्यक्षमा जारिन दारुवाला नियुक्त भएकी छिन । बैंकको पुस २४ गते बसेको सञ्चालक समितीको बैठकले दारुवालालाई पुस २५ गते देखि लागू हुने गरी अध्यक्षमा चयन गरेको हो । यस अघि बैंकको अध्यक्षमा जितेन्दर अरोरा थिए ।

नबिल इन्भेष्टमेन्टले ल्यायो जीवनभर डिम्याट खाता नवीकरण गर्नु नपर्ने योजना

नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपाल मै   पहिलो पटक आजिवन डिम्याट खाता योजना ल्याएको छ । कम्पनीले पुस २६ गतेदेखि लागु हुने गरी यो योजना ल्याएको हो ।

योजना अनुसार नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरेपछि उक्त खाता आजिवन नबिकरण गर्नु पर्ने छैन । योजनामा हाल कायम खातावालाहरुले पनि सहभागिता जनाउन सक्ने तर हाल कायम खातावालाहरुले यस्तो योजनामा सहभागिता जनाउन चाहेमा आफ्नो पुरानो भुक्तानी गर्न बाँकी नबिकरण वापतको शुल्क भुक्तानी गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा डिम्याट खाताको नवीकरण र मेरोशेयर खाताको नवीकरण समेत समावेश छ ।

यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नबिकरणको झन्झटबाट मुक्त भै फाईदा लिन सक्ने कम्पनीले जनाएको छ।

आन अध्यक्षमा सोम धिताल चयन, वरिष्ठ उपाध्यक्षमा नारायण श्रेष्ठ

नेपाल विज्ञापन संघ(आन)को अध्यक्षमा सोमप्रसाद धिताल चयन भएका छन्। संघको २१औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन्।

संघको वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितिय उपाध्यक्षमा पिताम्बर पोख्रेल विजय, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पंकजलाल प्रधान, सचिवमा सन्तोष खड्का, सह–कोषाध्यक्षमा जीवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्णमुरारी लामिछाने, बिधान राजभण्डारी चयन भएका छन्।

निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष निर्विरोध चयन भएको छ

मुक्तिनाथ विकास बैंकको साधारणसभा सम्पन्न

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  को चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लाभांश सहितका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो। त्यस्तै सभाले   आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ  ।

सभामा संचालक समितिका अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा  बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट प्राप्त सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए।

बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराएको थियो।

चन्द्रागिरीको आईपिओमा व्यापक चाप, खुलेको दोस्रो दिनमै १ करोड ७० लाखको आवेदन

चन्द्रागिरी केवलकारको आईपिओमा व्यापक चाप देखिएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको आईपिओमा खुलेको दोस्रो दिनमै १२ गुणाभन्दा बढीको आवेदन परेको छ ।
कम्पनीले १३ लाख ३४ हजार कित्ता आईपिओ निस्कासन गरेकोमा दोस्रो दिनमानै माग भन्दा १२ गुणा बढी आवेदन परेको हो । आइतबारसम्म १ करोड ७० लाख २७ हजार ७९० कित्ता आईपीओ माग भएको छ ।

देशभरबाट ८ लाख ६३ हजार ४४६ आवेदकले १ करोड ७० लाख २७ हजार ७९० कित्ताका लागि १ अर्ब ७० करोड २७ लाख ७९ हजार रुपैयाँको आवेदन गरेको सेयर निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

शुक्रबार निस्कासन भएको आईपिओ मंगलबारसम्म खुला हुनेछ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको छ । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता आईपीओ सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।

हिमालयन बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा खोल्यो

हिमालयन बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ। यो शाखाबाट बैंकले अत्याधुनिक बैंकिङ सेवा दिने जनाएको छ।

योसँगै बैंकको शाखा ७० पुगेको छ। चरिकोट व्यवसायिक रुपमा राम्रो कारोबार हुने स्थानमा लिइन्छ। त्यही भएर बैंक तथा वित्तीय संस्थाहरुले शाखा विस्तार गरिरहेका छन्।

शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि भएको कुटपिट प्रकरणको सूचना चुहाउने अधिकारी बर्खास्तीमा परेका छन् ।

नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्न उक्साएको ठहर गर्दै सैनिक अदालतले संलग्न जवानलाई बर्खास्तीको आदेश सुनाएको हो ।

उनलाई भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्दै ६ महिनाका लागि कैद सजाय पनि तोकिएको सैनिक स्रोतले अनलाइनखबरलाई बतायो ।

सैनिक आचारसंहितामा अनुसार ती जवानले सामाजिक सञ्जालमा तस्वीर हाल्नुको साटो गणपति वा सैनिक मुख्यालय वा शान्ति सेना निर्देशनालयमा उजुरी गर्नुपर्थ्यो । सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था पनि छ ।

हरेक सैनिक युनिटमा सिकायत उजुरी पेटिका पनि राखिएको छ, जसमा हरेक सैनिकले कार्यालयभित्र भएका गलत गतिविधिबारे लेखेर राख्न मिल्ने व्यवस्था छ । तालाबन्दी गरिएको सिकायत पेटिका खोल्ने अधिकार जंगीअड्डामा रहेको सिकाय जाँचबुझ निर्देशनालयका अधिकारी समक्ष मात्र हुन्छ ।

यसअघि ८ असोजमा कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

कुटपिटपछिको माझीको शरीरमा निलडाम भएको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डाले ज्येष्ठ मेजर (सेनानी) को नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ बनाएका थिए ।

त्यसले दिएको प्रतिवेदन अनुसार सैनिक अदालतले कुटपिटमा संलग्न तीन अधिकृतलाई एक वर्ष बढुवा रोक्का हुने फैसला सुनाएको छ । अदालतले अन्य जवानले पनि मादक पदार्थ सेवन गरी माथिल्लो अधिकृतको आदेश अवज्ञा गरेको निष्कर्ष निकाल्दै प्रकरणमा संलग्न ९ जनामध्ये केहीलाई नसियत पनि दिएको छ ।

अदालतले सामाजिक सञ्जालमा आएको विवरण शेयर गर्ने कंगोका केही जवानलाई पनि नसियत दिएको स्रोतको भनाइ छ । अदालतको आदेशलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै सदर गरेका छन् ।

सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदलत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था छ । सैनिक आचारसंहिताले संगठनलाई आक्षेप लाग्ने विषयमा लाइक, कमेन्ट गर्न पनि निषेध गरेको छ ।

कंगोको घटना सार्वजनिक भएलगत्तै सैनिक सूचना तथा जनसम्पर्क निर्देशक सहायक रथी सन्तोष बल्लभ पौडेलले प्रेस विज्ञप्ति जारी गरेर प्रकरणमा संलग्न सबैलाई कसूर अनुसारको कारबाही हुने बताएका थिए ।

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए।

राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै उनले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए।

यसअघि माघ १ गते बिदा हुँदैन थियो।

१३ फर्म विरुद्ध सवा अर्ब राजस्व छलि गरेको आरोपमा राजस्व अनुसन्धानको मुद्दा

झुट्टा तथा नक्कली मूल्यअभिवृद्धि कर विजक प्रयोग गरी १ अर्ब २२ करोड राजस्व चुहावट गर्ने १३ वटा फर्म विरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायरा गरेको छ । विभागले बाराको न्यू सयपत्री इन्टरप्राईजजे तथा कमजोर आर्थिक अवस्था भएका १३ वटा फर्म विरुद्ध उक्त मूल्य बराबरको बिगो कायम गरी कारवाहीका लागि अदालतमा मुद्दा दायरा गरेको हो ।

ती फर्महरूले मूल्य अभिवृद्धि कर ३७ करोड ३६ लाख ६३ हजार, आयकरतर्फ ८४ करोड २९ लाख र पुँजीगत लाभांशतर्फ ५४ लाख रुपैयाँ छलि गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । विभागले गरेको अनुसन्धानले सबै सवुद प्रमाणबाट राजस्व चुहावट गरेको कसुर स्थापित भएकोले कारवाही अगाडि बढाएको हो ।

त्यस्तै सर्लाहीका जेनेरल सप्लायर्स प्रालिले पनि १२ करोड ७५ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर छलि गरेको छ । यसका सञ्चालक सुवोध साहलाई विभागले सो बराबरको विगो असुल उपर हुने गरी जरिवाना तथा कैद सजाय हुने गरी पुस २४ गते पाटन उच्च अदालतमा मुद्दा दायरा गरेको छ । संकित जेनेरल सप्लायर्सले ७ करोड १८ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर, ७ करोड १८ लाख रुपैयाँ आयकर र १ करोड ५ लाख रुपैयाँ लाभकर छलि गरेको विभागले जानकारी दिएको छ ।

प्रभु बैंकको सर्वाधिक शेयर कारोबार

आइतवार प्रभु बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस दिन बैंकको रू. ४० करोड २९ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो ।

कुल कारोबार रकममा यो दिन प्रभु बैंकको ६ दशमलव ३७ प्रतिशत हिस्सा रहेको छ । आइतवार रू. ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर कारोबार भएको हो ।

यस वर्षको लाभांशका लागि पुस १० गतेनै बुक क्लोज गरेको यस बैंकको शेयर खरिद प्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । यस वर्षका लागि प्रभु बैंकले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव आइतवार १९ औं वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरेको छ ।

लाभांश पारित भएको दिन बैंकको शेयरमूल्य पनि प्रतिकित्ता २७ ले बृद्धि भएर रू. ४१४ पुगेको छ । आइतवार प्रभु बैंकको शेयर न्यूनतम रू. ३९५ देखि अधिकतम रू. ४१५ सम्म खरिद विक्री भएको छ ।

लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ सम्मको नाफा बाट शेयरधनीलाई ३ प्रतिशत नगद लाभांश (कर सहित) र ७ प्रतिशत बोनस शेयर सहित कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १३ औँ वार्षिक साधारणसभामा बैंकले कोभिड १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।

यस बैंकले ६९ शाखा कार्यालयहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ६४ हजार ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।