जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ठ कम्पनीको रुपमा स्थापित बीमा कम्पनी हो । मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताउनु भयो । साथै श्रेष्ठले नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताउनुभयो ।

उक्त कार्यक्रममा श्रेष्ठले नेपाली बीमा बजारमा उत्कृष्ठ सेवा प्रदान गर्दै निरन्तर अगाडी बढि रहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने जानकारी गराउनु भयो ।

त्यसै गरी उक्त कार्यक्रममा अन्तराष्ट्रिय रुपमा चर्चित नेपाली नायिका मनिषा कोइरालाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ठ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लक्ष्मी बैंकको प्रमुख कार्यकारीको तलब भत्ता एक करोड नौं लाख, उच्च अधिकारीको ५ करोड ७५ लाख

लक्ष्मी बैंक लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई एक बर्षमा कुल पारिश्रमिक र भत्ता बापत एक करोड नौं लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ।

अघिल्लो बर्ष बैंकले प्रमुख कार्यकारीलाई एक करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको थियो।

त्यसबेलाको लामो समय प्रमुख कार्यकारीका रुपमा सुदेश खालिङले काम गरेका थिए। त्यही बर्ष खालिङको कार्यकाल सकिएपछि प्रमुख कार्यकारीमा अजयबिक्रम शाह नियुक्त भएका थिए।

बैंकले पुस २८ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, अन्य उच्च पदाधिकारीहरुलाई ५ करोड ७५ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ।

बार्षिक प्रतिवेदन अनुसार, यो तलव सुविधा बाहेक बैंकका कर्मचारीहरुलाई कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र शर्त अनुसार अन्य सुविधाहरु पनि उपलब्ध हुन्छ।

बैंकको कार्यकारी समितिमा प्रमुख कार्यकारी अधिकृतसहित १२ जना सदस्य छन्। बैंकले गत बर्ष कर्मचारीमा कुल एक अर्ब २३ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। कार्यालय सञ्चालनमा ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ।

बैंकले गत बर्षको नाफाबाट साढे २ प्रतिशतका दरले नगद लाभांस र ९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। साधारणसभामा लाभांसको प्रस्ताव बैंकले प्रस्तुत गर्दैछ। बैंकले मर्जरको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ।

प्रभु बैंकको सीइओको बार्षिक तलव सुविधा एक करोड १३ लाख रुपैयाँ बढ्यो, बुझे ३ करोड ४२ लाख

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको तलब सुविधा एक बर्षमा एक करोड १३ लाख रुपैयाँले बढेको छ।

उनले गत आर्थिक बर्ष तलब भत्ताबापत २ करोड ५७ लाख ९२ हजार रुपैयाँ बुझे भने कर्मचारी बोनस बापत ४८ लाख ७० हजार रुपैयाँ बुझेका छन्। यसबाहेक दसैं तथा बिदा बापतको भत्ता ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन्। उनले कुल बुझेको रकममा ३६ प्रतिशत आय कर पनि बुझाएका छन्।

अघिल्लो बर्ष उनले २ करोड २९ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए। बैंकले प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता बाहेक इन्धन र मर्मत संभारसहित सवारी साधन उपलब्ध गराएको छ।

बैंकले अन्य पदाधिकारीहरुलाई २ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ। उनीहरुले तलब भत्ताबाहेक प्रमुख कार्यकारीले जस्तै दुर्घटना बीमा, औषधोपचार बीमा सुविधा पाएका छन्। यसबाहेक आश्रित परिवारको बीमा पनि सुविधा पाएका छन्।

बैंकको प्रमुख कार्यकारी शेरचन हुन् भने ब्यवस्थापन समूहमा मणिराम पोखरेल, भोलाप्रसाद पाठक र निरज लम्साल छन्।

बैंकले बोनस सहित कर्मचारीमा कुल २ अर्ब १५ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ। बैंकको सञ्चालन खर्च एक अर्ब ४३ करोड रुपैयाँ छ।

बैंकले पुस २६ गते डाकेको साधरणसभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, ६ जना सञ्चालकहरुको निर्वाचन गर्दैछ। तीन जना सर्वसाधारण र बाँकी तीन संस्थापक सेयरधनीबाट सञ्चालक चयन गर्दैछ। बैंकले १० प्रतिशत बोनस सेयरको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ। यसबाहेक कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांसको एजेण्डा पनि लैजाँदैछ।

बैंकले गत आरुथिक बर्ष एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकसँग कुल सम्पति एक खर्ब ६७ अर्ब रुपैयाँ छ

माछापुच्छ्र्रे बैंक लि.र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच सम्झौता ।

माछापुच्छ्र्र् बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि का ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ«े बे.क लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लि को तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्र्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार माछापुच्छ्र्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रा.लि का देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्र्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रा. लि. ले यहि पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ ।

सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमाँ महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि ६० पोइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक उपहारहरु प्राप्त गर्न सकिनेछ ।

प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड–१९ का सतर्कता अपनाएर सुःसम्पन्न गरिने छ । साथै, यस केयर फेस्टमां ग्राहकहरुको उल्लासपूर्ण सहभागिता रहने अपेक्षा पनि गरिएको छ ।

कम्पनी अद्यावधिक गर्ने म्याद थप्न चार्टर्ड एकाउन्टेन्टसको माग

चार्टर्ड एकाउन्टेन्टहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले यही पुस मसान्तभित्र पेस गर्नुपर्ने चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सकिएको आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ ।

संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उनकै कार्यकक्षमा भेट गरी म्याद थप लगायत विभिन्न माग राखेको हो । कोभिड १९ महामारीका कारण लेखापरीक्षण कार्यसहित सोको कार्यान्वयन चुनौतीपूर्ण देखिएको भन्दै संघले ती कानुनी प्रबन्धको समय तीन महिना थप गरी आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने समय आगामी चैत मसान्तसम्म बढाउन माग गरेको हो ।

आयकर ऐनको दफा ९५ अनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ । सोही ऐनको दफा ९६ ले अघिल्लो आर्थिक वर्ष (यसपालिको हकमा आव २०७६÷०७७) को लेखापरीक्षणपछिको आयकर विवरण पनि आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै अर्थात पुस मसान्तभित्रै बुझाइसक्नु पर्छ । कम्पनी ऐन २०६३ को दफा ५१, दफा ७६, दफा ८० र दफा ९२ अनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म हुन्छ ।

संघले बजेट निर्माणलाई थप प्रभावकारी बनाउन बजेट निर्माणको पहिलो चरणमै संघसँग छलफल गर्न पनि अर्थमन्त्रीलाई आग्रह गरेको छ । यसो गर्दा वित्तीय पारदर्शिता, राजस्व संकलन र राजस्वको उपयोगितामा थप विश्लेषण गर्न सकिने भन्दै अर्थ मन्त्रालय अन्तर्गतको बजेट महाशाखामा बसेर बजेटरी छलफल गर्ने व्यवस्था मिलाउन तथा संघीय सरकार अन्तर्गतका उद्योग, वाणिज्य, कर तथा राजस्वसम्बन्धी विभिन्न समिति, कार्यदलहरुमा चार्टर्ड एकाउन्टेन्ट्सकोे प्रतिनिधित्व हुने वातावरण निर्माण गर्नुपर्ने संघको भनाइ छ ।

प्रदेशस्तरको आर्थिक गतिविधि, नीति–नियम निर्माण, राजस्व परिचालन, स्रोतको बाँडफाँट लगायत कार्यमा चार्टर्ड एकाउन्टेन्ट्सको सल्लाह, सुझाव तथा उचित सहभागिता रहेको खण्डमा प्रभावकारी कार्यसम्पादन हुने भन्दै संघले त्यसमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी, वित्तीय पारदर्शिता र सुशासनको लागि पब्लिक कम्पनीहरुको सञ्चालक समिति वा उच्च व्यवस्थापन समूहमा कम्तीमा एकजना चार्टर्ड एकाउन्टेन्ट्स राख्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्नेमा संघले जोड दिएको छ ।

वित्त क्षेत्रसम्बद्ध सम्पूर्ण नियामक निकायमा, नेपाल वित्त प्रतिवेदनमान ९ल्ँच्क्० मा आधारित लेखापरीक्षण प्रतिवेदनलाई विश्लेषण गर्न सक्ने जनशक्तिको अभाव औंल्याउँदै संघले चार्टर्ड एकाउन्टेन्ट्सहरुको दरबन्दी बढाउने व्यवस्था गर्न सुझाएको छ ।

लाभांश फिर्ता प्रमाणपत्र लाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप चार्टर्ड एकाउन्टेन्ट्सले गरेको प्रमाणीकरणलाई मान्यता दिन पनि संघले माग गरेको छ । यसो भएको खण्डमा प्रत्यक्ष वैदेशिक लगानीको वातावरण सहज हुने संघको निष्कर्ष छ ।

सबल बैंकिङ प्रणाली विकासका लागि बैंक तथा वित्तीय संस्थाहरुको क्षेत्रीय÷प्रादेशिक तथा शाखागत लेखापरीक्षण, प्रमाणीकरण, अनुसन्धानात्मक कार्यहरु, ल्ँच्क्रल्ब्क् को अनुपालनका लागि आवश्यक काम गर्न तयार रहेको भन्दै संघले यसका लागि मन्त्रालयबाट आवश्यक सहजीकरणको अपेक्षा राखेको छ ।

लोकसेवा आयोगको विद्यमान व्यवस्था अनुसार सरकारी सेवाको परीक्षा प्रणालीमा चार्टर्ड एकाउन्टेन्ट्सको प्रवेश व्यवहारिक नदेखिएकोले चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त व्यक्ति सरकारी सेवामा सहजै प्रवेश गर्न सक्ने व्यवस्था हुनुपर्नेमा संघले जोड दिएको छ ।

संघ गैर–नाफामूलक संस्था भएकाले कर छुट प्राप्त संस्थाको रुपमा निरन्तरता दिन पनि सो अवसरमा प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।

अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको लागि चार्टर्ड एकाउन्टेन्टसलाई साथमा लिए अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले संघले अघि सारेको मिति थप गर्ने विषय लगायत अन्य मुद्दामा पनि आफू सकारात्मक रहेको बताउनुभएको छ । अर्थमन्त्रीसँग भेटघाटको लागि संघका आजीवन सदस्य निल सारुले सहजीकरण गर्नुभएको थियो ।

तीन दशक पुरानो यो संघले चार्टर्ड एकाउन्टेन्ट्सको पेसागत हित संरक्षणमा बहस–पैरवी गर्नुका साथै सरकारलाई नीति निर्माणमा निरन्तर सल्लाह र सुझाव दिँदै आएको संघको विज्ञप्तिमा उल्लेख छ । संघमा २५०० भन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्सहरु आबद्ध छन् ।

उटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने, प्रतिकारोबार २० रुपैया तोकियो

अब अन्तर बैक एटीएम प्रयोग गर्दा शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्र बैकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरेको छ।

अन्तर बैक एटीएम प्रयोग गर्दा प्रत्येक महिनाको सुरुमा दुइवटा नि:शुल्क कारोबार भएपनि  त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लिन सक्नेछन्। दुई भन्दा बढी कारोबार बाहकको हकमा बैक तथा वित्तिय संस्थाहरुले पूर्व अनुमति लिएर वा सेवा शुल्क बारे पू्र्व जानकारी गराएर इन्टरनेट बैकिङ,मोवाइल बैकिङ, एसएमएस बैकिङ जस्ता विद्युतीय बैकिङ सेवा वापतको शुल्क लिन सक्नेछन्।

कोरोना सुरु भएपछि अन्तर बैकिङ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो। बैकहरुले एटीएम संचालन खर्च उठाउन नसकेको भन्दै राष्ट्र बैकसँग अनुरोध गरेपछि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरिएको हो।

बैक तथा वित्तिय संस्थाहरुले विद्युतीय कारोबारको सुरक्षाको प्रबन्ध मिलाइ  मोवाइल,इन्टरनेट,एसएमएस बैकिङ सर्भिसको आफ्नो युजर नेम तथा पासवर्ड हराएमा विर्सिएमा आफै प्राप्त गर्न (रिट्राइभ) गरि सेवा पुनः सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा, बिवादका कारण उपेन्द्र कोइरालाले पाएनन् ठाउँ

राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले धनिराम शर्मालाई अध्यक्ष चयन गरेको छ। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको शपथ पनि लिएका छन्।

बैंक संचालक समितिको बिहीबार बसेको बैठकले शर्मालई अध्यक्षमा चयन गरेको हो। शर्मा अर्थ मन्त्रालयका सह सचिव हुन्।

शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत उपस्थित थिए।

बैंकको अध्यक्ष बनाउने गरी सरकारले प्रा डा उपेन्द्र कोइरालालाई अध्यक्ष बनाएको थियो।

धेरै पटक लाभको पदमा पुगेको र उपप्रधानमन्त्री इश्वर पोखरेलको सम्धि भएका भारमा नियुक्ति पाएको आरोप लागेपछि उनलाई अध्यक्ष बनाउन सञ्चालक समितिले सकेको थिए। अन्तत: शर्मा अध्यक्ष चयन भएका हुन्

कनेक्ट आईपीएसको चर्को लुटमा नेपाल राष्ट्र बैंकको साथः एउटा चेक(एसी–पे) १२ बजेपछि जम्मा गर्दा एउटा चेकको एक सय शुल्क लिएर जनतामा लुट मच्चाएको खुलासा !

जनता लुट्ने एउटा संस्था कनेन्ट आईपीएस हो भन्दा अब चाहि फरक पर्दैन । नेपालको बैंक र वित्तिय संस्थाहरुको बुबा होइन हजुरबुबा (नियमनकारी निकाय) नेपाल राष्ट्र बैंकको १० प्रतिशत लगानी रहेको कनेक्ट आईपीएसले दिन चौगुना रात तीन गुना नेपाली जनता ठगी गरेको फेला परेको छ । सुन्दा पनि अचम्म लाग्ने प्रचार प्रसार गर्दा झट्ट हेर्दा राष्ट्र बैंकबाट स्वीकृत प्राप्त मात्रै होइन । राष्ट्र बैंकबाटै प्रबद्र्धन भएको नारा दिने तर नचाहिने शुल्क लिएर नाफामुखी संस्था झै लुट मच्चाउने संस्था हो । कनेक्ट आईपीस भन्दा फरक पर्दैन ।

भनिन्छ अब यस संस्थालाई नेपाल राष्ट्र बैंकले आफ्नो पूर्ण स्वामित्वमा लिने भएको छ भन्दा फरक पर्दैन । कनेक्ट आईपीएसले दिनदहाडै जनता लुट्न थालेपछि नेपाल राष्ट्र बैंकले पूर्ण स्वामित्व आफैले लिन प्रक्रिया अगाडी बढाएको एक डिपुटी गर्भनरले पंक्तिकारलाई टेलिफोनमा बताए । सुन्दा पनि अचम्म लाग्ने कनेन्ट आईपीइसले १२ बजेपछिका चेक २७ वाणिज्य बैंकहरुमा सो दिन जम्मा गर्न चाहे प्रति चेकमा १०० रुपैसा शुल्क लिएको देखिन्छ । सो पैसा बैंक र वित्तिय संस्थालाई आउँदैन । सीधै कनेक्ट आईसीएसलाई जान्छ भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।

सर्वसाधारण नेपाली जनतालाई कम शुल्कमा छिटो चेक क्लियरिंङ होस् भन्ने उदेश्यले राष्ट्र बैंकको प्रवर्द्धनमा एनसीएचएलको स्थापना गरीएपनि यसमा ९० प्रतिशत सेयर स्वामित्व निजि क्षेत्रको हुँदा सेवा भन्दा नाफामुखी भएकाले राष्ट्र बैंकले हस्तक्षेप गरेर सम्पूर्ण स्वामित्व आफुले लिन लागेको एक डिपुटी गर्भनरले पंक्तिकारसंग दाबी गरे ।

भनिन्छ एनसीएचएलले अर्को दिन साटिने गरि चेक डिपोजिट गर्दा ५०० समयको चेकमा निशुल्क, ५० हजारसम्म ५ रुपैयाँ, २ लाखसम्म १० रुपैयाँ र २ लाख माथि १५ रुपैयाँ शुल्क कायम गरिएको छ तर सोहि दिन चेक साट्नु पर्ने भए १०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । जबकी साधारणतया सोहि दिन साट्न र अर्को दिन साट्नलाई एनसिएचएललाई प्रविधि, जनशक्ति, सर्भर वा अन्य कुनै पनि स्रोत अतिरिक्त प्रयोग गर्नुपर्ने आवश्यकता रहदैन । तर, उसले आजै एकाउन्ट पे चेक जम्मा गर्दा १०० रुपैया शुल्क लिदै आएको भेटिएको छ । कनेक्ट आईपीएसले ठगी धन्दा बढाएको मात्रै छैन । राज्यलाई चुनौती दिँदै आएको छ भन्दा फरक पर्दैन ।

सर्वसाधारण नेपाली जनतालाई कम शुल्कमा छिटो चेक क्लियरिंङ होस् भन्ने उदेश्यले राष्ट्र बैंकको प्रवर्द्धनमा एनसीएचएलको स्थापना गरीएपनि यसमा ९० प्रतिशत सेयर स्वामित्व निजि क्षेत्रको हुँदा सेवा भन्दा नाफामुखी भएकाले राष्ट्र बैंकले हस्तक्षेप गरेर सम्पूर्ण स्वामित्व आफुले लिन लागेको एक डिपुटी गर्भनरले पंक्तिकारसंग दाबी गरे ।

१२ बजे अगाडी चेक डिपोजिट गर्दा सोहि दिन साटिन्छ तर १२ बजेर १ मिनेट त्यसपछि डिपोजिट गर्दा अर्को दिन मात्र साटिन्छ । तर १२ बजे पछि डिपोजिट गरेपनि अतिरिक्त १०० रुपैयाँ शुल्क तिर्दा सोहि दिन नै चेक साटिने अहिलेको अवस्था छ । यसरी घडीको सुईको आधारमा शुल्क उठाएर एनसीएचलले आर्थिक बर्ष २०७५ ७६ मा मात्रै १५ करोड ७२ लाख ८२ हजार आम्दानी गरेको देखिन्छ । गर्भनर साब ?
आम नेपाली जनताले थोरै शुल्क तिरेर सहजै भुक्तानीको सुविधा पाउन र सबैमा वित्तीय पहुँच बढोस् भन्ने राष्ट्र बैंकको उदेश्यमा एनसीएचएलको चुनौती समेत दिएको छ भन्दा फरक पर्दैन ।

सर्वसाधारण नेपालीहरुलाई भुक्तानी सेवा दिनलाई राष्ट्र बैंकले नै प्रवर्द्धन गरेको संस्थाको औषत खुद नाफा वृद्धि ४२ प्रतिशत हुँदा कति नाफामुखी छ भने तथ्यांक आफैं बोल्छ । त्यस्तै एनसीएचएलले सर्वसाधारणबाट उठाएको महंगो शुल्क बैंकमा राखेर गत बर्ष मात्रै ब्याजको रुपमा ५२ लाख ७७ हजार आम्दानी गरेको भेटिएको छ भन्दा फरक पर्दैन । लुटको खेती गर्ने यस्तो संस्था आम नेपालीलाई चाहिदैन ।

सर्वसाधारणबाट महँगो शुल्क लिएर एनसीएचएलले निजि क्षेत्रका आफ्ना ९० प्रतिशत सेयरधनीलाई उच्च प्रतिफल दिँदै आएको देखिन्छ । एनसिएचएलको कर्मचारीलाई आकर्षक बोनस तथा सीईओले बाणिज्य बैंकका सीईओ भन्दा राम्रो तलब र सुविधा लिएको भेटिएको छ । यो कस्तो संस्था हो अर्थमन्त्रीज्यू ? हेक्का होस् । यसमा राज्यको १० प्रतिशत लगानी रहेको छ ।

४ बर्षमा एनसिएचएलका सेयरधनीले ६२ प्रतिशत नगद र ७८ प्रतिशत बोनस सेयर गरि १४० प्रतिशत लाभांश बुझेका छन् भने त्यहाँ काम गर्ने २८ जना कर्मचारीले तलब सुविधा र भत्ता कटाएर गत आर्थिक बर्ष अर्थात एक बर्षमा मात्रै स्टाफ बोनस बापत ३ करोड ५२ लाख २८ हजार बुझेको भेटिएको छ । जुन एउटा कर्मचारी बराबर १२ लाख ५८ हजार हुन् आउँछ । भन्दा फरक पर्दैन गर्भनरसाब यो लुट कहिलेसम्म हो ?


गत आर्थिक बर्ष मात्रै एनसीएचएलले २३ करोड ७७ लाख ३६ हजार खुद मुनाफा आर्जन गरेको छ भने यसबाट सेयरधनीलाई ८२ लाख ८० हजार रुपैयाँ बराबरको बोनस तथा ४३ लाख २० हजार बराबरको नगद लाभांश वितरण गरेको छ । सर्वसाधारण नेपालीहरुलाई भुक्तानी सेवा दिनलाई राष्ट्र बैंकले नै प्रवर्द्धन गरेको संस्थाको औषत खुद नाफा वृद्धि ४२ प्रतिशत हुँदा कति नाफामुखी छ भने तथ्यांक आफैं बोल्छ । त्यस्तै एनसीएचएलले सर्वसाधारणबाट उठाएको महंगो शुल्क बैंकमा राखेर गत बर्ष मात्रै ब्याजको रुपमा ५२ लाख ७७ हजार आम्दानी गरेको भेटिएको छ भन्दा फरक पर्दैन । लुटको खेती गर्ने यस्तो संस्था आम नेपालीलाई चाहिदैन ।

१२ बजेपछि आएका चेकहरु आजै जम्मा गर्नु परेमा प्रति चेक १ सय रुपैया लाग्नेछ । त्यो पैसा तपाईको खाताबाट काटिने छ । यो कस्तो सेवा हो । घडीको सुईको आधारमा जनतालाई ठग्ने अधिकार कसैलाई छैन अर्थमन्त्रीज्यू हेक्का होस् ।

डिजिटल मार्फत चेक क्लियरिंङको काम गर्ने संस्थाको रुपमा स्थापना भएको एनसीएचएलले सेवा विस्तारको नाममा आफ्नो लाइसेन्स विपरित काम गरेको भेटिएको छ । भन्दा अब चाहि फरक पर्दैन । राष्ट्र बैंकले भुक्तानी प्रणाली प्रदायक र भुक्तानी सेवा संचालक गरि दुई अलग अलग प्रकृतिको लाइसेन्स वितरण गरेपनि पछिल्लो समय कनेक्ट आइपीएसले दुवै काम गर्दै आएको छ, जुन राष्ट्र बैकको कानुनी व्यवस्था बिपरित हो । तर, आफ्नै लगानी भएका कारण राष्ट्र बैंक बोल्दैन । अर्थमन्त्रीज्यू हेका होस् । एनसीएचएलले भुक्तानी प्रणाली संचालकको लाइसेन्स पाएपनि उसले भुक्तानी सेवा प्रदायकको पनि काम गर्दै आएको देखिन्छ । यो नेपाली कानुन अनुसार गर्न पाइदैन ।

हेर्दा पनि घिन लाग्ने काम कनेक्ट आईपीएससंग सेवाको सम्झौता गरेको बैंकहरुले ग्राहकलाई भन्दछन् । १२ बजेपछि आएका चेकहरु आजै जम्मा गर्नु परेमा प्रति चेक १ सय रुपैया लाग्नेछ । त्यो पैसा तपाईको खाताबाट काटिने छ । यो कस्तो सेवा हो । घडीको सुईको आधारमा जनतालाई ठग्ने अधिकार कसैलाई छैन अर्थमन्त्रीज्यू हेक्का होस् । जबकी सरकारी संस्था राष्ट्र बैंककै १० प्रतिशत लगानी रहेको संस्थाले १२ बजेपछि भन्दै एउटा चेकमा १०० रुपैया लिन पाउने अधिकार कसले दियो ? यो चाहि खोजीकै विषय बनेको छ । सचेत भया ।

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्ट बीचसम्झौता ।

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर,बुढानिलकण्ठ) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०% सम्म छुट पाउनेछन् । त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० % सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १४८ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा ३१३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्टमा क्यासब्याक योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।
बैंकको मोबाइल बैकिङ÷ग्लोबल स्र्माट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगर्नु भएका ग्राहक महानुभावहरुले ग्लोबल स्र्माट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यू आर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्नुहुनेछ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको छ ।
यसका साथै ग्लोबल आइएमई बैंक आफ्ना समस्त ग्राहक महानुभावहरुमा ग्लोबल स्मार्ट प्रयोग गर्दै बैंकलाई अनवरत रुपमा साथ दिँदै आउनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ CDS Clearing काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर तथा ३ बैदेशिक प्रतिनिधि÷सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

लक्ष्मी बैंकले थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको छ । यस सम्झौता अन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमि, सहकारी लगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले गाउँपालिकाहरुमा कृषि तथा पर्यटन लगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा ब्यक्त गरे । यस सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।