चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख २३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोड ३६ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ७५.३१ प्रतिशतले घटेर ५५ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ऋणात्मक छ ।
चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १.४५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ
सानिमाको नाफा ३० करोडले बढ्यो, लाभांश क्षमता १९ प्रतिशत
सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ३९ करोड खुद नाफा गरेकामा २१ प्रतिशतले बढाएको हो ।
बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद फि एन्ड कमिसन आम्दानीमा वृद्धि र प्रोभिजन रकम कम हुँदा नाफा बढेको देखिन्छ ।
९ महिनामा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोड र खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब रुपैयाँ छ । खुद ब्याज आम्दानी ३० करोडले कम भएको हो ।
यता बैंकले नोक्सानी व्यवस्थाका लागि १ अर्ब ४० करोड छुट्याएको हो जुन गत आवको यही अवधिसम्म गरेको प्रोभिजनभन्दा १९ करोड कम हो ।
नाफा बढेको सानिमाको प्रतिसेयर आम्दानी १६.३३ रुपैयाँ रहेको छ । ईपीएस १४.२७ बाट सुधारिएकामा नेटवर्थ पनि १६१.३३ रुपैयाँ छ ।
यता निष्क्रिय कर्जा १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजीकोष ९.५४ प्रतिशत रहेको छ ।
सानिमाले चैतसम्म २ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले एक वर्षमा निक्षेप १६ अर्ब र कर्जा १४ अर्बले बढाएको हो ।
नाफा बढाएको बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड रहेको छ । यो रकमले १८.९२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
नेपाल बैंकको नाफा २१ गुणाले बढ्यो
नेपाल बैंकको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यवस्था राइटब्याक गरेको छ । बैंकले दोस्रो त्रैमाससम्म गरेको कर्जा नोक्सानी व्यवस्थाबाट २ अर्ब २४ करोड रुपैयाँ राइटब्याक गरेको हो ।
यति धेरै रकम आम्दानीपट्टी देखाउँदा नाफामा व्यापक सुधार आएको छ । गत आवको चैत मसान्तसम्म १३ करोड ५ लाख रुपैयाँमात्र नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ नाफा गरेको हो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेर ७ अर्ब १० करोड पुगेको छ । यता खुद फि तथा कमिसन आम्दानी घटेर ७५ करोड रुपैयाँमात्र कायम हुँदा नेट ट्रेडिङ इन्कममा उच्च वृद्धि भएको छ । अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ६६ करोडभन्दा बढी कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले यो वर्षको तेस्रो त्रैमाससम्ममा कर्जा नोक्सानी व्यवस्था २८ करोड रुपैयाँ मात्र छ । जसले नाफासँगै सबै सुचकमा सुचार भएको हो ।
नाफामा आएको भारी सुधारले बैंकको प्रतिसेयर आम्दानी १.१८ रुपैयाँबाट २५.२६ रुपैयाँ पुगेको छ । यसैगरी नेटवर्थ २६०.७४ रुपैयाँ कायम भएको छ ।
तर, निष्कृय कर्जा ५ प्रतिशत नाघेर ५.४५ प्रतिशत पुगेको अवस्था छ । यसले बैंकको सम्पत्ति गुणस्तर खस्कदै गएको देखाउँछ । गत वर्षको चैतमा बैंकको एनपीएल स्तर ४.८५ प्रतिशत थियो ।
यो तथ्यले आगामी दिनमा बैंकले रिकभरीमा प्राथमिकता दिनुपर्ने देखिन्छ ।
बैंकले १ वर्षको अवधिमा निक्षेप साडे ३३ अर्बले विस्तार गरेर थप २२ अर्ब रुपैयाँबराबरको कर्जा दिएको छ । चैत मसान्तसम्म बैंकले कुल ३ खर्ब १३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चैत मसान्तको तथ्यांकअनुसार बैंकको प्राथमिक पुँजी अनुपात १०.०९ प्रतिशत छ ।
नाफामा छलाङ मार्दा बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख रुपैयाँ छ अर्थात् चैतको वित्तीय विवरणले बैंकले २.७८ प्रतिशत लाभांश दिनसक्ने देखाएको छ । नेपाल बैंकसँग गत आवको यही अवधिमा लाभांश दिनसक्ने क्षमता थिएन ।
ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशतले बढ्यो
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाखा रुपैयाँ रहेको छ । वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ छ । ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रति सेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ। प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा छ ।
नोक्सानी व्यवस्थाका लागि २ अर्ब छुट्याउँदा सिटिजन्सको नाफा घट्यो
चालु आर्थिक वर्षको ९ महिना सकिँदा सिटिजन्स बैंक इन्टरनेसनलले ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा २५ करोड कम नाफा गरेको हो । सिटिजन्सले गत वर्षको चैत मसान्तसम्म १ अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले नोक्सानी व्यवस्थाका लागि २ अर्ब १६ करोड रुपैयाँ छुट्याउँदा नाफामा गिरावट आएको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी, नेट फि एन्ड कमिसन, अदर अपरेटिङ इन्कम आदि बढेको छ । ब्याजदर घटेको लाभ बैंकलाई पनि मिलेको छ । खुद ब्याज आम्दानी ४ अर्ब २६ करोडबाट ४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ ।
नाफा सामान्य घट्दा प्रतिसेयर आम्दानी पनि ११.३७ रुपैयाँबाट ८.६८ रुपैयाँ कायम भएको छ । यसैगरी नेटवर्थ १५२.७५ रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा ३.७६ प्रतिशतबाट ५.७१ प्रतिशत पुगेको छ । सम्पत्तिको गुणस्तर कमजोर हुँदा बैंकले प्रोभिजन थप गर्नुपरेको हो भने बैंकको प्राथमिक पुँजी कोष पनि खस्किएको छ । बैंकको टियर वान क्यापिटल ८.८४ प्रतिशत कामय भएको छ ।
नाफामा हल्का गिरावट आउँदा सिटिजन्सको वितरणयोग्य नाफा भने निकै बढेको छ । बैंकसँग रहेको १६ करोड २६ लाख रुपैयाँ वितरणयोग्य नाफाले १.६९ प्रतिशत लाभांश वितरण गर्न सकिन्छ ।
खुद ब्याज आम्दानी घटेपनि कम प्रोभिजनले बढायो लक्ष्मी सनराइजको नाफा
लक्ष्मी सनराईज बैंकले चालु आर्थिक वर्षको ९ महिना सकिँदासम्म १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ बढी नाफा गरेको हो ।
बैंकले गत वर्षको चैतसम्म १ अर्ब ६१ करोडमात्र नाफा गरेको थियो । यस अवधिमा लक्ष्मी सनराइजको खुद ब्याज आम्दानी घटे तापनि नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम घट्दा नाफामा बढोत्तरी भएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ५१ करोड रहेकामा ७ अर्ब ८९ करोडमा सिमित भएको छ । तर, इम्पेयरमेन्ट चार्ज ३ अर्ब २० करोडमात्र छ जुन गत आवको चैत मसान्तमा ४ अर्ब थियो । बैंकको पर्सजन एक्सपेन्सेस केही बढेको छ । तर, अन्य सूचकमा उतारचढाव नहुँदा नाफामा स्थायित्व देखिन्छ ।
लक्ष्मी सनराइजले चैतसम्म ३ खर्ब ४४ अर्ब २० करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा बैंकले १५ अर्ब निक्षेप र १९ करोड रुपैयाँ कर्जा बढाएको हो । नाफा सामान्य दरले बढे तापनि बैंकको प्रतिसेयर आम्दानी केही घटेको । गत वर्षको चैतसम्म ९.२९ रुपैयाँ रहेको ईपीएस ९.०५ रुपैयाँ कायम भएको हो । यसैगरी नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ ।
यता निष्क्रिय कर्जाको अनुपात सामान्य दरले बढेको छ । गत आवको ९ महिना सकिँदासम्म बैंकसँग यस्तो कर्जा ५.४९ प्रतिशत रहेकामा यसपालि ५.८६ प्रतिशत पुगेको छ । बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.३ प्रतिशत छ । नाफा सामान्य बढ्दा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ छ जुन ३.१७ प्रतिशत लाभांश वितरण गर्न पर्याप्त छ ।
Sent from my iPhone
९ महिनामा ५ अर्ब नाफा गर्ने एक्लो बैंक बन्यो नबिल, नाफा ८%ले बढ्याे
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नबिल बैंकको नाफा ५ अर्ब नाघेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको हो । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंक कर्जा बढेपनि खुद ब्याज आम्दानी भने घटेको छ । खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भएपनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आमदानी घटेको छ । तर, बैंकको निष्कृय बढेपनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफा बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा ७.३८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा ३ खर्ब ७३ अर्ब ५७ करोड ४२ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आउँदा ४ खर्ब १ अर्ब १६ करोड २३ लाख पुगेको छ । यस अवधिमा बैंकको कर्जा मात्रै २७ अर्ब ५९ करोडले बढेको हो । बैंकको कर्जा मात्रै नभएर निक्षेप पनि ८.६६ प्रतिशत अर्थात् ४० अर्बले बढेर ५ खर्ब २ अर्ब ११ करोड पुगेको छ ।
व्यवसाय बढाएपनि बैंकको स्प्रेड दर घटेको कारण खुद ब्याज आम्दानी घटेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ प्रतिशत रहेको बैंकको स्प्रेड दर चालु आवको तेस्रो त्रैमासमा ३.५७ प्रतिशतमा झरेको हो । जसले व्यवसाय विस्तार गर्दा पनि बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाखमा झरेको हो । यस्तै खुद फि तथा कमिसन आम्दानी २ अर्ब २२ करोड ६५ लाखबाट बढेर २ अर्ब २७ करोड ७२ लाख पुगेको हो ।
बैंकको नेट ट्रेडिङ आम्दानी ३९ करोड ४२ लाखबाट बढेर ५४ करोड ६८ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी ४१ करोड ९९ लाख रुपैयाँपुुगेपनि कुल सञ्चालन आम्दानी भने १५ अर्ब ३२ करोड ८६ लाख रुपैयाँबाट घटेर १५ अर्ब २६ करोड ५४ लाखमा घटेको हो ।
निष्कृय कर्जा बढेपसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ । गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि ३ अर्ब २३ करोड ५९ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी घटेपनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । चैत मसान्तमा बैंककको खुद सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाखबाट बढेर ७ अर्ब २२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.६८ प्रतिशत छ ।
बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ७० लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसाबाट बढेर २५ रुपैयाँ ५ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १९.४४ गुणा छ । चैत मसान्तमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ९.१२ प्रतिशत सहित पूँजीकोष अनुपात ११.७२ प्रतिशत छ ।
नेपाल एसबीआई बैंकको नाफा १ अर्ब २० करोड, वितरणयोग्य नाफा १ अर्ब ५ करोड
नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत आर्थिक वर्ष २०८०/८१को सोही अवधि (चैतसम्म)को तुलनामा ३.३५ प्रतिशतले मात्रै बढेको देखिएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ नाफा रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड १५ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ । बैंकले गत वर्ष ५ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी रहेकोमा यो वर्ष घटेर ३ अर्ब ५३ करोड ४९ लाख रुपैयाँमा सिमित भएको छ ।
यस्तो ब्याज आम्दानी गत वर्षको तुलनामा यो वर्ष एसबीआई बैंकको १.०८ प्रतिशले घटेको छ । यसको इम्पेयरिमेन्ट चार्ज ८० करोड रुपैयाँबाट घटेर ७२ करोड ५८ लाख रुपैयाँमा झरेको छ ।
बैंकको यो वर्षको चैतसम्मको निक्षेप १ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ भने यो निक्षेपबाट बैंकले १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी गत वर्षको तुलनामा चुक्ता पुँजी ३९ करोड रुपैयाँले बढेको छ । बैंकको जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी १४.७२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ छ । कस्ट अफ फन्ड ५.३५ प्रतिशत रहेको यो बैंकको निष्कृय कर्जा ४.०६ प्रतिशत रहेको छ ।
कर्जा बढाएसँगै एभरेष्ट बैंकको नाफामा ३२ प्रतिशतको वृद्धि , निष्कृय कर्जा घट्दा सबै सुचकमा सुधार
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा एभरेष्ट बैंकको नाफा बढेर ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कर्जा विस्तारसँगै बढेको बढेको खुद ब्याजदर आम्दानी, शुल्क तथा कमीसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । तर, बैंकको निष्कृय कर्जा घटेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफासँगै सबै वित्तीय सुचकमा उल्लेख्य सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नै बैंकको कर्जा २१.३० प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा १ खर्ब ७८ अर्ब २१ करोड ५४ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आउँदा २ खर्ब १६ अर्ब १७ करोड ४० लाख पुगेको छ । यस अवधिमा बैंकको कर्जा ३७ अर्ब ९६ करोडले बढेको हो । बैंकको कर्जा मात्रै नभएर निक्षेप पनि १४.६९ प्रतिशत अर्थात् ३४ अर्ब १२ करोडले बढेर २ खर्ब ६६ अर्ब ४४ करोड पुगेको छ ।
निक्षेपको तुलनामा कर्जा विस्तार धेरै रहेको र उल्लेख्य कर्जा विस्तारले बैंकको खुद ब्याज आम्दानी १ अर्ब भन्दा धेरैले वृद्धि भएको छ । गत आवको चैत मसान्तमा ५ अर्ब ६३ करोड ३१ लाख रहेको बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको चैतमा आउँदा बढेर ६ र्ब ७४ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तै खुद फि तथा कमिसन आम्दानी ९७ करोड ८० लाखबाट बढेर १ अर्ब ९ करोड ६४ लाख पुगेको हो ।
बैंकको नेट ट्रेडिङ आम्दानी २५ करोड ४५ लाखबाट बढेर ३८ करोड ९६ लाख रुपैयाँ पुगेसँगै कुल सञ्चालन आम्दानी ६ अर्ब ९२ करोड ७४ लाख रुपैयाँबाट बढेर ८ अर्ब १७ करोड ६९ लाख पुगेको छ ।
यता निष्कृय कर्जा घटाएको बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि २७ करोड २९ लाख रुपैयाँ छुट्याएको छ । गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि ६३ करोड ७२ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी बढेको र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा उल्लेख्य वृद्धि भएको हो । चैत मसान्तमा बैंकको सञ्चालन नाफा ३ अर्ब ७२ करोड ६५ लाखबाट बढेर ५ अर्ब ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म मात्रै २ अर्ब २० करोड ४० लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको बैंकको गत आर्थिक वर्षको लाभांश वितरणपछिको सञ्चित नाफा समेत गर्दा ३ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिएर चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ पुर्याएको बैंकको वार्षिक लाभांश वितरण क्षमता ३४.०९ प्रतिशत छ । बैंकको जगेडा कोषमा १३ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
बोनसले पूँजी बढाउँदा पनि बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसाबाट बढेर ३५ रुपैयाँ ६१ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात १२.०२ गुणा छ । चैत मसान्तमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ९.८१ प्रतिशत सहित पूँजीकोष अनुपात १२.६७ प्रतिशत छ । त्यस्तै निष्कृय कर्जा अनुपात ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशतमा झरेको छ । सीडी रेसियो ८४.०७ प्रतिशत र तेस्रो त्रैमासको औसत आधारदर ५.४५ प्रतिशत छ ।
कामना सेवा विकास बैंकको नाफा ४९%ले बढेर ४९ करोड पुग्यो, १९% लाभांश दिने क्षमता
कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४९ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिभन्दा ४९ प्रतिशत बढी नाफा गरेको हो । गत आवको चैत मसान्तसम्म ३३ करोड १४ लाख रुपैयाँ नाफा गरेको बैंकले यसपालि आधा बढी नाफा गरेको देखिन्छ । बैंकको ब्याज आम्दानी र खर्च दुवै घटेपनि खुद ब्याज आम्दानी सुध्रिएको छ । चैत मसान्तमा यस्तो आम्दानी १ अर्ब ६६ करोड छ । यता नोक्सानी व्यवस्थाका लागि बैंकले ३१ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ । बैंकले गत वर्षको सोही अवधिभन्दा ३ करोड कम प्रोभिजन गरेको हो ।
खर्चतर्फ पनि सन्तुलन कायम गरेको बैंकले नाफालाई बढाउन सकेको हो । नाफा बढ्दा कामना सेवाको प्रतिसेयर आम्दानी १८.७३ रुपैयाँ पुगेको छ भने नेटवर्थ १६३.२२ रुपैयाँ छ । ईपीएस गत आवको चैतसम्म १३.४७ रुपैयाँ थियो । यता निष्क्रिय कर्जा ४.२७ प्रतिशत पुगेको छ । गत आवको चैतसम्म यस्तो कर्जाको अनुपात ३.५५ प्रतिशत थियो । बैंकको प्राथमिक पुँजीकोष अनुपात भने निकै बढेको छ । गत आवको ९ महिना सकिँदासम्म ९.०३ प्रतिशतमात्र रहेको कोर क्यापिटल अहिले १०.१४ प्रतिशत पुगेको हो ।
कामना सेवाले ६१ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरी ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप १ वर्षअघिभन्दा करिब ३ अर्ब बढी हो भने कर्जा साढे ३ अर्ब बढी हो । नाफा बढ्दा कामना सेवा ९ महिनामै करिब १९ प्रतिशत लाभांश दिन सक्षम देखिएको छ । बैंकसँग करिब ५० करोड रुपैयाँ वितरणयोग्य नाफा छ । जसअनुसार लाभांश क्षमता १८.९८ प्रतिशत रहेको छ ।
बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको हो । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ ।
बैंकको कर्जा निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ । सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ६७.१९ अर्ब रहेको थियो । बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४.६४% रहेको छ ।
बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीहरूको बीचमा हासिल गरेको हो । ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयहरूका बाबजुद, कामना सेवा विकास बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो ।
बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृती लिई नेपाल धितोपत्र बोर्ड समक्ष स्वीकृतीको लागि पेश गरिसकेको छ ।
देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब ५४ करो
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको चैत त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेर १० अर्ब ३१ करोड ४९ लाख रुपैयाँ रहेको छ । सञ्चालन नाफा २२.२६ प्रतिशत बढेर ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोड ९७ लाखबाट घटेर १ अर्ब १९ करोड ८१ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य आम्दानी १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ छ । ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी ४ रुपैयाँ ९४ पैसा बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १९० रुपैयाँ छ।
एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घट्यो !
चालु आर्थिक वर्षको नौ महिनामासम्ममा एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस्तो नाफा गत आवको सोही अवधिमा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख २ हजार रुपैयाँ ऋणात्मक छ ।
२ खर्ब ९४ अर्ब ६ करोड १ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गेको बैंकले २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ।












