जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

बैंकहरुले बचतको ब्याजदर घटाए पनि कर्जा ब्याजदर घटाएनन्ः स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैंकले दिएको निर्देशनले हावा खाएकै हो त ?

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त डर लाख्ने काम नेपालका बैंकहरुले गर्न शुरु गरेका छन् भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।
नेपाल राष्ट्र बैंकले बैंक र वित्तिय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत आवधिक कर्जा स्थीर ब्याजदर कायम गर्न निर्देशन नै दिएको थियो ।

तर, बैंकहरुले चलाखीपूर्ण ढंगबाट ६.५० प्रतिशत बचत खाताको प्रोडक्ट ल्याएर आफूलाई पुग्दो रकम उठाएपछि २ प्रतिशत ब्याजदरमा झारेर एनआईसी एशिया बैंक लगायत दर्जनौ बैंकले कर्जा दिनकै लागि आधारदर सजिलैसंग घटाएर ६.५० प्रतिशतको बचत खाताको ब्याज घटाएर ठूलो मात्रामा घुमाउरोबाट कर्जा दिएको भेटिएको छ ।

बैंकहरुले आफुखुशी आधारदर तल ल्याएर लकडाउन र निषेधाज्ञाको बीचमा २० अर्ब भन्दा बढि कर्जा दिएको फेला परेको छ । आधारदर नघटाई कर्जा ब्याजदर कम हुँदैन आधारदर भन्दा तल गएर कर्जा दिन पाइदैन ।

अनिल केसरी शाहले एउटा अन्र्तवार्तामा २ वर्ष अगाडी पंक्तिकारसंग भनेका थिएः बुद्धि चलाउने, लगानी बढाउने उपाय धेरै छन् । उनीले भने जस्तै केही बैंकहरुले घुमाउरो बाटो प्रयोग गरि बुद्धि चलाएर लगानी बढाएको देखिन्छ । यो राष्ट्र बैंकका लागि चुनौती हो । जहाँ सोच त्यहाँ उपाय भन्ने अर्को उखानलाई बैंकहरुले प्रयोग गर्दा समेत राष्ट्र बैंक चुपचाप बस्नु चाहि अर्थपूर्ण देखिन्छ ।

केही दिन अगाडी बचत ब्याजमा ठूलो मात्रामा ब्याजदर घटेपछि राष्ट्र बैंकले यसबारेमा बैंकहरुसंग अनौपचारिक कुराकानी गरिरहेको छ । गर्भनर महाप्रसाद अधिकारीले पनि बचतकर्ता निरुत्साहित गर्ने गरी बचतको ब्याज घटाउन नहुने बताउँदै आएका छन् । केही दिनअघि २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसंग छलफल गर्दा पनि उनीले बचतको ब्याज बारेमा छलफल नै गरेको सुनिएको थियो । तर, बैंकहरुले विभिन्न डिपोजिटका प्रोडक्ट ल्याएर २÷३ हप्तामै ब्याज घटाएर आधारदर सजिलै घटाएर कर्जा दिएको देखिन्छ । यो राम्रो पक्ष मानिदैन ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै व्यक्तिगत आवधिक कर्जाको स्थीर व्याजदर कायम गर्न निर्देशन दिए पनि बैंकहरुले आलटाल गरेको राष्ट्र बैंक कै बुझाई छ । राष्ट्र बैंकको निर्देशिकामा भनिएको छः– ‘इजाजतपत्र प्राप्त संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्नेछ ।’

साथै, निर्देशन जारी हुनुपूर्व मासिक र त्रैमासिक र आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले गरी सकेको छ ।

जसअनुसार अब बैंक तथा वित्तीय संस्थाले नयाँ प्रवाह गर्ने व्यक्तिगत कर्जाको ब्याजदरमात्र नभएर पुरानो कर्जाको ब्याजदरसमेत स्थीर बनाउनु पर्ने बाध्यता छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरुले ३९ खर्ब ३४ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमध्ये ५० प्रतिशत साधारण बचत र ५० प्रतिशत मुद्दति निक्षेपको हिस्सा देखिन्छ ।

बैंक तथा वित्त कम्पनीमा साउन मसान्तसम्म रहेको कुल १९ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ मुद्दतिमध्ये १ वर्षे २३ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मको २० प्रतिशत र २ वर्षदेखि ७ वर्षसम्मको ७.५ प्रतिशत हिस्सा रहेकोे देखिन्छ । अधिकाशं बैंकहरुले स्थीर ब्याजदर कायम गर्न कठिन भएको भन्दै छलफल भईरहेको र बैंक भित्रै कमिटी बनाएर काम शुरु गरेको बताउदै आएको देखिन्छ ।

विगतमा १२÷१३ प्रतिशतमा फिक्स डिपोजिट लिएका वाणिज्य बैंकहरुले त्यस बखत दिएका महंगो व्याजका कर्जालाई चाहि कसरी सम्बोधन गर्ने हो । त्यो चाहि गर्भकै विषय बनेको छ ।

विगतमा महंगो कर्जा ब्याजदर १० देखि १४ प्रतिशतमा दिएका कर्जाहरुको ब्याज वाणिज्य बैंकहरुले डिपोजिट ब्याजदर घटाए पनि कर्जाका अझै घटाएका छैनन् । केही कराउन आएका ऋणी बाहेक अन्य साना ऋणीहरुले अझै महंगा व्याज बैंकहरुलाई बुझाएको देखिन्छ ।

पैसा फालाफाल हुँदा डिपोजिटकर्तालाई न्याय नगर्ने बैंकहरुले भोली कर्जा माग चर्को रुपमा भएपछि फेरि निक्षेपकर्ताहरुको घरमा पुग्ने अवस्थामा नआउँला भन्न सकिदैन । त्यसकारण बैंकहरु संयम बनेर डिपोजिटकर्तालाई सम्हाल्न सक्नुपर्दछ । फेरि, बैंकहरुले बैंकको उच्च स्तरिय टोली नै बनाएर डिपोजिट खोज्नु पर्ने अवस्थामा नआउँला भन्न सकिन्छ । सचेत भया ।

Unified-directives-2076-amendment1 (1)

युवराज खतिवडा मन्त्रीसरहको सुविधासहित ‘प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार’ नियुक्त

नेकपाभित्रको आन्तरिक किचलोका कारण अर्थमन्त्री पद छोड्न बाध्य भएका युवराज खतिवडाले ‘प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार’ पद प्राप्त गरेका छन् । प्रधानमन्त्रीको विश्वासपात्रका रुपमा चिनिएका खतिवडालाई सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्रीसरहको सुविधा पाउने गरेर उक्त पदमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई अर्थमन्त्री नियुक्त गर्न आनाकानी गरेबाट अर्थमन्त्रालय आफैले राख्ने र खतिवडालाई छाया अर्थमन्त्रीको रुपमा काम गर्न दिने तयारीको संकेतको रुपमा पनि हेरिएको छ ।

आन्तरिक हवाइ उडान र होटल असोज १ गतेबाटै संचालनमा आउने

लामो दूरीका सार्वजनिक यातायात असोज १ गतेबाटै सञ्चालनमा आउने भएका छन्।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायातका साथै आन्तरिक हवाइ उडान संचालन गर्ने निर्णय गरेको जानकारी दिए।

सोमबार भने केही मन्त्रीहरुले असोज ५ गतेबाट सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको बताएका थिए। त्यही अनुसार अधिकांश मिडियामा असार ५ बाट नै यातायात र आन्तरिक उडान संचालन हुने भनेर रिपोर्ट भएको थियो। तर, प्रवक्ता ज्ञवालीले  सरकारले असोज १ गतेबाट नै लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान चल्ने निर्णय गरेको बताएका हुन्।

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा रु. सात करोड ७१ लाख ९२ हजार ८६० बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ ।

आयोगका अनुसार दासको वैध आय रु. सात करोड ६० लाख १० हजार ४८९ आर्जन गरेको देखिएको छ । आयको तुलनामा रु. १५ करोड ३२ लाख तीन हजार ३५० अवैध आय देखिएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

प्राधिकरणमा कुलमानका चार वर्ष : झण्डै डुबेको संस्था खूद नाफामा

नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला त्यो कर्मले निर्धारण गर्दछ । नागरिकलाई सेवा दिने लक्ष्यका साथ सरकारले स्थापना गरेका अधिकांश सार्वजनिक संस्थानले जनतालाई सेवा दिएको र नाफा कमाएको पाउनसमेत मुस्किल छ । अर्थ मन्त्रालयको विवरण हेर्ने हो भने त्यस्ता संस्थाहरु केवल खर्चका भारी मात्रै बनिरहेका छन् ।

केही वर्ष पहिलेसम्म नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा को आयो र गयो आम मासिलाई थाहै हुँदैनथ्यो तर पछिल्ला चार वर्षमा अवस्था फेरिएको छ । प्राधिकरणको गरिमा र मर्यादा बढेको छ । त्यसले सरकारी संस्थान पनि सबल र सक्षम बन्न सक्छ भन्ने तथ्य स्थापित भएको छ । त्यसको पछाडि सरकारले छानेको सही व्यक्तित्व नै प्रमुख कारक बन्यो ।

सही व्यक्ति छनोट गर्दा सरकारी संस्थान पनि नाफामा जान सक्छ, आम मानिसको नजरमा पर्न सक्छ भन्ने कुराको उदाहरण बनेको छ, प्राधिकरण । सही व्यक्तिलाई सही स्थान दिँदा कुनै समय झण्डै रु ३४ अर्ब सञ्चित नोक्सानी व्यहोरेको प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा झण्डै रु ११ अर्ब नाफा गरेको छ ।

यसको पछाडि त्यसको बागडोर सम्हाल्ने नेतृत्व र त्यसलाई सहयोग गर्ने कर्मचारीको प्रमुख हात रहेको छ । कुनै समय रु २९ अर्ब अपलेखन गर्दासमेत वार्षिक झण्डै आठ अर्बका दरले घाटामा गइरहेको प्राधिकरणलाई नाफाको युगमा परिणत गर्न पछिल्लो चार वर्षमा भएका प्रयास नै निर्णायक भएको छ ।

दैनिक १४ घण्टासम्म विद्युत्भार कटौतीमा परेका, उज्यालो देख्नसमेत मुस्किल भएका नेपाली नागरिकलाई आशा जगाउने, नेपालको ऊर्जा क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सरकारको कामलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने कामसमेत यस अवधिमा भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्काली ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका कुलमान घिसिङले प्राप्त गरेको चार वर्षको अवधिमा नेपाली जनतालाई अँध्यारोबाट उज्यालो यात्रामा डो¥याउनुभयो ।

कार्यावधि यही भदौ २९ गते सकिए पनि प्राधिकरणले आज बिदाइ समारोहको आयोजना ग¥यो । बिदाइ समारोहमा सहभागी अधिकाशंले कार्यकारी निर्देशक घिसिङको पहिलो सत्रमात्रै सकिएको भन्दै चाँडै नै उहाँ पुनः कार्यकारी निर्देशक भएर आउने विश्वाससमेत व्यक्त गरेका छन् । आम मानिसको चाहना छ, सक्षम व्यक्ति पुनः दोहोरिऊन् र संस्थालाई थप सबल बनोस् ।

यस्तो छ रिपोर्ट कार्ड

सरकारले २०७३ साल भदौ २९ गते घिसिङलाई ४ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो ।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७३/७४ मा ८८.१९, आव ०७४/७५ मा ८७.९८, आव ०७५/७६ मा ८६.८२ र आव २०७६/७७ मा ८७.५५ प्रतिशत नतिजा घिसिङले प्राप्त गर्नुभएको छ ।

बिदाइ समारोहमा घिसिङले भन्नुभयो, “मैले जिम्मेवारी सम्हाल्दा अन्धकारले मुलुक आक्रान्त थियो । बर्सातको समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो ।”

प्राधिकरणको आव २०७२/७३ सम्ममा सञ्चित घाटा रु ३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष आठ अर्ब ८९ करोड खुद नोक्सानी थियो । एकातर्फ कहालि लाग्दो अँध्यारोले मुलुक आक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो ।

प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करीब ६३ प्रतिशत जनता मात्रै ग्रिडको विद्युत् पहुँचमा थिए । सरकारले घिसिङलाई दिएको मुख्य जिम्मेवारी पनि विद्युत्भार कटौतीको अन्त्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो । सो कार्यमा घिसिङले राम्रो नजिता निकाल्नु भएको छ ।

विद्युत् माग र आपूर्ति बीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भएको जानकारी दिँदै घिसिङले भन्नुभयो, “लोडसेडिङ अन्त्य गर्नुमात्र हाम्रो अन्तिम अभीष्ट थिएन । हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरण तर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ शुरु गर्नु थियो । जीर्ण बनेका अधिकांश आयोजना निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पुगेका छन् ।”

घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरणले रु एक अर्ब ४७ करोड खुद नाफा कमायो । त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो । दोस्रो वर्ष रु दुई अर्ब ८५ करोड, तेस्रो वर्ष रु नौ अर्ब ८१ करोड २५ लाख खुद नाफा कमायो, चौथो वर्षमा मुनाफा बढेर रु ११ अर्ब पाँच करोड पुगेको छ ।

कुनै बेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकरण सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ । चालू आवको बजेटमा प्राधिकरणको नाफा रु ११ अर्बभन्दा बढी रहने प्रक्षेपण गरिएको छ ।

ऋणात्मक रहेको सञ्चित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि रु ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेकामा आव ०७६/७७ मा प्राधिकरणले सम्पूर्ण सञ्चित नोक्सानीलाई शून्यमा झारी करीब रु पाँच अर्ब नाफा कमाएको छ ।

विद्युत्भार कटौतीको अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्रसारण तथा वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटेको छ । चार वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर अहिले १५.२७ प्रतिशतमा झारिएको छ ।

देशभरका करीब ८६ प्रतिशत जनताले ग्रिडको विद्युत्मा पहुँच पाएका छन् । अफ ग्रिडसहित करीब ९० प्रतिशत जनताले विद्युत् ऊर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकामा अहिले बढेर २६० युनिट पुगेको छ । यो प्राधिकरणको मुख्य सफलता रहेको घिसिङले जानकारी दिनुभयो ।

कार्यक्रममा प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशकहरुले घिसिङको पुनः नियुक्ति हुने र आफूहरुले पुनः सबल तथा सक्षम अभिभावक पाउने विश्वास मात्रै व्यक्त गरेनन् संस्थामा शुरु भएको सुशासन र पारदर्शितासहित आगामी लक्ष्य हासिल गर्न अझै सँगै काम गर्ने इच्छासमेत व्यक्त गरे ।

शत्रुले पनि सम्मान गर्ने नेतृत्व

वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कामप्रति इमान्दार, लगनशील तथा मेहनती व्यक्तित्व घिसिङको नेतृत्वमा प्राधिकरण अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

“बिदाको दिनसमेत नभनी काम गर्ने, संस्थालाई नै केन्द्रमा राखेर काम गर्ने घिसिङजस्तो व्यक्तित्वको खाँचो अझै पनि प्राधिकरणलाई छ”, शाक्यले भन्नुभयो, “उहाँको क्षमता शत्रुले समेत सम्मान गर्ने खालको छ ।” उहाँले घिसिङको नेतृत्वले गर्दा प्राधिकरणको कर्मचारी भनेर बाहिर शिर उठाएर हिँड्ने वातावरण बनेको बताउनुभयो ।

प्राधिकरणका अर्का उपकार्यकारी निर्देशक हरराज न्यौपानेले संस्थालाई सबल बनाउन नेतृत्वकर्ता नै ऊर्जाशील हुनुपर्ने तथ्य स्थापित भएको भन्दै घिसिङले बसाएको जगलाई पूरा गर्न सबैले उत्तिकै मेहनत गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि घिसिङले नै प्राधिकरणको नेतृत्व गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणप्रति नागरिकमा बढेको विश्वासलाई थप बढाउँदै सरकारले लिएको लक्ष्य पूरा गर्न पनि घिसिङ जस्तै नेतृत्व जरुरी रहेको बताउनुभयो ।

आधिकारिक कर्मचारी युनियनका संयोजक रामेश्वर पौडेलले घिसिङको पुनः नियुक्तिका सन्दर्भमा देखिएको कानूनी जटिलता फुकाएरै भए पनि एकाध दिनमा नै पुनः नियुक्ति पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उज्यालो र समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प लिएको वर्तमान सरकारले एकपटक घिसिङलाई नै प्राधिकरणको जिम्मा दिनेमा आफू आशावादी रहेको बताउनुभयो ।

कामना सेवा र क्वेस्ट इन्टरनेशनल कलेजबीच दक्ष जनशक्ति निर्माण गर्ने समझदारी

कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेज बीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमाआज हस्ताक्षर भएको छ । बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र क्वेस्टकलेको तर्फबाट प्रिन्सिपल उदय राज पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

२०६४ साल देखि आफ्नो वित्तीय कारोबार शुरु गरेको यस बैंकले देशकाविभिन्न स्थानमा १२४ वटा शाखातथा केन्द्रीयकार्यालय मार्फत नौ सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । साथै,  क्वेस्ट इन्टरनेशनल कलेज सन् २००९ मापोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी व्यवस्थापनतर्फ बिबिए, बिएचएम र एमबिएका शैक्षिककार्यक्रमहरु सञ्चालनगर्दै आएको एउटा प्रतिष्ठित संस्थाहो ।

हाल यस कलेजमा सात सय बढी विद्यार्थी अध्यनरत छन् । कामना सेवाविकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापनतथाकार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथाव्यक्तिगतलक्ष्यप्राप्तिगर्ने अवसर प्रदानगर्ने क्रममाक्वेस्टकलेजले अध्यापन, अनुसन्धानतथातालिममार्फत उक्तलक्ष्यमा योगदान पुराउने र कामना सेवा बैंकले क्वेस्टकलेजकाविद्यार्थीलाई इन्टरशिपको व्यवस्थागर्ने यस समझदारी पत्रको प्रमुख उद्देश्य रहेको बैंककाप्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यो समझदारी मार्फत बैंककाकर्मचारीले क्वेस्टकलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुंदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्थागरिएको कलेजकाप्रिन्सिपलउदय राजपौडेलले बताए ।

यो समझदारीलाई मानव संसाधनविकासमा शैक्षिक क्षेत्र र उद्योग, व्यवसायतथावित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशःपुर्दै जाने अभियानको शुरुवाती कदमको रुपमालिइएको जनाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

नेशनल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले शेयर स्वामित्व संस्थापकतर्फ ५१ र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न ३४ लाख ४० हजार ३२३ दशमलव ७३ कित्ता शेयर सर्वसाधारणमा परिणत गरेको हो । यस अघि कम्पनीमा संस्थापकतर्फ ६५ प्रतिशत र सर्वसाधारणतर्फ ३५ प्रतिशत शेयर स्वामित्व रहेको थियो ।

शेयर स्वामित्व परिवर्तन गर्ने निर्णय कम्पनीको गत वर्ष कात्तिक २४ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाले गरेको थियो । हाल यस कम्पनीको ३ अर्ब ८ करोड २६ लाख २६ हजार रुपैयाँ चुक्तापूँजी रहेको छ । सोहि चुक्तापूँजीको आधारमा अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को लागि १७ दशमलव ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको छ ।

कम्पनीले १५ प्रतिशत नगद लाभांश र २ दशमलव ५ प्रतिशत बोनस सहित कुल १७ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस वर्ष बोनस शेयर कर प्रयोजनका लागि छुट्टै शून्य दशमलव १३ प्रतिशत नगद लाभांश पनि कम्पनीले दिने भएको छ ।

सिटिजन्स बैंकद्वारा स्क्यान र वीथड्रसेवा सुरु

विश्वकाअधिकांशमुलुकहरु कोरोना भाइरस कोभिड–१९को महामारीबाट आक्रान्तबनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदानगर्ने अभिप्रायका साथस्क्यान र वीथड्रसेवाको सुरुवात गरेको छ ।

स्क्यान र वीथड्र«मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाहगर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंककाप्रमुखकार्यकारी अधिकृत गणेश राज पोखरेलले बताएको छ ।

नयाँ प्रविधिलाई आत्मसाथगर्नुका साथसाथै बैंकमाकार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्चप्राथमिकतामा राखीवित्तीय सेवाहरु प्रदानगर्ने उद्देश्यका साथ स्क्यान र वीथड्र«सेवाप्रयोगमाल्यएको बैंकले जनाएको छ । यसको प्रयोग सँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिमन्यूनहुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ११० वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । बैंकले सावधानीपूर्वक आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदानगर्न हर सम्भव प्रयास गरिरहेको छ ।

नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाक ालागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने÷झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवादिँदै आएको छ ।

कोरोना भाइरस महामारीको जोखिमन्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले बैंकले यस बैंकको डेविट कार्ड नेपालभरिका कुनै पनि बैंकको ए.टि.एममाप्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्था गरेको छ । कर्जालाई सरल र सहजतरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याजदरमाएसएमई कर्जा (साना तथा मझौला कर्जा)९.५०% वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगतकर्जा) १०.९९%  वार्षिक ब्याजदरमाप्रवाह गर्ने योजना संचालनमा ल्याएको छ ।

ओपोद्वारा ‘कलरओएस ११’ अनलाइन प्रेस कन्फरेन्सबाटै सार्वजनिक

स्मार्टफोन ब्राण्ड ओपोले एक अनलाइन प्रेस कन्फरेन्स मार्फत नयाँ कलरओएस ११को ग्लोबल लञ्च गरेको छ । याेसँगै ओपोले वैश्विक प्रयोगकर्तालाई नयाँ एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउने पहिलो मध्यकै एके ओईएमएसका रुपमा ईतिहास समेत रचेको छ ।

‘मेक लाइफ फ्लो’ अवधारणामा आधारित कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट एन्ड्रोइड फिचर्सलाई निरन्तरता दिँदै ओपोका प्रयोगकर्ताले चाहेको जस्तै उत्कृष्ट यूआई कस्टमाइजेशनपनि उपलब्ध गराउँछ । गूगलको एन्ड्रोइड ११ घोषणा पछ्याउँदै द्रुत प्रक्षेपनका साथ सार्वजनिक यो सार्वजनिक हुनु दूई कम्पनी विचको नजिकको सहकार्य हो ।

प्रयोगकर्ताको ब्यक्तित्व झल्काउने नयाँ श्रेणीको यूआई कस्टमाइजेशन सुविधा कलरओएस ११ले अदृतिय यूआई कञ्टमाइजेशनको सुविधा उपलब्ध गराउँदै प्रयोगकर्तालाई आफ्नो सिर्जनशिलता झल्काउँदै आफू अनुकुल ब्यक्तिगत तथा पृथक अनुभव लिन सघाउने कम्पनीकाे दावी छ । प्रयोगकर्ताले आफ्नो चाहना अनुसार अल्वेज-अन डिस्प्ले, थिम, वालपेपर तथा फोन्ट्स, आइकनस र रिंगटोनको चयन गर्न सक्छन् । यो नयाँ अपडेटले एन्ड्रोइडको पछिल्लो डार्क मोडलाई तीन कलर स्किम तथा कन्ट्रास्ट लेभलका साथ अझ सुदृढ रुपमा प्रस्तुत गरेको छ । साथै, ओपो रिल्याक्स २.०ले प्रयोगकर्तालाई विश्वभरका सहरबाट संकलित आवाज मार्फत आफ्नो चाहना अनुसार ह्वाइट न्वाइज मिक्स बनाउन सघाउने छ ।

‘कलर ओएस ११को यूआई कस्टमाइजेशनको जड तिनको अझ ब्यक्तिगत र पृथक फोन प्रयोग अनुभवको चाहना हो’ ओपो कलरओएस डिजाइन प्रोजेक्टका लिड लिन्न नीले भने, ‘प्रयोगकर्ताहरुका प्रतिक्रियालाई दृष्टिगत गर्दै कलरओएस समुहले विभिन्न फिचर्सहरु समाहित गर्न पर्सनलाइज्ड यूआई उपलब्ध गराएको हो । यसो गरिरहँदा प्रयोगकर्ताले आफ्ना सिर्र्जनशिलता प्रस्फूटन गर्दै फोन माथिको आफ्नो नियन्त्रणको समेत अनुभव गर्न पाउन भन्ने तिर हामीले विशेष ध्यान दिएका छौँ ।’

बृहत सुदृढ कार्य प्रदर्शनी
कलरओएस ११मा काम र जीवनको सम्पादनमा सुधारका लागि विभिन्न उपयोगी फिचर्सहरु उपलब्ध गरिएका छन् । ओपो र गूगलको सहकार्यमा पहिलो निर्मित गूगल लेन्सद्वारा सञ्चारित थ्री फिंगर ट्रान्सलेट तिनकै एक नमुना हो । यसले तीन औँलाको सहायताद्वारा खिचिएको साधारण स्क्रिनशट मार्फत अक्षर अनुवाद गर्छ ।

यसमा रहेको फ्लेक्सड्रप फिचरले मल्टि(टास्किङका लागि सरल र सहज समाधान उपलब्ध गराउँछ । यसको सहायताबाट प्रयोगकर्ताले भिडियो हेर्दै टेक्स्ट गर्न सक्छन् । विशेषत गेमर्स तथा भिडियो प्रेमीहरुका लागि यो फिचर उपयोगी हुनेछ । साथै, प्रयोगकर्ताले सहतापूर्वक स्विट्च गर्दै विभिन्न स्मार्ट होम डिभाइसेजपनि नयाँ डिभाइस कन्ट्रोल मेनु मार्फत अन्य एप डाउनलोड विनै नियन्त्रण गर्न सक्नेछन् ।

यसमा ब्याट्रीललाई लामो समय सम्म टिकाउने सोचका साथ नयाँ सुपर पावर सेभिङ मोडपनि दिइएको छ । यसको सहायताबाट प्रयोगकर्ताले लो(ब्याट्री भएको अवस्थामा समेत ६ ओटा एप छनोट गरी चलाउने सुविधा पाउन सक्छन् । साथै, यसमा रहेको ब्याट्री गार्डले अस्थिर पावर भोल्टेज भएको अवस्थामा समेत लामो समय सम्म चार्ज गर्नु पर्दा ब्याट्रीलाई सुरक्षा प्रदान गर्छ । यसले रातको समयमा स्वचालित रुपमै चार्ज ८०% पुगेको अवस्थामा चार्जिङ प्रक्रियालाई रोकी प्रयोकर्ता उठ्ने समयसम्म का लागि पूर्ण चार्ज हुने प्रक्रियालाई रोकि दिन्छ ।

‘मेक लाइफ फ्लो’का लागि अदृतिय स्मूथनेस
हाई फ्रेम रेट्सलाई औद्योगिक सम्पन्नता मानिएतापनि कतिपय फोनहरुमा कहिले काहीँ ल्याग हुने तथा अड्किने समस्या देख्न सकिन्छ । यसको समाधानार्थ कलरओएस ११ले यूआई फस्र्ट २.० उपलब्ध गराएको छ । यसले ओपोको स्वामित्वमा रहेको ल्याग रिड्यूसिङ ईञ्जिनलाई क्वान्टम एनिमेशनसंग समायोजन गर्छ । यसले ¥यामको प्रयोगमा ४५%से सधार ल्याउँदै रेस्पोन्स रेटलाई ३२%ले र फ्रेम रेटमा १७%ले सुधार ल्याउन सघाउँछ ।
त्यसैगरी यसमा रहेको एआई एम प्रिलोडिङले प्रयोकगर्ताको बानी बुझ्दै अत्यधिक प्रयोगहुने एप्स प्रिलोड गरी लोडिङ समयमा उल्लेख्य सुधार दिन्छ । यसमा रहेको सुपरटचले बुद्धिमता पूर्वक प्रयोग अवस्थाको पहिचान गरी टच रेस्पोन्समा सुधार ल्याउँदै प्रणालीगत प्रवाहमा सुधार ल्याउँछ ।

प्रयोगकर्ताको सुरक्षा र गोपनियताको सुरक्षा

कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट गोपनियताका विकल्पलाई निरन्तरता दिँदै थप गोपनियता सुरक्षा तथा डाटा सुरक्षण फिचर्सपनि उपलब्ध गराएको छ । प्राइभेट सिस्टमले छुट्टै नयाँ प्रणालीको स्थापना गरी वास्तविक भन्दा पृथक एप्स तथा डाटाका भर्जन सिर्जन गर्छ र तिनलाई स्वतन्त्ररुपमा प्रयोग गर्ने वातावरण उपलब्ध गराउँछ । यि माथि नियन्त्रणका लागि छुट्टै फिंगरप्रिन्ट वा पासवर्डको आवश्यकता पर्छ ।

एपलकका लागि नयाँ सर्टकटले प्रयोगकर्तालाई पासवर्ड, फिंगरप्रिन्ट वा फेशियल भेरिफिकेशनको प्रयोग गर्ने अवसर प्रदान गर्छ । त्यसैगरी परमिशन प्रणालीपनि अस्थाई अमुमतिका साथ थप सुदृढ गरिएको छ । यस अन्तर्गत क्यामेरा रिसेट, माइक्रोफोन तथा लोकेशन एक्सेस लगायत एप बन्छ गरे पश्चात रिसेट हुने गर्छ । त्यसैगरी अटो रिसेट परमिशनले लामो समय सम्म प्रयोग नगरिएको अवस्थामा एप पर्मिशन सेटिङलाई डिफल्टमा फर्किन मद्दत गर्छ । संकास्पद एपलाई अन्य एप डाटासम्म पहुँच बनाउनपनि यसले रोक्ने कार्य गर्छ । त्यसैगरी, स्कोप्ड स्टोरेजले फोन डाटामाथि को पहुँच रोक्दै दिनै पर्ने अवस्थामा अनुमतिको माग गर्छ ।

कलरओएसको ईतिहासमै हालसम्मकै छिटो र बृहत्त रोलआउट

कलरओएस ११को बेटा भर्जन सार्वजनिकले प्रविधि प्रेमी प्रयोगकर्तालाई आधिकारिक सार्वजनिकको करिव १ हप्ता अगाडी यसमा पहुँच बनाउँदै नयाँ फिचर्सका बारेमा अन्वेषण गर्न र प्रतिक्रिया दिने अवसर प्रदान गरेको छ । कलरओएस ११ ब्याट्च बाई ब्याट्च एप्रोचबाट सार्वजनिक गरिनेछ । यसको सुरुवात फाइन्ड एक्सटू सिरिज र रेनोथ्री सिरिज मार्फत हुने जानकारी दिइएको छ । पूर्णतः रोलआउट हुँदा यसले फाइन्ड, रेनो, एफ, के र ए सिरिज अन्तर्गतका २८ भन्दा बढी फोन मोडलहरु समेट्ने बताइएको छ ।

मल ल्याउने दुई कम्पनीलाई कालोसूचीमा राखिने

मल ल्याउने सम्झौता गरि सामान समयमा नल्याउने नालायक दुई कम्पनी र तीनका मालिक कालो सूचीमा परेका छन् ।
कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल ल्याउन नसकेपछि सम्झौता गरेका शैलुङ इन्टरप्राईजेज सहित दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

कृषि सामाग्री कम्पनीले हिजो शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राईजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालय ताहाचललाई सिफरिस गरेको हो ।

दुबै फर्मले २५/२५ हजार मेट्रिक टन गरी कुलल ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सम्झौता गरेर सो बमोजिमको कार्य समयमा नगरेकाले सार्वजनिक खरीद ऐन अनुसार दुवै कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरिएको प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताए ।
अन्तराष्ट्रिय बोलपत्र मार्फत ती दुबै सप्लायर्स कम्पनीले सो ठेक्का पाएका थिए ।

शंकर गु्रपको जगदम्बा फलामे रड र सिमेन्टदेखि होसियार, गुणस्तर तथा नाप तौल विभागद्वारा बिक्री वितरणमै रोकः राजधानीका सयौ घरहरुको भविष्य चिन्ताजनक ?

कोरोना महामारीबीच लाभ उठाउन स्वास्थ्य सामाग्री थर्ममिटरमा कालाबजारी गर्ने त कहिले आफ्नै कम्पनीबाट उत्पादित सिमेन्ट र फलामे रडमा ठगी गर्ने शंकर ग्रुपले आम उपभोक्ताहरुलाई चिन्तित तुल्याएको देखिन्छ । शंकर गु्रपका शंकर अग्रवालले ४ वर्ष अगाडी उत्पालन शुरु गरेको मंगला सिमेन्टमा नेपाल गुणस्तर तथा नाप तौल विभागले कारवाही गरेको केही दिन पछि फेरि शंकर ग्रुपबाट उत्पादित जगदम्बा रड गुणस्तरहिन भएको भेटिए पछि विभागले कारवाही गरेको खुलेको छ ।

सुलभ अग्रवाल सञ्चालक रहेको जगदम्बा स्टिल (फलामे रड) दक्ष जनशक्ति नहुँदा यस्तो भएको भन्दै विभागमा उत्तर पठाएको देखिन्छ । गल्ती स्वीकार गरेपनि राजधानीमा जगदम्बा स्टिल (फलामे रड)बाट बनेको सयौ घरको जिम्मा अब कसले लिने हो । यो प्रश्न अब आम जनता मन मुटुमा छ । जम्दम्बा स्टिलबाट बनेका घरहरुको भविष्य चिन्ताजनक बनेको देखिन्छ ।

गुणस्तर तथा नापतौल विभागका अनुसार मर्काउँदा भाँचिने रड उत्पादन गरेको शंकर ग्रुपले सो लटमा उत्पादन गरेका ३ सय टन सामान अझै गोदाममै छन् । सो परिणामा बजारमा पुगेर पनि प्रयोग भईसकेको देखिन्छ ।

कम्पनीले १६ एमएमको टीएमटी बार फी ५०० रडमा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेको भेटिएको विभागले जनाएको छ । घर बनाउँदा जगदम्बाको रड प्रयोग गरिरहेका बालाजु बोहोराटारका श्रीकृष्ण भट्टराईले विभागमा उजुरी दिएका थिए । कम्पनीले गोदाममा स्टक रहेको सामान नष्ट गर्ने बताइसकेको त छ । तर, यो सम्भव देखिन्छ ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको देखिन्छ । आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दाबी गर्दै उपभोक्ता झुक्याउँदै आएको जगदम्बा स्टिल्सले अहिले गुणस्तरहीन फलामे डन्डी बिक्री गरी उपभोक्तालाई चरम ठगी गर्दै आएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । तर, यसबाट बनेका घरहरुको जिम्मा कसले लिने हो ।

विभागले गत शुक्रबार सो कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको ‘१६ एमएमको टिएमटी बार’ फलामे डन्डी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । कारबाहीस्वरूप विभागले १६ एमएम साइजमा इजाजत रोक्ने, सो उद्योगबाट उत्पादित करिब ३ सय टन गुणस्तरहीन फलामे डन्डीलाई विभागका प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गरी बिक्री वितरण हुन नदिने निर्णय गरेको देखिन्छ । यो राम्रो पक्ष हो । तर, बनेको सयौ घरको जिम्मा कसले लिने ?

जगदम्बाको बजारमा गएका ती सबै रड फिर्ता गर्नुपर्नेछ । जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको देखिन्छ ।
संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।

मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पंक्तिकारसंग कुरा गर्दै भने जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस्तो गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाउनुपरेको बताए ।

गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गर्दा यस्तो कमजोरी भेटिएको जानकारी गराउँदै उनले मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाइएको बताए । उनले अहिले सो ब्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन समेत दिइएको बताए । तर, यो सम्भब देखिदैन । उपभोक्ता अब आफै सचेत बन्नुपर्ने अबस्था आएको देखिन्छ ।

अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत सो उद्योगलाई निर्देशन दिएको बताउँदै उनीले भने, ‘विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ नि ।’ निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका डन्डी फिर्ता लिनुपर्नेछ । तर, बनेको घरको जिम्मा चाहि कसले लिने हो ?

उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले सो परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले जगदम्बा स्टिल प्रालिलाई लेखेको पत्रमा लेखिएको छ ।

यस कम्पनीबाट उत्पादिन डण्डी परीक्षणको क्रममा जगदम्बा स्टिलको फलामे डन्डीमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । गत साउनमा काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डन्डी भाँच्चिएको फेला परेको थियो । सो डन्डी गुणस्तरहीन भएको भन्दै घरधनी भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो । डन्डी न्यून गुणस्तरको पाइएपछि कारबाही अघि बढाएको हो ।

अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कबाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितमा बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ ।
यसअघि पनि जगदम्बा स्टिलका उत्पादनमा धेरै पटक प्रश्न उठेको थियो ।

समस्या आएका ठाउँमा सो कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो  । तर, कार्यन्वयन भएको देखिदैन ।

अहिले काठमाडौ महानगरपालिका–१६ बोहोराटारका भट्टराईको घर पनि बिमा गरिदिने र क्षतिपूर्ति दिने आश्वासन सो कम्पनीले दिएको स्रोतको दाबी छ । यस्तो घर निर्माणमा संलग्न सरोकारवालाले हाल जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कबाडी फलामसमेत संकलन र प्रशोधन गरी नयाँ रड बनाउने गरेकाले यस्तो समस्या आएको दाबी गरेका छन् ।

उनीहरूका अनुसार अहिले जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ । त्यसलाई रड बनाउन प्रयोग गरिन्छ । यस्तो कबाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ । अधिकांश उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलो पटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा खेरजाने खालका कबाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ ।

शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको व्यावसायिक घराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यही ग्रुपका अर्का सञ्चालक सुलभ अग्रवाल कोरोना महामारीबाट बच्न गत ११ चैतबाट सरकारले लगाएको लकडाउनको बेला ज्वरो नाप्न प्रयोग हुने थर्मलगन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका थिए । यो ग्रुपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

शंकर ग्रप सन् १९७९ मा स्थापना भएको व्यावसायिक गराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यो गु्रपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो । जगदम्बाको गुणस्तरमा भने यसअघि पनि सधैँ प्रश्न उठ्दै आएको छ । जसका कारण उपभोक्ताले विभिन्न मानसिक तनाव बेहोर्दै आएको देखिन्छ । राज्यले यस्ता बदमासी गर्ने माथी तत्कालै कारवाही गर्नु पर्ने आम उपभोक्ताको माग छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, सञ्चालकमा ४ जना नियुक्त

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

भदौ २६ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले संस्थापक समूहको सञ्चालक पदमा विशाल अग्रवाल सहित चार जनालाई निर्वाचित गरेको छ । सभाले विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई सञ्चालक पदमा निर्वाचित गरेको हो ।

सभा पश्चात बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा मार्फत निर्वाचित भएका सञ्चालक विशाल अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।