जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

शंकर गु्रपको जगदम्बा फलामे रड र सिमेन्टदेखि होसियार, गुणस्तर तथा नाप तौल विभागद्वारा बिक्री वितरणमै रोकः राजधानीका सयौ घरहरुको भविष्य चिन्ताजनक ?

कोरोना महामारीबीच लाभ उठाउन स्वास्थ्य सामाग्री थर्ममिटरमा कालाबजारी गर्ने त कहिले आफ्नै कम्पनीबाट उत्पादित सिमेन्ट र फलामे रडमा ठगी गर्ने शंकर ग्रुपले आम उपभोक्ताहरुलाई चिन्तित तुल्याएको देखिन्छ । शंकर गु्रपका शंकर अग्रवालले ४ वर्ष अगाडी उत्पालन शुरु गरेको मंगला सिमेन्टमा नेपाल गुणस्तर तथा नाप तौल विभागले कारवाही गरेको केही दिन पछि फेरि शंकर ग्रुपबाट उत्पादित जगदम्बा रड गुणस्तरहिन भएको भेटिए पछि विभागले कारवाही गरेको खुलेको छ ।

सुलभ अग्रवाल सञ्चालक रहेको जगदम्बा स्टिल (फलामे रड) दक्ष जनशक्ति नहुँदा यस्तो भएको भन्दै विभागमा उत्तर पठाएको देखिन्छ । गल्ती स्वीकार गरेपनि राजधानीमा जगदम्बा स्टिल (फलामे रड)बाट बनेको सयौ घरको जिम्मा अब कसले लिने हो । यो प्रश्न अब आम जनता मन मुटुमा छ । जम्दम्बा स्टिलबाट बनेका घरहरुको भविष्य चिन्ताजनक बनेको देखिन्छ ।

गुणस्तर तथा नापतौल विभागका अनुसार मर्काउँदा भाँचिने रड उत्पादन गरेको शंकर ग्रुपले सो लटमा उत्पादन गरेका ३ सय टन सामान अझै गोदाममै छन् । सो परिणामा बजारमा पुगेर पनि प्रयोग भईसकेको देखिन्छ ।

कम्पनीले १६ एमएमको टीएमटी बार फी ५०० रडमा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेको भेटिएको विभागले जनाएको छ । घर बनाउँदा जगदम्बाको रड प्रयोग गरिरहेका बालाजु बोहोराटारका श्रीकृष्ण भट्टराईले विभागमा उजुरी दिएका थिए । कम्पनीले गोदाममा स्टक रहेको सामान नष्ट गर्ने बताइसकेको त छ । तर, यो सम्भव देखिन्छ ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको देखिन्छ । आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दाबी गर्दै उपभोक्ता झुक्याउँदै आएको जगदम्बा स्टिल्सले अहिले गुणस्तरहीन फलामे डन्डी बिक्री गरी उपभोक्तालाई चरम ठगी गर्दै आएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । तर, यसबाट बनेका घरहरुको जिम्मा कसले लिने हो ।

विभागले गत शुक्रबार सो कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको ‘१६ एमएमको टिएमटी बार’ फलामे डन्डी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । कारबाहीस्वरूप विभागले १६ एमएम साइजमा इजाजत रोक्ने, सो उद्योगबाट उत्पादित करिब ३ सय टन गुणस्तरहीन फलामे डन्डीलाई विभागका प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गरी बिक्री वितरण हुन नदिने निर्णय गरेको देखिन्छ । यो राम्रो पक्ष हो । तर, बनेको सयौ घरको जिम्मा कसले लिने ?

जगदम्बाको बजारमा गएका ती सबै रड फिर्ता गर्नुपर्नेछ । जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको देखिन्छ ।
संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।

मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पंक्तिकारसंग कुरा गर्दै भने जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस्तो गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाउनुपरेको बताए ।

गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गर्दा यस्तो कमजोरी भेटिएको जानकारी गराउँदै उनले मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाइएको बताए । उनले अहिले सो ब्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन समेत दिइएको बताए । तर, यो सम्भब देखिदैन । उपभोक्ता अब आफै सचेत बन्नुपर्ने अबस्था आएको देखिन्छ ।

अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत सो उद्योगलाई निर्देशन दिएको बताउँदै उनीले भने, ‘विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ नि ।’ निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका डन्डी फिर्ता लिनुपर्नेछ । तर, बनेको घरको जिम्मा चाहि कसले लिने हो ?

उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले सो परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले जगदम्बा स्टिल प्रालिलाई लेखेको पत्रमा लेखिएको छ ।

यस कम्पनीबाट उत्पादिन डण्डी परीक्षणको क्रममा जगदम्बा स्टिलको फलामे डन्डीमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । गत साउनमा काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डन्डी भाँच्चिएको फेला परेको थियो । सो डन्डी गुणस्तरहीन भएको भन्दै घरधनी भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो । डन्डी न्यून गुणस्तरको पाइएपछि कारबाही अघि बढाएको हो ।

अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कबाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितमा बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ ।
यसअघि पनि जगदम्बा स्टिलका उत्पादनमा धेरै पटक प्रश्न उठेको थियो ।

समस्या आएका ठाउँमा सो कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो  । तर, कार्यन्वयन भएको देखिदैन ।

अहिले काठमाडौ महानगरपालिका–१६ बोहोराटारका भट्टराईको घर पनि बिमा गरिदिने र क्षतिपूर्ति दिने आश्वासन सो कम्पनीले दिएको स्रोतको दाबी छ । यस्तो घर निर्माणमा संलग्न सरोकारवालाले हाल जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कबाडी फलामसमेत संकलन र प्रशोधन गरी नयाँ रड बनाउने गरेकाले यस्तो समस्या आएको दाबी गरेका छन् ।

उनीहरूका अनुसार अहिले जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ । त्यसलाई रड बनाउन प्रयोग गरिन्छ । यस्तो कबाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ । अधिकांश उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलो पटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा खेरजाने खालका कबाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ ।

शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको व्यावसायिक घराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यही ग्रुपका अर्का सञ्चालक सुलभ अग्रवाल कोरोना महामारीबाट बच्न गत ११ चैतबाट सरकारले लगाएको लकडाउनको बेला ज्वरो नाप्न प्रयोग हुने थर्मलगन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका थिए । यो ग्रुपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

शंकर ग्रप सन् १९७९ मा स्थापना भएको व्यावसायिक गराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यो गु्रपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो । जगदम्बाको गुणस्तरमा भने यसअघि पनि सधैँ प्रश्न उठ्दै आएको छ । जसका कारण उपभोक्ताले विभिन्न मानसिक तनाव बेहोर्दै आएको देखिन्छ । राज्यले यस्ता बदमासी गर्ने माथी तत्कालै कारवाही गर्नु पर्ने आम उपभोक्ताको माग छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, सञ्चालकमा ४ जना नियुक्त

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

भदौ २६ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले संस्थापक समूहको सञ्चालक पदमा विशाल अग्रवाल सहित चार जनालाई निर्वाचित गरेको छ । सभाले विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई सञ्चालक पदमा निर्वाचित गरेको हो ।

सभा पश्चात बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा मार्फत निर्वाचित भएका सञ्चालक विशाल अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नेपाल फाइनान्सको आठ वर्षको संयुक्त साधारणसभा असोज १० मा

नेपाल फाइनान्सले आठ वर्षदेखि बाँकी रहेका सबै साधारणसभा संयुक्तरूपमा असोज १० मा आयोजना गर्ने भएको छ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि २०७५/७६ सम्मको २० औंदेखि २७औं वार्षिक साधारणसभा गर्न सकेको छैन। बाँकी सबै साधारणसभा कम्पनीले एकैपटक भदौ ११ मा गर्नेगरि सेयरधनीहरूलाई बोलाएको थियो । तर, कोरोना संक्रमण रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारीसँगै सभा सम्मेलन गर्न रोक लाग्यो। त्यसपछि उक्त मितिका लागि तय गरिएको सभा स्थगित भएको थियो।

कम्पनीको आइतबार बसेको संचालक समिति बैठकले बाँकी रहेका सबै वर्षको साधारणसभा आगामी असोज १० मा गर्ने निर्णय गरेको छ। उक्त दिन कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा हुने सभा बिहान ११ बजेदेखि सुरू गर्ने निर्णय सञ्चालक समिति बैठकले गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखिको वार्षिक वित्तीय विवरण पारित गर्ने र लेखा परीक्षकको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव सभामा लैजाँदै छ। कम्पनीले मर्जर तथा प्राप्तिका लागि आवश्यक प्रक्रिया बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ।

यस्तै, कम्पनीले १ः१.७५ को अनुपातमा १७५ प्रतिशत हकप्रद सेयर जारी पनि साधारणसभाको अर्को एजेन्डा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३० करोड ५५ लाख रुपैयाँ छ। प्रस्तावित हकप्रदपछि यो ८४ करोड २ लाख रुपैयाँ पुग्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले सेयरधनी दर्ता पुस्तिका साउन २६ मा बन्द गरेको थियो। यसअनुसार साउन २५ सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन तथा हकप्रद सेयर निष्कासनपछि यसको खरिद आवेदन दिन सक्नेछन्।

अब निजी ल्याबको रिपोर्टको आधारमा समेत कोरोना बिमाको दाबीभुक्तानी पाइने

तीव्र विरोध र असन्तुष्टिपछि बिमा समितिले स्वास्थ्य मन्त्रालयबाट कोभिड १९ परीक्षणका लागि सूचिकृत भएका निजी ल्याबको रिपोर्टलाई समेत मान्यता दिई कोरोना बिमाको दाबीभुक्तानी पाइने व्यवस्था गरेको छ ।

साउन २१ गते जारी कोरोना मापदण्ड, २०७७ र कोरोना बिमालेखमा समेत संसोधन गर्दै समितिले यस्तो व्यवस्था गरेको हो ।

मापदण्डमा यसअघि सरकारी ल्याबहरुबाट आएको कोरोना रिपोर्टका आधारमा मात्र कोरोना बिमा गर्नेले दाबीभुक्तानी पाउने भनिएको थियो । तर, स्वास्थ्य मन्त्रालयले कोभिड १९ परीक्षणका लागि निजी ल्याबहरुलाई समेत सूचिकृत गरिसकेको अवस्थामा कोरोना बिमाको यो मापदण्डको तीव्र विरोध भएको थियो । यहीकारण बिमा समितिले मापदण्डमा समयसापेक्ष संसोधन गर्दै अब निजी ल्याबको रिपोर्टका आधारमा समेत कोरोना बिमाको दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

योसँगै बिमासमितिले कोरोना बिमा अन्तर्गत एकल बिमालेख सम्बन्धी व्यवस्था समेत हटाएको छ । अब भने कोरोना बिमाका लागि सामूहिक बिमालेख मात्र खरीद गर्न सकिनेछ ।

कोरोना बिमा मापदण्ड २०७७ को परिच्छेद(३) को दाबीभुक्तानी शीर्षकको दफा ११ मा समितिले देहाय अनुसारको संसोधन र थप गरेको छः

एन आई सी एशिया बैंकद्वारा ७.७५ प्रतिशत ब्याजदरमा Loan Against Share योजना सार्वजनिक

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक कर्जा योजनाहरू पस्किने क्रममा यस एन आई सी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा Loan Against Share को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहक महानुभावहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई उचित पहिचान गरी यस बैंकले ग्राहक महानुभावहरूमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको हो ।

ग्राहक महानुभावहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नुहुनेछ । यस योजना अन्तर्गत न्यूनतम रू. १ करोड देखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत रू. ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ ।

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहक महानुभावहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चात्को ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको छ । साथै यसम्बन्धी जानकारी लिनको लागि ३४४८८ मा ीयबल टाइप गरी एस एम एस (SMS) वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहक महानुभावहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

बिध ल्याबमा अब दुई हजार रुपैयाँमै पीसीआर टेस्ट

कोरोना संक्रमितको संख्या बढिरहँदा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटेको छ । अब नेपालमा दुई हजार रुपैयाँमै पीसीआर टेष्ट हुनेछ ।

ललितपुरमा रहेको बिध ल्याबले व्यक्तिगत खर्चमा पीसीआर गर्दा अहिले लाग्ने शुल्कमा आधा घटाएर दुई हजार रुपैयाँमै पीसीआर टेस्ट गर्न सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पीसीआर टेस्टको शुल्क घटाइएको कम्पनीका सञ्चालक भीम भण्डारीले जानकारी दिए ।

उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा एउटा पीसीआर टेस्ट किटको मूल्य १६०० रुपैयाँ पर्छ । त्यतिबेला सरकारले पीसीआर टेस्टमा ५५ सय रुपैयाँसम्म उठाउन पाउने व्यवस्था गर्दा बिधले ४ हजार रूपैयाँ मात्र लिएको थियो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पीसीआर टेस्ट किटको मूल्य ८ सय रूपैयाँमा झरेको छ । ल्याबमा अहिले ड्यान जिन कम्पनीको पीसीआर टेस्ट किटको प्रयोग गर्ने गरिएको छ ।

पीपीई लगायत स्वास्थ्य सामग्रीको खर्च समेत कम भएकाले आइतबारदेखि गरी पीसीआर टेस्टको शुल्क २ हजार रुपैयाँ कायम गरिएको भण्डारीले जानकारी दिए ।

एउटै पीसीआर टेस्टमा धेरै नाफा राख्नुभन्दा थोरै नाफा राखेर धेरै टेस्ट गर्नु संस्था र राज्यका लागि फाइदाजनक हुने भएकाले नयाँ शुल्क लागू गरिएको भण्डारीले बताए ।

उनले अनलाइनखबरसँग भने ‘एउटा कम्पनीले १०० जनाको परीक्षणका गराउँदा ४ लाख लाग्नेमा अब त्यही पैसाले २०० जनाको परीक्षण गर्न सकिने भयो । यस्तो अवस्थामा संस्थागत पीसीआर परीक्षणको संख्या पनि बढ्न जान्छ, जुन कोरोना रोकथामका लागि सहयोगी बन्न सक्छ ।’

असार १३ गतेदेखि पीसीआर टेस्ट सुरु गरेको ल्याबले भदौ २७ गतेसम्म प्रतिपीसीआर ४ हजार  रुपैयाँ शुल्क तोकेको थियो । यो समयमा साढे १० हजार पीसीआर टेस्ट भएको छ ।

अब ल्याबले शुल्क २ हजारमा झारेको छ । विदेशबाट आएकाहरूलाई तोकिएको मूल्यमा पनि १०० रुपैयाँ छुट दिने भएको छ । यो समय धेरै नाफाका लागि भन्दा पनि संस्थाको इमेज बनाउने समय समेत भएकोले राष्ट्रिय अर्थतन्त्रको अवस्थालाई हेरेर यस्तो शुल्क घटाउने निर्णय गरिएको पनि उनले बताए ।

सनराइज बैंकको ग्रिनपिन सेवा

सनराइज बैंकले सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा शुरु गरेको छ ।

यस सेवाको सुरु सँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सन्राइज बैंककोे एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिनपिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुदाँ यो सुबिधा पहिलेभन्दा अझै सुरक्षित हुने बैकको विश्वास छ ।

साथै, कागजिपिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निवेदन दिए पश्चात तत्कालै कागज बिहिन ग्रिन पिन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली जिल्ला)  बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका छन ।

सम्झौतापछि नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताए ।

नगर प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसंग सम्बन्धित लक्ष्य प्राप्त गर्नकोलागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।

कार्यक्रम कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गर्नुभएको थियो । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, कम्पनी सचिव भोलानाथ पौडेल, राजन घिमिरे, प्रकाश राई, नगरपालिकाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

बैंकहरूले अब पुँजीको संरचना परिवर्तन गर्दा पूर्व स्वीकृत लिनुपर्ने

बैंकहरूले अब पुँजीको संरचना परिवर्तन गर्दा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था भएको छ । पहिले बैंकहरूको आफ्नै साधारणसभाले पारित गरेर कम्पनी रजिष्ट्रार कार्यालयमा जानुअघि मात्रै त्यस्तो स्वीकृति लिनुपर्ने व्यवस्था थियो ।

तर, अहिले कुनै पनि बैंकले आफ्नो पुँजीको संरचना परिवर्तन गर्न खोजेको खण्डमा राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकले गत साता जारी गरेको एकीकृत निर्देशिका, २०७७ ले यस्तो व्यवस्था गरेको हो ।

कुनै पनि बैंकको लगानीकर्ताले कम्पनीको अन्तिम हिताधिकारीको बारेमा प्रमाण खुल्ने कागजातसहित आर्थिक वर्ष सकिएको ९० दिनभित्र पेश गर्नुपर्ने छ । विदेशी साझेदारको हकमा सम्बन्धित देशले प्रमाणित गरेको कागजात चाहिने व्यवस्था गरेको छ ।

त्यस्तै बैंकले नगद कारोबार, क्रसबोर्डर कारोबार र विदेशी मुद्रा कारोबारको अलगअलग रिपोर्टिङ गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको छ । यसअघि यस्तो कारोबारलाई समग्रतामा हेरिने गरिएको थियो ।

वित्तीय जानकारी ईकाईमा १० लाखभन्दा बढीका कारोबारको रिपोर्टिङ गर्नुपर्नेमा अब स्कूल, कलेज, हस्पिटल, बीमा, सहकारी, सेना प्रहरी लगायत संस्थाको कारोबारलाई त्यसमा रिपोर्टिङ गर्न नपर्ने व्यवस्था पनि गरेको छ । खातामा न्यूनतम ब्यालेन्स नभएको यसअघि कुनै जरिवाना लिन नपाउने व्यवस्था रहेकोमा अब भएको ब्यालेन्समा न्यूनतम ब्याज पनि दिनुपर्ने व्यवस्था गरिएकोे छ ।

त्यस्तै ऋणको नवीकरण शुल्क लोन प्रोसेसिङ शुल्कको २० प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था थप राष्ट्र बैंकले गरेको छ । अहिले वाणिज्य बैंकले ऋणको प्रोसेसिङ शुल्कमा ०.६० प्रतिशतले घटेको छ । अब बैंकहरूले ऋणको नवीकरण शुल्क लोन प्रोसेसिङ गर्दा ०.७५ भन्दा बढी लिन नपाउने गरेकोमा अब नवीकरण गर्दा ०.१५ प्रतिशतसम्म मात्रै नवीकरण शुल्क लिन पाउने व्यवस्था गरेकोे छ । अग्रिम भुक्तानी शुल्क, लोन स्वाप शुल्क र नवीकरणीय ऋणको नवीकरण शुल्कमा भने ०.२० प्रतिशतसम्म शुल्क लिन पाइनेछ ।

बैंकले कोभिडको बेला कर्जाको ब्याजदरमा छुट दिएको छ कि छैन भनेर लेखापरीक्षकले छुट्टै रिपोर्ट बुझाउनुपर्ने व्यवस्था पनि एकीकृत निर्देशिकाले गरेको छ ।

बैंकहरुले बनाएको वार्षिक बजेट आर्थिक वर्ष सकिएको ४५ दिनभित्र राष्ट्र बैंकमा पठाउनु पर्नेे छ । यसअघि यो १५ दिन थियो । १५ दिनमै सबै प्रक्रिया पूरा गर्न अप्ठ्यारो पर्दै आएको अवस्थामा बैंकहरुलाई यो सुविधा दिइएको हो ।

बैंकहरुले नयाँ सिस्टम लागू गरेको १ वर्षभित्र पहिलोपटक र त्यसपछि २, २ वर्षमा निरन्तर सिस्टमको अडिट गर्दै जानुपर्ने व्यवस्था पनि गरिएको छ ।

युनिक नेपाल लघुवित्तले २ करोड ७० लाखको आईपीओ जारी गर्ने

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २ करोड ७० लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थालि. को अधिकृत पूँजी १० करोड, जारी पूँजी ९ करोड, र चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी ९ करोड हुनेछ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५/४/१८ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ सालपौष १ गतेदेखि आफ्नो वित्तीयकारोवारको शुुभारम्भ गरेको हो ।

कोहलपुर, बाँकेमाकेन्द्रीयकार्यालय रहेको यस वित्तीयसंस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र मध्ये बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालय मार्फत् ८२,८६५ विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी १ अर्ब ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ बचत संकलन तथा २ अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह रहेको छ ।

स्थापनाकाल देखि नै नाफामा संचालन रहेको युनिक नेपाल लघुवित्त संस्था लिमिटेडले आ.व.०७६/०७७ आषाढ मसान्तसम्ममा ४ करोड ५ लाख खुद मुुनाफा गरेको छ ।

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालित सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा भएको छ ।

सनराइज बैंकबाट प्रवद्र्धन गरिएको र सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको फण्डका इकाईधनीहरुलाई करसहित ७ प्रतिशतले हुन आउने ६ करोड २ लाख प्रतिफल वितरण गर्ने घोषणा गरिएको हो ।

सनराइज क्यापिटलको भदौ २५ गते सम्पन्न बैठकले आव २०७६÷७७ का लागि उक्त प्रतिफल दिने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले जनाएका छन् ।

बैंक अफ काठमाण्डूको ग्राहक महानुभावहरुलाई इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजना

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले आफुलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नुहुनेछ ।

यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, Music System, लुगा धुने मेसीन, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances किस्ताबन्दीमा खरिद गर्न सक्नुहुनेछ ।

यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनैपनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र CG Digital Pvt. Ltd. बिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहक महानुभावहरुलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।