जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शंकर गु्रपको जगदम्बा फलामे रड र सिमेन्टदेखि होसियार, गुणस्तर तथा नाप तौल विभागद्वारा बिक्री वितरणमै रोकः राजधानीका सयौ घरहरुको भविष्य चिन्ताजनक ?

शंकर गु्रपको जगदम्बा फलामे रड र सिमेन्टदेखि होसियार, गुणस्तर तथा नाप तौल विभागद्वारा बिक्री वितरणमै रोकः राजधानीका सयौ घरहरुको भविष्य चिन्ताजनक ?

कोरोना महामारीबीच लाभ उठाउन स्वास्थ्य सामाग्री थर्ममिटरमा कालाबजारी गर्ने त कहिले आफ्नै कम्पनीबाट उत्पादित सिमेन्ट र फलामे रडमा ठगी गर्ने शंकर ग्रुपले आम उपभोक्ताहरुलाई चिन्तित तुल्याएको देखिन्छ । शंकर गु्रपका शंकर अग्रवालले ४ वर्ष अगाडी उत्पालन शुरु गरेको मंगला सिमेन्टमा नेपाल गुणस्तर तथा नाप तौल विभागले कारवाही गरेको केही दिन पछि फेरि शंकर ग्रुपबाट उत्पादित जगदम्बा रड गुणस्तरहिन भएको भेटिए पछि विभागले कारवाही गरेको खुलेको छ ।

सुलभ अग्रवाल सञ्चालक रहेको जगदम्बा स्टिल (फलामे रड) दक्ष जनशक्ति नहुँदा यस्तो भएको भन्दै विभागमा उत्तर पठाएको देखिन्छ । गल्ती स्वीकार गरेपनि राजधानीमा जगदम्बा स्टिल (फलामे रड)बाट बनेको सयौ घरको जिम्मा अब कसले लिने हो । यो प्रश्न अब आम जनता मन मुटुमा छ । जम्दम्बा स्टिलबाट बनेका घरहरुको भविष्य चिन्ताजनक बनेको देखिन्छ ।

गुणस्तर तथा नापतौल विभागका अनुसार मर्काउँदा भाँचिने रड उत्पादन गरेको शंकर ग्रुपले सो लटमा उत्पादन गरेका ३ सय टन सामान अझै गोदाममै छन् । सो परिणामा बजारमा पुगेर पनि प्रयोग भईसकेको देखिन्छ ।

कम्पनीले १६ एमएमको टीएमटी बार फी ५०० रडमा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेको भेटिएको विभागले जनाएको छ । घर बनाउँदा जगदम्बाको रड प्रयोग गरिरहेका बालाजु बोहोराटारका श्रीकृष्ण भट्टराईले विभागमा उजुरी दिएका थिए । कम्पनीले गोदाममा स्टक रहेको सामान नष्ट गर्ने बताइसकेको त छ । तर, यो सम्भव देखिन्छ ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको देखिन्छ । आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दाबी गर्दै उपभोक्ता झुक्याउँदै आएको जगदम्बा स्टिल्सले अहिले गुणस्तरहीन फलामे डन्डी बिक्री गरी उपभोक्तालाई चरम ठगी गर्दै आएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । तर, यसबाट बनेका घरहरुको जिम्मा कसले लिने हो ।

विभागले गत शुक्रबार सो कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको ‘१६ एमएमको टिएमटी बार’ फलामे डन्डी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । कारबाहीस्वरूप विभागले १६ एमएम साइजमा इजाजत रोक्ने, सो उद्योगबाट उत्पादित करिब ३ सय टन गुणस्तरहीन फलामे डन्डीलाई विभागका प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गरी बिक्री वितरण हुन नदिने निर्णय गरेको देखिन्छ । यो राम्रो पक्ष हो । तर, बनेको सयौ घरको जिम्मा कसले लिने ?

जगदम्बाको बजारमा गएका ती सबै रड फिर्ता गर्नुपर्नेछ । जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको देखिन्छ ।
संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।

मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पंक्तिकारसंग कुरा गर्दै भने जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस्तो गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाउनुपरेको बताए ।

गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गर्दा यस्तो कमजोरी भेटिएको जानकारी गराउँदै उनले मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाइएको बताए । उनले अहिले सो ब्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन समेत दिइएको बताए । तर, यो सम्भब देखिदैन । उपभोक्ता अब आफै सचेत बन्नुपर्ने अबस्था आएको देखिन्छ ।

अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत सो उद्योगलाई निर्देशन दिएको बताउँदै उनीले भने, ‘विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ नि ।’ निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका डन्डी फिर्ता लिनुपर्नेछ । तर, बनेको घरको जिम्मा चाहि कसले लिने हो ?

उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले सो परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले जगदम्बा स्टिल प्रालिलाई लेखेको पत्रमा लेखिएको छ ।

यस कम्पनीबाट उत्पादिन डण्डी परीक्षणको क्रममा जगदम्बा स्टिलको फलामे डन्डीमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । गत साउनमा काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डन्डी भाँच्चिएको फेला परेको थियो । सो डन्डी गुणस्तरहीन भएको भन्दै घरधनी भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो । डन्डी न्यून गुणस्तरको पाइएपछि कारबाही अघि बढाएको हो ।

अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कबाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितमा बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ ।
यसअघि पनि जगदम्बा स्टिलका उत्पादनमा धेरै पटक प्रश्न उठेको थियो ।

समस्या आएका ठाउँमा सो कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो  । तर, कार्यन्वयन भएको देखिदैन ।

अहिले काठमाडौ महानगरपालिका–१६ बोहोराटारका भट्टराईको घर पनि बिमा गरिदिने र क्षतिपूर्ति दिने आश्वासन सो कम्पनीले दिएको स्रोतको दाबी छ । यस्तो घर निर्माणमा संलग्न सरोकारवालाले हाल जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कबाडी फलामसमेत संकलन र प्रशोधन गरी नयाँ रड बनाउने गरेकाले यस्तो समस्या आएको दाबी गरेका छन् ।

उनीहरूका अनुसार अहिले जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ । त्यसलाई रड बनाउन प्रयोग गरिन्छ । यस्तो कबाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ । अधिकांश उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलो पटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा खेरजाने खालका कबाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ ।

शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको व्यावसायिक घराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यही ग्रुपका अर्का सञ्चालक सुलभ अग्रवाल कोरोना महामारीबाट बच्न गत ११ चैतबाट सरकारले लगाएको लकडाउनको बेला ज्वरो नाप्न प्रयोग हुने थर्मलगन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका थिए । यो ग्रुपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

शंकर ग्रप सन् १९७९ मा स्थापना भएको व्यावसायिक गराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यो गु्रपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो । जगदम्बाको गुणस्तरमा भने यसअघि पनि सधैँ प्रश्न उठ्दै आएको छ । जसका कारण उपभोक्ताले विभिन्न मानसिक तनाव बेहोर्दै आएको देखिन्छ । राज्यले यस्ता बदमासी गर्ने माथी तत्कालै कारवाही गर्नु पर्ने आम उपभोक्ताको माग छ ।

16105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?