जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

वाणिज्य बैंक नाफामा कर्जा नोक्सानी व्यवस्थाले भरथेग, २.८१ प्रतिशत वृद्धि हुँदा कुनको कति?

आर्थिक शिथिलताले व्यवसाय बढाउन नसक्दा त्यसको असर वाणिज्य बैंकहरुको ब्यालेन्स सिटमा परेको छ।
चालु आर्थिक वर्ष ८ महिनामा वाणिज्य बैंकहरुले पोहोरको सोही अवधिको तुलनामा मुनाफा जम्मा २.८१ प्रतिशतले बढाएका छन्। यो वृद्धि कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले लिएको लचिलो नीतिका कारण सम्भव भएको हो।

२० वटा बैंकले ८ महिनामा ४३ अर्ब ४९ करोड रुपैयाँ मुनाफा कमाएका छन्। ११ बैंकले नाफा बढाउँदा ९ वटाको भने खुम्चिएको छ।

नेपाल बैंकको नाफा सबैभन्दा धेरै १३२.९ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ४ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ।

राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेका कारण नाफा बढेको बैंकरहरूले बताएका छन्। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था घटाएको थियो।

राष्ट्रिय वाणिज्य, हिमालयन, एनआइसी एशिया, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, कृषि, सिटिजन्स र प्राइम बैंकको नाफा भने खुम्चिएको छ।

बैंकप्रति विश्वास घट्यो, विशिष्टिकृत संस्था र क्रेडिट स्कोरिङ लागू गरौं : सुझाव आयोग

बैंकहरूलाई विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न सुझाव दिएको छ । उच्चस्तरीय आर्थिक सुझाव आयोगले कर्जा लगानी गर्दा अधिकेन्द्रित जोखिम नआउने गरी अर्थतन्त्रका फरक फरक क्षेत्रमा कर्जा लगानीको लागि बैंकहरूलाई विशिष्टिकृत वित्तीय संस्थाको रुपमा विकास गर्न सुझाव दिएको हो ।

वित्तीय साधनको उत्पादनशील लगानी बढाउनु पर्ने आवश्यकता रहेको आयोगको सुझाव छ । वित्तीय उदारीकरण र वित्तीय सुधारसँगै बैंकिङ क्षेत्र तीव्र विस्तार भए पनि उत्पादनमूलक लगानी बढ्न नसक्दा आर्थिक वृद्धि दर खासै बढ्न नसकेको आयोगको निष्कर्ष छ । साथै प्रवाहित कर्जा घरजग्गा र आयातमा केन्द्रित हुन पुगेको उल्लेख छ ।

‘बैंकिङ क्षेत्र विस्तार भइरहेको समयमा नेपालले एक दशक लामो आन्तरिक द्वन्द्व व्यहो–यो भने आन्तरिक द्वन्द्वको समाप्तीसँगै एक दशक लामो उर्जा संकट र मजदुर आन्दोलन भोग्नु पर्दा बैंकिङ क्षेत्रको वित्तीय साधन उत्पादनमूलक क्षेत्रमा प्रवाह हुन सकेन । उदारीकरणसँगै भारत र चीनको उत्पादन निर्वाध आप्रवाहसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकेन । बैंकिङ क्षेत्रले परिचालन गरेको वित्तीय साधन अधिक रुपमा घरजग्गातर्फ प्रवाहित भएकोले घरजग्गाका मूल्यहरू उच्च मात्राले बढ्न पुग्दा उत्पादन लागत थप महङ्गो भई नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता थप कमजोर भएको छ,’ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय घरजग्गा बजार शिथिल हुन पुग्दा घरजग्गामा गरेको लगानी उठ्न नसक्दा बैंकिङ क्षेत्रको कर्जा असुली प्रभावित भएको छ । दुई तिहाइ भन्दा बढी कर्जा लगानी घरजग्गाको धितोमा हुने गरेकोले घरजग्गाको मूल्य र यसको बजारमा आउने उतारचढावले धितोको मूल्य परिवर्तन भई कर्जा प्रवाहमा पनि उतारचढाव आउने गरेको आयोगको विश्लेषण छ । सहकारीमा आएको समस्या कुनै न कुनै रुपमा बैंकिङ क्षेत्रसँग पनि जोडिएको र केही सहकारीमा आएको समस्याले गर्दा बचतकर्ताले बचत फिर्ता नपाएका, साना व्यवसायीहरूले ऋण पाउन नसक्दा आर्थिक गतिविधि प्रभावित भइ बैंकको कर्जा असुली समेत प्रभावित भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

‘सहकारीबाट ठूलो मात्रा ऋण लिएका व्यक्तिहरूले बैंकबाट पनि ऋण लिएको देखिन्छ । कतिपय बैंकबाट ऋण लिएर सहकारीमा बचत गरेको पनि पाइन्छ । सहकारीको समस्यासँगै त्यस्ता ऋणीले बैंकको ऋण तिर्न पनि सकिरहेका छैन । सहकारीको नियमन र सुपरिवेक्षण गर्न सहकारी नियमन प्राधिकरण गठन गरिएको छ। तर, समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएको अवस्थामा बचतकर्ताको निक्षेप फिर्ता र सहकारी संस्थाको प्रभावकारी नियमन र सुपरिवेक्षण चुनौतीपूर्ण रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार बैंकिङ क्षेत्रको ब्याजदर कम्तीमा उत्पादनशील क्षेत्रको लागि स्थिर बनाउनु आवश्यक छ । नेपालको विनिमय दर भारतीय मुद्रासँग स्थिर रहेको छ । यसले गर्दा बाह्य क्षेत्रमा आउने उतारचढावले आन्तरिक रुपमा बैंकिङ क्षेत्रको तरलतामा प्रभाव पार्दै ब्याजदरमा उतारचढाव ल्याएको छ ।

घरजग्गा धितो बिना परियोजना धितोमा कर्जा लगानी गर्ने प्रवृतिको कमी रहेको छ । यसले गर्दा कर्जाको लागि समेत घरजग्गामा लगानी गर्नुपर्ने बाध्यता रहेको छ । धितोको अभावले गर्दा पनि धेरै जना खास गरी स्टार्टअपको बैंकको कर्जामा पहुँच पुग्न नसकेको आयोगले औँल्याइएको छ । साथै अर्कातर्फ व्यक्तिगत विश्वास घटिरहेको अवस्थामा बिना धितो लगानी गर्न पनि जोखिमयुक्त छ । व्यक्तिगत क्रेडिट स्कोरिङको व्यवस्था हुने हो भने स्कोरिङको आधारमा बैंकहरूलाई कर्जा प्रवाह गर्न सहज हुने देखिन्छ । किनभने, व्यक्तिहरूको वित्तीय कारोबारको प्रवृत्ति र विश्वसनीयताको आधारमा क्रेडिट स्कोरिङ बन्दछ ।

यस्ता छन् बैंकिङ क्षेत्र सुधारका लागि आयोगका सुझावहरू
ब्याज अनुदान दिने गरी प्रवाह गरिने सहुलियत कर्जा प्रवाह गर्ने काम सङ्घीय सरकारले नगरी स्थानीय तहले गर्न उपयुक्त हुने ।
बैंकिङ प्रणालीका प्रशस्त तरलता रहेको र निजी क्षेत्रले कर्जा माग नबढाइ रहेको अवस्थामा सरकारले उच्च प्रतिफल दिने आयोजना तोकी पूर्वाधार वण्ड जारी गरेर लगानी गर्नुपर्ने । साथै, नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको लागि उर्जा बण्ड जारी गरेर लगानी गर्नु पर्ने ।

कर्जा सूचना केन्द्रको क्षमता विकास र आवश्यक कानुनी प्रवन्ध सहित व्यक्तिगत क्रेडिट स्कोरिङ निकाल्ने काम शुरु गर्ने । सबै खालका बैंक तथा वित्तीय संस्था र सहकारीहरूको पनि कर्जा सूचना एकिकृत ढङ्गले राखे र कर्जा प्रवाह गर्दा प्रभावकारी ढङ्गले प्रयोग गर्ने । उत्त्पादनमुलक उद्योग, साना तथा लघुउद्यम व्यवसाय र निर्यातकर्ताहरूलाई ३ देखि ५ वर्ष अवधिको स्थिर ब्याजदरमा कर्जा उपलब्ध हुने व्यवस्था गर्ने । सो अनुरुपको नियामकीय व्यवस्था नेपाल राष्ट्र बैंकले गर्ने ।

अर्थतन्त्रमा आफ्नै विशेषता भएका विभिन्न आर्थिक क्षेत्रहरू हुने गर्दछन् । तिनीहरूको उत्पादन चक्र, नगद प्रवाहको चक्र, र जोखिमको स्थिति फरक फरक हुने गर्दछ । कर्जा लगानी गर्दा अधिकेन्द्रित जोखिम नआउने गरी अर्थतन्त्रका फरक फरक क्षेत्रमा कर्जा लगानीको लागि बैंकहरुलाई विशिष्टिकृत वित्तीय संस्थाको रुपमा विकास गर्ने ।

बैंकिङ क्षेत्र, निजी उद्यम व्यवसायी र सरकारको सहकार्यमा युवाहरूमा उद्यमशीलता विकासको कार्य गर्ने । यसले गर्दा नयाँ उद्यमीहरू सिर्जना हुने भै कर्जा माग बढ्ने । विद्यालय पाठ्यक्रममा उद्यमशीलता एवम् वित्तीय शिक्षा समावेश गर्ने ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्ने गरेको निक्षेप र कर्जा बीमाको आकार बढ्दै गएको सन्दर्भमा उक्त संस्थाको सम्भावित जोखिम बहन गर्ने क्षमता अभिवृद्धि गर्नु पर्ने । बीमाको सिद्धान्त अनुरूप बीमा गर्ने, कोषले लगानी विविधिकरण गर्ने, र पुनर्वीमा गर्ने व्यवस्था गर्ने ।

पछिल्लो समय कर्जा असूली कमजोर भै निष्कृय कर्जा र गैर बैंकिङ सम्पति बढि रहेको अवस्थामा सम्पति व्यवस्थापन कम्पनी स्थापना गर्ने । यस सम्बन्धी प्राबधान बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा वा बैंक तथा वित्तीय संस्थाको ऋण असूली ऐन, २०५८ मा राख सकिने ।
राष्ट्रिय परिचय पत्रमा आधारित इकेवाईसीको व्यवस्था गर्ने ।

अन्तर्राष्ट्रिय स्तरका नियमाकीय व्यवस्था र बैंकिङ प्रणाली संस्थागत सुशासन कायम गरी वित्तीय स्थायीत्व कायम गर्ने । चालु पुँजी कर्जा मार्गदर्शनलाई विभिन्न आर्थिक क्षेत्रको प्रकृति अनुसार उपयुक्त हुने गरि परिमार्जन गर्ने ।

सिटिजन्स बैंक र मोर्डन डायग्नोस्टिक सेन्टरबीच समझदारी

सिटिजन्स बैंक र बुटवलमा रहेका मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

लुम्बिनी विकास बैंक नेपाल पेमा आवद्ध

लुम्बिनी विकास बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका छन् ।

एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस एनसीएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लुम्बिनी विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस एनसीएस लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेश सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदानगर्दै आएको छ । एनपीएस एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको छ ।

नेपालको अग्रणी विकास बैंकहरु मध्येको लुम्बिनी विकास बैंकले देश भरी रहेका ८९ वटा शाखाहरु र २० एटीएम टर्मिनल मार्फत ६ लाख भन्दा बढि ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । लुम्बिनी विकास बैंक ८९ शाखा र २० एटीएम टर्मिनल मार्फत ५ लाख भन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको छ।

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा १० प्रतिशतसम्म छुट पाउने

माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा छुट पाउने भएका छन्। बैंकले छुटको सम्बन्धमा होटलसँग सम्झौता भएको जनाएको छ।

सम्झौताअन्तर्गत माछापुच्छ्रे बैंकका खातावाला ग्राहक, डेबिट तथा क्रेडिट कार्डवाहक, निओन कार्डवाहक ग्राहक, स्मार्ट युजरहरू र बैंकका कर्मचारीहरूले हिल्टन होटलका विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

बैंकका अनुसार ग्राहकले हिल्टन होटलमा खानपान तथा अन्य सेवाहरूमा उक्त छुटहरू प्राप्त गर्न सक्नेछन्। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको जानकारी दिएको छ।

नयाँ वर्षको अवसरमा महालक्ष्मी विकास बैंकको ७.९९% मै घर कर्जा

महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न÷निर्माण गर्न ÷पुर्नःनिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वादिगो स्रोतहरुको प्रयोग गरिएको हुनुपर्दछ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’ बाट ग्राहक केन्द्रीत बैंकको अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ भने मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ चेयर ९कुर्सी०सहयोग प्रदान गरेकोे छ । अस्पतालले आफ्नो स्थापना देखिनै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रको लागि सानै भएपनि सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि उनले बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

भृकुटीमण्डपमा ‘यामाहा ब्लुफेस्ट’को भव्य उद्घाटन

नेपालको सबैभन्दा ठूलो दुई–पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लुफेस्ट’ आजबाट काठमाण्डौको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ।सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे। कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनैपनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ।


अविश्वसनीय एक्सचेन्ज अफरहरूः

–कुनैपनि ब्रान्डको कुनैपनि बाइक साटाफेर गर्नुहोस्,

–कुनैपनि यामाहा बाइक वा स्कुटरमा रु. ५० हजार को मिनिमम भ्यालुएसन,

–अन्य कुनैपनि ब्रान्डमा रू.२५ हजार न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),

–एक्सचेन्जमा अतिरिक्त रु. १० हजार मूल्याङ्कन बोनस,

–कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९ प्रतिशतको फाइनान्सिंग,

–यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १ लाखसम्म नगद छुट

–थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १ हजार जित्नुहोस्,

–विज्ञापनको स्क्रिन सट देखाई रु ५०हजारसम्म नगद छुट जित्नुहोस्,

–यामाहा खरिदमा १ लाखसम्म नगद छुट जित्नुहोस्।


बाइक बाहेकका आकर्षणहरूः

–डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका

–कुनैपनि यामाहा मोडेलको टेस्ट राइड गर्नुहोस् रोमाञ्चक उपहारहरू घर लैजानुहोस्

–गेमिङ जोन –एक्शन–प्याक फन र प्रतियोगिताहरूमा डुब्नुहोस्

–फेसपेन्टिंग

–महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सहरूको आनन्द लिनुहोस्

–फ्री एक्सेसरिज

–यसबाहेक पनि अन्य धेरै कुराहरू

हुन्डाईले डुअल सिलिन्डरका साथ लञ्च गर्यो सबैभन्दा सस्तो सीएनजी एसयुभी, मूल्य कति ?

हुन्डाई मोटर इण्डियाले आफ्नो चर्चित र सबैभन्दा सस्तो एसयुभी ‘एक्सटर सीएनजी’को नयाँ किफायती भेरियन्ट लञ्च गरेको छ । एक्सटर हाई–सीएनजी इन्ट्री लेबल एक्स भेरियन्टका साथ उपलब्ध छ ।
यो नयाँ भेरियन्टको सुरुवाती मूल्य ७.५ लाख भारु(एक्स शोरुम)निर्धारण गरिएको छ । यसअघि एक्सटर सीएनजीलाई मिड–स्पेक एस, एसएक्स र एससी नाइट एडिशनका साथ पेश गरिएको थियो । नयाँ एक्स ट्रिमको सुरुवातका साथ एक्सटर हाई–सीएनजी अब १ लाख भारुसम्म सस्तो भएको छ ।

लुृक्स र डिजाइनको मामिलामा यो रेगुलर एक्सटर एसयुभी जस्तो छ । यसमा कम्पनीले डृुअल–सिलिन्डर प्रविधिको प्रयोग गरेको छ । अर्थात कारमा दुईवटा अलग–अलग साना सीएनजी ट्याङ्क रहेको छ । जसलाई बुट अर्थात कारको डिक्कीको तल राखिएको छ ।

यसमा १.२ लिटर क्षमताको फोर–सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ एचपी पाव र तथा ९५.२ एनएम टार्क जेनेरेट गर्नसक्छ । यो इन्जिनलाई ५ स्पीड म्यानुअल गियरबक्सका साथ जोडिएको छ । कम्पनीका अनुसार यसमा ६० लिटरको फ्युल ट्याङकी रहेको छ । यो सीएनजी एसयुभीले २७.१ किमी÷किग्रासम्मको माइलेज दिन सक्छ ।

आईएमई लाइफले ल्यायो सजिलो ई-लोन सेवा, अब बीमितले घरबाटै आवेदन दिएर ऋण पाउने

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा रामहरि अर्यालले ई–लोन सेवा उद्घाटन गरेका छन्। योसँगै कम्पनीले अब घरबाटै बीमितले ऋणका लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।

यो सेवाअन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा www.imelifeinsurance.com का माध्यमबाट ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म ई–लोनका लागि आवेदन दिन सक्नेछन्।

बीमितले कम्पनीको वेबसाइटमार्फत ऋण आवेदन चौबीसै घन्टा आफू रहेको स्थानबाटै दिन सक्नेछन् भने कार्यालय समयभित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुनेबित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्। यसरी ऋण लिनका लागि कुनै पनि अतिरिक्त सेवा शुल्क लाग्ने छैन।

ऋण सुविधा पाउनका लागि बीमितको केवाईसी प्रमाणीकरण पूरा हुनुका साथै बीमाशुल्क भुक्तानी गरेको कम्तीमा ३ वर्ष पूरा भइसकेको हुनुपर्नेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले आइएमई लाइफ ई–लोन सेवाले कम्पनीका बीमितलाई सरल र सहज कर्जा सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले डिजिटाइजेसन, अटोमेसन र द्रुत सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउँदै लैजाने प्रयासको निरन्तरता रहेको बताए।

आवेदन दिने बीमितको केवाईसी प्रमाणीकरण गर्ने प्रक्रिया र आवेदन फारम कम्पनीको आधिकारिक वेबसाइट: www.imelifeinsurance.com वा आईएमई लाइफ मोबाइल एपमा प्राप्त गर्न सकिनेछ। ई–लोन सेवासम्बन्धी थप जानकारी लिन परेमा फोनस् ०१४०२४०७१, ई–मेल: [email protected] वा वेबसाइट: www.imelifeinsurance.com मा गई जानकारी लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको सेमिनार भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यले आयोजित Capacity Enhancement for Professional Excellence in Claim Management बिषयक चौथो सर्भेयर सेमिनार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए जसमा कम्पनीका तर्फबाट शिखर इन्स्योरेन्सका महाप्रवन्धक उदित प्रसाद काफ्लले २०८१ मा आएको बाढी दाबीका सम्बन्धमा सर्भेयरका तर्फबाट नेपाल इन्स्योरेन्स सर्भेयरका महासचिव बिकास महर्जन, बिद्युतिय सवारी साधनको दाबी सम्बन्धमा सर्भेयर प्रेम लाल तामाङ, बातावरणीय जोखिमका सम्बन्धमा पुनर्बीमकका तर्फबाट हिमालयन रिइन्स्योरेन्सका तर्फबाट कार्यकारी निर्देशक सिसिर गैरे र नेपाल बीमा प्राधिकरणका तर्फबाट निर्देशक शाम्बराज लामिछानेले दाबी फछ्र्यौटमा सर्भेयरको भुमिका बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

काठमाण्डौंको एक होटलमा गरिएको कार्यक्रममा ११० जना सर्भेयर, बिभिन्न बिषयका बिषय बिज्ञ तथा कम्पनीका कर्मचारी लगायत गरी १९० जनाको सहभागिता थियो । कार्यक्रम बिहान नौ बजे देखि बेलुका सम्म चलेको थियो । कार्यक्रमको समापन समारोहको सभापतित्व शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवाल गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथ्यता नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, बिशिष्ट अतिथि नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्रा.डा.फत्त बहादुर केसी, अतिथि नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदावार श्रेत्रि रहेका थिए ।

समापन कार्यक्रममा कम्पनीको आ.व. २०८०।०८१ मा परेका दाबीमा कम्पनीबाट सर्भेयर कार्यका लागि खटिई उत्कृष्ट सेवा प्रदान गर्ने शेर बहादुर बुडा, लोचन केन्द्र देवकोटा, रविन शर्मा र अमिर खनाल सहित चार जना सर्भेयरलाई सम्मान समेत गरेकोछ । कार्यक्रमको समापन समारोहमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्ता खातका कार्यक्रमले सर्भेयरको क्षमता अभिबृधि गर्ने हुनाले कार्यक्रमको आयोजना गरेकोमा प्रसंसा गर्देै सम्मानित हुने सर्भेयरलाई बधाई दिदै यस्ता सम्मानले समय सिमा भित्र कार्य सम्पन्न गर्न उत्प्रेरणा दिएको भन्दै बधाई दिए ।

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकायहरु, कृयाकलाप रकृयाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दैगर्दा आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे।

महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमासंस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्य योजना अनुसार काम गर्दा नेपाल ग्रे लिष्टबाट बाहिर आउनसक्ने बताए ।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्ययोजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् ।

बैठकमा सहभागीहरुले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमनतथा सुरपरिवेक्षण, अनुसन्धान तथाअभियोजन, कसूरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए । नेपालगत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)को ग्रे लिष्टमा परेको थियो ।