जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२

नयाँ वर्षको अवसरमा गरिमा विकास बैंक र दराजबीच सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत सम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

यस छुट योजनाअन्तर्गत, गरिमा विकास बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले दराजको वेबसाइट वा मोबाइल एपमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्, जुन अधिकतम ७५० रुपैयाँसम्मको हुनेछ । त्यस्तै, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशतसम्म, अधिकतम ५०० रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ ।

यो योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । बैंकका कार्डहोल्डर ग्राहकहरूले छुटको फाइदा उठाउन दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध गरिएका भौचरहरूको प्रयोग गर्न सक्नेछन् ।

गरिमा विकास बैंकका १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएम मार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस नयाँ छुट योजना अन्तर्गत ग्राहकहरूलाई एक थप सुविधाजनक र आकर्षक सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेस कलेजबीच समझदारी, बैंकिङ साक्षरताबाट रोजगारी दिने

मुक्तिनाथ विकास बैंक लिमिटेड र साउथवेस्ट्रन बिजनेस कलेजबीच बैंकिङ साक्षरता विस्तार र व्यवसायिक सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अन्तर्गत बैंकले कलेजका विद्यार्थीहरूलाई आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना, लगानी, र जोखिम व्यवस्थापनसम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ । साथै योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप तथा तालिमको अवसर पनि प्रदान गरिनेछ ।

सम्झौताबाट विद्यार्थीहरूमा वित्तीय चेतना बढाउने, व्यावसायिक दक्षता अभिवृद्धि गर्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य लिइएको छ । बैंकका अनुसार यो दीर्घकालीन सहकार्यले व्यावसायिक शिक्षालाई व्यवहारमा उतार्ने सशक्त माध्यम बन्नेछ ।

यसबाहेक, मुक्तिनाथ विकास बैंकले डिजिटल सेवामा पनि ध्यान दिएको जनाएको छ । बैंकले हालै ‘मुक्तिनाथ फाइदा एप’ सार्वजनिक गर्दै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, खाता खोल्ने सुविधा, इन्टरनेट बैंकिङ र रेमिट्यान्स सेवा जस्ता डिजिटल सुविधाहरू घरमै बसि उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच दुई वर्षका लागि सहकार्य

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज, चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतका अवसरहरूमा प्राथमिकता दिनेछ ।

त्यसैगरी, बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सेन्ट लरेन्स कलेजका विद्यार्थी तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहनेछ । यस सहकार्यअन्तर्गत कलेजले आयोजना गर्ने ‘जब फेयर’ तथा अन्य व्यावसायिक कार्यक्रमहरूमा सांग्रिला डेभलपमेन्ट बैंकको पनि सहभागिता रहनेछ ।

दुई वर्षका लागि लागू गरिएको यस सहकार्यले बैंकिङ क्षेत्र र शैक्षिक संस्थाबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

२१ लाख नगदसहित हुन्डी कारोबार आरोपी पक्राउ

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंको महाबौद्धबाट एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२७ स्थित महाबौद्धबाट भारतको सुजा-३ जोगिन्दर नगर घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्दै आएकी तिब्बती मूलकी २६ वर्षीया रिक्से वाङ्मो पक्राउ परेकी हुन् ।

उनको साथबाट प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगद र एउटा आइफोन बरामद भएको प्रहरीले जनाएको छ ।

हुन्डी कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले वाङ्मोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका वाङ्मोलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक*

ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गर्नुभएको छ ।

यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन् ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

भक्तपुरमा शिखर इन्स्योरेन्सको निर्जीवन बीमा सम्बन्धी अभिमुखीकरण सम्पन्न

भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्स कम्पनीको संयुक्त आयोजनामा भक्तपुर जिल्लाका उद्योगी, व्यवसायीहरुलाई निर्जीवन बीमासम्बन्धी जानकारी गराउने उद्देश्यले बुधबार सचेतना एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।सूर्यविनायक नगरपालिकास्थित होटल घ्याम्पेडाँडामा निर्जीवन बिमासम्बन्धी सचेतना एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले उद्योगी, व्यवसायीहरु बीमाको विषयमा जानकार हुनुपर्ने आवश्यकता औल्याउँदै उद्योग, व्यवसायमा हुने आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा अपरिहार्य रहेको बताइन् । प्राकृतिक प्रकोप वा अन्य कुनै भवितव्यबाट उद्योग, व्यवसायमा हुनसक्ने जोखिमबाट बच्न बीमा सबैले गर्नुपर्ने उनको भनाइ छ ।

शिखर इन्स्योरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बीमालाई औपचारिकता मात्र नबनाई आवश्यकता बनाउनुपर्नेमा जोड दिए । उनले बीमा दुःख पर्दाको साथी रहेको भन्दै बीमा जोखिम न्यूनीकरणका लागि अनिवार्य आवश्यकता रहेको बताए । धेरैजसोको मानसिकता निर्जीवन बीमा भुक्तानी पाउन झन्झटिलो छ भन्ने रहेकोले प्रक्रियागत भएमा बीमा दाबी भुक्तानी पाउन गाह्रो छैन भन्ने विश्वास दिलाउने गरी आफूहरुले काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदितप्रसाद काफ्लेले निर्जीवन बिमाको विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले बीमा गर्दा पूरा गर्नुपर्ने प्रक्रिया, बीमाका प्रकार, बीमाले रक्षावरण गर्ने क्षेत्र, बीमा दाबी पुग्ने तथा नपुग्ने अवस्था, सम्पत्ति बीमामा विशेष नीति, विदेश यात्रा मेडिकल बीमा, सवारी साधन बीमा लगायतका विषयमा जानकारी गराएका थिए ।

यसैगरी, शिखर इन्स्योरेन्सका नायव महाप्रबन्धक सुरज राजवाहकले शिखर इन्स्योरेन्स कम्पनी लि.को इतिहास, कम्पनीले दिइरहेका सेवा, हालसम्म कम्पनीले बीमा बापत भुक्तानी गरेको रकमलगायतका बारेमा जानकारी दिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नविन प्रजापतिले बीमाको महत्वबारे प्रकाश पारे । कार्यक्रममा जिल्लाका १२० जना उद्योगी, व्यवसायीहरु सहभागी भएका थिए ।

यसैबीच, भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्स कम्पनी लि.बीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा भक्तपुर उद्योग वाणिज्य सघको तर्फबाट अध्यक्ष धौबन्जा र शिखर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पाण्डेले हस्ताक्षर गरे । संघका वरिष्ठ उपाध्यक्ष न्यौपाने, महासचिव प्रजापति र शिखर इन्स्योरेन्स कम्पनी लि.का नायव महाप्रबन्धक राजवाहकको रोहवरमा सम्झौता गरिएको हो ।

एशियन लाइफको हरिवन शाखाद्वारा बृद्ध आश्रमलाई सहयोग

एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाको १७औं वार्षिकउत्सवको पावन अवसरमा आज चैत २१ गते पद्मभूनेश्वरी बृद्ध सेवाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कम्पनीको सो शाखाले समाजिक उत्तरदायित्व बहन गर्दै शाखा प्रबन्धक सरोज केसी, अपरेसन इन्चार्जद्वय चन्देश्वर प्रसाद यादव र संजय अधिकारीको उपस्थितिमा लालबन्दी २, जुटपानी स्थित उक्त बृद्ध आश्रमलाई दाल ३० केजी, तेल १० लिटर, पिठो ३० केजी, मसला १ केजी गरि १० हजार बराबरको सहयोग गरिएको जनाएको छ ।

उक्त सहयोगबाट आश्रमका ६० जनाको लागी केही समयका लागि भएपनि राहत मिल्ले शाखा प्रमुख केसीले बताए । हरेक बर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उतरदायित्व गर्ने गरेको जानकारी दिए ।

कुमारी बैंकले मनायो २४ औं वार्षिकोत्सव

कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ । कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ ।

कुमारी बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ–आफ्नो परम्परा र सांस्कृतिको महत्व दर्शाउन “परम्परागत भेषभुषा” पहिरन गर्न प्रोत्साहित गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान तथा सम्बर्धन गर्न मद्दत पु¥याएको विश्वास लिएको छ ।

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यक्षेत्रमा “बिबिधतामा एकता” लाई जोड दिएको छ । यस पहल मार्फत, बैंकले “सबैका लागि सधैका लागि” भन्ने मूल उदेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, संस्थागत संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ । यसका साथै वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना भएको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवस्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई आर्थिक स्वरुप दुई लाख सहयोग प्रदान

बिगत १८ वर्ष देखि विश्वसनीय र सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले करिब डेढ दशक देखि एच .आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाख प्रदान गरेको छ ।

बैंकले आफ्नो १८औं बार्षिक उत्सव आँउदो बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा बैंकले यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबी लाईफ होममा हाल २७ जना एच .आई. भी संक्रमित बालबालिका आश्रित रहेका छन् ।

विशेष गरी बिपन्न समुदायमा जन्मेका एच. आई. भी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुदाँ संचालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहका बीच दुई लाखको चेक संस्थाका संचालक राज कुमार पुन लाई हस्तान्तरण गरेको हो ।

रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थोपचारमा खर्च गर्ने कुरा संस्थाका संचालक राज कुमार पुनले जानकारी दिए।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।

यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”(भर्चुअल क्रेडिट कार्ड ) सञ्चालनमा ल्याएको छ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ वटा जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आइएफसी र नेपाल राष्ट्र बैंकद्वारा नेपालमा डिजिटल वित्तीय सेवाहरूको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक

डिजिटल वित्तीय सेवाहरूले नेपालको वित्तीय क्षेत्रमा परिवर्तन ल्याउँदै वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई अगाडि बढाइरहेको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदनले दुई प्रमुख परियोजनाहरू, जापान र संयुक्त अधिराज्यका सरकारहरुको सहयोगमा सञ्चालित वित्तीय सेवाहरूमा पहुँच, र कोरियाली सरकारको सहयोगमा सञ्चालित नेपालमा डिजिटल वित्तीय सेवाहरूमार्फत नेपालको डिजिटल वित्तीय सेवाहरूको विस्तारमा भएको उल्लेखनीय प्रगतिमाथि प्रकाश पार्दछ ।

प्रतिवेदनले राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीति (एनपीएसडीएस), खुद्रा भुक्तानी रणनीतिको कार्यान्वयन र प्रभावकारी विद्युतीय भुक्तानी कारोबारलाई, विशेषगरी सेवाबाट बञ्चित समुदायहरूका लागि सहज बनाएको डिजिटल भुक्तानी प्लेटफर्महरूको वृद्धि लगायतका प्रमुख कोसेढुङ्गाहरूमाथि प्रकाश पार्दछ ।

“डिजिटल वित्त एउटा गतिशील र द्रुत गतिमा विकसित हुँदै गइरहेको क्षेत्र हो । यस प्रतिवेदनले वित्तीय संस्था र नियामकहरूलाई डिजिटल वित्त विकासको सिंहावलोकन प्रदान गर्दछ,। साथै नेपालको वित्तीय सेवा उद्योगका उद्योगमा लागि स्वस्थ र दिगो डिजिटलाइजेसन यात्रालाई प्रवद्र्धन गर्न मद्दत गर्ने अन्तर्दृष्टिहरू प्रदान गर्दछ,” दक्षिण एसियाका लागि आइएफसीका प्रबन्धक ग्रेगरी स्मिथले बताए“राष्ट्र बैंकसँगको साझेदारीमा हाम्रो लक्ष्य डिजिटल वित्तीय प्रणालीलाई सुदृढ पार्नु, वित्तमा पहुँच बढाउनु र सबैका लागि आर्थिक वृद्धिलाई अगाडि बढाउनु हो।”

विगतको एक दशकमा द्रुत इन्टरनेट विस्तार, प्राविधिक नवप्रवर्तन र विद्युतीय भुक्तानीको बढ्दो प्रयोगका कारण नेपालको वित्तीय प्रविधिमा प्रगति देखिएको छ । यी विकास क्रमहरूले वित्तीय परिदृश्यलाई नयाँ आकार दिने काम गरेका छन्, जसले गर्दा व्यवसाय र व्यक्ति दुवैका लागि नयाँ अवसरहरू सिर्जना भइरहेका छन् । उदाहरणका लागि, आर्थिक वर्ष २०१९ /२० र आर्थिक वर्ष २०२१/२२ को अन्तिम महिनाका तथ्याङ्कहरूलाई तुलना गरेर हेर्दा डिजिटल भुक्तानी १२५ प्रतिशतले बढेको देखिन्छ, जुन २८० खर्ब ९२१ बिलियन अमेरिकी डलरबाट बढेर रु ६२० खर्ब ९४७ बिलियन अमेरिकी डलर पुगेको थियो ।

डिजिटल वित्तीय सेवाहरूले वित्तीय समावेशीकरण सम्भव बनाउन, लागत घटाउन र दक्षतामा सुधार ल्याउन ठूलो सम्भावना प्रदान गर्दछन् । आइएफसीसँगको हाम्रो लामो समयदेखिको साझेदारीले यी अत्यावश्यक सेवाहरूलाई प्रत्यक्ष रूपमा र प्रशासन तथा निजी क्षेत्रसँगको साझेदारी मार्फत सबै नेपालीहरूका लागि थप समतामूलक वित्तीय भविष्य सिर्जना गर्न धेरै व्यक्तिहरुसम्म पुर्‍याउन मद्दत गर्नेछ,“ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

प्रतिवेदनले डिजिटल वित्तीय सेवाहरूमा भएको उल्लेखनीय प्रगतिमाथि प्रकाश पार्दै डिजिटल पूर्वाधार, वित्तीय साक्षरता र साइबर सुरक्षामा बढ्दो लगानी सहित विकासका अवसरहरू पहिचान गरेको छ । यो प्रगतिले प्रत्येक नागरिक डिजिटल वित्तीय सेवाहरूको प्रयोगमा आत्मविश्वासका साथ संलग्न भई त्यसबाट लाभ उठाउन सक्ने कुरा सुनिश्चित गर्नेछ ।

महालक्ष्मी विकास बैंकले पायो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन विजनेश कनेक्टद्धारा ग्राहक केन्द्रीत बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले निर्वाह गरेको भुमिकाको मुल्याङकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो ।

विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आईरहेको छ । यस सम्मानको प्राप्ती सँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरुमा वित्तीय पहुँच बाट बाहिर रहेका आम नेपाली नागरिकहरुलाई समेत बैंकिङ्ग प्रणाली भित्र ल्याउन सकिने तथा अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमा नयाँ नेतृत्व : सागर श्रेष्ठले सिइओको शपथ लिए

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसीएल) का नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनीयर सागर श्रेष्ठले आज शपथ ग्रहण गरेका छन् । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार नियुक्त भएका श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा मन्त्रालयमै शपथ दिलाइएको हो।

श्रेष्ठलाई कम्पनीका अध्यक्ष तथा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले चार वर्षको कार्यकालका लागि शपथ गराएका हुन्। शपथपूर्व श्रेष्ठ जनकपुर इञ्जिनीयरिङ कलेज, ललितपुरका प्रिन्सिपल थिए। प्रविधिमा राम्रो पकड बनाएका श्रेष्ठको नियुक्तिसँगै कम्पनीमा नयाँ ऊर्जा संचार हुने विश्वास गरिएको छ।

शपथग्रहण समारोहमा ऊर्जामन्त्री खड्काले विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उहाँले कतिपय जलविद्युत् आयोजना सम्पन्न भइसके पनि प्रसारण लाइन अभावले उत्पादन खेर गइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अब यस्तो समस्या दोहोरिन नदिने गरी काम गर्न आग्रह गरेका छन्।

कम्पनीका अध्यक्ष आचार्यले मन्त्रालयले सार्वजनिक–निजी साझेदारीअन्तर्गत प्रसारण पूर्वाधार निर्माणलाई अघि बढाइसकेको बताउँदै, निजी क्षेत्रको सहभागितासहित योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

नवनियुक्त सिइओ श्रेष्ठले मन्त्रालयले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीको संस्थागत क्षमता विस्तार, गुणस्तरीय सेवा र परिणाममुखी कार्यशैली अपनाउने बताएका छन्।