ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूलाई बेबी वार्मर प्रदान गरेको छ ।बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको महत्त्व ध्यानमा राखी बेबी वार्मर सहयोग स्वरूप प्रदान गरेको जनाएको छ ।
नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन जीवनरक्षक चिकित्सा उपकरण बेबी वार्मर (न्यानो नानी) प्रयोग गरिन्छ ।
बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अतिदुर्गम चार स्थानमा ती मेसिन जडान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकता मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका ती स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो ।
विभिन्न कार्यक्रम मार्फत बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले ती स्वास्थ्य चौकीका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिमा ती बेबी वार्मर हस्तान्तरण गरेका हुन् ।
ज्योति विकास बैंकको पहलमा बैतडी दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ । साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका–२ सर्मौली अवस्थित सर्मौली हेल्थ पोस्ट र अपि हिमाल गाउँपालिका–५ सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ ।
यस अतिरिक्त बैंकले बाजुरा बुढीगंगा नगरपालिका–२ ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थपोस्टमा पनि बेबी वार्मर जडान गरेको छ । बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसूति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकाय पनि थप उत्साहित भएका छन् ।
त्यस अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम समेत प्रदान गरिएको थियो ।
ज्ञानेन्द्रसँग बालेनले कुन–कुन शीर्षकमा मागे जरिवाना ?
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो ।महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।
शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।
राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।
यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
१) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७) महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९) तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार







महालक्ष्मी विकास बैंकले भैरहवा शाखाबाट दिन थाल्यो सुन कर्जा
महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाबाट सुन कर्जा सेवा शुभारम्भ गरेको छ । भैरहवामा आयोजित समारोहका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा तथा प्रदेश प्रमुख एवं शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा सुरुवात गरिएको हो ।
ग्राहकहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै बैंकले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज पहुँच सहित सुन कर्जा सेवा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरूले भैरहवा शाखाबाट सरल र भरपर्दो प्रक्रियामार्फत सुन धितो राखी कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार, आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न यो सेवा प्रभावकारी बन्नेछ । साथै, सुरक्षित वित्तीय व्यवस्थापन तथा नवीनतम बैंकिङ सेवाहरू उपलब्ध गराउने बैंकको लक्ष्यअनुरूप यो कदम उठाइएको हो ।
महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ प्रवद्र्धन गर्दै आफ्नो ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एप्लिकेसन परिष्कृत गरी सञ्चालनमा ल्याएको छ । बैंकले आगामी दिनहरूमा पनि ग्राहक हितलाई केन्द्रमा राखी थप सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
परम्परागत खेलकुदको संरक्षणमा एभरेष्ट बैंक, २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक
एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले यस वर्षको क्यालेन्डरलाई नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा लामो समयदेखि खेलिँदै आएका ‘परम्परागत खेलकुद’ विषयवस्तुमा आधारित बनाएर तयार पारेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य द्वारा क्यालेन्डर अनावरण गरिनुका साथै कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तुहरू समेट्दै एभरेष्ट बैंकले प्रत्येक वर्ष आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गर्दै आएको छ ।
बैंकले परम्परागत खेलकुदको महत्व उजागर गर्दै नेपाली पहिचान प्रवर्द्धन गर्न यो क्यालेन्डर उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।
नेपाल एसबिआई बैंकका ग्राहकहरूलाई होटल तथा रिसोर्टको सेवामा छुट
नेपाल एसबिआई बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल र होटल क्रिस्टल पशुपति, काठमाडौंसँग छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार, बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले दुसित थानी हिमालयन रिसोर्टमा खाद्य, पेय पदार्थ तथा अन्य सेवामा १५ प्रतिशत छुट पाउनेछन् । सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा र रिसोर्टकी सह-निर्देशक (सेल्स एण्ड मार्केटिङ) सितु श्रेष्ठबीच हस्ताक्षर आदानप्रदान भएको थियो ।
त्यसैगरी, नेपाल एसबिआई बैंक र होटल क्रिस्टल पशुपति, काठमाडौंबीच भएको अर्को सम्झौताअनुसार, बैंकका ग्राहकहरूले खाद्य, पेय पदार्थ र आवास सेवामा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पण्डा र होटल क्रिस्टल पशुपतिका निर्देशक रोशन सुवालबीच हस्ताक्षर आदानप्रदान गरिएको थियो ।
उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, बैंकका सल्लाहकार छपिराज पन्त, तथा बैंक र होटलका अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले ग्राहकहरूलाई अझ सहज र आकर्षक सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न प्रतिष्ठित होटल तथा रिसोर्टहरूसँग सहकार्य गर्दै आएको छ ।
सिटिजन्स बैंकद्वारा लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोशी प्रदेश मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ ।
दलित, जनजाती, अनाथ तथा विपन्न वर्गका करिब १५० बालबालिकालाई निस्शुल्क रूपमा अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको सो विद्यालयलाई विद्यार्थीहरुको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यूले सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । विपन्न समुदायका विद्यार्थीहरूलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि बताए ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन दिन सकिने सुविधा बैंकले ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
एभरेष्ट बैंकले २०८२ को क्यालेन्डर सार्वजनिक
एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले अनावरण गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।
महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ
महालक्ष्मी विकास बैंकले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक राहुल अग्रवालको आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सकिने छ ।
बैंकले सदैव ग्राहकहरूको आवश्यकता अनुरूप नवीनतम वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुन कर्जा सेवाले ग्राहकहरूलाई आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्नेछ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको छ ।
नेपाल लाइफले राउण्ड टेबल नेपालसँग सहकार्यमा सगरमाथामा फोहोर संकलन गर्ने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर सङ्कलन गर्न प्रोजेक्ट केयर अभियान अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । आज काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहका बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष श्री प्रवेश अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्लन गरेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल तथा यस योजनाको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रुपमा गरेका थिए ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।
राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको बताए । साथै उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सिद्वार्थ प्रिमियर इन्स्योरेन्सद्वारा क्यालेन्डर सार्वजनिक
सिद्वार्थ प्रिमियर इन्स्योरेन्सले २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।
सिद्वार्थ कम्पनीको केन्द्रिय कार्यालय बबरमहलमा संचालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठ , संचालक पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, सुमित कुमार केडिया तथा हसना शर्मा द्वारा संयुक्त रुपमा एक समारोहका बीच क्यालेण्डर सार्वजनिक गरिएको हो ।
नेपाल सरकार द्वारा स्वीकृत विदा, पर्व, दिवस, पञ्चाङ्ग विधि तारेख समेत समावेस गरी जलवायु परिवर्तन सम्वन्धी अवधारणामा आधारित फोटो समेत क्यालेण्डरमा संलग्न भएको छ ।
एनआईसी एशिया बैंकको सहयोगमा सिद्धार्थ माविको पुस्तकालय भवनको उद्घाटन
एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय भवन समुद्घाटन गरेको छ ।
विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध गराई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले बैंकको सहयोगमा विद्यालयसँगको सहकार्यमा पुस्तकालय भवन निर्माण गरिएको हो । चैत १२ गते सम्पन्न उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक बिनोद मेहता, बैंकका मधेश प्रदेश प्रमुख अमित केसी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
पुस्तकालय सञ्चालनमा आएसँगै झन्डै १५०० विद्यार्थी र शिक्षकहरूले आधुनिक पुस्तकालय सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले शैक्षिक गुणस्तर सुधार्न पुस्तकालयको महत्वलाई प्राथमिकतामा राख्दै आएको छ ।
यसअघि बैंकले बागमती प्रदेशको चितवन जिल्लाको राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपियामा अवस्थित पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालय सञ्चालनमा आईसकेका छन् ।
एनआईसी एशिया बैंकले देशभरका सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि २ करोड ५ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ।
बैंकका अनुसार, ११,००० भन्दा बढी विद्यार्थीहरूले यी पुस्तकालय सुविधाबाट प्रत्यक्ष रूपमा लाभ लिनेछन् । पुस्तकालय स्थापना कार्यक्रममार्फत विद्यार्थीहरूलाई ज्ञानमा पहुँच पुर्याई उनीहरूको शैक्षिक गुणस्तर सुधार गर्ने र व्यक्तित्व विकासमा योगदान पुर्याउने बैंकको विश्वास छ ।
माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी छिटो हुने
माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सहकार्य गर्दै ‘गेटपे’ नामक नयाँ डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । यो सेवाले व्यापारिक भुक्तानी छिटो, सरल र प्रभावकारी बनाउने दाबी गरिएको छ ।
सिटीटेकले विकास गरेको गेटपे प्लेटफर्म बैंक तथा वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न अझ सजिलो बनाउने लक्ष्यका साथ ल्याइएको हो । माछापुच्छ्रे बैंकमा यो सेवा कार्यान्वयन भएपछि व्यवसायीहरूले आफ्ना सबै कारोबार एउटै स्थानबाट ट्र्याक गर्न सक्नेछन् ।
गेटपे सेवाले भुक्तानी, कारोबार हिसाब र व्यापारिक गतिविधि एकै ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्नेछ । यसबाट डिजिटल भुक्तानीको अनुभव सुधारिने र आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने विश्वास लिइएको छ ।
यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ ।
सिटीटेकका अनुसार गेटपे सेवाले डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै सही आर्थिक निर्णय लिन मद्दत गर्नेछ ।












