जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२

बेइजिङ र सिड्नी उड्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ ।
निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन् । उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ । वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँँझ ५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । दोस्रो जहाजले साँझ ५ः३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ । भोलिपल्ट काठमाडौँ फर्कने तालिका छ । दुवै अन्तर्राष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको छ । वाइडबडी जहाज अष्ट्रेलियाबाट रित्तै फर्कनेछ । लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडान हुने जनाइएको छ । निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टड उडन गरेको थियो । मलेशिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको यो उडान करिब १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधैँ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौँ–सिड्नी साँढे १२ घण्टाको उडान हुनेछ ।

बेइजिङ पहिलो र ऐतिहासिक उडान

नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ । काठमाडौँ–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ ।

निगमले यसअघि चीनको साङ्घाइ हँुदै जापानको ओसाका उडान गर्ने गरेको थियो । सन् १९८४ ताका निगमले सो गन्तव्यमा उडान शुरु गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो । अघिल्लो वर्ष भदौ १२ देखि पुनः उडान शुरु गरिए पनि विसं २०७६ फागुन १९ देखि जापानकै नारिता उडान शुरु भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो ।

निगमले चीनको ग्वान्जाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो । नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुनसकेको छैन । बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन । अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ र छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको छ । निगमले भने (शुरुको साङ्घाइ उडानबाहेक) अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन । बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हँुदै आएको छ ।

वैशाख ३० गते दक्षिण कोरियामा उडान

निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । आगामी १२ मेका लागि दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भएको निगमका प्रवक्ता खड्काले जानकारी दिनुभयो । वैशाख ३० गते ५ बजे उडान गर्ने छ भने भोलिल्ट ८ः४५ बजे काठमाडौँ अवतरण हुनेछ । नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार इपिएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमतिप्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो । सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो ।

मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा नेपाल एयरलाइन्सले चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । निगमले अष्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान ग¥यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ ।

लकडाउन अवधिमा आठ अन्तर्राष्ट्रिय उडान गरेको नेपाल एयरलाइन्सलको वाइडबडी जहाजले पहिलोपटक चैत १६, २० र २४ गते चीनको ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

उपत्यकामा भित्रन खोज्ने १०३ सवारी फर्काइए

पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ । जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाएको छ ।

यसै क्रममा आज काडमाडौँ महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै काठमाडौँ उपत्यका भित्रन खोज्ने सवारी साधन र मानिसको आवागमनका विषयमा जानकारी लिनका लागि धादिङको सिमाना खत्रीपौवा पुग्नुभएको थियो । उपप्रमुख खड्गीलाई जानकारी लिने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिँदै सोमबार ३७ सवारीलाई यहीँबाट फकाईएको र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको बताउनुभयो ।

पछिल्लो समय लकडाउन भए पनि विभिन्न बहानामा र पहँुचको आधारमा पास बनाइ सवारी साधन बाहिरी जिल्लाबाट आउने क्रम बढेपछि अहिले उपत्यका भित्रने सबै नाकामा कडाइ गरिएको हो । काठमाडौँको जनजीवनलाई सहज बनाउन अत्यावश्यक सामग्री ल्याएका र एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश दिएको र अन्यलाई फर्काइएको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठल अहिले विदेशी नम्बरप्लेट भएका कुनै पनि सवारीसाधन आउने गरेका छैनन् । काठमाडौँमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्ला धादिङ, चितवनलगायत ठाउँबाट आउने गरेका हुन् । नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने सवारी साधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्र आउन दिने गरेको छ ।

अनुगमनको क्रममा उपप्रमु खड्गीले सवारी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिनुभएको थियो भने मास्क नलगाइ सवारी चलाउने चालकलाई मास्क वितरण गर्नुभएको थियो । वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औषतमा ५०० सवारी साधन भित्रिने गरेका छन् ।

राष्ट्रिय पत्रकारिता दिवस– सञ्चार जगत्को भूमिका अविस्मरणीय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान पनि व्यक्त गर्नुभयो । “प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ”, सन्देशमा भनिएको छ, “परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ ।”

नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारका काम अगाडि बढिरहेको जनाउँदै उहाँले सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख भएको र नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको पनि जनाउनुभयो । प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्ने प्रवृत्ति समाजमा बढिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक–अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारको निर्णयसँगै पाँच वर्षअघिदेखि आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै आएको छ ।

यसैगरी दिवसका अवसरमा शुभकामना दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ ।

लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न÷गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उहाँले सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यावसायिक, जिम्मेवार र उत्तरदायी भइ भूमिका निर्वाह गर्न पत्रकार तथा आमसञ्चार जगत्ले महत्वपूर्ण योगदान पु¥याउनेमा आफू पूर्ण विश्वस्त रहेको जनाउनुभएको छ ।

सत्य, निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै यस क्षेत्रको गरिमा वृद्धि भइ देशले भोग्नुपरेका चुनौती तथा तिनीहरुको समाधानको विषयलाई उजागर गर्दै सामाजिक क्षेत्रमा समेत यसले उल्लेख्य योगदान गर्न सक्छ भन्दै उहाँले सूचना प्रवाहको माध्यमले राष्ट्र निर्माणमा अतुलनीय योगदान गर्न सक्ने तथ्यलाई मनन गरी निरन्तर सूचना, विश्लेषण तथा अभिव्यक्तिका माध्यमबाट आफ्नो पेशागत दायित्व निर्वाह गर्न आजको दिनले सबै पत्रकार र आमसञ्चार क्षेत्रलाई प्रेरणा दिने अपेक्षा व्यक्त गर्नुभयो ।

बैंक अफ काठमाण्डूको नाफा २७.४९%ले घट्याे

बैंक अफ काठमाण्डू चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफा घटेको छ भने नाफा सँगै वितरणयोग्य नाफा पनि ऋणात्मक बनेको छ ।

बैंकको नाफा २७.४९ प्रतिशतले घटेर ८७ करोड ३४ लाख ९३ हजार रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब २० करोड ४६ लाख ८२ हजार रुपैयाँ रहेको थियो । चालु आवको तेस्रो त्रैमासमा बैंकको वितरण योग्य नाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको नाफामा गिरावट आएपनि बैंकको खुद ब्याज आम्दानी बढेको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा २ अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको सञ्चालन नाफामा भने गिरावट आएको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ७१ करोड ६ लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब २३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा सिमित बनेको छ ।
८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २० करोड ७३ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

८९ अर्ब ७७ करोड ९ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७८ अर्ब ७२ करोड ४९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१२ प्रतिशतबाट घटेर १.५३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ ।

लकडाउनको पारिश्रमिक बिबाद-हुनु पर्ने के हो ?

कोभिड-१९ को महामारी रोकथाम गर्न नेपाल सरकारले चैत्र ११ बाट लकडाउन शुरु गर्यो।तेस पछि देश भरिको सम्पुर्ण उधोग ब्यवसाय ,कलकारखाना,प्रतिष्ठान र कंपनिहरु प्राय: बन्द भए र कारोबार संगै अावत जावत र बस्तु अोसार पसार पनि ठप्प नै भयो।शुरुमा लकडाउन घोषणा हुदां एक हप्ता वा बढिमा पन्द्र दिनको लागि होला भनी सबैले अनुमान गरेका थिए। तर कोरोना संक्रमण भयावह हुँदै गए पछि लकडाउन लाई निरन्तरता दिन सरकार बाध्य हुँदै गयो।लकडाउन लम्बिए संगै उधोग,प्रतिस्थान, कलकारखाना र निजि क्षेत्रका कार्यालयहरुमा कार्यरत श्रमिक कर्मचारीको पारिश्रमिक कति दिने र लकडाउन लम्बिदै जादा पारिश्रमिकको ब्यवस्थापन कसरी गर्ने भनी रोजगारदाताहरुमा बहस र चिन्ता बढदै गएको पाईन्छ।
पारीश्रमिक बारे अा- अाफ्नै धारणा

श्रमिक र कर्मचारीका युनियनहरु कार्यकर्ताको समर्थन लिन र अाफ्नो अास्थाको राजनिति दिगो बनाउन लकडाउन भरि काम गरे पनि नगरे पनि, पूरा गरे पनि अाशिंक गरे पनि पूरा तलब भत्ता दिनु पर्ने अावाज उठाउन थालेका छन।अर्को तिर रोजगारदाताहरु अाफ्नो संपुर्ण उधोग ब्यवसाय नै बन्द छ, असुलि छैन, नगद प्रवाह शून्य छ।यस्तो अवस्थामा काम नै नगरेको अवधिको कसरी पूरा पारिश्रमिक दिन सकिन्छ भनी प्रति प्रश्न गर्दै छन। उनिहरुको छाता संगठन नेपाल उधोग बाणिज्य महासंघ र नेपाल उधोग परिसंघले संकटको घडिमा उधोग बचाउन र श्रमिकको जीवन निर्बाह दुबैको लागि लकडाउन अवधिको ५० प्रतिशत मात्र तलब दिन सकिने अडान सरकार समक्ष राखेका छन।

होटल एशोसियसन नेपाल हानमा अाबद्ध सबै होटलले सामुहिक निर्णय गरेर असोज मसान्त सम्म सम्पुर्ण होटल बन्द गर्ने र होटलका कामदारलाई यो बिचको अवधिमा पाउने तलबको १२.५ प्रतिशत मात्र दिने  घोषणा नै गरिसके।होटलमा बस्ने ग्राहकको राष्ट्रिय अन्तराष्ट्रिय रुपमा अग्रिम बुकिङं हुने गरेको र सारा संसार कोरोना संक्रमण संग संघर्ष गरिरहेको अवस्थामा जनजीवन सामान्य हुन २/३ महिना लाग्ने र तेस पश्चात् २/३ महिना  मानिस भ्रमण गर्न नचाहने संभावनाले उनिहरुले असोज सम्म बन्द गर्नु तर्क संगत देखिन्छ।

देश भरि ठुलो संजाल भएको बैकं बीमा कंपनि पनि अहिले असमंजसमा छन।शुन्य काम, शून्य अामदानि र खर्च यथावतको अवस्थामा घरमा बसेको कर्मचारीहरुको तलब मिलान कसरी गर्ने भनी अन्य‍ोलमा छन।कतिपयले संचित बिदाबाट मिलाएका छन,कतिपयले फोर्स लिभमा राखेका छन भने कतिपयले सामुहिक टुगों नलागुन्जेल पेश्किबाट तलब खुवाएका छन।बैकं बीमामा केही कर्मचारी काम गरिरहेका छन भने केही चुप लागेर घरमा बसेका छन।यी दुई थरि बिचको फरक कसरी न्यायोचित तरिकाले मिलाउने भनी कार्यकारी प्रमुखहरु अन्योलमा छन।

लकडाउनको यो संकटपुर्ण घडिमा कंपनिलाई बचाउने र अाफु पनि बाच्ने गरि यथार्थपरक र न्यायोचित तरिका निकाल्न कोहि पनि लागेको पाईन्दैन।सबै अा-अाफ्नै ब्यक्तिगत, गुटगत र राजनैतिक फाईदाको ज‍ोडघटाउमा लागेको देखिन्छ। यसै बिच अाफ्नो भातृ संगठनको स्वार्थगत लहलहैमा लागेर गृह मंत्रालयले बैशाख १५ गते नेपाल राजपत्रमा सुचना प्रकाशित गरि सरकारी कार्यालय,निकाय वा उधोगले लकडाउन अवधिलाई सार्बजनिक बिदा घोषणा गरि लकडाउन अवधिको खाईपाई अाएको तलब भत्ता उपलब्ध गराउने घोषणा गरि पिडित र‍ोजगारदाताको दुखेक‍ो घाउमा नुन छर्कने काम गर्यो।हुन त यो सुचना सरकार र उसको लगानि  सम्बद्ध कार्यालय र उधोगको लागि मात्र हुने ब्यवसायीहरुक‍ो धारणा रहेको देखिन्छ।

साच्चै भन्ने हो भने सरकार,रोजगारदाता र कामदार श्रमिक लकडाउनको यस घडिमा सबै संकटपुर्ण अवस्थामा छन।सबैको जीवन मरणको सवाल छ। अाफु मात्र बाच्ने सोच त्यागी अाफु पनि बाचौं र अरुलाई पनि बचाउं भन्ने सोच सबैमा हुनु पर्ने हो।यसको लागि सरकार देखि कामदार सम्म सबैमा यथार्थपरक र ब्यवसायिक सोच हुनु पर्छ। सरकारी अर्ध सरकारी निकायमा कार्यरत कर्मचारीलाई काम भए पनि न भए पनि सरकारी बजेटबाट तलब भत्ता दिन सजिलो छ।तर कमाएर खानु पर्ने खुवाउनु पर्ने ब्यवसायिक प्रतिस्थानमा कामै नहुदा, कारोबार र अामदानि शून्य हुदां कसरी लकडाउन भरिको तलब भत्ता खुवाउने ? नेपाल राजपत्रमा सुचना प्रकाशित गर्ने गृहमन्त्री र बैक कर्जा लिएर भए पनि पूरा तलब  दिनु भन्ने अर्थ मन्त्री र सचिवले जवाफ दिन सक्नु हुन्छ ? नभए अष्ट्रेलिया,अमेरिका र अन्य देशले दिए जस्तो बन्द उधोगको कामदारलाई नगद तलब अनुदान(सब्सिडि) दिन सक्नु पर्यो।किनकि लकडाउन उधोगि ब्यवसायिले अाफु खुसि गर्या होईनन, सरकारको अाह्वानमा गरेकोले क्षतिपुर्ति दिने दायित्व पनि सरकारको हो नि।

देशको बर्तमान अर्थ मन्त्री गभर्नर र योजना अायोगको उपाधक्ष्य भई सकेको बिद्वान र अनुभवि ब्यक्ति हुनु हुन्छ।वहाले हालै मात्र स्थानिय निकायबाट दिईने राहतमा जो कोहि श्रममा जोडिन अाउदैन र काम गर्दैनन, उनिहरुलाई अन्य श्रमिकले पाए सरह पूरा रकम नदिने,पाउने रकमको एक चौथाई रकम उपलब्ध गराउने सरकारले निर्णय गरेको सार्बजनिक गर्नु भयो। भन्नुको तात्पर्य वहांले कामदारको श्रमको मुल्यको यथार्थ बुझ्नु भएको रहेछ। फेरि सरकारी र निजि क्षेत्रमा द‍ोहोरो मापदण्ड किन त भन्ने प्रश्न उठन थालेको छ। कहि पार्टि भित्र चर्को दबाव ठेग्न नसकि ईच्छा बिपरित उधोग प्रतिस्थानलाई लकडाउनको पूरा तलब दिन बाध्य पारिरहेको त हैन भन्ने प्रश्न पनि अाएको छ।

कोरोना संक्रमण संसार भरि अप्रत्याशित रुपमा अाएको संकटपुर्ण महामारि हो। यसबाट बाचे पछि भबिष्यमा गर्ने काम र कमाउने अवसर धेरै पाईन्छ।अाफु बाच्ने र अरुलाई मार्ने काम  कोहि कसैले पनि नगरौं।सरकार,रोजगारदाता र कर्मचारी श्रमिक सबैले सरकार र उधोग/ कंपनिको यथार्थ अवस्था बुझौं।अापसमा बसेर छलफल गरि श्रम र कामको अाधारमा कोरोना लकडाउन भरि बन्दको अवस्थामा उधोग/ कंपनिको क्षमता अनुसार जीवन निर्बाह हुने गरि पारिश्रमिक लिई सरकारलाई साथ दिई उधोग प्रतिस्थानलाई बचाउं।उधोग कंपनि बाचे हामीलाई पछि सम्म कमाएर खुवाउन सक्छ।दबाव दिई अाफु मात्र बाच्ने प्रयास गरे क्षणिक फाईदा हुन्छ, पछि दुख पाउने निश्चित छ।उधोग प्रतिस्थानलाई डुब्न बाट बचाउन तथा कर्मचारीको राहतको लागि अन्य देशले दिए सरह नगद राहत सरकाले दिन नसकेको अवस्थामा निम्न अनुसार गरि हनमी पनि बाच्न सक्छौ र उध‍ग प्रतिस्थानलाई पनि बचाउन सकिन्छ।

पारीश्रमिक बिबादको समाधानको उपायहरु
१) कर्मचारि श्रमिकको संचित बिदाबाट कट्टि हुने गरि संभव भए सम्म लकडाउन हुदा पनि चैत्र महिनाको पूरा तलब भत्ता दिने।बिदा कम हुनेको हकमा नियुक्तिको प्रकृति अनुसार अाषाढ सम्मको पेश्कि बिदा थपेर भए पनि दिने।
२)अर्थ मन्त्रीज्युले स्थानिय निकायमा राहत काम गराउदा बनाएको नीति अनुसार काम गर्न नअाउने, सम्पर्कमा नबस्ने वा चुपचाप घरमा बस्ने श्रमिक कर्मचारिलाई  तलबको २५ प्रतिशत वा न्युनतम जीवन निर्बाहको लागि १०००० मध्ये जुन बढि हुन्छ ,लकडाउन भरि मासिक रुपमा दिने।
३) उधोग कंपनिले बनाएको सेड्युल अनुसार पालै पालो वा अाशिंक १५ दिन भन्दा कम काम गर्ने श्रमिक कर्मचारिलाई न्युनतम १५००० वा तलब भत्ताको ५० प्रतिशतमा जुन बढि हुन्छ तेहि दिने।
४) लकडाउन भरि नियमित २० देखि २५ दिन काम गर्ने वा उधोग प्रतिस्थानले तोकेको लक्ष बमोजिम काम गर्ने कर्मचारि श्रमिकलाई १०० प्रतिशत मासिक तलब भत्ता दिने।
५)ह‍ोटल एशोसिएसन नेपालको संदर्भमा होटलहरु ६ महिना बन्द नै गरि सकेकोले उनिहरुले कामदारलाई संपर्कमा राखि रहन  १२.५ प्रतिशत मासिक दिने नीति बनाएको तर छ‍ोडेर जानेलाई श्रम ऐनले तोके बमोजिम सबै सुबिधा दिएर जान सकिने मौका उपलब्ध गराउनु पर्ने।

अन्तमा अायात र रेमिटान्समा निर्भर नेपाल अहिले एकदमै संकटपुर्ण घडिमा छ।स्पष्ट बहुमतको सरकार छ।अर्थतन्त्र राम्ररी बुझेका अर्थ मन्त्री हुनुहुन्छ। राजनैतिक अास्था र गुटगत सोच भन्दा माथि उठेर देशलाई असफल राष्ट्र हुनबाट बचाउन तथा सबै नेपालिको काम गरेर खाने अधिकारको संरक्षण गर्दै लकडाउनमा दिईने पारिश्रमिक संबन्धमा ठोस नीति बनाउनु जरुरि देखिन्छ।
( मेरो निजि बिचार हो,काम गर्ने संस्था संग सम्बन्ध राख्दैन)(रमेशकुमार भट्टराई, सिईओ, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लि)

एटिएम मेसिनमा तोडफोड गरी पैसा चोर्न खोज्ने पक्राउ

कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी पैसा चोरी गर्न खोज्ने पक्राउ परेका छन् । बैशाख १७ गते राति ११ बजेको समयमा महेन्द्रनगर रोडमा स्थित बैंकको तल्लो तलमा रहेको एटिएम मेसिनमा तोडफोड गरी पैसा चोर्न खोज्ने बझाङको थलरा गाउपालिका १ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर मटेना ससुरालीमा बस्दै आएका २२ वर्षीय सुनिल खड्कालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टका अनुसार निरन्तर अनुसन्धान गर्दै जाँदा एटिएम तोडफोड गरेको ५ दिनमै पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी हबल्दार चक्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई महेन्द्रनगरमा पुगेर पक्राउ गरेको डिएसपी बिष्टले जानकारी दिए ।
एटिएम तोडफोड गर्दा सिसिटिभी क्यामरामा कैद भएका फोटोका आधारमा अनुसन्धान गर्दै जाँदा उनको पहिचान गरि पक्राउ गरिएको उनले बताए । उनले पक्राउ परेका खड्कालाई अहिले कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाएको जानकारी दिए । १६ लाख बढि पैसा रहेको एटीएम मेसिनमा तोडफोडमा प्रयास धेरै गरेपनि पैसा झिक्न नसकेका कारण एटीएम रहेको सबै पैसा सुरक्षित छ

लक्ष्मी बैंकको आज खुला रहने शाखा कार्यालयहरु

आज लक्ष्मी बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंक विहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।

बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । साथै, बैंकले डिजिटल बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ

आज मुक्तिनाथ विकास बैंकको खुला रहने शाखा कार्यालयहरु

मुक्तिनाथ विकास बैंकको आज बुधबार प्रदेश १ मा दमक, इटहरी, धरान, दुवही, काँकडभिट्टा र इलामको शाखा खुल्ला रहने जनाइएको छ । प्रदेश २ मा लालबन्दी, वीरगन्ज, गोलबजार र जनकपुरका शाखा खुला रहनेछन् । प्रदेश ३ मा कमलादी, माछापोखरी, टोखा, जोरपाटी, न्युरोड, कुमारीपाटी, ठमेल, कुपण्डोल, कोटेश्वर, सीतापाइला, आदमघाट, बेनीघाट, हाकिमचोक, नारायणगढ, पार्वतीपुर र टाँडीको शाखा खुल्ला रहनेछ।

त्यस्तै, प्रदेश ४ मा आज बैंकको जिरो किमि, छोरेपाटन, हेम्जा, गगनगौँडा, डुम्रे, बयरघारी, गल्याङ, दुलेगौँडा, नयाँपुल, कार्कीनेटा र पृथ्वीचोकका शाखा तथा प्रदेश ५, ६ र ७ मा भने भैरहवा, गोपीगन्ज, रिडी, तम्घास, हरैया, ड्राइभरटोल, महेन्द्रनगर, गुलरिया, लमही, नेपालगन्ज र तुलसीपुर शाखा खुला रहने जनाइएको छ ।

उक्त शाखाहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने समेत बैंकले जनाइएको

आज कुमारी बैंकले यी शाखा कार्यालय मार्फत सेवा दिने

आज कुमारी बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ । शाखाहरु स्थान अनुसार फरक फरक समयमा खुल्दैछन् ।

बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । साथै, बैंकले डिजिटल बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ

आज प्रभु बैंकले यी शाखा कार्यालय मार्फत सेवा दिने

आज प्रभु बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंक विहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।

बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । साथै, बैंकले डिजिटल बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ

कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु

कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम शुरु गरिसकेको र केही दिनमा नतिजा आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानको काम भइरहेको छ, यो सकिएलगत्तै कमजोरी पाइएमा कानूनी प्रक्रिया अगाडि बढ्छ ।”

 

केही समयअघि मात्रै भरतपुर महानगरपालिका—१० मा स्थापना गरिएको कोरोना विशेष (अस्थायी) अस्पतालको सामान कर्मचारीले पोको पार्दै गरेको भिडियो राखेर समाचार बाहिर आएको थियो । त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना अस्पतालका आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो । कर्मचारीले ती सामग्री भरतपुर महानगरपालिकाले लगेको जनाउँदै आएका छन् । तर रातको समयमा पोको पारेर बाहिर लगिएपछि उनीहरुको नियतमाथि प्रश्न उठाउँदै छानबिनको माग गरिँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस चितवनले अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । भरतपुर महानगरपालिकाको अगुवाइमा कोरोना आशङ्का भएका बिरामीलाई उपचारका लागि चैत ७ गते सो अस्पताल स्थापना गरिएको थियो ।

 

डिएको छ ।

पासबाहक गाडीसमेत उपत्यकामा ‘नो इन्ट्री…’

सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पु¥याउनुहोला ?

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताउनुभयो । “दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेष छ ।”

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन । घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।

अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्काे प्रदेशमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।

नागढुङ्गाको सुरक्षामा खटिनुभएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ बहाना बनाएर पास लिएर आएका गाडीलाई उपत्यकामा प्रवेश रोकिसकेको बताउनुभयो । “आजमात्रै हामीले ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइसक्यौँ, यो क्रम जारी छ”, श्रेष्ठले रासससँग भन्नुभयो । उनीहरुले बकाइदाले जिल्लाबाट पास ल्याएका छन् । वास्तविक समस्या के हो ? भनेर सोध्दा, यही हो भनेर प्रष्ट बताउन नसक्नेलाई फर्काइएको छ । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडी मात्रै पठाउने गरिएको उहाँले बताउनुभयो ।

गृह मन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोनाको सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताउनुभयो । उहाँले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्किङ र जर्सिङपौवा नाका मुख्य छ । वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने सुरक्षा अधिकारीको समेत निष्कर्ष छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेकाले उपत्यकामा सवारी चाप बढेको अनुभव भएको बताउँदै जिल्लाबाटै पास रोक्नुपर्नेमा जोड दिनुहुन्छ । योसँगै राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायातको चाप थपिएको छ ।