जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

अधिकारी यसअघि पनि गभर्नरमा सिफारिसमा परेका थिए। उनीसँगै डा. चिरञ्जिबी नेपाल र गोपाल काफ्ले गभर्नरमा सिफारिस भएका थिए। तर नेपाललाई सरकारले गभर्नर बनाएको थियो।

नेपाल पाँच बर्षे कार्यकाल पुरा गरेर गत ५ गते अवकाश भइसकेका छन्। सरकारले गभर्नर नियुक्त गर्न सकिरहेको थिएन।

१८ गते अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखेर गभर्नर सिफारिस समिति बनाएको थियो।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने कानुनी ब्यवस्था छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। समितिले कुल तीन जनाको नाम सिफारिस गरेपछि सरकारले त्यसबाट एक जनालाई गभर्नर नियुक्त गर्नु पर्छ। त्यसै अनुसार महाप्रसाद अधिकारी गभर्नर नियुक्त भएका हुन्।

अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक गरेका छन् भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन्।

अधिकारी सन् २०१० को डिसेम्बरमा डेपुटी गभर्नर नियुक्त भएका थिए। त्यहाँ पाँच बर्ष काम गरेर अवकाश भएपछि लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

उनीसँग ३० बर्ष केन्द्रीय बैंकमा काम गरेको अनुभव छ। त्यसबेला उनले केन्द्रीय बैंकको विभिन्न विभागमा बसेर काम गरेका थिए। उनले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर उनले काम गरिसकेका छन्।

गभर्नरका लागि ३ जनाको नाम सिफारिस

अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित गठन भएको समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो ।

अर्थन्त्रालय स्रोतका अनुसार, आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । प्रधानमन्त्रीले रुचि देखाए आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्नेछ ।

शिवाकोटी गत चैत ५ गतेदेखि कामु गभर्नरको जिम्मेवारीमा छन्। उनको पहलमा राष्ट्र बैंकले कोरोना भाइरसले समस्यामा परेका ऋणीलाई सहुलियत दिन प्याकेज ल्याएको थियो।

महाप्रसाद अधिकारी यसअघि पनि गभर्नरमा सिफारिस भयसकेका ब्यक्ति हुन्। उनी निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपालसँगै सिफारिसमा परेका थिए। तत्कालिन गभर्नर डा. युवराज खतिवडालाई सफल बनाउन अधिकारीको ठूलो हात छ। अधिकारीको पहलमा वित्तीय क्षेत्रमा थुप्रै सुधारहरु भएका छन्।

खनाल गत फागुनमा सचिवबाट अवकाश भएका हुन्। उनी अर्थसचिव हुँदा पदेन सदस्यका रुपमा राष्ट्र बैंक सञ्चालक समिति सदस्य पनि थिए।सिफारिसमा परेका खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् ।

सिवकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । सिवकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् ।अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।

नेपाल पत्रकार महासंघको अपिल

गोविन्द आचार्य, अध्यक्ष,नेपाल पत्रकार महासंघ

१) सर्वप्रथम विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु पु¥याउने महत्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा गर्न चाहन्छु । जस्तो सुकै असहजतामा पनि चुनौतिको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रका अग्रभागमा रहेका सत्य तथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्दा धेरै बिश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य पुनः एक पटक उजागर हुन पुगेको छ । संकटपूर्ण अवस्थामा जिम्मेवारपूर्णढंगले पत्रकारिता गरिरहनुभएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा नेपाल पत्रकार महासंघ हार्दिक आभार प्रकट गर्न चाहन्छ ।

२) नेपालमा कोरोना संक्रमणले एउटा चरण पार गरेको छ । ‘लोकल ट्रान्समिसन’को अबस्था नेपालमा पनि देखिएको सरकारले जनाएको छ र अब यसको संक्रमण फैलन नदिनका लागि थप तयारी र नयाँ रणनीतिका साथ सरकार उभिएको छ । यो अवस्थामा पत्रकारहरु, जो अग्रपंक्तिका पात्रहरु हुन्, तिनीहरु अझ बढी गंभिर र सचेततापूर्वक प्रस्तुत हुन जरुरी छ । हाम्रो आफ्नो स्वास्थ्य सुरक्षा सबैभन्दा पहिलो र ठूलो बिषय हो । आफू सुरक्षित हुँदै समाज र देशभरका हरेक व्यक्तिलाई कसरी सुरक्षित हुने भन्ने सन्देश र सूचना प्रवाह गर्ने दायित्व नेपालका सबै संचार माध्यमको काधमा छ । यो महत्वपूर्ण दायित्व पूरा गर्न सिंगो सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसिएट संस्थाहरु, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीहरुमा हार्दिकताका साथ अपिल गर्दछ ।
यो चुनौति र संकटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदहरुलाई थाति राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न तीन वटै तहका सरकार, राज्यका सवै निकाय, सबै राजनीतिक दल, नागरिक संघ संस्था , पेशाकर्मी, व्यवसायीलगायत सबैमा महासंघ आह्वान गर्न चाहन्छ ।

३) यो जोखिमको समयमा पत्रकार सुरक्षा र संचारमाध्यमको नियमितता एवम् प्रभावकारिताका लागि आबश्यक सामग्रीहरुको उपलब्धताका साथै राहत प्याकेज ल्याउन महासंघ सरकारको ध्यानाकर्षण गराउदछ । यो अबस्थामा फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परिक्षण, विमा, पत्रकारले प्रयोग गर्ने संचार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आबश्यक सामाग्रीको उपलब्धता, अप्ठ्यारामा परेका पत्रकाहरुलाई आर्थिक राहतलगायतका बिषयहरु समेटेर प्याकेजमै पत्रकारहरुको आत्मवल बढाउनका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी देखिएको छ । यसैगरी जटिल अवस्थामा पनि अनेकौ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा पनि प्याकेज मै योजना बनाएर प्रोत्साहन गर्न तथा सबै सञ्चार माध्यमवाट कोरोना सक्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्न महासंघ सरकारसँग आग्रह गर्दछ ।

सरकार र सञ्चारबीच सहकार्य गरी यो बेलामा आवश्यक सूचना, सचेतनाका साथै होम क्वारेन्टाइनमा बसेका बिद्यार्थीका लागि आबश्यक सामग्रीहरुको उत्पादन र प्रसारण गर्ने तर्फ योजना निर्माण गर्न पनि अत्याबश्यक देखिएको छ । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदछु

४) नेपाल पत्रकार महासंघ नेपालका सबै पत्रकारहरुको साझा संस्था हो । यो संस्थाको बिशिष्ट चरित्रलाई हामीले चुनौतिपूर्ण समयमा प्रदर्शित पनि गर्दै आएका छौं । जस्तो जुकै संकट र चुनौतिका बीचमा पनि नेपालको संविधानको प्रस्तावनामै रहेको पूर्ण प्रेस स्वतनत्रताको सम्मान र पालना हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । यो बेला पनि हामीले आफ्नो दायित्व र जिम्मेवारी निभाइरहँदा निगरानी र खबरदारी गर्ने हाम्रो भूमिकालाई पूरा गरिरहेका छौं । महासंघ स्वतन्त्र र निर्भिक पत्रकारिताका लागि आबश्यक वातावरण निर्माण गर्न सरकारलगायत समाजका हरेक वर्ग र समुदायसँग अपिल गर्दछ ।

५) नेपाल पत्रकार महासंघले विगतदेखि विभिन्न मुद्दाहरु उठाउदै आएको छ्, जुन मुद्दाहरुप्रतिको हाम्रो निरन्तरको लडाईं जारी छ । त्यसैगरी हाम्रा सांगठनिक जीवनका केही महत्वपूर्ण दायित्व पनि निर्वाह गर्नुछ । संसोधित बिधानलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनका लागि पनि अझै हामिले धेरै काम गर्न बाँकी छन् । महासंघको काम, कारवाही र नेतृत्वसँंगका गुनासा, आलोचना वा अपेक्षाहरुलाई हामीले सधै स्वागत गर्दै आइरहेका छौ । यस्ता सवालहरु निरन्तर रुपमा प्रकट भइरहने तथा उपर्युक्त समयमा निश्चित विधि र प्रक्रियावाट त्यसलाई सम्बोधन गरिने परम्परा पनि छ । यतिबेला हाम्रा यी सबै सवालहरुलाई स्मरण र संस्थागत रुपमा संग्रहित गर्दै यो कोरोनाको भयावह अबस्थामा कोरोना संक्रमणको नियन्त्रणका लागि सिंगो सञ्चार क्षेत्र एकताबद्ध भई भूमिका खेल्न र आफ्नो सुरक्षामा बिशेष साबधानी अपनाउन सबैमा नेपाल पत्रकार महासंघकातर्फवाट हार्दिक अपिल गर्दछु ।

अन्त्यमा,
६) पत्रकारिताको सबैभन्दा ठूलो क्षमताका रुपमा अफवाह नियन्त्रण गर्ने क्षमतालाई पनि लिने गरिन्छ । यतिबेला फैलने कुनै पनि अफवाहले कोरोना सक्रमण भन्दा झनै ठूलो भयावह अबस्था सिर्जना गर्न सक्दछ । त्यसैले अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्नका लागि र पुष्टि भएका एवम् तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गरेर कोरोना बिरुद्धको लडाईंमा योगदान पु¥याउनका लागि समस्तमा नेपाल पत्रकार महासंघ हार्दिक अपिल गर्दछ ।
मितिः २०७६ चैत्र २४ गते

यो समय नाफा घाटाको होइन जीवन जिउने र जनता बचाउने बेला हो

सुरेन्द्र भण्डारी नेपाली बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम पटक्कै होइन । बैकिङ्ग इतिहासमा ३ दर्शक विताएका भण्डारी मिडियामा देखा पर्न त्यति रुचादैनन् । कुमारी बैंक बनाएर सिद्धार्थ बैंक पुगेपछि फेरि भण्डारी कुमारी बैंकमा फर्किए पछि कुमारी बैंक साच्चै भन्नुपर्दा मजबुद र अब्बल बैंक बनेको छ भन्दा अब फरक पर्दैन ।

भण्डारीको नेतृत्वमा रहेको कुमारी बैंकले ल्याएका बीमा र डिपोजिटका प्रोडक्ट राम्रै बजार पाएको देखिन्छ । नेपालको धेरै शाखा, एटिएम र ग्राहक भएको कुमारी बैंकका सीइओ हुन सुरेन्द्र भण्डारी ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । चैत्र २५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो कुमारी बैंक लिमिटेडले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको कुमारी बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र कारोना बिरुद्ध लड्ने राज्य कोषमा कुमारी बैंकले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा पुराना बैंकर एवं कुमारी बैंक लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीसंग आर्थिक बजार डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० सीइओ साव यो विषम र अप्ठ्यारो अवस्थामा कुमारी बैंकले ग्राहकहरुलाई कस्तो सेवा दिएको अवस्था छ ?
हामीले केही लिमिट शाखा खोली सेवा दिएका छौं । प्रत्येक जिल्ला १/२ वटा शाखा सञ्चालन गरेको अवस्था चाहि छ । हाम्रो बैंकको डिजिटल बैकिङ्ग सुविधा छन् ।

यी सूचना प्रविधीबाटै ग्राहकहरुले डिजिटल बैकिङ्गका कारोबार ग्राहक वर्गले घरबाटै गर्नु भएको तथ्याङ्कले प्रस्ट पारेको छ । तपाईलाई थाहा छ । मोबाइल बैकिङ्ग ल्याउने नेपालकै पहिलो बैंक कुमारी बैंक हो । कारोबार कम छ । ग्राहकको संख्या छैन । अत्यावश्यक भित्र पर्ने राहतका सामाग्री खाद्यान्न, औषधीका एलसीका कारोबार पनि केही भएकै छन् । परिस्थिति अनुसार नै चल्नुप¥यो नि ।

० यो कोरोना भाईरसको महामारीमा पनि जीवनलाई जोखिममा राखी काम गरिरहेका कर्मचारीहरुको स्वास्थ्य अवस्था बारे कत्तिको चिन्तित रहनु भएको छ ?
राम्रो प्रश्न गर्नुभयो । यसबारेमा धेरै सोच विचार गरेका छौं । कर्मचारी र गार्डहरुलाई खानाको व्यवस्था बैंकलेनै गरेको छ । कर्मचारी भाईबहिनीहरुको स्वास्थ्य सबै भन्दा ठूलो कुरा हो । यसका लागि चाहिने सबै स्वास्थ्यका सामग्री उपलब्ध छन् । सिमित शाखा खोलेका कारण कम कर्मचारी काममा छन् । अरुले घरबाटै डिजिटल प्रविधि मार्फत काम गरेको अवस्था छ ।

० यस्तो महामारी भएका बेला शाखा खोली काम गर्ने कर्मचारीलाई के कस्ता सहुलियतका प्याकेज ल्याउनु भएको छ नि ?
भूपेन्द्रजी कर्मचारी साथीहरु बैंकका पुँजी हो । उहाँहरुको बारे हामी नेतृत्व चनाखो छौं । केही सहुलियतका जस्तै भत्ता दिने इन्स्योरेन्स फुल गरिदिने । महत्वपूर्ण कुरा बारे छलफल गर्दैछौं । केही दिनमै निर्णय गर्ने छौं नि ।

० राज्यले स्थापना गरेको कोरोना विरुद्ध लड्ने कोषमा चाहि कस्तो सहयोग दिनु भएको छ, सीइओ साब ?
हाम्रो कुमारी बैंकले राज्यलाई सहयोग गर्ने निर्णय गरेका छौं । हामीले ७ वटै प्रदेशमा १०/१० लाख दिइसकेको छौं । अब यसले नपुग्ने देखिन्छ । त्यसकारण सञ्चालक समितिको बैठक गरि थप राहत दिने निर्णय हामी चाडौं ल्याउने छौं ।

अर्को कुरा यो कति लम्बिने हो र नेपालमा कस्तो क्षती कुने हो त्यो हेरेर हामी अगाडी बढ्ने छौं । हामी जहिले पनि सरकारलै साथमा छौं । हामी यही समाजका परिवार हौं । परिवारले परिवारलाई सहयोग गर्नु हामी बैंक र बैंकरको पहिलो कर्तव्य हुन जान्छ नि ।

० राज्यले बैंकका ग्राहकहरुका लागि पहिलो चरणमा ल्याएका राहतका प्योकजलाई चाहि कसरी लिनु भएको छ ?
हामीले सकारात्मक रुपमा लिएका छौं । शुरुका लागि यो ठिक होला तर, परिस्थितिको अध्ययन पछि फेरि थप सुविधा ल्याउनु जरुरी देखिन्छ । यो बढेर गयो भने त अवस्था दर्दनाक हुन्छ त्यसबारे यसको रोकथाम गर्न हामी नेपाली समयमै सचेत र सजक बन्नु जरुरी मैले देखेको छु ।

० सीइओ साब बैंकहरुले चैत्र महिनामा आउने वित्तिय विवरणमा कोरोना भाईरसको असर पर्ला त ?
भूपेन्द्रजी राम्रो प्रश्न सोध्नु भयो । नआउने कुरौ भएन । तर यो समय नाफा घाटाको होइन जीवन जिउने र जनता बचाउने बेला हो । नाफा घाटा त आईरहन्छ, गइरहन्छ । तर, मानव जीवन नरहे बैंक किन चाहियो । त्यसकारण जीवन बचाउन परिवार सुरक्षीत रहनु र जनता सुरक्षित राख्ने दायित्व हामी सबै ३ करोड नेपालीकै हो नि ।

० कोरोना भाईरसको पूर्व तयारी नेपालीमा भएको देखिदैन । यसबाट कस्तो पाठ सिक्नु पर्ला त ?
समय र परिस्थितिले सिकाउने जाने परम्परा विश्वभरी र हामी कहाँ पनि छ । लकडाउन हामी कसैले देखेको र भोगेको थिएनौ तर, अहिले लकडाउन पालना गरेका छौं । सबैभन्दा पहिला देशबासीलाई राम्रो हुनुप¥यो । अनि त अरु कुरा हुने हो । स्वास्थ्य नै मुख्य कुरा हो भन्ने सोच्नु प¥यो र यसका लागि पूर्वाधार विकासमा जोड दिनु प¥यो । त्यसका लागि हामी बैंक तयार छौं ।

० एडीवीले विश्वको अर्थतन्त्र ५.४ प्रतिशतमा गिरावट भएको तथ्य हालै सार्वजनिक गरेको र यसले नेपालको बैकिङ्ग प्रणालीलाई चाहि कस्तो असर पर्ला त ?
यो भविष्यले देखाउदै जाने कुरा हो । यो कति समय लम्बिने हो । त्यसमा पनि भर पर्दछ । विश्वमा अर्थतन्त्र र देशकै अर्थतन्त्र नाजुक भएपछि बैंक र वित्तिय क्षेत्रको अवस्था कस्तो हुन्छ कल्पना गर्न गाह्रो छ ।

० अन्त्यमा बैंकका लाखौ ग्राहक र नेपाली जनतालाई केही भन्नु हुन्छ ।
सबै भन्दा पहिला घर–परिवार होसियार भएर बाँचौ । रोगबाट टाढा बसौ । सूचना पालना गरौं । सबै स्वास्थ्यका कुरामा ध्यान दिउ ।
आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्रको अध्ययन गरौं । त्यसकारण सरकारले गरेको लकडाउन पूर्णरुपमा पालना गरौं घरबाटै काम गरौं घरबाट वाहिर नजाउ । आफ्नो जीवनलाई बचाउने र अरुको जीवन बचाउ ।

लकडाउन लम्ब्याउने तयारीमा सरकार

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ ।

यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

एक मन्त्री भन्छन्, ‘सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । स्थानीय संक्रमणलाई समुदायमा जान नदिन यसको विकल्प पनि छैन ।’

सरकारको कुरा नगरौं, नागरिकहरु संबेदनशील होऔं

मनोज ज्ञवली / हिजो सांझ 6 बजे तिर औषधी किन्न जानु पर्यो भनेर डराई डराई बाहिर निस्केको त धापासीको बाटो भरी मान्छे नै मान्छे। पुरा गफ दिएर 8-10 जना सम्म झुण्ड बनाएर। कतिपयको मुखमा त मास्क पनी थिएन। नागरिकहरुको चेतना देखेर झसंग हुदै रिङरोड सम्म पुगेको त हुलका हुल मान्छे। पुलीस पनी थिएन। घर घर अनी गल्ली गल्लीमा पुलीस हुन सम्भब नी छैन।

हामीहरु पहिले संसारभरमा हरियो देखिएको नेपालमात्र भन्दै खुबै धाक लगायौ र बिदेशी प्लेन पनी भित्र्यायौं; त्यो पनी कुनै तयारी बिना। त्यती बेला हामीलाई लाग्थ्यो: नेपाल कोरोनामुक्त क्षेत्र हो कि अझै कसैलाई त लाग्थ्यो कोरोना संक्रमित पनी नेपाल आईपुगेपछि पशुपतिनातको कृपाले कोरोना मुक्त हुन्छ। अह अहिले जम्मा 5 जना मात्रै संक्रमित छन अमेरिकामा सवा लाख भैसके भन्दै  बसेको छौ। यस सम्भन्दा सरकारको दुरदर्शिता, योजना र तयारीको बारेमा बोल्न मसंग शब्द छैनन।

कोरोनाको संक्रमण हुदै गर्दा नी 8-10 दिन त कुनै लक्षण नै नदेखिन सक्छन या सामान्य मात्र देखिन सक्छन।अमेरीकामा व्यापक रुपले शंका लाग्दासाथ चेकिङ हुदैछ र धेरै देखिन्छ। हाम्रो मा रुघा खोकी जरो आएर हस्पिटल पुग्दा चेकिङको साटो अस्पतालले गेट नै बन्द गरिदिएका कति समाचार आईसके अनी  कसरी देखिन्छ कोरोना; डाक्टर र अस्पतालहरु आफै निरिह छन्।

कहि यसैले कोरोना कम देखिएको त होईन? कहि थाहै नपाउ हामी आफ्नो साथीभाई, परिवार र छिमेकिलाई संक्रमण सारिरहेको त छैनौ? कहि भित्र भित्रै  हामी भुसको आगो झै सल्काईरहेका त छैनौ? भारतबाट आएका नागरिकहरु गांउ गांउमा चियापसलमा गफ हानेर अनी तास खेलेर बसिरहेका छन। डर लाग्छ कतै भित्र भित्रै भयावह भईरहेको नहोस। स्थीति सामान्य नहोउन्जेल उच्च सतर्कता अपनाउं। मृत्युदर कम छ भनेर नहेपौ यसलाई। चाईनाको उच्च सतर्कता, श्रोत, साधन र अनुशासन ले गर्दा मृत्युदर कम देखिएको थियो। ईटालीमा 12,000 लाई निको भयो भने 10,000 को मृत्यु भएको छ। त्रसित हुने होईन तर सचेत र संवेदनशील हुन जरुरी छ।

गोर्खाली बहादुरीपन कोरोनालाई नदेखाउं।अत्याबश्यक काम बाहेक बाहिर ननिस्किउं र निस्किनै परे सचेत रहूं।  सरकारको कुरा नगरौं, नागरिकहरु संबेदनशील होउं। बांचौं र बचाऔं। (लेखक ज्योति विकास बैंकका सीइओ हुनुहुनछ ।)

साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु

कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् ।

इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ । १९ मार्चयता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो । इटलीमा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा गएको २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ । यो स्पेनमा एक हप्तायता २४ घण्टा अवधिमा मृत्यु हुने सबैभन्दा कम संख्या हो । स्पेनमा यो महामारीका कारण अहिलेसम्म १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ  र अहिलेसम्म १ लाख ३१ हजार भन्दा बढीमा यो रोगको संक्रमण देखिएको छ ।

अमेरिकामा कोभिड १९ को संक्रमण लगातार बढ्ने क्रममा छ । अमेरिकामा संसारमै सबैभन्दा बढी ३ लाख ३५ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ । अमेरिकाको न्युयोर्क सिटी कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा मात्र २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश फ्रान्स बनेको छ । जहाँ ८ हजार मानिसको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा यहाँ मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ, शनिबार भने यहाँ ४ सय ४१ जनाको मृत्यु भएको थियो । फ्रान्समा अहिलेसम्म ९० हजार भन्दा धेरैमा कोभिड १९ संक्रमण देखिएको छ ।

बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ हजार भन्दा बढी पुगेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन पनि अस्पताल भर्ना भए भएका छन् ।

भारतमा अहिलेसम्म ३ हजार ५ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने ८३ जनाको मृत्यु भएको छ । आइतबार मात्र ५ सय ५ जना नयाँ संक्रमित भेटिएका छन् । भारतको २ सय ७४ जिल्लामा कोभिड १९ को संक्रमण भेटिएको छ ।

चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ

देश लकडाउनमा गएको १३ दिन बितिसकेको छ । कोभिड-१९ को संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला पनि बैंकका कर्मचारीहरु भने काममा खटिरहेका छन् ।

यस्तो बन्दाबन्दीका बेला बैंकहरुले दिएको सुविधा नागरिकहरुले कत्तिको उपयोग गरेका छन् ? कोरोनाकै कारण भोलि थप समस्या सिर्जना भए बैंकहरुको अवस्था के होला ? अनि सरकारले चैतको किस्ता असारमा तिर्ने गरी ऋणीहरुलाई दिएको सुविधाबारे बैंकहरुको धारणा के छ ? यिनै प्रश्नमाथि केन्द्रित रहेर ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)पर्शुराम कुँवरसँग गरिएको कुराकानीको सम्पादित अंश :

लकडाउनमा बैंकहरुले कसरी सेवा दिइरहेका छन् ?

सबै क्षेत्रमा असर परेपछि बैंकिङ क्षेत्रमा असर त पर्ने नै भयो । हाम्रै बैंकको कुरा गर्ने हो भने, शुरुका दिनहरुमा ८० देखि ९० वटासम्म शाखा कार्यालयहरु खोलेर सेवा दिएका थियौं । अहिले ४५ देखि ५० वटामात्रै देशभरमा शाखा खोल्ने गरेका छौं । शाखा खोल्नका लागि हामीले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने गरेका छौं ।

स्थानीय तहहरुले कहिले शाखा खोलनुस् भन्छन्, कहिले आजचाहिँ खोल्दै नखोलनुस भन्छन् । हाम्रो कोशिसचाहिँ हरेक स्थानीय तहमा शाखा खोल्ने भन्ने हो । कुनै कुनै ठाउँ लु लु खोलिदिनु परो भन्छन् । कहिलेकाहीँ आज नखोल्न परो भनेर बसेका बेला ग्राहकहरुबाट मेरो यस्तो काम परो भनेर फोन आउँछ ।

त्यस्तो बेलामा हामीले स्थानीय तह र सीडीओ कार्यालयसँग सल्लाह गरेर शाखा खोलेर सेवा दिने गरेका छौं । एटीएमहरु भने हाम्रो २४ सैँ घण्टा खुला रहनेछन् । पैसा सकिएका बेला ग्राहकलाई सूचना गरेर बढीमा २ घण्टा बन्द हुन सक्ला, नभए सधंै खुला नै रहनेछन् ।

पैसा निकाल्न नपाएका कारण औषधि नै किन्न नपाउने, खाद्यान्न नै किन्न नपाउने अवस्था नआओस् भन्ने हाम्रो चाहाना हो । केही अप्ठेरो परेको अवस्थामा सम्पर्क गर्न सबैले सक्नुहुनेछ ।

सबै बैंकको अवस्था अहिले यही हो । हामीले सकेसम्म बैंकमा नआउनुस् नै भनेका छौं । हाम्रा कर्मचारीहरु र सर्वसाधारण हाम्रा ग्राहकहरुका लागि पनि सुरक्षाका लागि डिजिटल कारोबार गर्न भनेका छौं । सकेसम्म मोवाइल बैंकिङको प्रयोग गर्नुस् भनेका छौं ।

अहिलेको अवस्थामा नगदमा कारोबार नै नगरेको राम्रो हो । यदि नगद नै चाहियो भने एटीएम मेसिन प्रयोग गर्नुस् भनेका छौं । त्यो पनि भएन भनेचाहिँ बैंकमा आउनुस् ।

हामीले सबै शाखा कार्यालयहरु खोलेर सेवा दिन पाएका छैनौं । साधारण कारोबारको तुलनामा अहिले १५/२० प्रतिशतमात्रै कारोबार भएको छ । सर्वसाधारण जनता बैंकसम्म आउन पाउनुभएको छैन । मानिस नै नआएपछि कारोबार हुने कुरा भएन । अहिले कतिपय हाम्रो शाखा कार्याल्यहरुमा ४/५ वटामा मात्रै ट्रान्जेक्सन हुन्छ ।

यदि हाम्रो बैंक बन्द छ भने खबर गर्नुस् भनेका छौं । सम्पर्क मोवाइल नम्बरहरु वेभसाइटहरुमा राखेका छौं । सम्पर्क गर्नुभयो भने कसरी हुन्छ, हामी ग्राहकहरुको सेवामा खटिनेछौं ।

पैसा निकाल्न नपाएका कारण औषधि नै किन्न नपाउने, खाद्यान्न नै किन्न नपाउने अवस्था नआओस् भन्ने हाम्रो चाहाना हो । केही अप्ठेरो परेको अवस्थामा सम्पर्क गर्न सबैले सक्नुहुनेछ ।

ऋणीहरुले चैतमा तिर्नुपर्ने साँवा ब्याज असारमा तिरे हुने भएको छ । चैतमा नै तिरे १० प्रतिशत ब्याज छुट पाउने राष्ट्र बैंकले बताएको छ, यसलाई कसरी लिनहुन्छ ?

चैतमा नै यो समस्या टुंगिन्छ र वैशापछि समस्या समाधान भइहाल्छ भन्ने हिसाबले चैतको किस्तालाई मात्रै असारसम्म सारिएको छ । यो चैतबाट लम्बियो, वैशाख भन्दा पनि पछि धकेलियो भने समस्या पर्छ ।

राष्ट्र बैंकले पनि गर्न सक्ने धेरै ठाउँ छैन । आफूले जति गर्न सक्ने हो, त्यो राष्ट्र बैंकले गरेको हो । यो शुरुवाती अवस्थामा तत्कालै गर्नुपर्ने कुरा गरेको हो । अहिलेको अवस्था लम्बियो भने, राष्ट्र बैंकले थप केही प्याकेज ल्याउला । कामु गभर्नर सा’पको अन्तरवार्तामा मैले पनि सुनेको छु । भोलि असहज अवस्थामा परेको खण्डमा राष्ट्र बैंकले सहज बनाउने केही नीति लिन्छ ।

यसको सट्टामा बरु चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ भन्ने लाग्छ । जस्तो- अन्तिम किस्ता ०७७ सालको चैत मसान्तमा तिर्नुपर्ने छ भने त्यसलाई एक महिनापछि धकेलेर वैशाखमा तिर्न सकिने बनाउँदा सहज हुन्छ होला भन्ने लाग्छ ।

राष्ट्र बैंकले दोस्रो चरणमा ल्याउने प्याकेजचाहिँ कस्तो हुनुपर्छ ?

मलाईचाहिँ कस्तो लाग्छ भने चैत महिनाको किस्ता असारमा तिर्नु भनियो, अब असारमा त असारकै किस्ता पनि त तिर्नुपर्‍यो नि । असारमा अब दुई महिनाको किस्ता तिर्नुपर्ने हुन्छ । दुई महिनाको किस्ता एकैपटक तिर्नु पर्दा त समस्या पर्ला नि ।

यसको सट्टामा बरु चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ भन्ने लाग्छ । जस्तो- अन्तिम किस्ता ०७७ सालको चैत मसान्तमा तिर्नुपर्ने छ भने त्यसलाई एक महिनापछि धकेलेर वैशाखमा तिर्न सकिने बनाउँदा सहज हुन्छ होला भन्ने लाग्छ ।

यसो भयो भने दोहोरो प्रेसर पर्दैन । एक महिना थप गरिदियो भने धेरै सहज हुन्छ । यसमा हामीले विचार गर्नुपर्छ भन्ने लाग्छ । विश्वका धेरै देशहरुले यसै गरेका छन् । मलेसियाले पनि क्लियररुपमै एक महिना थपेको छ । राष्ट्रबैंकबाट नयाँ प्याकेज आएको अवस्थामा यो समेटिन्छ भन्ने मलाई लाग्छ ।

शाखा खोलेर सुविधा दिइरहदा बैंकमा खटिने कर्मचारीहरुले आफूलाई कत्तिको सुरक्षित महशुस गरेका छन् त ?

हामीले काममा खटिइरहेका कर्मचारीहरुलाई बैंकले उपलब्ध गराएकै गाडीहरु प्रयोग गर्न भनेका छौं । बैंकका गाडीहरुमा स्यानिटाइज गरेका छौं । हाम्रा सवारी चालकहरुले पनि गाडी चढ्नु भन्दा अगाडि स्टाफहरुलाई पञ्जा दिने, माक्स दिने र हातमा स्यानिटाइजर लगाउन भन्ने गरेका छन् । स्वास्थ्य सुरक्षाका लागि यी सावधानीहरु नअपनाएसम्म चालकले गाडी चलाउँदैनन् ।

बैंकका कर्मचारीहरुलाई यो छुट्टी होइन, यो वर्क  फ्रम होम हो भनेर बुझाएका छौं ।

बैंकमा पुगिसकेपछि पनि आवश्यक सुरक्षा सतर्कता अपानाउनुपर्ने हुन्छ । काम गर्दा दूरी कायम गरेर बस्न भनेका छौं । सबै स्टाफहरु दूरी कायम गरेर काम गर्नुहुन्छ । ग्राहकहरुलाई पनि हामीले यी सावधानीहरु अपनाउन भनेका छौं ।

कतिपय कामहरु घरमा बसेर गर्न नसकिने किसिमका पनि हुन्छ । त्यसका लागि अफिसमै जानु पर्छ । नगद दिने काम छ भने त्यो त अफिसमै जानुपर्छ । घरबाट सम्भव छैन ।

ग्राहकहरुलाई घरबाटै ब्रेकिङ कारोबार गर्न भनेका छौं । हाम्रै कर्मचारीहरुलाई पनि घरबाटै हुने काम घरबाटै गर्न भनेका छौं । जस्तो-ऋण नवीकरण घरमै बसेर गर्न सक्छौं । यसका लागि हामीले सिस्टम बनाइसकेका छौं । धेरै कामहरु घरबाटै गर्न सक्छौं । ती काम अहिले हाम्रा स्टाफहरुले घरबाटै गर्नुहुन्छ ।

ग्राहकहरुलाई पनि हामीले टेलिफोनबाट सम्पर्क गर्नुस भनेका छौं । सकेसम्म घरमै बसेर काम गर्नुपर्छ ।

बैंकका कर्मचारीहरुलाई यो छुट्टी होइन, यो वर्क फ्रम होम हो भनेर बुझाएका छौं । हाम्रा विभागीय प्रमुख, शाखा प्रवन्धकहरुलाई पनि यो होलिडे होइन, यो वर्क फ्रम होम हो आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भन्नुस् भनेका छौं ।

तर, कतिपय कामहरु घरमा बसेर गर्न नसकिने किसिमका पनि हुन्छ । त्यसका लागि अफिसमै जानु पर्छ । नगद दिने काम छ भने त्यो त अफिसमै जानुपर्छ । घरबाट सम्भव छैन ।

यो संकटले बैंकिङ क्षेत्रलाई कहाँसम्म असर गर्ने देखिन्छ ? भोलि बैंकहरु ठूलै समस्यामा पर्ने पो हुन् कि ?

सबै क्षेत्रमा यसको असर परेको छ । बैंकिङ क्षेत्रमा पनि यसको असर हुन्छ नै । कसरी हुन्छ समस्यामा पर्नबाट जोगाउनुपर्छ । सरकारको पनि धेरै ठूलो क्षमता छैन । विभिन्न दातृ निकायहरुले सपोर्ट पनि गरिरहेका छन् । आपत पर्दा गर्लान् नै । एडीबी, वर्ल्ड  बैंक, आइएमएफ लगायतले सहयोग गर्लान् ।

भर्खर वर्ल्ड बैंकले २९ मिलियन डलर, एडीबीले ६० मिलियन डलर र आएएमएफले ७८.५ मिलियन एबीआरओ त्यो भनेको १०८ मिलियन डलर सहयोग गर्ने भनेका छन् । यो नेपाली रुपैयाँ करिब-करिब २ सय अर्ब रुपैयाँ सपोर्ट गर्ने भनेको हो । कोरोनाकसँग लड्नका लागि यो रकम हो ।

वर्ल्ड बैंकले आगामी १५ महिनासम्ममा १.९ बिलियन डलर विभिन्न देशहरुलाई सहयोग गर्ने भनेको छ । यसमा विभिन्न २५ वटा देशहरु परेका छन्, हाम्रो देश भने परेको छैन । यस अघि २९ मिलियन डलर दिएको कारण पनि हाम्रो देश समावेश नभएको होला । वर्ल्ड  बैंकबाट अन्य सहयोगहरु पनि आइरहेको हुन्छ ।

सहयोगहरु आउलान् । यूएन, वर्ल्ड बेंकहरुले विकासोन्मुख देशहरुलाई सहयोग गर भनेर आहृवान गरिरहेका छन् । हामी समस्यामा गयौं भने सबै क्षेत्रलाई असर गर्छ नै । सबै मिलेर लड्नुपर्छ, असर सबै क्षेत्रलाई पर्छ । आफ्नो क्षमताअनुसार आफू पनि जोगिने हो, अरुलाई पनि जोगाउने हो ।

कतिसम्म ड्यामेज होला भनेर अहिले आँकलन गर्न सकिने अवस्था छैन । चीनमा यो समस्या समाधान भइसक्यो ८१ हजार केसमा १७०० केस बाँकी छ । त्यसमा पनि गम्भीर भनेको ३ देखि ४ सयको हाराहारीमा छन् भन्ने बुझिएको छ । भारत, पाकिस्तानमै यसको संख्या बढिरहेको छ ।

रेमिट्यान्स हाम्रै ग्राहकको छ भने सम्बन्धित ग्राहककै खातामा रकम जम्मा हुन्छ । स्वतः यो जम्मा हुन्छ, केही गर्नुपर्दैन । दोस्रो, अर्को बैंकको खातामा जम्मा हुने, त्यो पनि अटोमेटिक जम्मा भइरहेको छ ।

नेपाल भुटान जस्ता देशहरुमा पनि संक्रमण फैलिरहेको अवस्था छ । ८ लाख जनसंख्या भएको देशमा ५ जनामा भेटिएको छ । हाम्रोमा फाट्टफुट्ट निस्किरहेका छन् । सामाजिक दूरी कायम गरेर यसलाई फैलन नदिन सतर्क रहनुपर्छ । सरकारले जुन कुरा गरिरहेको छ, जनताले पनि साथ दिएका छन् । यो एकदमै राम्रो कुरा हो ।

सिरिसय हुनुभन्दा पहिले नै राम्रो कदम चालिएको छ । यो एकदमै राम्रो कुरा हो । कामना गरौं, ठूलो समस्या आउँदैन । बैंकिङ क्षेत्रमा पनि त्यति ठूलो असर गर्दैन ।

रेमिट्यान्स निकाल्न पाइएन भनेर गुनासो आइरहेको छ, बैंकहरुले यो सुविधामा कत्तिको ध्यान दिएका छन् ?

होइन, त्यो सही होइन । पहिलो कुरा त ७५ प्रतिशतले रेमिट्यान्स घटेको छ । पहिला पहिला जति रकम आउँथ्यो, अहिले त्यसको २५ प्रतिशतमात्रै आएको छ ।

रेमिट्यान्समा तीन किसिमको मोडल छ । जस्तो- मेरो बैंकको कुरा गर्नुहुन्छ भने, आएको रेमिट्यान्स हाम्रै ग्राहकको छ भने सम्बन्धित ग्राहककै खातामा रकम जम्मा हुन्छ । स्वतः यो जम्मा हुन्छ, केही गर्नुपर्दैन । दोस्रो, अर्को बैंकको खातामा जम्मा हुने, त्यो पनि अटोमेटिक जम्मा भइरहेको छ ।

तेस्रो चाहिँ खाता छैन, नगद नै निकाल्नुपर्ने अवस्था छ । यसमा सबैलाई सुविधा हामीले दिएका छौं । बैंकको काउन्टरसम्म पुग्नुपर्‍यो, यो सुविधा पाइन्छ । हामीले नगद जम्मा गर्ने र खाताबाट निकाल्ने काम मात्रै नगर्नू भनेका छौं ।

रेमिट्यान्स पनि काउन्टरबाटै पेमेन्ट भइरहेको छ । कुनै ग्राहकले केही समस्या परे सिधै सम्पर्क गर्नु भए हुन्छ । सबै बैंकहरुले वेवसाइटहरुमा सम्बन्धित मान्छेहरुको सम्पर्क नम्बर राखेका छन् । त्यहाँ सिधा सम्पर्क गरेर ग्राहकहरुले आफ्नो समस्या समाधान गर्न पाउनुहुनेछ । बैंकिङ सुविधामा कुनै कमी हुँदैन । (अनलाइन खबर डटकमबाट लिइएको)

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई मातृशोक

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई मातृशोक परेको छ।

१० बर्षदेखि क्यान्सर रोगबाट पीडित बिजया राज्यलक्ष्मी राणाको आज साढे १२ बजे नर्भिक हस्पिटलमा निधन भएको हो।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शम्शेर राणाकी पत्नी विजयाको आजै साँझ पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको छ।

कामना सेवाद्वारा विभिन्न ठाउँमा राहत वितरण

नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको र त्यसबाट सृजित परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई कामना सेवा विकास बैंक लिमिटेडले राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गर्नु भएको थिया । संयोजक अधिकारीले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति धन्यवाद दिनु हुंदै अन्य संघ संस्थाहरुले समेत सहयोगका हात अगाडि बढाउने आशा गरेको बताउनु भयो ।

यसै गरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनिहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसै गरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंंं. ७ लाई रु ६४ हजार बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।


यसै गरी बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगो लागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भिषण आगो लागिबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकु सहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गर्नु भएको थियो ।

साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो । बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेकोछ । लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यि जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए । यस पवित्र कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेका थिए ।

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत वितरण

नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकपुरधाममा एक कार्यक्रमका बीच राहत सामाग्री वितरण गरेको छ ।

सो अन्तर्गत विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरिएको छ । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिएका छन ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

कोरोना विरुद्ध २२ बाणिज्य बैंकको साढे २५ करोड

२२ वटा बाणिज्य बैंकहरुले कोरोना उपचार कोषमा २५ करोड ४० लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार बाणिज्य बैंकहरुले संघीय सरकार र प्रदेश सरकारहरुले स्थापना गरेका कोरोना रोकथाम सम्बन्धी कोषहरुमा सहयोग गरेका हुन् ।

आईतवारसम्म सबैभन्दा धेरै रकम सहयोग गर्नेमा प्राईम कमर्सियल बैंक रहेको छ । यस बैंकले कोरोना कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको हो । त्यस्तै दोस्रोमा सानीमा बैंकले १ करोड ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । तेस्रोमा कृषि विकास बैंकको १ करोड ६० लाख रुपैयाँ सहयोग गरेको हो ।

अन्य पाँच बैंकहरुले भने हालसम्म रकम सहयोग गरेका छैनन् । सहयोग नगर्ने बैंकहरुमा एनआईशी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सनराइज बैंक रहेका छन् ।
कुन बैंकले कति सहयोग गरे?

चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरस (कोभिड–१९) हाल विश्वमा नै फैलिरहेको छ । यो रोगको विश्वभरिमा संक्रमित १० लाख ५७ हजार रहेका छन् भने निको भएर घर फर्किएका २ लाख ४६ हजार १७४ छन । कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ हजार २०६ रहेको छ ।

नेपालमा पनि यो रोगको संक्रमण दर उच्च रहेको छ । उपत्यका बाहिर सात ठाउँमा कोरोना उपचार केन्द्रबाट परिक्षण भईरहेको छ