जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२

विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघ्यो, ६४ हजारभन्दा बढीको मृत्यु

विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख भन्दा माथि पुगेको छ । जसमा ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये २ लाख ४६ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् । यसरी कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।

संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा, २१ प्रतिशतको मृत्यु
कोरोना संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा २१ प्रतिशतको मृत्यु भएको तथ्याङ्ले देखाएको छ ।


चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९ ९कोरोना भाइरस० सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।

विशम परिस्थितिमा नाफा नोक्सानको कुरा नगरौ जनता बचाउने र आफू बच्ने कुरा गरौं

अनुपमा खुञ्जेली नेपाली बैंकिङ्ग इतिहासमा चिनाई राख्नुपर्ने नाम होइन । नेपालकै इतिहासमा वाणिज्य बैंकहरुमा पहिलो महिला सीइओ भित्र खुञ्जेलीको नाम आउने गर्दछ ।
नेपालको चुक्ता पुँजी, ग्राहक सख्या र धेरै प्रोमोटर रहेको निजी क्षेत्रको ठूलो मेगा बैंक नेपाल लिमिटेडको सीइओ हुन् अनुपमा खुञ्जेली ।
नेपाका केही बैंकहरुले मात्रै पाउने गरेको ‘द बैंक अफ द एयर’ अवार्ड केही समय अगाडी यस बैंकले पाएको छ । २७ वाणिज्य बैंक मध्ये धेरै महिला कर्मचारी रहेको त्यसमा पनि सीइओ र डिपुटी सीइओ महिला नै रहेको बैंक मेगा बैंक नेपाल लिमिटेड नै हो भन्दा फरक नपर्ला ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । चैत्र २५ गतेसम्मका लागि सरकारले देशलाई नै लकडाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यस्तो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो मेगा बैंक नेपाल लिमिटेडले सेवा प्रदान गरिरहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु संचालन गरि सेवा दिइरहेको अवस्थ छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएको छ । बैंकको कर्मचरीको अवस्था कस्तो छ । कोरोना भाईरसका कारण बैंकिङ प्रणालीमा कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको नाफामा कस्तो असर पर्नेछ र राज्य कोषमा बैंकहरुले दिएको राहतबारे नेपालकै वाणिज्य बैंकको इतिहासमा प्रथम महिला सीइओ एवं मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः   

० नेपालको ठूलो चुक्ता पुजी र ग्राहक भएको मेगा बैंक नेपाल लिमिटेडले यो विशम परिस्थितिमा कसरी सेवा दिइरहेको छ ?
हामीले सबै शाखा प्रमुखहरुको फोन नम्बर सार्वजनिक रुपमै ग्राहकहरुलाई उपलब्ध गराएका छौं । किनभने मोबाईल बैकिङ्ग र एटिएमबाट कारोबार नभए सम्पर्क गर्नको लागि । अर्को कुरा केही शाखा खोलेर हामीले कारोबार गरेको अवस्था छ । हामीले तत्कालै चाहिने अत्यावश्यक सामाग्री खरिदको एलसी कारोबार, चेक क्लियरिङ्ग र रेमिटेन्सका कारोबार गरिरहेको अवस्था छ । यति मात्रै होइन हामी ग्राहकमुखी बैंक भएकोले ग्राहकहरुको डिपोजिट फोनबाटै लिने र कर्जा पनि चाहिए दिने अवस्थामा छौ नि ।

० यति धेरै शाखा सञ्जाल सञ्चालनमा छन् । बैंकका गार्ड, कर्मचारीहरुको सुरक्षाबारे चाहि के सोच्नु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । बैंकका कर्मचारी हाम्रा सम्पत्ती हुन् । उनीहरुको सुरक्षाका सबै उपाय हामीले अबलम्बन गरेका छौं । कर्मचारी र गार्डहरुको सुरक्षा चिन्दा बढेको पक्कै छ । तापनि यो बेला हामी बैंकरले सेवा दिनु पर्दछ भन्ने हाम्रो उद्देश्य हो ।

त्यसकारण गार्ड, स्टाफहरुलाई तीन तीन दिनको ब्रेक गरेर काममा लगाएका छौं । अहिले प्रविधिको माध्यामबाटै डिजिटल बैकिङ्गमा काम धेरै भएको छ। हामीले डिजिटल हस्ताक्षर तयार गरी घरबाटै काम गर्ने वातावरण तयार गरेका छौं । यो नौलो अभ्यास पनि हो । कर्जाका ग्राहकहरुलाई र डिपोजिटका ग्राहकहरुलाई फोनबाटै कुरा गरेर समस्या समाधान गरेका छौं ।

कर्मचारी साथीहरुलाई सेनिटाईटर, माक्स दिएका छौं । एक पटक एउटा मात्रै ग्राहकलाई भित्र पठाउन गार्डहरुलाई भनेका छौं । भीड भाड छैन खासै कारोबार नै भएको छैन । घर भित्रै बस्ने बेला हो अहिलेको चिन्ता अर्थतन्त्रको होइन । जीवन बचाउने हो ।

० एटिएमबारे गुनासो बढेको छ, पैसा नहुने साँझपख नै बन्द हुने देखिन्छ नि ?
यस्तो पटक्कै छैन । हामीले एटिएम २÷२ घण्टामा केन्द्रीय कार्यालयबाटै मनिटरिङ्ग गरेको अवस्था छ । पाँच लाख भन्दा कम रकम हुन साथ पैसा राख्ने व्यवस्था मेगा बैंकले गरेको छ । एटिएमहरुमा सेनिटाईजिङ्ग गरेका छौं ।
एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएममा पैसा निकाल्दा कुनै शुल्क लाग्दैन । यो सुविधा हामीले पनि दिएका छौं । बन्द हुँदैन २४ सै घण्टा खुल्ला छ । ढुक्क भए हुन्छ नि । गार्ड राखेका छौं । समस्या भए गार्डले खबर गर्ने व्यवस्था छ ।

० यस्तो कोरोना भाईरसको महामारीको बेला बैंक गएर काम गर्ने कर्मचारी साथीहरुका लागि के कस्ता सहुलियतका प्योकज ल्याउनु भएको छ सीईओ साब ?
समय अनुसारकै कुरा उठाउनु भएको छ । हामी हाम्रा कर्मचारी साथीहरुको लागि केही गर्ने पक्षमा छौं । बोर्डको बैठक बस्न सक्ने अवस्था नभएपनि डिजिडल बैठक गरि केही दिनमा निर्णय पक्कै दिने छौं ।

० राज्यले कोरोना भाईरस बिरुद्ध स्थापना गरेको कोषमा मेगा बैंक नेपाल लिमिटेडले कस्तो सहयोग गरेको छ ?
तपाईले भने जस्तो यो बेला हामी बैंकहरुको उत्तरदायित्व बढेको पक्कै छ । हामीले राष्ट्रिय कोषमा १ करोड दिएका छौं भने ७ वटै प्रदेशमा ५÷५ लाख गरि ३५ लाख दिएका छौं । हाम्रा कर्मचारीहरुले पनि दिने हो । बोर्डका सदस्यज्यूहरुले पनि दिने कुरा पनि छ ।
यो बेला हामीले नगरे कसले गर्ने संसार आज रोहिरहेको छ । नेपाल त्रसित छ । हामी यही समाजका मान्छे । समाजलाई केही पर्दा हेरी बस्ने कुरा हुँदैन । हामीले सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरेर यो बेला जनता र देश बचाउन केही गर्नु पर्दछ भनेर नै लागि परेको अवस्था छ नि । यो बेला स्वास्थ्यको कुरा महत्वपूर्ण हो । बैंक त फेरि मेहनत गरेर गरौला नि ।

० अहिले बैंकहरुको चैत्र महिनाको वित्तिय विवरण आउँदै छ । यो महामारीले यसमा कस्तो असर पर्ला ?
भूपेन्द्र जी यो विशम र अप्ठ्यारो अवस्थामा नाफा र नोक्सानको कुरा हुँदैन । यो बेला जनता बचाउनु । आफू बच्नु मुख्य कुरा हो । बैंकहरुलाई असर पक्कै पर्ने देखिन्छ । तर, नाफा भन्दा मानव जीवन ठूलो कुरा हो नाफा पछि बनाउन सकिन्छ । यो बेला कर्जा गएको छैन । डिपोजिट पनि छैन । हामीले एलसी र केही बैंक ग्यारेन्टीका अत्यावश्यक भित्र पर्ने काम मात्रै गरेका छौं । नाफा घाटाको हिसाब पछि गरौंला अहिले बच्नु र बचाउनु नै मुख्य सवाल हो नि ।

ग्राहक बचे न बैंक बच्ने हो । त्यसकारण ग्राहकको स्वास्थ्य ठुलो कुरा हो । १० प्रतिशत छुटदिने कुरा छ । शुल्क नलिने कुरा छ । केही असहज पक्कै होला तर, समय अनुसार हामी चल्नु पर्दछ । अर्को कुरा बैंक बनाउन सकिन्छ । तर, साथ जनताकै चाहिन्छ नि ।

० कोरोनाको महामारीको पूर्व तयारी विश्व शक्तिशाली राष्ट्रले गरेको देखिदैन । हामीले त के यो गर्न सक्दछौं र अब यसबाट पाठ सिक्दै जाने हो कि ?
सहि प्रश्न गर्नु भयो भूपेन्द्रजी हामी नेपालीले जीवनमा लकडाउन देखेका थिएनौ । अरु कुरा भोग्दै आए पनि यो लकडाउनले सबै कुरा ठप्प छन् । यो कति लम्बिने हो त्यसमा भर पर्दछ ।

हामीले मात्रै होइन बिश्वका शत्तिशाली र सम्पन्न राष्ट्रहरुले समेत पूर्व तयारी गरेका थिएनन् । हामीले त केपो गर्न सक्दछौं । अब यसको पाठ सिक्दै मान्छेको स्वास्थ्य सबै भन्दा ठूलो कुरा रहेछ नि । त्यसकारण यस्ता रोगसंग उपचार गर्ने पूर्वाधारको तयारी गर्नु पर्दछ । यसका लागि राज्य हामी बैंकसंगै अगाडी बढ्नु पर्ने देखिन्छ । कोरोना भईरस बिरुद्ध सबै एक भएर मुक्ति पाउनु पर्ने देखिन्छ । त्यसकारण घरबाटै सूचना प्रविधिको माध्यामबाटै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हनुहुन्छ । एटिएम एउटा माध्यम मात्रै हो । सबै भन्दा सुरक्षित भनेको घर भित्रैबाट काम गर्नु हो ।

० राज्यले बैंक ग्राहकहरुका लागि ल्याएको राहतका प्याकेज प्रयाप्त छन् त ?
यो समयले देखाउने हो । लकडाउन लम्बियो भने फेरि केही गर्नु पर्ने अवस्था पक्कै छ । यतिले मात्रै पुग्दैन । यसमा राज्य सचेत र सजक पक्कै होला । हामी राज्यलाई यो विशम र विपतको बेला साथ दिने हो । हामी राज्यसंगै छौं । हातमा हात मिलाएर कोरोना भाईरस बिरुद्ध लड्न बैंक र बैंकरहरु तयार छन् ।

० विश्वव्यापी रुपमा फैलिएको हजारौंको ज्यान लिएको र लाखौं कोरोना बिरुद्ध लडिरहेको बेला विश्व अर्थतन्त्रमा ठूलो क्षती पुगेको समाचार आएका छन् । यसले नेपालको बैंकिङ्ग क्षेत्रमा चाही कस्तो असर गर्ला ?
बैंकिङ्ग प्रणाली देशको अर्थन्त्रको मेरुदण्ड हो । त्यसकारण विश्व बजारको असर त पक्कै हामीमा पर्ने प्रस्टै छ । बैंकिङ्ग प्रणाली मात्रै होइन देशको अर्थतन्त्रलाई नै ठूलो क्षती पुग्ने देखिन्छ । अहिले हाम्रा धेरै व्यवसाय बन्द छन् । पर्यटन ठप्प छ । रेमिटेन्स ठप्प छ । प्रोजेक्ट चलेको छैन, यसले सिधै बैकिङ्ग प्राणालीमा असर पर्ने प्रस्टै छ नि ।

यसले संसारलाई छोएको छ । हामी पनि अब अछुतो पक्कै भएनौ । एडिवीले ५.३% ले अर्थतन्त्र झरेको बताएको छ । समालिएर काम गरेपछि अर्थतन्त्र पक्कै बन्ला बैंकको सूचक फेरि बन्लान । जीवन रहे बैंक रहने हो । त्यसकारण अहिले अर्थतन्त्रका कुरा भन्दा पनि मानवीय क्षतीका कुरा गरिनु पर्दछ ।

० अन्त्यमा लाखौ ग्राहक र करोडौं नेपाली जनतालाई चाहि के भन्नु हुन्छ त ?
विश्वव्यापी फैलिएको कोरोना भईरसको महामारीबाट बच्ने समय हो । परिवार र आफ्नो जीवनको स्वास्थ्यबारे सोच्ने समय हो । त्यसकारण राज्यले दिएको सबै कुरा पालना गरौं ।

आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध लडिरहेका छन् । त्यसकारण सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । स्वास्थ रहौं । सुखी रहौं । भन्न चाहान्छु ।
अहिलेको पहिलो आवश्यकता भनेको नै जीवनर्लाइ बचाउने र अरुको जीवन प्रति चनाखो हुने नै हो ।

सनराइज बैंकद्वारा कर्णाली प्रदेशमा PPE हस्तान्तरण

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) जोखिमको न्यूनिकरणको लागि सातै प्रदेशमा सुरक्षाका विभिन्न सामाग्रीहरु वितरण गर्ने बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरिएको छ ।

सो सहयोग सामग्री आज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघिय सांसद जनार्धन शर्मा प्रभाकरलाई हस्तान्तरण गरेका छन् । उक्त सहयोग सामाग्रीमा १० थान PPE, १००० थान Mask, Sanitizer, Pulse Oximeter र Gloves रहेका छन् ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी PPE उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण   

मधुकर अधिकारी वासिङ्टन डिसी,  अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ ।

अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताउनुभयो । भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताउनुहुन्छ । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको सङ्क्रमण परीक्षणका लागि सहयोग गरेको बताउनुहुन्छ । सङ्घीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उहाँले बताउनुभयो । भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहनुभएको छ । यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहनुभएका डा केशव पौडेल अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको बताउनुहुन्छ । कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ । रासससँग कुरा गर्दै पौडेलले भन्नुभयो, “अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ । त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ । पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाका कारण न्यूयोर्कमा बस्दै आउनुभएका अनिल लिम्बूको गत साता निधन भएको थियो ।

नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।

तर सङ्घीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने धारणा भण्डारीको छ । भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेकोसमेत बताउनुभएको छ ।

अमेरिकामा ३०० रजिष्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजको अध्यक्ष रहनुभएकी मञ्जु सङ्ग्रौलाले दिनुभएको जानकारीअनुसार उहाँहरुसँग आबद्ध नर्सहरु सबै ‘एक्टिभ ड्युटी’मा रहेका छन् । यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले रासससँग कुरा गर्दै भन्नुभयो, “हामीले अनौपचारिक तथ्याङ्क सङ्कलन गरेका छौँ, यसरी तथ्याङ्क केलाउँदा करिब ५०० कोरोना भाइरसको सङ्क्रमित हुनुभएको देखिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।” सापकोटाका अनुसार कोरोना भाइरस पोजेटिभ देखिँदैमा जीवन अन्त्य हुन्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्छ । अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्याङ्क पत्ता लगाउन कठिन हुने सापकोटाको भनाइ छ ।

नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको मार्गनिर्देशनहरु अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन् ।  (रासस)
–––

लकडाउनलाई थप कडाइ

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनलाई थप कडाई गर्ने भएको छ । लकडाउनको पूर्णपालना नभएको भन्दै सरकारले कडाई गर्ने भएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकलेले अब देखि एक प्रदेशदेखि अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत पनि कडीकडाउ गर्ने भएको छ । यस्को लागि सबै निकायको समन्वय आवश्यक भएको ठहर पनि मन्त्रिपरिषद्ले गरेको छ ।

कैलाली कञ्चनपर र बाग्लुङ मा र्यापिट टेष्ट शुरू गर्ने। बृहत टेस्टिङ शुरू गर्ने। स्वास्थ्य कर्मीलाई स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराउने। सुरक्षामा आँच आउन नदिने। बीमा र अन्य सुविधा दिने। लकदाउन को विषयमा कुनै निर्णय भएको छैन। लक डाउनलाई थप कडाइ गरिएको हाे ।

नेपालमा थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने र विदेशबाट फर्किएका तथा क्वारन्टीनमा रहेका व्यक्तिहरूमा व्यापक रूपमा परीक्षण गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको हो ।

शनिबार बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

लकडाउन लम्ब्याउने विषयमा भने शनिबारको मन्त्रिपरिषद बैठकले कुनै निर्णय नगरेको अर्थ एवम् सञ्चारमन्त्रीसमेत रहेका डा. खतिवडाले जानकारी दिए ।

यसैगरी, कोरोनाभाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सरकारले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

नेपालभित्रै सङ्क्रमण सरेको पहिलो घटना पुष्टि भएपछि तथा भारतबाट फर्किएका अन्य दुई व्यक्तिमा सङ्क्रमण भेटिएपछि मन्त्रिपरिषद्को बैठक शनिवार अपराह्ण बसेको थियो ।

मन्त्री पुनका अनुसार कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा क्वारन्टीनमा राखिएका व्यक्तिहरू तथा विदेशबाट फर्किएका व्यक्तिहरूको परीक्षणमा तीव्रता दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले देशब्यापी लकडाउन जारी गरेको थियो ।

गत आइतबार थप ८ दिन थप गरिएको लकडाउन आगामी चैत २५ गते समाप्त हुँदैछ । अहिलेसम्म नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एकजना भने उपचारपछि घर फर्किसकेका छन् ।

सगरमाथा इन्स्योरेन्सद्धारा १६ लाख सहयोग गर्यो

सगरमाथा इन्स्योरेन्सले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार कोषमा १६ लाख रुपैयाँ सहयोग गरेको छ । शनिबार जारी गरेको विज्ञप्तिमा अनुसार विश्वभरी फैलिदै गएको कोरोना भाइरसको महामारीबाट बचाऔ र बचौं भन्दै सरकारको प्रयासलाई सहयोग गर्न कोषमा रकम सहयोग गरेको जनाएको छ ।

यो विपत र बिशम परिस्थितिमा नागरिक प्रति दायित्व बैंकहरुको छ

किरण कुमार श्रेष्ठ चिर्नाइ राख्नु पर्ने नाम होइन । नेपालको बैकिङ्ग क्षेत्रमा अब्बल नाम हो । बैकिङ्गलाई नजिकबाट बुझेका श्रेष्ठ बीमा समितिका बोर्ड सदस्य पनि हुन् । उनी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । चैत्र २५ गतेसम्मका लागि सरकारले देशलाई नै लकडाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा पनि नेपालको सरकारी ठूलो स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

राष्ट्रिय वाणिज्य बैंक खुलेको छ कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ ?यीनै बिषयमा राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० नेपालको सबै भन्दा ठूलो सरकारी स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंकले यो बिशम र अप्ठ्योरो अवस्थामा कस्तो सेवा दिईरहेको छ ?
हामीले यो संम्वेदनशील र कठिन अवस्थामा पनि ११० शाखा संचालन गरि ग्राहकहरुर्लाइ सेवा दिएका छौं । १० बजेदेखि १ बजेसम्म आलोपालो गरि शाखा खुलार्ईएकोे अवस्था छ ।

तर, कारोबार अत्यन्तै कम छ । राजधानीका सेन्टर बनाएर बालाजु, कलंकी, बानेश्वर, चावहिल, बौद्ध, पुतलीसडकका शाखा संचालन गरेका छौं । जिल्लाहरुमा जिल्ला प्रशासन र स्थानीय सरकारसंग सहकार्य गरी शाखा संचलन गरेर सेवा दिएको अवस्था छ । यो बेला हामी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको दायित्व बढेको छ ।

हामी प्रति राज्य र जनताको ठूलो आशा छ । भूपेन्द्र जी हामी यही समाजका मान्छे हौं । हामीले यहि समाजलाई केही दिने हो । त्यो दायित्वबाट हामी बैंकर पछि पर्नु हुदैन नी । एलसी, बैंक ग्यारेन्टी जस्ता सेवा पनि दिएका छौं । हामीले भनेका छौं । घरबाट वाहिर नजानु होस् । डिजिटल बैंकिङ्ग सेवाबाटै कारोबार गरौं भनेर ।

० तपाईको भनाई सापटी लिने हो भने यति धेरै शाखा खोली ग्राहकर्लाइ सेवा दिनु भएको देखिन्छ । कोरोना भाईरसको महामारीमा कर्मचारी साथीहरुको स्वास्थ्य प्रति कति चिन्तित रहनु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नुभयो । सुरक्षाका सबै उपाय हामीले अबलम्बन गरेको अवस्था छ ।
कर्मचारीहरु हाम्रा सम्पत्ती हुन् । पहिलो दायित्व कर्मचारी साथीहरुको स्वास्थ्य कै हुन्छ । त्यसकारण सेनिटाईटर, माक्स दिएका छौं । एक पटक एउटा मात्रै ग्राहकलाई भित्र पठाउन गार्डहरुलाई भनेका छौं । भीड भाड छैन खासै कारोबार नै भएको छैन । घर भित्रै बस्ने बेला हो अहिलेको चिन्ता अर्थतन्त्रको होइन । जीवन बचाउने हो ।

० के यस्तो बेलामा फिल्डमा खटिएका कर्मचारी साथीहरुको सुविधाका प्याकेज पनि दिनु भएको होला नि ?
हामीले अफिससम्म लैजाने ल्याउने व्यवस्था गरेका छौं । सुविधाका प्याकेज ल्याउने सोचमा छौं । बैंकको बैठक बसेको छैन् । हामी केही महत्वपूर्ण निर्णय गर्ने छौं । कर्मचारी साथीहरुका लागि ढुक्क भए हुन्छ ।

० राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक हो । यस बेला यो बैंकको दायित्व बढेको तपाईले बताई रहँदा सरकारद्वारा कोरोना भाईरस बिरुद्ध लड्न बनाएको उच्च स्तरको सरकारी कोषमा कस्तो राहत सहयोग दिनु भएको छ त ?
तपाईले भने जस्तो यो बेला हामी सरकारी स्वामित्व भएको संस्था भएकोले उत्तरदायित्व बढेको पक्कै छ । हामीले राष्ट्रिय कोषमा १ करोड ५० लाख दिएका छौं भने ७ वटै प्रदेशलाई ५/५ लाख गरि ३५ लाख दिएका छौं । सरकारको निर्देशन अनुसार हामी कर्मचारीले आफ्नो तलबबाट पनि दिनुपर्ने देखिन्छ ।

कतिपय हाम्रा शाखाहरुले समाजिक उत्तरदायित्व कोषबाट पैसा खर्च गरि केही खाद्यान्न र औषधी वितरण गरेका छन् । हामी पनि यही समाजका मान्छे हौं । हाम्रो दायित्व यहि समाजमा छ । त्यसकारण यो अप्ठ्यारो असहज र विसम परिस्थितिमा बैंक र बैंकरले राज्यलाई साथ दिनुपर्दछ । अर्को कुरा यो बेला घरबाहिर नजाउ आफू पनि बचौं र अरुलाई पनि बचाउ ।

० सीइओ सर, बैंकहरुको चैत्त महिनाको वित्तिय विवरण आउदैछ । यो कोरोना भाईरसका कारण कस्तो असर पर्ने देख्नु भएको छ ?
भूपेन्द्र जी यो विशम अवस्थामा नाफा र नोक्सानको कुरा हुँदैन । यो बेला जनता बचाउनु । आफू बच्नु मुख्य कुरा हो । बैंकहरुलाई असर पक्कै पर्ने देखिन्छ । तर, नाफा भन्दा मानव जीवन ठूलो कुरा हो नाफा पछि बनाउन सकिन्छ ।

यो बेला कर्जा गएको छैन । डिपोजिट पनि छैन । हामीले एलसी र केही बैंक ग्यारेन्टीका अत्यावश्यक भित्र पर्ने काम मात्रै गरेका छौं । नाफा घाटाको हिसाब पछि गरौंला अहिले बच्नु र बचाउनु नै मुख्य सवाल हो नि ।

० राज्यले बैंकका ग्राहकहरुका लागि केही सहुलियतका प्याकेज ल्याएको छ । यसलाई कसरी लिनु भएको छ ?
यो अहिलेका लागि दिएको राहत प्याकेज हो । अवस्था हेरेर पछि फेरि अरु सुविधाका कुरा ल्याउनु जरुरी छ । यतिले पुग्दैन । कोरोनाको महामारी फैलियो र भयाबह भयो भने अझै सुविधा दिनु पर्दछ । तर, यस्तो नहोस् ।

हामी सबै एकजुट भएर कोरोना बिरुद्ध आ–आफ्नो ठाउँबाट लड्नु जरुरी छ । राज्यले गरेको निर्णयबारे हामीलाई राष्ट्र बैंकले निर्देशन नै दिएको अवस्था छ । यो लागु गर्ने कर्तव्य हामी सबै बैंकरको हो । असार मसान्तसम्म साँवा र ब्याज तिर्ने समय दिएका छौं । यो बीचमा तिरे १० प्रतिशत छुटको व्यवस्था पनि गरिदिएको छ । अप्ठ्यारो अवस्थामा ग्राहकर्लाइ साथ सहयोग हामी बैंक र बैंकरले दिनु हाम्रो दायित्व पनि हो ।

० यो अवस्था आउने त्रास भएपनि हामी संग पूर्व तयारी भने थिए भन्दा फरक नपर्ला । अब यसको पाठ सिक्दै कस्ता तयारी भविष्यमा अपनाउनु पर्ला सीइओ साब ?
हामीले मात्रै होइन बिश्वका शत्तिशाली र सम्पन्न राष्ट्रहरुले समेत पूर्व तयारी गरेका थिएनन् । हामीले त केपो गर्न सक्दछौं । अब यसको पाठ सिक्दै मान्छेको स्वास्थ्य सबै भन्दा ठूलो कुरा रहेछ नि ।

त्यसकारण यस्ता रोगसंग उपचार गर्ने पूर्वाधारको तयारी गर्नु पर्दछ । यसका लागि राज्य हामी बैंकसंगै अगाडी बढ्नु पर्ने देखिन्छ । कोरोना भईरस बिरुद्ध सबै एक भएर मुक्ति पाउनु पर्ने देखिन्छ । त्यसकारण घरबाट सूचना प्रविधिको माध्यामबाटै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हनुहुन्छ । एटिएम एउटा माध्यम मात्रै हो । सबै भन्दा सुरक्षित भनेको घर भित्रैबाट काम गर्नु हो ।

० विश्वव्यापी रुपमा फैलिएको हजारौंको ज्यान लिएको र लाखौं कोरोना बिरुद्ध लडिरहेको बेला विश्व अर्थतन्त्रमा ठूलो क्षती पुगेको समाचार आएका छन् । यसले नेपालको बैंकिङ्ग क्षेत्रमा चाही कस्तो असर गर्ला ?
बैंकिङ्ग प्रणाली देशको अर्थन्त्रको मेरुदण्ड हो । त्यसकारण विश्व बजारको असर त पक्कै हामीमा पर्ने प्रस्टै छ । बैंकिङ्ग प्रणाली मात्रै होइन देशको अर्थतन्त्रलाई नै ठूलो क्षती पुग्ने देखिन्छ । अहिले हाम्रा धेरै व्यवसाय बन्द छन् । पर्यटन ठप्प छ । रेमिटेन्स ठप्प छ । प्रोजेक्ट चलेको छैन, यसले सिधै बैकिङ्ग प्राणालीमा असर पर्ने प्रस्टै छ नि ।

० अन्त्यमा लाखौं ग्राहक र नेपाली जनतालाई केही भन्नुहुन्छ ?
यो अवस्था विश्वव्यापी फैलिएको महामारीबाट बच्ने बेला हो। परिवार र आफ्नो जीवनको स्वास्थ्यबारे सोच्ने बेला हो । त्यसकारण राज्यले दिएको कुरा पालना गरौं ।

आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध लडिरहेका छन् । बिरामी छन् । त्यसकारण सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । जीवन रहे सबैहुन्छ । जीवन नरहे केही हुँदैन स्वास्थ रहौं । सुखी रहौं ।

अहिलेको पहिलो आवश्यकता भनेको नै जीवनर्लाइ बचाउने र अरुको जीवन प्रति चनाखो हुने नै हो ।

भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित, २४ घन्टामा ४७८ थपिए   

भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । यहाँ अहिलेसम्म २ हजार ५४७ जनामा यसको सङ्क्रमण भेटिएका छन् ।
प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ६२ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १६२ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् ।

भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राख्दै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ मा २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गर्नुभएको थियो । भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको मोदी बताउनुभएको थियो ।

भारतीय प्रधानमन्त्री लकडाउनको घोषणा भएको हिजो नवौँ दिनमा जनतालाई सम्बोधन गर्नु हुदै कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो– ‘कोरोना भाइरस विरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन ।’

उहाँले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राख्नुभएको थियो ।
भारतको महाराष्ट्र, तामिल नाडु, केरला, नयाँ दिल्ली, आन्ध्र प्रदेश, कर्नाटक, राजस्थान, तेलाङ्गाना, चन्डीगढ, जम्मु र काश्मिर, लदाख, मिजोरम, आसाम र मणिपुरलगायतका राज्यहरुमा कोरोना भाइरस सङ्क्रमण पाइएको र कतिपय राज्यमा व्यक्तिहरुको ज्यान गएको छ ।

सरकारी स्रोतले दिएको पछिल्लो तथ्याङ्कअनुसार भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ६२ जनाको मृत्यु भएको छ ।  (रासस/एएनआई)

‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे आज सञ्चारकर्मीहरुलाई जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो – “डेरामा बस्नेहरुलाई मात्र राहत बाँड्ने भन्ने होइन । काठमाडौँमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामथ्र्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो ।”

सरकारी सेवामा रहेका डेरावालहरुले यस्तो राहत नपाउने प्रमुख शाक्यले स्पष्ट पार्नुभयो ।

राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा आठ लाख, छ लाख र चार लाख रुपैयाँका दरले वडाहरुलाई सहयोग रकम निकासा गरिसकेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो – “महानगरपालिकाले अहिले टोल टोल र वस्ती वस्तीमा कीट नाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ ।”

विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गर्दै उहाँले भन्नुभयो – “विदेशबाट फर्केका नागरिकलाई अपराधी सरह नभै सम्मानपूर्वक व्यवहार गरौं । ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ । परिवारका सदस्यसँगै घुलमिल नगरेर बसिदिनुपर्छ ।
हरेक नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ ।”

सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप्प सञ्चालनमा ल्याइसकेको छ । यसमा केही व्यक्तिहरुले आफ्ना विवरण भरेर पठाइसकेका छन् ।

राहत बाँड्दा दोहोरिन सक्ने र पाउनु पर्ने चाहीँ छुट्न सक्ने संभावनाबारे राखिएको एक जिज्ञासामा उहाँले भन्नुभयो – “हामीले लक्ष्यित वर्गको प्रारम्भिक विवरण तयार पारेका छौं र त्यसकै आधारमा वितरण गर्ने काम भइरहेको छ । कसैले खानै नपाउने स्थिति नआओस् भन्नेमा हामी सचेत छौं ।” तात्कालिक रुपमा लकडाउन अवधिभरका लागि क्यालोरीको गणना गरी खाद्यवस्तु वितरण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार राहत पाउनु पर्ने व्यक्तिहरुको यकिन विवरण आजै ३२ वटै वडाबाट प्राप्त हुनेछ ।

कुनै ठाउँ वा वस्तीमा अत्यावश्यकीय वस्तुको अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको उहाँले जानकारी दिनुभयो । सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को व्यवस्था पनि गरेको छ ।
–––

लकडाउनको सदुपयोग : यसरी हुँदैछ काठमाडौँमा सडक मार्किङ

महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी मुलुक प्रभावित छ । छिमेकी मुलुकहरुमा फैलिएको रोगको सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी दिइसकेको छ । रोगबाट मुलुकलाई जोगाउन सरकारले अन्त्यावश्यक बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश ‘लकडाउन’ को आज ११औँ दिनसम्म मानिसको आवाजावत ठप्प छ । अत्यावश्यक बाहेकको काम हुन सकिरहेको छैन ।

यस्तो अवस्थामा लकडाउनलाई कतिपयले भरपुर सदुपयोग पनि गरिरहेका छन् । भर्खरै कालोपत्र गरिएको र लेयर थपिएको काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रका सडकमा अहिले लेन, जेब्राक्रसिङ तथा ट्राफिक सङ्केत मार्किङ गर्ने काम जारी छ । उपत्यकाको सडक सिँगार्ने काममा कोभिड–१९ विरुद्ध आवश्यक सुरक्षात्मक मापदण्ड अपनाएर मजदूरको एउटा समूह परिचालन गरिएको छ । यो क्रमलाई आइतबारदेखि भने दुई समूहमा परिचालन गर्ने योजना रहेको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ आज अपराह्न मार्किङ गरिरहेको सडक क्षेत्रको स्थलगत अनुगमनसमेत गर्नुभएको छ । उहाँले सो क्रममा कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिनुभयो । उहाँसँगै हुनुहुन्थ्यो महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र सडक डिभिजन काठमाडौँका प्रमुख कुवेर नेपाली ।

मन्त्री नेम्वाङले भन्नुभयो, “आवश्यक सुरक्षाका उपाए अपनाएर सडक मार्किङलाई तीव्रता दिनुपर्छ मन्त्रालयले के सहयोग गर्नुपर्ने हो, हामी सहयोग गछौँ ।” उहाँले खानेपानीको पाइपलाइन विस्तारलगायत विभिन्न कारणले क्षति पुगेको गौशाला–चाबहिल सडक व्यवस्थापनमा लाग्नसमेत डिभिजन प्रमुख नेपालीलाई निर्देशन दिनुभएको छ । नेपालीका अनुसार उक्त सडक व्यवस्थापनको आवश्यक प्रक्रिया शुरु भइरहेको जानकारी दिनुभयो । खानेपानीको काम सकिएकाले अब सरडकको कामलाई निरन्तरता दिने योजना अघि सारिएको छ ।

यसअघि छोटो समयमा मन्त्री नेम्वाङले १०० दिनको कार्यकालमा काठमाडौँ उपत्यकाको मूल सडकमा देखिएका नौ हजार ५०० सडकका खाल्टाखुल्टी पुरेको जानकारी गराउनुभएको थियो । खाल्टाखुल्टी पुरिएपछि दुर्घटनाको जोखिम कम भएको छ । पछिल्लो समयमा उपत्यकाको मुख्य सडकमा झण्डै ३० किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ । त्यही सडकमा अहिले मार्सिङको काम भएको हो । मुख्यगरी जेब्राक्रसिङ, एज लेन, सेन्टर लाइन र लेनलाइनको काममा डिभिजन कार्यालयले मजदूर खटाएको छ ।

आजसम्म कार्यालयले महाराजगञ्ज–बालुवाटार, धुम्बाराही–हाँडीगाउँ, थापाथली–माइतीघरको मार्किङको काम सकेको डिभिजन प्रमुख नेपालीले राससलाई बताउनुभयो । आज माइतीघरदेखि पुतलीसडकसम्मको काम जारी छ । सडकमा मजदूरले रङ पकाउने, डोरी तान्ने र यन्त्रबाटै सडक मार्किङ गरिरहेका छन् । त्यही सिलसिलामा मन्त्री नेम्वाङ पनि सडकमा आएर आवश्यक निर्देशन दिनुभएको हो । आइतबार तीनकुनेदेखि विमानस्थल र बबरमहल क्षेत्रको सडकको मार्किङको काम हुने जनाइएको छ ।

“कोरोनाको जोखिमका कारण अहिलेसम्म सुरक्षात्मक उपाए अपनाएर एक समूहमार्फत काम गराइएको थियो, अब विस्तारै समूह थप्ने योजनामा छौँ, सामाजिक दूरी कायम गरेर कामलाई तीव्रता दिने सोचमा छौँ”, प्रमुख नेपालीले भन्नुभयो ।

नयाँ बनेका सबै सडकमा मार्किङको काम सक्ने योजना डिभिजन कार्यालयको छ । अहिले मार्किङका लागि उपयुक्त समय हो । यो बेलामा न मानिसको भीडभाड छ न सडकको अवरोध । अरु बेलामा गाडीको चापले काम गर्न सकिने थिएन । राति काम गर्नुपर्ने बाध्यता थियो । राति काम गर्दा नसुक्ने समस्याले गाडीको चक्कामै टाँसिएर बिग्रने सम्भावना थियो । यस पटक लकडाउनले दिउँसो नै काम गर्न सकिने भएकाले रङ राम्रोसँग बस्नेछ ।

लकडाउनको अवस्था सुरक्षामा खटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले सडक मार्किङमा पनि आवश्यक समन्वय गरिरहेको छ । कार्यालयका प्रमुख भीमप्रसाद ढकालले भन्नुभयो, “सडकमा चिह्न लगाउने यो नै उपयुक्त बेला हो, यसको भरपुर सदुपयोग गर्नुपर्छ भनेर नै हामी लागेका हौँ ।” ट्राफिक प्रहरीले लकडाउनको बेलामा गर्ने आवश्यक सुरक्षात्मक कामका साथै सडक मार्किङमा पनि ट्राफिकले आवश्यक समन्वय र सहयोग गरिरहेको ढकालले बताउनुभयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न निर्माण आयोजना सञ्चालनलाई केही खुकुलो पार्दै आवश्यक सुरक्षात्मक उपाए अपनाएर सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ । बाहिरबाट मजदूर ल्याउन भने नपाइने भएकाले मजदूरलाई आवासीय रुपमा परिचालन गर्नुपर्छ । आवश्यक सुरक्षा मापदण्ड अपनाएर नै सडकको मार्किङको काम जारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कोभिड–१९ को जोखिम रहेको वर्तमान अवस्थामा अन्य विभिन्न क्षेत्रका व्यक्तिले समेत आआफ्नो कामलाई घरभित्रै बसेर सञ्चालन गरिरहेका छन् । कलाकार आफ्नो नयाँ–नयाँ गीत–सङ्गीत, चलचित्र तथा नाटकको तयारीमा जुटेका छन् । चित्रकारहरु बन्द कोठाभित्रै बसेर क्यान्भासमा सिर्जना कोरिरहेका छन् । साहित्यकार साहित्यिक रचनामा व्यस्त छन् ।

एन आई एशिया बैंकमा अनलाईन खातामामा नयाँ योजना

एन आई सी एशिया बैंक लिमिटेडले यस बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहक महानुभावहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नुहुनेछ । खाता खोलिसकेपछि पाउनु भएको खाता नम्बरको आधारमा ग्राहक महानुभावहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नुहुनेछ ।

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा ग्राहक महानुभावहरुलाई वार्षिक रु १४००० फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले रु ५०० सम्म रकम फिर्ता पाउन सक्नुहुनेछ ।

यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४००० सम्मको रकम फिर्ता पाउन सक्नुहुनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।

ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा त्तच् सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

यसका साथै ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

मेगा बैंकबाट प्रदेश नम्बर १ र २ लाई ५/ ५ लाख रुपैंया सहयोग हस्तान्तरण

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई ५–५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो । यसैगरी, मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।

मेगा बैंक सञ्चालक समितिको निर्णय अनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो । मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।