जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सरकारको कुरा नगरौं, नागरिकहरु संबेदनशील होऔं

सरकारको कुरा नगरौं, नागरिकहरु संबेदनशील होऔं

मनोज ज्ञवली / हिजो सांझ 6 बजे तिर औषधी किन्न जानु पर्यो भनेर डराई डराई बाहिर निस्केको त धापासीको बाटो भरी मान्छे नै मान्छे। पुरा गफ दिएर 8-10 जना सम्म झुण्ड बनाएर। कतिपयको मुखमा त मास्क पनी थिएन। नागरिकहरुको चेतना देखेर झसंग हुदै रिङरोड सम्म पुगेको त हुलका हुल मान्छे। पुलीस पनी थिएन। घर घर अनी गल्ली गल्लीमा पुलीस हुन सम्भब नी छैन।

हामीहरु पहिले संसारभरमा हरियो देखिएको नेपालमात्र भन्दै खुबै धाक लगायौ र बिदेशी प्लेन पनी भित्र्यायौं; त्यो पनी कुनै तयारी बिना। त्यती बेला हामीलाई लाग्थ्यो: नेपाल कोरोनामुक्त क्षेत्र हो कि अझै कसैलाई त लाग्थ्यो कोरोना संक्रमित पनी नेपाल आईपुगेपछि पशुपतिनातको कृपाले कोरोना मुक्त हुन्छ। अह अहिले जम्मा 5 जना मात्रै संक्रमित छन अमेरिकामा सवा लाख भैसके भन्दै  बसेको छौ। यस सम्भन्दा सरकारको दुरदर्शिता, योजना र तयारीको बारेमा बोल्न मसंग शब्द छैनन।

कोरोनाको संक्रमण हुदै गर्दा नी 8-10 दिन त कुनै लक्षण नै नदेखिन सक्छन या सामान्य मात्र देखिन सक्छन।अमेरीकामा व्यापक रुपले शंका लाग्दासाथ चेकिङ हुदैछ र धेरै देखिन्छ। हाम्रो मा रुघा खोकी जरो आएर हस्पिटल पुग्दा चेकिङको साटो अस्पतालले गेट नै बन्द गरिदिएका कति समाचार आईसके अनी  कसरी देखिन्छ कोरोना; डाक्टर र अस्पतालहरु आफै निरिह छन्।

कहि यसैले कोरोना कम देखिएको त होईन? कहि थाहै नपाउ हामी आफ्नो साथीभाई, परिवार र छिमेकिलाई संक्रमण सारिरहेको त छैनौ? कहि भित्र भित्रै  हामी भुसको आगो झै सल्काईरहेका त छैनौ? भारतबाट आएका नागरिकहरु गांउ गांउमा चियापसलमा गफ हानेर अनी तास खेलेर बसिरहेका छन। डर लाग्छ कतै भित्र भित्रै भयावह भईरहेको नहोस। स्थीति सामान्य नहोउन्जेल उच्च सतर्कता अपनाउं। मृत्युदर कम छ भनेर नहेपौ यसलाई। चाईनाको उच्च सतर्कता, श्रोत, साधन र अनुशासन ले गर्दा मृत्युदर कम देखिएको थियो। ईटालीमा 12,000 लाई निको भयो भने 10,000 को मृत्यु भएको छ। त्रसित हुने होईन तर सचेत र संवेदनशील हुन जरुरी छ।

गोर्खाली बहादुरीपन कोरोनालाई नदेखाउं।अत्याबश्यक काम बाहेक बाहिर ननिस्किउं र निस्किनै परे सचेत रहूं।  सरकारको कुरा नगरौं, नागरिकहरु संबेदनशील होउं। बांचौं र बचाऔं। (लेखक ज्योति विकास बैंकका सीइओ हुनुहुनछ ।)

7945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?