एन आई सी एशिया बैंक लिमिटेडले यस बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहक महानुभावहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नुहुनेछ । खाता खोलिसकेपछि पाउनु भएको खाता नम्बरको आधारमा ग्राहक महानुभावहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नुहुनेछ ।
अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा ग्राहक महानुभावहरुलाई वार्षिक रु १४००० फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले रु ५०० सम्म रकम फिर्ता पाउन सक्नुहुनेछ ।
यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४००० सम्मको रकम फिर्ता पाउन सक्नुहुनेछ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।
ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा त्तच् सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
यसका साथै ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गर्दछौं ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई ५–५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो । यसैगरी, मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।
मेगा बैंक सञ्चालक समितिको निर्णय अनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो । मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिँदै थप ३ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेको हो ।
मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्ष पुरूषमा, उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षे पुरूषमा र कैलालीकै ३४ वर्ष महिलामा कोरोनाको संक्रमण भेटिएको हो ।
कैलालीकी ३४ वर्षे महिला यसअिङ कैलालीमा संक्रमित भेटिएका पुरूषका नातेदार भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
कोरोना भाईरसले विश्वकै अर्थतन्त्रलाई पछाडि धकेल्ने भएको छ । मुलुकको को मेरुदण्ड मानिने बैंकिङ क्षेत्र सहित अर्थतन्त्रमा गम्भिर असर पार्ने देखिएको छ ।
यसले गर्दा बजारमा वित्तिय बजारमा अहिले बचतको ब्याजदर घटाउने विषय व्यापक चर्चामा रहको छ ।
व्यवसायिक रुपमा लाग्ने शेयर कारोबारीहरु तनावमा परिरहेको समयमा बाणिज्य बैंकमा मुद्दती खाता खोली रकम जम्मा गर्नेहरु समेत श्रसित भएका छन् ।
नेपाल बैंकर एसोसिएसनका अध्यक्ष एबं सानिमा बैंकका सिइओ भुवन दाहालको अध्यक्षतामा बसेको तिन महिना अघिको बैंठकले मुद्दती खाताका बचत कर्ताको ब्याज नघटाउने भनिए पनि नयाँ गर्भनर महाप्रसाद अधिकारी नियुक्तीसँगै डेढ प्रतिशत ब्याज घटाउने रणननिति नेपाल बैंकर एसोसियनका अध्यक्ष एवं सानिमा बैंकका सीइओ भुवन दाहालले ल्याउनु कत्तिको जायज हो । बैंकहरुको नेता बनेर गर्भनरको नवनियुक्ती भए देखि नै उनलाई असफल बनाउन लागि परेकै हुन् त सीइओ भुवन दाहाल यो खोजीको विषय बनेको छ ।
करिब तीन महिना अघि बैंठक बसी बचतको ब्याज नघटाउने भनि निर्णय गरेका बैंकर्स संघका अध्यक्ष भुवन दाहाल एकाएक ब्याजदर घटाउने पक्षमा किन उभिए ? विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाल पनि अछुतो रहन सकेन । यो सर्वविधितै छ । यस्तो समयमा आम नेपाली नागरिकलाई बचतको व्याजदर घटाएर झन त्रास फैलाउने अधिकार नेपाल बैंकर्स एसोसियशनका अध्यक्ष एंव सानिका बैंकका सीइओ भुवन दाहाललाई कसले दियो ?
कोरोना भाईरसबाट त्रसित जनतालाई राहत दिनको लागि सरकारले लकडाउन देखि खाद्यान्न राहतका धेरै कुरा ल्याएको छ । वाणिज्य बैंकहरुको नेता नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भएको नाताले जनतालाई राहत नै दिने हो भने ३ देखि ६ महिनाको कर्जाको ब्याज मिनाह र कर्जामा ब्याजदर तुरुन्त घटाउनु पर्छ, होइन भने आम नेपाली जनताले खाई नखाई जमाएको पैसा बचतमा राखेका छन् । त्यसको पनि ब्याजदर घटाउने कहाँसम्म न्यायोचित कुरा हो । सचेत भया ।
कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी, कुमारी बैंक लिमिटेडले दराज मार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १०% सम्मको आकर्षक छुटको प्रावधान गरेको छ ।
सो सहमति पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराज मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल÷अनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी रु १ लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो । बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप–महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप–प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गर्नु भएको हो । प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप–महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिनु हुंदै उक्त सामग्री उप–महानगरपालिकाको विपत व्यवस्थापन कोष मार्फ वितरण गरिने बताउनु भयो ।
हाल नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु. १ (एक) करोड सहयोग गर्ने जनाएको छ ।
नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।
यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ ।
मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५÷५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो । यसैगरी, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।
मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । अन्य प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ ।
मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गरेको यो सहयोगमा सञ्चालक समितिका सदस्यदेखि मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीहरुले पनि व्यक्तिगत योगदान गरेका छन् ।
नेपालको निजी क्षेत्रको ठूलो ग्राहक सख्या भएको नेपाल इन्भेष्टमेन्ट बैंकले विश्वव्यापी महामारीको रुपमा फैलेएको कोरोना भाईरस रोकथाम नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले बनाएको कोषमा एक करोड सहयोग गरेको छ ।
बैंकका सीइओ ज्योति प्रका पाण्डेका अनुसार कोभिड १९ नियन्त्रणको लागि आफूहरुले पनि नेपाल सरकारको कोषमा १ करोड रुपैयासहयोग गरेको बताए ।
सन्तोष कोइराला युवा बैंकरहरुको पंक्तिमा चिनाई राख्न पर्ने नाम होइन । कोइरालाले बैंक अफ काठमाण्डू, सानिमा बैंकमा करिब २ दर्शक विताए पछि हाल माछापुच्छ्रे बैंकका सीइओ छन् । करिब २ दर्शक बैकिङ्ग इतिहासमा जीवन विताएका कोइराला कम उमेरका सीइओहरुको पंक्तिमा पर्दछन् ।
बैंकर कोइराला एनआरएनको ठूलो लगानी रहेको माछापुच्छ्रे बैंकको सीइओमा २०७७ साल बैशाख १ बाट लागु हुनेगरी नियुक्त भएका छन् । अहिले बिशम अवस्थामा यो बैंकले के कस्ता बैकिङ्ग सुविधा दिएको छ ?
अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाईरसले नेपाल त्रसित बनाएको छ । चैत्र २५ गतेसम्म सरकारले देशलाई लकडाउन गरेको छ । मानिस सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।
यस्तो अवस्थामा पनि नेपालको बलियो निजी क्षेत्रको बैंक माछापुच्छ्रे बैंकले सेवा प्रदान गरिरहेको अवस्थामा देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल करोबार गर्न नसक्ने एटिएम कार्ड नभएका ग्राहकलाई कारोबार गर्न शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ ।
यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ? माछापुच्छ्रे बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकका कर्मचरीहरुको स्वास्थ्य अवस्था बारे बैंक कति सचेत छ । बैंक र बैंकरहरुले यो विशम परिस्थितिमा राज्यलाई कस्तो योगदान दिएका छन् । यीनै विषयमा युवा बैंकर एवं माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइरालासंग सम्पदक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।
० देश पूर्ण लकडाउनमा छ । जनता कोरोना भाइरसबाट आतंकित छन् । यस्तो सम्बेदनशील अवस्थामा माछापुच्छ्रे बैंक लिमिटेडले चाही कसरी कस्तो सेवा दिएको छ ?
हामीले आवश्यकता हेरि उपत्यकाका तीन जिल्लामा १÷१ वा शाखा सञ्चालनमा गरि सेव दिएका छौं । उपत्यका बाहिर प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी केही शाखा खोली सेवा दिएका अवस्था छ ।
डिजिटल बैंकिङ्ग नभएका, एटिएम कार्ड नभएका हजारौं ग्राहकहरुलाई १÷२ घण्टा शाखा खोली सेवा दिएको अवस्था छ । यो बेला घरबाटै डिजिटल बैकिङ्ग कारोबार गर्र्नु नै उचित हुन्छ । हामी र हाम्रा कर्मचारी साथीहरु पनि घरबाटै काम गरेका छन् । यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउने बेला हो ।
० राज्यले बैंकका ग्राहकहरुलाई लक्षित गरी ल्याएका सहुलियतका प्याकेजलाई तपाईले चाही कसरी लिनु भएको छ ?
यो अत्यन्तै सकारात्मक पक्ष हो । यसलाई हामीले सकारात्मक रुपमा दिएका छौं । अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरलाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्क नलिने भन्ने कुरा आएको छ ।
अर्कोतिर चैत्र मसान्तमा १० प्रतिशत ब्याजमा मिनाह दिनसक्ने भनेको छ । बैंकले आफ्नो आम्दानीबाट दिने भन्ने कुरा छ । राज्यले गरेको निर्णय पालना गर्नु हाम्रो कर्तव्य हो । दायित्व हो । असार मसान्तसम्म कर्जाहरुको सावाब्याज तिर्ने समय दिएको छ ।
यसले ग्राहकलाइ ठूलो राहत मिलेको देखिन्छ । भूपेन्द्रजी । हामी यहि समाजका मान्छे हौं । समाजलाई केही गर्नु पर्दछ भन्ने हाम्रो पनि सोच छ । अप्ठयारो अवस्थामा ग्राहकहरुलाई साथ र सहयोग हामी बैंक र बैंकरले नदिए कसले दिन्छ ? तर, बैंक बाहिर रहेका लाखौं मजदूर, कामदार र गरिब जनताका लागि राज्यले छिटो राहतका कार्यक्रम ल्याउनु पर्ने देखिन्छ ।
० यो कोरोना भाईरसको महामारकिा बेला कर्मचारी साथीहरुको सुरक्षाबारे कति चिन्तित रहनु भएको छ सीइओ साब ?
भूपेन्द्र जी, महत्वपूर्ण प्रश्न सोध्नु भयो । हामी कर्मचार िसाथीहरुको स्वास्थ्यबाटै अत्यन्तै सचेत र सजक छौं । ती साथीहरुले केही राहतका कार्यक्रम ल्याउने भएका पनि छौं ।
कर्मचारी साथीहरुको हाम्रा सम्पत्ती हुन् उहाँहरुको सुरक्षा नै हामी बैंकरहरुको पहिलो दायित्व हो । त्यसकारण हामीले माक्स, सेनिटाइजर र पञ्जा प्रयोग लगायत एटिएमलाई समेत सेनिटाईजिङ्ग गरेका छौं । कर्मचारी कम मात्रामा छन् । ग्राहक अझै कम मात्रामा आएको अवस्था छ । कारोबार सानो भएको छ । यो अवस्था घरबाटै सूचना प्रधिवीबाट डिजिटल बैकिङ्ग गर्नु उचित हुन्छ ।
० कोरोना भाईरसंग लड्न राज्यले स्थापना गरेको राष्ट्रिय स्तरको कोषमा तपाईको बैंकको सहयोग रहन्छ त ?
किन नरहने हामी पनि यहि समाजको मानिस हौं । हाम्रो पनि यो समाजमा केही दायित्व पक्कै छ । बिपतको बेला हामी राज्यसंगै हिडेको प्रसस्तै उदाहण पनि छन् ।
यसैलाई मध्यनजर गर्दै हामीले राष्ट्रिय कोषमा ५१ लाख रकम दिएको अवस्था छ । सबै ७ वटै प्रदेशमा ५/५ लाख राहत स्वरुप दिएका छौं । यसको अलवा यो लकाउनमा गरिब मजदुर, कामदारहरु भोकै नरहुन भनेर हामीले २० लाख बराबरको मुल्य पर्ने राहत सामाग्री दियौं । ५ हजार लि.को पानी ट्याङ्की प्रहरीको सहकार्यमा विभिन्न ठाउँमा राखी दिएको अवस्था पनि छ ।
यी सबै हिसाब गर्ने हो भने हामीले राज्यलाई १ करोड ६ लाख दिएको अवस्था छ नि ।
० चैत्र मसान्तमा बैंकहरुको रिजल्ट पनि बाहिर आउने बेला हो । यो कोरोना महामारीले नाफामा पक्कै फरक त पर्ला नि सीइओ साब ?
यो बेला आफू बच्ने र जनतालाई बचाउने बेला हो । राज्यले लागु गरेको लकडाउनलाई पालना गर्नु हो । जीवन रहे अरु कुरा त पछि आईहाल्छ नि । नाफा घाटा यो बेला हेर्ने होइन । नाफामा त फरक पर्ने नै छ । नाफा भन्दा जनताको स्वास्थ्य राम्रो हुनु जरुरी छ । नाफा कमाउला, अर्थतन्त्र बचाउला तर, अहिले जनता बचाउने हो ।
सरकारले लाखौं गरिब, जात जातिका भाषा भाषीका मजदुर र कामदारका लागि तत्कालै उचित राहत ल्याउनु प¥यो । यो बेला ठूला भन्दा साना साना कुरामा ध्यान दिने बेला हो । रोजी रोटीका कुरा होलान । ग्यास, नुन, तेल, चामल, दालका कुरा होलान । राज्यले यो बारे तत्कालै सोच्नु प¥यो नि । ० लामो लकडाउनले एटिएममा पैसा सकिएको र साँझ पदै गर्दा बन्द हुने गरेको गुनासो बढेको छ नि ?
भूपेन्द्र जी यो सबै झुट हो । यो बेला यो हुनै सक्दैन । किन भने हामी वाणिज्य बैंक, विकास बैंक र वित्तिय संस्थाले कुनै शुल्क एटिएममा नलिने निर्णय नै गरेको अवस्थामा छ ।
अर्को कुरा एटिएम कहिले बन्द हुन्दैन । २४ सै घण्टा खुल्ला छन् । पैसा प्रसस्त छ । कम कारोबार एटिएममा भएको छ । कसरी पैसा सकिन्छ । यो त आतंक फैलाउने कुरा भयो झुट बोल्ने ? हामीले एटिएमलाई समेत सेनिटाईज गरेका छौं । ढुक्क भए हुन्छ । हामी हाम्रा लाखौं ग्राहकलाई पैसा नभएर दाल, चामल, ग्यास, पानी र औषधी किन्नबाट बञ्चित पटक्कै गर्दैनौ । हामीलाई फोन गरेर पनि सेवा लिन आग्रह गर्दछु ।
अर्को कुरा हामी माछापुच्छ्रे बैंक २७ वाणिज्य बैंकमा एटिएमको ठूलो सञ्जाल भएको बैंक भएकोले हामी यस कुरामा अति नै चनाखो र सचेत छौं ।
All-focus
० विश्व बजारमा कोरोना भाईरसले अर्थतन्त्र तहसनहस झै बनाएको छ । यसले नेपालको बैकिङ्ग प्रणालीमा कस्तो असर पार्ने देख्नु भएको छ ?
देशको अर्थतन्त्रको मुटु, कलेजो भनेकै बैंकिङ्ग प्रणाली हो । यसले नेपाली बैकिङ्ग प्रणालीमा असर नपर्ने कुरै छैन । चुनौतीपूर्ण बन्दै गएको छ । नेपालको बैकिङ्ग प्रणाली तर हतोत्साहित भई हाल्नु पर्ने अवस्था छैन । अर्थतन्त्रको खुट्टा भाँचिए पनि हात भाचिएको छैन । भोली यसलाई बनाउला । तर, आजको आवश्यकता भनेको मानवीय क्षती बचाउनु आफू बच्नु र अरुलाई बचाउनु नै हो । अरु कुरा आज नभए भोली त होला नि ।
० लाखौं ग्राहक र नेपाली जनतालाई केही सन्देश दिनु हुन्छ । यो विशम अवस्थामा सीइओ साब ?
पक्कै पनि हामीलाई शाखा खोल्ने रहर थिएन तर हामी अत्यावश्यक भित्र पर्ने बस्तु भएकोले केही शाखा खोली सेवा दिएका छौं । तापनि हामी सचेत छौं । यो विषम परिस्थितिमा बैंकहरुले सेवा दिनु पनि चुनौतिपूर्ण र जोखिम छ । तर, हामीले दिइरहेको अवस्था पक्कै छ ।
पहिलो कुरा त आफू बचौं अरुलाई पनि बचाउ ।
मानव रहे जीवन रहे, सबै कुरा देखिन्छ । त्यसकारण घरभित्रै बसौ । अर्को कुरा आज कोरोना भाईरसले विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध छटपटाईरहेको अवस्था छ ।
सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । जीवन रहे सबैहुन्छ । जीवन नरहे केही हुँदैन स्वास्थ रहौं । सुखी रहौं । घरमै बसी नयाँ नयाँ सृजना गरौं मोबाइलबाटै डिजिटल कारोबार गरौं । परिवारसंगै दिन विताउ ।
अर्को कुरा विदेशबाट आउनु भएका सबै साथीहरु घरमै क्वाराइनटाइनमा बसौ । केही भए अस्पताल जाउँ । आफूलाई बचाऔं र अरुलाई पनि बचाउ । भन्न चाहान्छु ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एन आई सी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा रू. पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।
यसै सन्दर्भमा २०७६ चैत्र २० गते बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो ।
प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा रू. पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ ।
यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावहरुमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गर्दछ ।
‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरुले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ ।
यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।
यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैंया आर्थिक सहयोग गरेको हो ।
कर्मचारी सञ्यच कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व ) का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार (२०७६÷१२÷१९) बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गरेको हो ।