जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

अर्थ समितिका सांसदको बैंकरसँग छलफल

अर्थ समितिअन्तर्गत रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले बैंकर्स संघका पदाधिकारीहरुसँग नयाँ आउन लागेको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकका बारेमा छलफल गरेको छ।

केही दिनअघि बैंकका अध्यक्षहरुको संगठनका पदाधिकारीसँग छलफल गरेको उपसमितिले बिहीबार वाणिज्य बैंकका सिइओहरुसँग अढाइ घण्टा लामो छलफल गरेको हो। ३ बजेदेखि साढे ५ बजेसम्म चलेको छलफलमा बैंकर्सका तर्फबाट संघका अध्यक्ष भुवन दाहाल, पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगाना र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी सहभागी थिए।

छलफलमा झाँक्रीले ‘मिडियालाई केही पनि बताउन पाइँदैन’ भन्दै उपसमितिले जान्न खोजेका विषयहरु उठाएकी थिइन्। सांसदहरुले अधिकांश प्रश्न ब्यापारीका तर्फबाट राखेका थिए।

बैंकरले प्रमुख कार्यकारीको कार्यकाल तोकिनु ठिकै भएपनि उमेर तोकिनु गलत भएको तर्क राखेका थिए। ऐन लागू भएपछि अर्को कार्यकालको गणना हुनुपर्ने विषय बैंकरले उठाएका थिए।

सञ्चालकहरुको कार्यकालका बारेमा पनि प्रश्न उठेको थियो। त्यसमा बैंकरले ‘गैरकार्यकारी पद भएकाले कार्यकाल तोकिनु उचित नभएको’ तर्क दिएका थिए। साथै उनीहरुले पैसा लगानी गरेर सञ्चालक हुने भएकाले उमेर हद तोकिनु ब्यवहारिक नहुने बताएका थिए।

छलफलमा अहिलेको सत्रमा बाफिया पारित नहुने सांसदहरुले बताएका थिए। ‘यो सत्रमा हुँदैन। यसपछि बजेट सत्रमा प्राथमिकतामा पर्दैन। त्यसैल एक वर्ष लाग्ला,’ सांसदहरुको भनाइ उदृत गर्दै एक बैंकरले भने।

राष्ट्र बैंक र अर्थमन्त्रालयको भूमिकाका बारेमा पनि सांसदले प्रश्न उठाएका थिए। त्यसमा बैंकरले उताको विषयमा आफूले बोल्न नसक्ने बताएका थिए।

बैंकरले सेयर ब्रोकरको लाइसेन्स बैंकलाई पनि दिनु पर्ने माग राखेका थिए। कोरोना भाइरसका कारणले अर्थतन्त्रमा पर्ने असरका बारेमा पनि छलफल भएको थियो।

हामी बिरुद्ध नकारात्मक हल्ला चलाइए

नेपालको नम्बर १ बैंक नेपाल इन्भेष्टमेण्ट बैंकका बारे सञ्चार माध्याममा आएका समाचारमा सत्यता नभएको बैंकले दाबी गरेको छ । ललिता निवासमा र ठेकेदारको धरौटीमा बैंक फस्यो, बैंक डुब्दै छ भनी बैंकको छवि धमिलो बनाउने काम भएकोमा बैंकका सीइओ ज्योति प्रकाश पाण्डेको चित्त दुखाई रहेको छ ।

सीइओ पाण्डे भन्दछन्ः– बैंकमा नाफा घटबढ हुनु स्वाभाविक हो । हामी नम्बर १ नै हुनेछौं । बैंकले दिएका कर्जा कहिले पनि डुब्दैन । बैंकसंग राम्रो धितो छन् । हल्ला गरेर हुँदैन नि ।
बैंकिङ उद्योगमा नयाँ परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा बैंकका कतिपय रणनीतिमा समेत आमूल परिवर्तन गर्नुपर्ने अवस्थालाई आत्मासाथ गर्दै बैंक नेतृत्वले फेरि पनि नम्बर वानको पोजिसनमाथि कब्जा जमाउने रणनीति तयार पारेको हो ।

केही समयअघिसम्म अधिकांश वित्तीय सूचकमा यो बैंकको एकछत्र राज थियो । दुई ठूला लोनका कारण ती सूचकमध्ये केहीमा मात्र गिरावट व्यहोरेको बैंकलाई फेरि नम्बर वान बन्न धेरै पापड बेल्नुपर्ने अवस्था छैन ।
‘हामीलाई पाठ सिकाएको २ वटा ठूला लोनको ढिलोचाँडो रिकभर हुन्छ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले भनेः– ‘नयाँ चुनौतिको सामना गर्दै हामी फेरि पनि अगाडि बढ्ने र नम्बर वान बन्ने रणनीतिमा छौ, चाँडै यो स्थान पुनः हासिल हुनेमा हामी ढुक्क छौ ।’

यो बैंकको चुक्तापूँजी हाल १२ अर्बको हाराहारीमा छ । रिजर्बमा समेत यस्तै हाराहारीमा रकम थुप्रिएको छ । विगत १५ वर्षभन्दा बढी समयदेखि लगातार उच्च रिटर्न दिंदै आएको बैंकको ठूला लोनमा समस्या आई ठूलै रकम प्रभिजन गर्नुपर्दा अघिल्लो वर्षको लाभांश दरमा मात्रै केही गिरावट आएको हो । यो बैंकको आफ्नै लाभांश इतिहासको तुलनामा मात्र यो वर्षको लाभांश घटेको हो । समग्र उद्योगलाई हेर्दा बैंकले दिएको लाभांश नराम्रो भने होइन । तर, यही कुरालाई नबुझेकाहरुले आफूहरुले १५ वर्ष बढी समयदेखि लगातार दिंदै आएको रिटर्नलाई बिर्सिएकोमा सीइओ पाण्डेको चित्त दुखेको रहेछ ।

उनका अनुसार बैंकले फेरि पनि उत्कृष्ट बन्ने रणनीतिलाई प्राथमिकता दिएर काम अगाडि बढाएको छ । पछिल्लो समय सरकारी स्वामित्वका बैंकहरु आक्रामक बनिरहेका र उनीहरुको फण्ड सस्तोमै आउने हुँदा त्यो निजी क्षेत्रको बैंकहरुका लागि चुनौति बनेको पाण्डे बताउँछन् । ‘यी सबै चुनौतिको सामना गर्न हामी सक्षम छौ ।’ उनले थपे– ‘हेर्दै जानुहोस्, निकै छोटो समयमा हामी फेरि नम्बर वान बन्छौ ।’
बैंकका सीइओ पाण्डेले देशमा २७ वटा वाणिज्य बैंकको संख्या धेरै भएको बताए । ‘बैंकको संख्या घटाउनुको अर्को विकल्प देखिन्न ।’ उनले भने– ‘यसका लागि समेत मर्जर निर्विकल्प छ ।’
मर्जरलाई ‘निर्विकल्प’ भनेका पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंक समेत राम्रो बैंकसँग मर्जरमा जान खोजिरहेको बताए । ’हामी राम्रो बैंकको खोजीमा छौ, ढिलोचाँडो मर्जरमा जान्छौ ।’ उनले भने– ‘त्यसका लागि संचालकले संभावित संस्थाहरुको कुराकानी पनि गरिरहेकै होलान् ।’

उनले मर्जरसँगै बैंकलाई ठूलो तथा स्मार्ट बनाउने र व्यवसाय बिस्तार गरी फेरि पनि सबैभन्दा राम्रो रिटर्न दिने बैंकको रुपमा पुनरस्थापित गर्ने योजना समेत सुनाए । ’हामी अहिले पनि वित्तीय सूचकहरुमा बलिया छौ । तर, नाफाको हिसाबले केही बैंक अगाडि बढिसके । यसकारण पनि अब हामी चूप लाग्नुहुन्न भन्ने मेरो निश्कर्ष हो ।’ उनले भने–‘यसका लागि हाम्रो टिम तयार छ । अब दौडिने हो ।’
हामीले पाण्डेलाई हिमालयन बैंकसँग मर्जर हुने भनी बेला बेला चल्ने हल्लाको विषयमा समेत सोध्यौं । उनले त्यो संभावना टरिनहालेको प्रष्ट्याए ।
यसअघि पनि संचालकको लेभलमा संभावित मर्जरको कुराकानी भएकै हो । तर, केही कारणले निश्कर्ष पाउन सकेन ।’ उनले थपे– हिमालयन बैंकमा पनि नयाँ बोर्ड आएको छ, परिस्थिति पहिला भन्दा केही भिन्न छ । आगामी दिनमा फेरि पनि मर्जरको छलफल अगाडि बढ्नसक्छ ।’

तर, इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंक वा त्योजस्तै अन्य कुनै राम्रो संस्थासँग मर्जरमा जान चाहे पनि अन्य केही बैंक भने मर्जर गरिदिन पर्यो’ भन्दै छलफल गर्न आएका पनि खुलाए । ३ वटा जति वाणिज्य बैंकले त हामीसँग तागेता गरेरै छलफल अगाडि बढाए, तर हाम्रो बोर्ड र हामी मर्जरमा जाँदा पनि बलियो संस्था नै रोज्नुपर्छ भन्ने पक्षमा उभियौं । उनले थपे । (बिजशाला डटकमको साथ र सहयोगमा तयार गरिएको सामाग्री)

प्राइम र कैलाश बैंकको एकिकृत कारोबार आजबाट

प्राइम बैंकले कैलाश विकास बैंकलाई मर्ज गरी आजबाट एकिकृत कारोबार सुरु गरेको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्ज गर्ने बताएको छ ।
नेपाल राष्ट्र बैंकले कैलाशलाई प्राप्ति गर्न प्राइमलाई अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु हुने भएको हो। बैंकको मुख्य कार्यालय भने काठमाण्डौको कमलपोखरीमा हुनेछ ।

प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले बैंकको सर्वोपरि हित हुने र सेयरधनी प्रतिफलमा नकारात्मक असर नपर्नेगरी आगामी दिनमा मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिने बताए ।
मर्जर कार्यक्रममा कैलाशको तर्फबाट मर्जर कमिटि सदस्य सुनिल नारायण क्षेष्ठले २६ वर्षको ईतिहास बोकेको कम्पनि बिलय गराउन निकै कठिन भएको बताए ।

कैलाश विकास बैंकका अध्यक्ष नारायण पौडेल कैलाशको ठुलो बैंक बनाउने सपना पूरा भएको बताए । यो सँगै बैंकको ग्रोथ दोब्बर भएको उनले दाबी गरे ।

एनआईसी एशिया रेमिट र लिगल रेमिट बीच सम्झौता

एन आई सी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहनुभएका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर यस बैंकको एनआईसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नुहुनेछ । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ ।

लिगल रेमिट मार्फत अष्ट्रेलियामा रहुनुभएका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहनुभएका वहाँहरूका आफन्तहरू वा अन्य व्यक्तिहरूले यस बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नुहुनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग

ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको छ ।

संघीय सांसद पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमकाबीच उक्त सामाग्रीहरु सांसद गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाँई लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले शिक्ष्ाँ, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।

प्राइम लाइफको लोभलाग्दो लाभासं

पूराना बीमा विज्ञ मनोज कुमार भट्टराईको नेतृत्वमा रहेको प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले प्रत्येक वर्ष आफ्ना शेयरधनी र प्रमोटरहरुलाई प्रतिफल दिँदै आएको छ ।
यस पटक पनि प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले साढे १२ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ ।

२ अर्ब ७९ लाख चुक्ता पूँजी रहेको यस कम्पनीले २५ करोड ९ लाख रुपैया बराबरको बोनस शेयर दिने भएको कम्पनीका सीइओ मनोज कुमार भट्टराईले आर्थिक बजार न्यूज डटकमसंग बताए ।
कम्पनीले बोनस शेयरमा लाग्ने कर नगद लाभाशंबाट आफैले बुझाईदिने र नगद लाभाशंका लागि एक करोड ३२ लाख नगद घोषणा गरेको देखिन्छ । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले दिने बोनश शेयर र नगद लाभाशं भने नियमक निकाय बीमा समितिबाट भने अनुमोदन गरेको छ ।

यस कम्पनीले प्रत्येक वर्ष केहि न केही दिँदै आएको छ । यस अगाडी १२ प्रतिशत नै बोनस शेयर दिएको थियो भने करिब २ वर्ष अगाडी १६० प्रतिशतको दरले हकप्रद शेयर कम्पनीले दिएको थियो ।

सन्तोष कोइराला कामु सिइओ

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्मा बाहिरिएका छन्। २३ महिनाअघि प्रमुख कार्यकारी नियुक्त भएका शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने छन्।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले पाएका छन्।


प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्मा ‘ब्यक्तिगत कारण’ देखाउँदै बाहिरिन लागेको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए।
शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरेका थिए। शर्माले बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव छ। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए।
बैंक अफ काठमाण्डूबाट करियर सुरु गरेका कोइराला त्यहाँबाट सानिमा बैंक गएका थिए। सानिमामा १० वर्ष काम गरेपछि उनी माछापुच्छ्रे गएका थिए। उनी २१ वर्षदेखि बैंकिङमा छन्।
त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डको कलेजबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन्।

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा चिचिला गाउँपालिका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आप्mना भनाईहरु राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने बारेमा बताउनुभएको थियो । चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएको भएतापनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासीहरु नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पनन हुन सकिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक लि. र सेजनलाई विशेष धन्यबाद प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभु बैंक लि. खाँदबारी शाखा कार्यलयका शाखा प्रमुख सुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे आ–आप्mना भनाईहरु राख्नुभएको थियो । प्रभु बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न यस वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गर्नुभएको बैंकले विश्वास लिएको छ ।

अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोरोनाको प्रभावले अन्तरराष्ट्रिय उडानका हवाई यात्री घटे पनि जहाजको उडान सङ्ख्यामा भने कमी नआएको बताउनुभयो ।

अन्तरराष्ट्रिय हवाई मापदण्डअनुरुप हवाई उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान नरोके पनि उडान घटाइरहेका छन् । कोरोना भाइरस प्रभावित मुलुकबाट हुने दुवैतर्फी उडानमा भने भारी कटौती भएको छ । तथापि अन्य मुलुकका उडानमा त्यति धेरै समस्या नरहेको प्राधिकरणको भनाइ छ । अन्तरराष्ट्रिय यात्रु घटेपछि विमानस्थलको आर्थिक आम्दानीमा पनि गिरावट आउने आङ्कलन गरिएको छ । विमानस्थल सेवाबापत वार्षिक छ अर्बभन्दा बढी कमाउने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोनाका कारण करिब रु चार अर्ब आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।

प्राधिकरणको मुख्य आम्दानी गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । अरू विमानस्थल नाफामै भए पनि सञ्चालन खर्च धान्नै मुस्किल हुने प्रवक्ता क्षेत्रीले बताउनुभयो । “कोरोनाको त्रासले विदेशी यात्री घटेपछि विमानस्थललाई पनि आर्थिक नोक्सानी हुन्छ, हाम्रो (प्राधिकरण)को मुख्य आम्दानी नै अन्तरराष्ट्रिय विमानस्थल हो, यसका यात्री घटेपछि स्वाभाविक रुपमा आम्दानी घट्छ”, उहाँले भन्नुभयो । प्राधिकरणका अनुसार अन्तरराष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तरराष्ट्रिय उडान हुन्थ्यो भने अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ ।

ठूलो सङ्ख्यामा उडान भइरहे पनि यात्रुको सङ्ख्या ह्वात्तै घटेको छ । यसले विमानस्थलको विजिनेसलाई समेत नराम्रो असर पारेको सरोकारवालाको भनाइ छ । पहिला अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले पाँचदेखि ५५ हजार मात्रै यात्रु आगमन भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । कुन एयरलाइन्सको कति कटौती कोरोनाको प्रभावले सबैभन्दा बढी चीनको उडानमा कटौती भएको छ ।

नेपाल र चीन दुवैतर्फको उडानमा भारी कटौती भएको हो । प्राधिकरणका प्रवक्ता क्षेत्रीको भनाइमा चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ । नेपालबाट चीनमा उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान गर्दै आएकामा अहिले सबै बन्द गरेको छ । चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायु सेवा प्रदायकले पनि उडानमा भारी कटौती गरेका छन् ।

प्राधिकरणका अनुसार एयर चाइनाले सातामा १४ उडान गर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ । चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना स्ट्रनको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान गर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको प्राधिकरणको विवरणमा उल्लेख छ । चीनबाहेक अन्य गन्तव्यका उडान कटौती भएको छैन तर नेपालका तर्फबाट नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले दोहामा आजदेखि तत्कालका लागि उडान स्थगन गरेका छन् । कतारबाट नेपालको उडान भने नियमित भइरहेको छ ।

कतारले दैनिक तीन उडान गरिरहेको विमानस्थलले जनाएको छ । भारतको नयाँदिल्लीलगायत गन्तव्यको उडान पनि नियमित भइरहेको छ । मुलुकको आन्तरिक उडानमा पनि झण्डै ५० प्रतिशत विदेशी यात्रु घटेको व्यवसायीले जनाएका छन् । हालकै अवस्थामा ४० प्रतिशत उडान कटौती भएको र आगामी तीन महिनाको अवधिमा झण्डै करिब रु चार अर्ब ह्रास आउने वायु सेवा सञ्चालक सङ्घले यही २३ गते विज्ञप्ति निकालेर जनाएको थियो ।

विश्वव्यापी रुपमा कोरोनाको सङ्क्रमण फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालको नागरिक उड्डयन क्षेत्रमा परेको छ । विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरिसकेका छन् । मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको तथा ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको व्यवसायीको भनाइ छ । (रासस)

कोटेश्वर–कलङ्की सडकखण्डमा सवारीलाई नयाँ नियम

ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मालबाहक कम गतिमा गुड्ने सवारीसाधनलाई सडकको बाँया तथा निजी र साना तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सडकको दायाँ गुड्ने गरी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । “फराकिलो सडक र तीव्र गतिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उक्त नियम लागू गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो । महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म उक्त नियम लागू गरिसकेको छ । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेको जानकारी दिनुभयो ।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ ।

डाक्टर बन्न काठमाडौँ छिरेका अधिकारी जेठो बैंकको मुटु छाम्दै

सानोमा इच्छा डाक्टर बन्ने थियो । प्रवेशिका परीक्षा उतिर्ण गरे पनि बाल वयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाए । तर जसलाई क्याम्पस भर्ना गरिदिन भनेका थिए, उनले गरिदिएनन् । सात दिन बायोलोजी पढे पनि डाक्टर बन्ने सपनाको त्यस वर्ष पूर्णविराम लाग्यो ।

“सपनाको खुड्किलो उक्लिने आधार नबनेपछि कमर्स पढ्न म पिपल्स क्याम्पस हान्निएँ । नियतिले नै पर हुत्यादिएजस्तो लाग्यो । अब मेरा लागि अर्को एउटा सपना थियो जुन विपनामै साकार भएर आएको रहेछ । शङ्करदेवबाट विकम (वाणिज्यशास्त्रमा स्नातक) उत्तीर्ण गरेपछि गाउँकै सेवामा फर्किएँ ।”

नेपाल बैंकको प्रधान कार्यालय भूगोलपार्कको चौथो तलामा रासससँग आफ्नो जीवन, अध्ययन तथा ‘करियर’का बारेमा खुलेर प्रस्तुत भए, कृष्ण अधिकारी । कुनै समय पार नै लगाउन नसकिने गरी अनगिन्ती समस्यामा जेलिएको नेपाल बैंक कसरी चक्रव्यूहबाट बाहिर निस्क्यो र अहिले अरू वाणिज्य बैंकजस्तै सफल बैंकका रुपमा स्थापित हुँदै गएको छ भन्ने कुरोको चुरो हामीलाई खोल्नुभयो । एमबिए उत्तीर्ण अधिकारीले १५ वर्ष पुग्यो नेपाल बैंकका सेवा गरेको ।

डाक्टर बन्न काठमाडौँको खाल्डोमा पस्नुभएका अधिकारीलाई बैंकर बनाउने अवसर लिएर आयो २०६१ साल । बैंकमा रोजगारीको अवसर खुलेको रहेछ । छैटौँ तहमा । परीक्षा दिऊँ, मान्छेहरुले त नेपाल बैंकमा भनसुन पनि चल्छ भन्थे, तर मेरो हकमा भनिदिने त कोही थिएन तर ढुङ्गाको काप फोरेर पीपल उम्रिएझैँ उहाँ उत्तीर्ण हुनुभयो । बैंक प्रवेशको समय सम्झँदै अधिकारीले भन्नुभयो, “बैंकको काठमाडौँ बैंकिङ कार्यालयमा म छैटौँ तहमा प्रवेश गरेँ । त्यहाँ टे«ड फाइनान्स डिपार्टमेन्टमा म ग्यारेन्टी हेर्थें ।”

करिब ६ वर्ष सोही विभागका काम गर्नुभयो अधिकारीले । आन्तरिक प्रतिस्पर्धाबाट सातौँ तहमा पुग्न पनि कुनै समस्या भएन तर सातौँ र नवौँ तहको परीक्षा करिब सँगसँगै भएकाले अधिकारीले छैटौँ तहबाट एकैपटक जसो नवौँ तहमा पुग्नुभयो ।

नवौँ तहमा पुगेपछि वीरगञ्ज जस्तो औद्योगिक करिडोरमा रहेको बैंकको वीरगञ्ज सिटी अफिसको ब्रान्च मेनेजरका रुपमा काम गर्ने अवसर पाएको सगौरव बताउनुहुन्छ अधिकारी । पुनः काठमाडौँ बैंकिङ असफिमा टे«जरी, क्रेडिट हँुदै पुनः शुरुको कार्यालयको प्रमुख भएर बैंकिङ क्षेत्रमा घनघस्याको उकालो चढ्नुभएका अधिकारी एसिओ, डिसिओ गरी १४ वर्ष १० महिना नियमित कर्मचारीका रुपमा नेपाल बैंकको सेवा गर्नुभयो । कायममुकाय र पूर्णकालीन प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेको एक वर्षमात्रै हुन लाग्यो ।

कुनै समय नराम्ररी समस्यामा फसेको सरकारी लगानीको बैंकलाई नयाँ गति दिने र अरू वाणिज्य बैंकभन्दा सबल र सक्षम बनाउने ध्येय राखेको र सोही अनुसारको गतिविधिसमेत अगाडि बढाएको बताउनुहुने अधिकारी भन्नुहुन्छ, “सफल बन्ने हो भने लोभ नगरौँ, मेहनत गरौँ, एक दिन सफलताको मीठो स्वाद चाख्न पाइन्छ ।”

सरकारले खोलौँ बैंक खाता अभियान शुरु गरेको करिब एक वर्ष हुन लाग्यो । अरू बैंकले भन्दा यस बैंकले केही नयाँ दिमाग लगायो । स्थानीय तह र जनप्रतिनिधिसँग मिलेर अभियान चलायो । शुक्रबार र शनिबार विशेषगरी बिदाको समयमा स्थानीय तहले नै संयोजन गरेर मानिस भेला गर्न थालियो । खाता खोल्न भनेर प्रत्यक्ष भनिएन तर वित्तीय साक्षरता बढाउने प्रयास गरियो । स्थानीय जनप्रतिनिधि पनि खुशी भए । हाम्रै लागि बैंक आयो भन्ने ठाने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको राष्ट्रिय सभागृहबाट अभियान शुरु गर्नुभएको भोलिपल्टदेखि नै नेपाल बैंकले त्यस्तै अभियान चलायो । नयाँ वर्षको अवसर पारेर २०७६ साल वैशाख १ गतेदेखि सो अभियान शुरु भएको हो । प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्नुहुन्छ, “अरूहरुले भन्दा हामीले नयाँ तरिकाले स्थानीय तहमा जाँदा त्यसले दिएको खुशी शब्दमा नै व्यक्त गर्न नसकिने खालको छ ।” भन्नुहुन्छ, “हामीले शाखा कार्यालयहरुलाई भन्याँै, शुरुमै खाता खोल्नुस् भन्दै नजानुस्, वित्तीय साक्षरताका कार्यक्रम बनाउनुस्, बैंकले कस्तो सुविधा दिन्छ, खाता खोल्दाको फाइदा के हुन्छ भनेर बुझाउनु, स्थानीय नागरिक आफैँ खाता खोल्न तयार भइहाल्छन् ।”

सोही अभियान चलाएपछि मात्रै ५५ देखि ६० हजार नयाँ खाता खुलेका छन् । करिब रु ५० करोडको हाराहारीमा निक्षेप जम्मा भएको छ । सफल कार्यक्रमका रुपमा देखिएको छ । राज्यले पनि बैंक खातालाई एक खालको अनिवार्य जस्तै गरेको छ । सरकारी सुविधा खातामार्फत जाने भएकाले पनि सहज भएको छ । दूरदराजमा बैंकिङ पुगेको छ । नेपाल राष्ट्र बैंककै तथ्याङ्कअनुसार  ६१ प्रतिशत क्षेत्रमा बैंकको सेवा पुगेको छ । त्यसमा सहकारीको हिस्सा जोडिएको छैन ।

सबै नेपालीको बैंक खाता हुनैपर्छ । देशको जनसङ्ख्या तीन करोडको हाराहारीमा पुगेका छ । त्यसमा खाता खोल्नयोग्य व्यक्ति कति हुन् भन्ने बारेमा स्पष्ट पहिचान गर्नु जरुरी छ । अभियान नियमितरुपमा नै चलाउनुपर्छ । त्यसले नागरिक र बैंकबीचको सम्बन्ध स्थापित हुँदै जान्छ । त्यसले पनि बैंकको क्षेत्र थप विस्तार हुँदै जान्छ ।

सशस्त्र द्वन्द्वअघि नेपाल बैंक देशभर नै पुगेको थियो । शाखा सङ्ख्यामात्र २१४ थिए । त्यो घट्दै ९६ मा सीमित भयो । शान्ति प्रक्रियापछि शाखा सङ्ख्या बढ्दै पुनः हाल १७७ मा पुगेको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनका अवसर पारेर सक्रान्ति बजारमा शाखा पुनस्र्थापना गरिएको छ । पहिलेकै अवस्थामा पुग्न अझै ३७ शाखा विस्तार गर्न बाँकी छ ।

अधिकारीले भन्नुभयो, “चालू आवको अन्त्यसम्म २०० शाखा पु¥याउने योजना छ । सम्भाव्यता भएका सबै क्षेत्रमा हामी पुग्छौँ । हामी सरकारी बैंक भएकाले पनि नागरिकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने हाम्रो दायित्व हो ।” विगतमा केही व्यवसाय नभएर पनि शाखा विस्थापित भए, केही असुरक्षाका कारणले पनि हटे । नयाँ योजना सुनाउँदा अधिकारीले सुनाउनुभयो, “यस वर्ष हामी प्रदेश नं १ को रविबजार, वसन्तपुरमा नयाँ शाखा खोल्छौँ । काठमाडौँमा भाटभटेनी, नयाँ बजार, इमाडोल, बूढानीलकण्ठलगायत छ स्थानमा नयाँ शाखा खोल्दैछौँ । गाउँ, शहर दुवै हाम्रो प्राथमिकतामा छ ।”

आफूलाई निजी भन्ने बैंकहरुसमेत जान नमान्ने स्थानमा समेत शाखा विस्तार गर्ने बैंकको योजना छ ।  नेपाल सरकार  र आम नागरिकको संयुक्त लगानीको बैंक हो नेपाल बैंक । व्यवसायिकतासँगै सेवालाई पनि प्राथमिकतामा राखेको छ । बैंकमा नेपाल सरकारको ५१ र आम नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

कारोवार अपेक्षित रुपमा कम भए पनि दायित्व सम्झेर ती स्थानमा जाने र सोही अनुसार प्रादेशिक कार्यालयलाई समेत निर्देशन गरिएको छ भन्नुहुन्छ अधिकारी । “हामीले शाखा कार्यालयलाई भनेका छौँ, बैंकिङ सेवाबाट वञ्चित भएका ठाउँहरु खोज्नुस् । अब यसको मतलब निरन्तर घाटा सहने भन्ने त होइन । हामीमा पनि व्यावसायिकता आउनैपर्छ”, अधिकारीले भन्नुभयो, “हाम्रा पनि सीमा छन् । शेयरधनी छन् । राज्यले पनि प्रतिफल खोज्छ, सेवा र व्यवसाय हाम्रा दुई प्रमुख क्षेत्र नै हुन् । व्यावसायिक सम्भाव्यता छ भने जान्छौँ ।”

बैंक वित्तीय संस्था पैसा हुनेका लागिमात्र भए र हुने गरेका छन् भन्ने गुनासो छ । सामान्यतयाः त अवस्था पनि त्यस्तै देखिन्छ । बैंक त पैसा हुनेका लागि मात्रै भए भन्ने आम गुनासो छ । सर्वसाधारण नेपालीलाई बैंक हुनु र नहुनाको कुनै अर्थ छैन, भुक्तभोगी यसै भन्छन् । हाम्रो जिज्ञासा अधिकारीसँग पनि यस्तै थियो । उहाँले कुनै समय नै नदिई भन्नुभयो, “हाम्रो हकमा त्यो लागू हुँदैन । हामीले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जालाई विशेष प्राथमिकतामा राखेका छौँ । हामी पहिलो बैंक भएकाले हाम्रो योगदान अरूको भन्दा फरक हुन्छ नै ।”

नेपालको औद्योगिक घरानाका लागि नेपाल बैंक ‘मदर’ बैंक हो । ५० देखि ६० को दशकमा बैंकलाई राजनीतिक चक्रव्यूहले गाज्यो । अनधिकृत रुपमा ऋण दिइयो । केही राजनीतिक नेतृत्व तथा उच्च पदस्थको योजनामा बैंकको निक्षेपमाथि खेलबाड भयो । जसका कारण बैंक आर्थिकरुपमा समस्यामा प¥यो । प्राकृतिक नियम नै हो, काला रातहरु छिचोलेर सुन्दर बिहान जन्मिन्छ । यस्तै कालो जुग बिताएर नेपाल बैंक यतिखेर सबल बैंकका रुपमा स्थापित भएको छ । गत वर्षको नाफाबाट बैंकले शेयरधनीलाई २३ वर्षपछि प्रतिफलसमेत दिएको छ ।
विगतमा बैंकसँग सम्बन्ध विच्छेद गरेकाहरु समेत क्रमशः जोडिन थालेका छन् ।  सर्वसाधारणहरु पनि सानो विपन्न वर्ग कर्जामार्फत लाभ लिन थालेका छन् । नेपाल सरकारको योजना र केन्द्रीय बैंकको निर्देशनलाई पूर्णरुपमा परिपालना गरिएको छ । कृषि, पर्यटन, ऊर्जा क्षेत्र प्रमुख प्राथमिकतामा छ ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा २० हजार ५६२ ले सहुलियत कर्जा लिएका छन् । त्यसमा नेपाल बैंकको हिस्सा एक हजार ३८२ रहेको छ । महिलालाई उद्यमशील बनाउने योजनाप्रमुख प्राथमिकतामा छ । दलित समुदायका लागिसमेत बैंकले सहज रुपमा ऋण दिएको छ । कृषि क्षेत्रको आधुनिकीकरणका लागि बैंकले ध्यान दिएको छ ।

कुनै समय नेपाल बैंकमा कारोवार गर्न नै समस्या जस्तो लाग्थ्यो । कर्मचारी कुनै अर्कै संसारबाट झरेका जस्ता छन् भन्ने गुनासो हुन्थ्यो सेवाग्राहीको तर पुराना ढड्डा पल्टाउने जमानाको बैंकलाई अहिले धेरै आधुनिकीकरण गरिएको छ । अरू निजी क्षेत्रका बैंकभन्दा कुनै अर्थमा कमजोर छैन भन्नुहुन्छ प्रमुख कार्यकारी अधिकृत अधिकारी । “अधिकांश सरकारी निकायका काममा ढिलासुस्ती हुन्छ, उनीहरु ग्राहकमैत्री हुँदैनन् भन्ने सोचलाई हामीले पूर्णरुपमा बदलेका छौँ । “दश वर्षपहिले त्यस्ता सोच राख्नेहरु थिए होलान्”, अधिकारीले भन्नुभयो, “यो बैंकको सबैभन्दा बुढो कर्मचारी अब म मात्रै हो । एकाध बाँकी होलान् । युवा, केही नयाँ गरौँ भन्ने सोच भएका कर्मचारी भर्ना गरेका छौँ जसका कारण नेपाल बैंकलाई अरू व्यावसायिक बैंकभन्दा अब्बल बनाउन सकेका छौँ ।”

कुनै समय टोकन लिएर बजार घुमेर आउँदा पनि पालो नआउने अवस्था थियो । ग्राहकलाई बैंकिङ कारोवार गर्न गाह्रो थियो । गुनासोका चाङ हुन्थे । सेवाग्राहीका असन्तुष्टिको पहाड हुन्थ्यो । यो विगतको कुरा हो, अधिकारी यसै भन्नुहुन्छ, “आज यस्तो अवस्था कहीँकतै छैन, भए पनि त्यसलाई सुधार गरेर जान अधिकतम प्रयास गरेका छाँै ।” एमबिए स्कलर अधिकारी भन्नुहुन्छ, “पछिल्लो दिनमा वातावरण पूर्णरुपमा परिवर्तन भइसकेको छ । कारोवार गरेर हेर्दा हुन्छ । मेरो आग्रह यही छ ।”

बैंकमा युवा जनशक्ति भएकाले आन्तरिकरुपमा पनि प्रतिस्पर्धा छ, कसले राम्रो गर्ने भनेर । सेवा क्षेत्र हो बैंक । उपभोक्तालाई कसरी खुशी बनाउने भन्नेतर्फ नै हाम्रो ध्यान छ । सबैको इच्छा त पूरा नहोला तर सकेसम्म गर्ने प्रयासमा नै छाँै, हुने कामलाई सहजै गर्छौं, नहुने भए, यसकारण हुँदैन भनेर सम्झाएर पठाउँछाँै । पछिल्ला दिनमा आएका ग्राहकको धारणा बदलिएको छ । उनीहरु भन्छन्, “बैंक परिवर्तन भएछ हामी त पुरानै नजरले हेरिरहेका थियौँ । बैंकको पछिल्ला सेवा हेर्दा अरू बैंक पुराना भएकी भन्ने अवस्था आएको छ । विगतमा बैंकसँग कारोवारको दिगो सम्बन्ध जोडेकाहरु समेतले बीचमा छाडे तर अहिले फर्केर आएका छन् । “आमा जति नै नराम्री भए पनि आमा आमा नै हुन्”, अधिकारी बैंकलाई पनि आमासँग तुलना गर्नुहुन्छ र भन्नुहुन्छ “नेपालको व्यावसायिक र बैंकिङ क्षेत्रका लागि त नेपाल बैंक आमा नै हो ।”

किन नेपाल बैंक

देशमा धेरै बैंक तथा वित्तीय संस्था छन् । यहाँ हाल २७ वटा त वाणिज्य बैंक नै छन् । नेपाल बैंक किन आउने ग्राहक रु हाम्रो प्रश्न थियो ।

“नेपाल बैंकसँग कारोवार गर्नु भनेको नेपालको पहिलो बैंकसँग सम्बन्धित छु भन्ने गर्वको महसुस हुन्छ । नेपाल देशसँगको नाम जोडिएको बैंकसँग सम्बद्ध छु भन्ने अनुभव गर्नु पनि हो, यहाँ जुन काम हुन्छ स्वच्छ हुन्छ, पारदर्शी हुन्छ । प्रणालीअनुसार काम हुन्छ भन्न पाउने गरी ग्राहकमैत्री वातावरण पनि हामीले बनाएका छौँ ।”

कुनै कालखण्डमा आर्थिक अवस्था कमजोर भएर, खराब अवस्थामा पुगेर पुनः रिभाइभ भएको नमीठो इतिहास पनि छ बैंकको । दुःखका शरदकालीन रातहरु मात्रै होइन, वसन्तका न्यायो घाम पनि देखेको छ बैंकले । निजी क्षेत्रका बैंकहरुले स्प्रेड दर कसिरहेको बेला नेपाल बैंकको ४।५ प्रतिशत मात्रै रहेको छ । यो अन्य बैंकको तुलनामा असाध्यै कम हो । अरू बैंकले जस्तै स्प्रेड ५।५ वा सोभन्दा बढी बनाएको भए नाफा रु एक अर्बमाथि सोझै हुन्थ्यो तर आफूहरुले नाफा मात्रै नहेरेको अधिकारी दाबी गर्नुहुन्छ ।

निक्षेपकर्तालाई पनि बैंकले राम्रै व्याज दिएको छ । बचत खातामा ६ प्रतिशत व्याज पाउने ग्राहकले मुद्धतिमा ९।७५ प्रतिशतसम्म व्याज पाउँछन् । कर्जाको ग्राहक भए न्यूनतम व्याजमा पाएका छन् । “हामी नेपाल सरकारप्रति उत्तरदायी छौँ, सर्वसाधारणप्रति हाम्रो जिम्मेवारी छ । तत्कालका लागि होइन, हामीले दीर्घकाललाई हेरेका छौँ”, अधिकारी बैंकको रणनीति सुनाउँदै भन्नुहुन्छ, “आम मानिसले सहज र सरल ठान्ने सेवा दिएका कारण पनि ग्राहक नेपाल बैंकमा आउनुहुन्छ ।

मेरो पूर्ण विश्वास छ ।” बैंकले कमाएको कूल नाफामध्ये ५१ प्रतिशत राज्यलाई जान्छ, ४९ प्रतिशत सर्वसाधारणलाई जान्छ । राज्यलाई दिएको त घुमीफिरी सर्वसाधारणमा नै आउँछ । विलाशिताका लागि सवारीसाधन खरिद गर्नुप¥यो भने सहजै ऋण दिने बैंक तथा वित्तीय संस्था उत्पादनमूलक क्षेत्रमा लगानी गर्न मान्दैनन्, किन होला रु उहाँको जवाफ छ, “नेपाल बैंकमा यो कुरा लागू हुँदैन । हामीले सवारीसाधन कर्जालाई कडाइ गरेका छौँ । कुनै पोर्टफोलियोमा कम र बढी त हुन्छ नै तर उत्पादकत्व बढाउने क्षेत्रमा नै हामी बढी केन्द्रित छौँ ।”

उत्पादनमकूलक काम हो भने कर्जा दिने, तर घर जग्गा राखेर, विलाशिताका लागि मात्रै हो भने त्यसमा तयार नहुने रणनीतिमा छ बैंक । अधिकारीको प्रस्ट भनाइ छ “त्यसलाई ‘डिस्करेज’ नै गर्ने हो ।”

बैंकको प्रमुख प्राथमिकता कृषि, पर्यटन, जलविद्युत् र साना तथा मझौला कर्जा हुन् । अरू बैंकले जस्तो होडबाजीमा विलाशिताका वस्तुमा हुने लगानीलाई प्रोत्साहित नगर्ने नीति छ यो बैंकको । “हामी बरु नेपालभरिकै सानो हुन चाहन्छाँै तर आफ्नो लक्ष्यमा प्रतिबद्ध छौँ । हामीले राम्रो गर्दागर्दै पनि अरूले झन् राम्रो गरे भने त्यो त झन् राम्रै भयो नि”, आफ्नो परिवारकै पहिलो बैंकर रहनुभएका अधिकारीले भन्नुभयो, “लक्ष्य त आफूले न तय गर्ने हो, अन्धनक्कल गरेर होडबाजी गर्ने योजनामा बैंक छैन ।”

प्राथमिकताका क्षेत्रमा केन्द्रीय बैंकले तोकेकोभन्दा बढी लगानी गरेको छ बैंकले । कृषि, पर्यटनमा त १७ प्रतिशतको लगानी छ । जबकि राष्ट्र बैंकले १५ प्रतिशत मात्र लगानी गर भनेको छ । ऊर्जामा पनि उत्तिकै लगानी छ ।

पैँतीस सालतिरकै ऋण उठाउन बाँकी छ

बैंकका लागि ५० देखि ६० को दशक असाध्यै दुःखद रह्यो । त्यसलाई कालो इतिहासका रुपमा अथ्र्याउँछन् धेरैले । व्यवस्थापनको अदूरदर्शिता, लोभलालच वा दबाब जस्ता कारण भए पनि बैंक समस्यमा परेको थियो । त्यतिबेला डुबेको ऋण उठाउन एगे्रसिभ भएर लागेको छ बैंक । अधिकारीको भनाइ छ, “त्यतिखेरको लगानी हामीले रिकभर गरिसकेको छौँ । केही लगानी अझै बाँकी छ उठाउन ।”

कुनै बेला ६० प्रतिशत एनपिए बुक गरेको बैंकको अहिले २।६६ प्रतिशतमात्र छ । धेरै व्यवस्थापन भएको छ । अझै केही त बाँकी नै छ । कुनै ‘रिभाइभ’ गरिएको छ भने केहीलाई ‘रिकभरी’मा पनि लगिएको छ ।

मजदूरको अनावश्यक मागका कारण बन्द भएको पोखराको फूलबारी रिसोर्टलाई समय दिएर रिभाइभको अवस्थामा लगिएको छ । नयाँ वर्षका अवसरमा सो रिसोर्ट पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बैंकले केही समय पहिले स्थापनाको ८३ वर्ष मनायो । “२०३५ सालतिर दिएका केही ऋण भने उठाउन बाँकी नै छ । केही ऋणी छन्, त्यसलाई छिमल्न लागिपरेका छौँ अधिकारीको विश्वास छ । त्यसमा पनि हामी लागिपरेकै छौँ ।

शेयरधनीले बैंकबाट प्रतिफल पाउन पनि लामो समय कुर्नुप¥यो । २३ वर्षपछि बैंकले २५ प्रतिशत लाभांश दियो । “नेपाल बैंक भएर धैर्यता राख्नुभएको हो । बैंकले दिन त सकेको छैन तर यसको सम्पत्ति त यत्ति छ नि भन्ने थाहा पाएर नै उहाँहरु चुप लाग्नुभएको हो । उहाँहरुप्रति हामी अनुग्रहित छौँ” अधिकारी शेयरधनीलाई सम्मान गर्दै भन्नुहुन्छ, “हामी ग्राहकको विश्वास बढाउउँछौ, टुटाउँदैनौँ ।”

व्यवसाय विस्तारमा बैंक लागेको छ । शेयरधनीलाई एकैनासको लाभांश दिनुपर्छ भन्ने मान्यता  राखिएको छ । “हाम्रा शेयरधनीलाई अहिलेको जति नै दिन सक्यो भने कामले  सार्थकता पाउँछ,” अधिकारीले संवादलाई बिट मार्दै भन्नुभयो, “दीर्घकालीन लक्ष्यका साथ काम गरेका छौँ । सोच राम्रो राखौँ, इमान्दार बनाँै, सफलता एक दिन हासिल भई नै हाल्छ ।”

यस्तो छ पछिल्लो ६ महिनाको विवरण 

व्यापार विस्तारमा आक्रामक देखिएको बैंकको स्प्रेडकै कारण नाफामा केही सङ्कुचन देखापरेको छ । अघिल्लो वर्षको पुससँग तुलना गर्दा नाफा १८ प्रतिशतले घटेको देखिएको छ ।  तर पछिल्लो तीन महिनाको मात्र हिसाब गर्ने हो भने नाफा तीन प्रतिशतले बढेको पाइएको छ । बैंकले गत पुससम्म रु एक अर्ब ३५ करोड नाफा गरेको छ । विसं २०७५ को पुस मसान्तसम्म रु एक अर्ब ६६ करोड नाफा गरेको थियो ।

बैंकको निक्षेप रु दुई अर्ब ३२ करोडले बढेर रु एक खर्ब १७ अर्ब पुगेको छ । ऋण विस्तारमा आक्रामक देखिएको बैंकले चालू आवको ६ महिनामा रु ६ अर्ब चार करोड ऋण विस्तार गरेको छ । बैंकले कुल रु ९८ अर्ब ४५ करोड ऋण प्रवाह गरेको छ । बैंकले खराब ऋणको मात्रा २.७४ प्रतिशतबाट घटाएर २.६६ प्रतिशतमा झारेको छ । बैंकले गत पुस २५ गते वार्षिक साधारणसभा सम्पन्न गरी २३ वर्षपछि २५ प्रतिशत लाभांश दिएको थियो । रासस –

गुडविल फाइनान्सको ऋणपत्र खुल्दै

गुडविल फाइनान्स लिमिटेडको ऋणपत्र बुधबारदेखि खुल्ने भएको छ । फाइनान्सले फागुन २८ गते (बुधवार) देखि रू. २५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।

यस कम्पनीले १२ प्रतिशत ब्याजदरमा रू. १ हजार अंकित दरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये रू. १५ करोड बराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी रू. १ करोड बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।

२०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा छिटोमा चैत २ गते तथा ढिलोमा चैत १२ गतेसम्म आबेदन दिन सकिनेछ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले खरिद आवेदन दिदाँ सि–आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सक्नेछन् ।

यस ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल डबल बि ’ रेटिङ प्रदान गरेको छ । कम्पनीले धितोपत्र बोर्डसँग फागुन ६ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो ।