जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हामी बिरुद्ध नकारात्मक हल्ला चलाइए

फिचर

हामी बिरुद्ध नकारात्मक हल्ला चलाइए

ज्योति प्रकाश पाण्डे, सीइओ, नेपाल इन्भेष्टमेण्ट बैंक लि.

हामी बिरुद्ध नकारात्मक हल्ला चलाइए

नेपालको नम्बर १ बैंक नेपाल इन्भेष्टमेण्ट बैंकका बारे सञ्चार माध्याममा आएका समाचारमा सत्यता नभएको बैंकले दाबी गरेको छ । ललिता निवासमा र ठेकेदारको धरौटीमा बैंक फस्यो, बैंक डुब्दै छ भनी बैंकको छवि धमिलो बनाउने काम भएकोमा बैंकका सीइओ ज्योति प्रकाश पाण्डेको चित्त दुखाई रहेको छ ।

सीइओ पाण्डे भन्दछन्ः– बैंकमा नाफा घटबढ हुनु स्वाभाविक हो । हामी नम्बर १ नै हुनेछौं । बैंकले दिएका कर्जा कहिले पनि डुब्दैन । बैंकसंग राम्रो धितो छन् । हल्ला गरेर हुँदैन नि ।
बैंकिङ उद्योगमा नयाँ परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा बैंकका कतिपय रणनीतिमा समेत आमूल परिवर्तन गर्नुपर्ने अवस्थालाई आत्मासाथ गर्दै बैंक नेतृत्वले फेरि पनि नम्बर वानको पोजिसनमाथि कब्जा जमाउने रणनीति तयार पारेको हो ।

केही समयअघिसम्म अधिकांश वित्तीय सूचकमा यो बैंकको एकछत्र राज थियो । दुई ठूला लोनका कारण ती सूचकमध्ये केहीमा मात्र गिरावट व्यहोरेको बैंकलाई फेरि नम्बर वान बन्न धेरै पापड बेल्नुपर्ने अवस्था छैन ।
‘हामीलाई पाठ सिकाएको २ वटा ठूला लोनको ढिलोचाँडो रिकभर हुन्छ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले भनेः– ‘नयाँ चुनौतिको सामना गर्दै हामी फेरि पनि अगाडि बढ्ने र नम्बर वान बन्ने रणनीतिमा छौ, चाँडै यो स्थान पुनः हासिल हुनेमा हामी ढुक्क छौ ।’

यो बैंकको चुक्तापूँजी हाल १२ अर्बको हाराहारीमा छ । रिजर्बमा समेत यस्तै हाराहारीमा रकम थुप्रिएको छ । विगत १५ वर्षभन्दा बढी समयदेखि लगातार उच्च रिटर्न दिंदै आएको बैंकको ठूला लोनमा समस्या आई ठूलै रकम प्रभिजन गर्नुपर्दा अघिल्लो वर्षको लाभांश दरमा मात्रै केही गिरावट आएको हो । यो बैंकको आफ्नै लाभांश इतिहासको तुलनामा मात्र यो वर्षको लाभांश घटेको हो । समग्र उद्योगलाई हेर्दा बैंकले दिएको लाभांश नराम्रो भने होइन । तर, यही कुरालाई नबुझेकाहरुले आफूहरुले १५ वर्ष बढी समयदेखि लगातार दिंदै आएको रिटर्नलाई बिर्सिएकोमा सीइओ पाण्डेको चित्त दुखेको रहेछ ।

उनका अनुसार बैंकले फेरि पनि उत्कृष्ट बन्ने रणनीतिलाई प्राथमिकता दिएर काम अगाडि बढाएको छ । पछिल्लो समय सरकारी स्वामित्वका बैंकहरु आक्रामक बनिरहेका र उनीहरुको फण्ड सस्तोमै आउने हुँदा त्यो निजी क्षेत्रको बैंकहरुका लागि चुनौति बनेको पाण्डे बताउँछन् । ‘यी सबै चुनौतिको सामना गर्न हामी सक्षम छौ ।’ उनले थपे– ‘हेर्दै जानुहोस्, निकै छोटो समयमा हामी फेरि नम्बर वान बन्छौ ।’
बैंकका सीइओ पाण्डेले देशमा २७ वटा वाणिज्य बैंकको संख्या धेरै भएको बताए । ‘बैंकको संख्या घटाउनुको अर्को विकल्प देखिन्न ।’ उनले भने– ‘यसका लागि समेत मर्जर निर्विकल्प छ ।’
मर्जरलाई ‘निर्विकल्प’ भनेका पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंक समेत राम्रो बैंकसँग मर्जरमा जान खोजिरहेको बताए । ’हामी राम्रो बैंकको खोजीमा छौ, ढिलोचाँडो मर्जरमा जान्छौ ।’ उनले भने– ‘त्यसका लागि संचालकले संभावित संस्थाहरुको कुराकानी पनि गरिरहेकै होलान् ।’

उनले मर्जरसँगै बैंकलाई ठूलो तथा स्मार्ट बनाउने र व्यवसाय बिस्तार गरी फेरि पनि सबैभन्दा राम्रो रिटर्न दिने बैंकको रुपमा पुनरस्थापित गर्ने योजना समेत सुनाए । ’हामी अहिले पनि वित्तीय सूचकहरुमा बलिया छौ । तर, नाफाको हिसाबले केही बैंक अगाडि बढिसके । यसकारण पनि अब हामी चूप लाग्नुहुन्न भन्ने मेरो निश्कर्ष हो ।’ उनले भने–‘यसका लागि हाम्रो टिम तयार छ । अब दौडिने हो ।’
हामीले पाण्डेलाई हिमालयन बैंकसँग मर्जर हुने भनी बेला बेला चल्ने हल्लाको विषयमा समेत सोध्यौं । उनले त्यो संभावना टरिनहालेको प्रष्ट्याए ।
यसअघि पनि संचालकको लेभलमा संभावित मर्जरको कुराकानी भएकै हो । तर, केही कारणले निश्कर्ष पाउन सकेन ।’ उनले थपे– हिमालयन बैंकमा पनि नयाँ बोर्ड आएको छ, परिस्थिति पहिला भन्दा केही भिन्न छ । आगामी दिनमा फेरि पनि मर्जरको छलफल अगाडि बढ्नसक्छ ।’

तर, इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंक वा त्योजस्तै अन्य कुनै राम्रो संस्थासँग मर्जरमा जान चाहे पनि अन्य केही बैंक भने मर्जर गरिदिन पर्यो’ भन्दै छलफल गर्न आएका पनि खुलाए । ३ वटा जति वाणिज्य बैंकले त हामीसँग तागेता गरेरै छलफल अगाडि बढाए, तर हाम्रो बोर्ड र हामी मर्जरमा जाँदा पनि बलियो संस्था नै रोज्नुपर्छ भन्ने पक्षमा उभियौं । उनले थपे । (बिजशाला डटकमको साथ र सहयोगमा तयार गरिएको सामाग्री)

17215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?