जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

मेगा बैंकबाट धरानमा विद्यार्थीलाई वित्तीय साक्षरता

मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जागरुक बनाउनुभएको थियो ।

वित्तीय जागरण गराउने उद्देश्यले मेगा बैंकले देशभर छरिएका शाखाहरुमार्फत बिभिन्न जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । यो अभियान जारी रहेको मेगा बैंकले जनाएको छ ।

कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा गुल्मीमा

कुमारी बैंक लिमिटेडले सत्यवती–०४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सत्यवती गाउ‘पालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक कार्यक्रम बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घघाटन सम्पन्न गर्नुभयो ।

उक्त उद्घघाटन बैंकका डेपुटी सिइओ उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश नं. ५ का इन्चाजर्, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १२३ शाखा संजाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

बिओकेद्वारा रक्तदान तथा सहयोग हस्तान्तरण

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले आफ्नोे संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश नं. ५ अन्र्तगत नेपालगन्ज प्रादेशिक कार्यालयमा आयोजना गरीएको रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको बिशेष उपस्थितीमा उक्त कार्यक्रम सञ्चालन गरीएको थियो ।

साथै, बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरीएको हो ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

एनआईसी एशिया रेमिटबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने

एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरूको उल्लासमय सहभागीतालाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत एन आई सी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ । उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ ।

यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ । मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंक मार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहक महानुभावहरू लाभग्राही हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५६ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

महासंघको नेतृत्वमा बसेर पुलको रुपमा काम गर्नेछु, उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताउनुभएको छ । बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका दुविधाका विषयहरुमा सरकारसँग वार्ता र सम्वादमार्फत समाधान खोज्ने बताउनुभएको छ ।

तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियम कानुनहरु सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीहरुमा केही कन्फ्युजन सृजना भएको छ, उहाँले भन्नुभयो, सरोकारवाला पक्षसँग छलफल नै नगरी, जानकारी नै नदिई आएका यस्ता कानुनहरु व्यवारिक हुँदैनन् ।

सरोकारहरुसँग छलफल गरेर मात्र कानुन ल्याउँदा कार्यन्वयनमा सहज हुने उहाँले बताउनुभयो ।
उहाँले स्थानीय श्रोत साधनको प्रयोग हुने र स्थानीयस्तरमा रोजगारी सृजना गर्ने कुनै न कुनै आयोजना बागलुङमा तत्काल सुरुगर्न बागलुङका स्थानीय व्यवसायीहरुसँग छलफल भइरहेको बताउनुभयो ।

ढकालले भन्नुभयो– व्यवसायीहरुले चुनावको समयमा जिल्लामा पुगेर धेरै आश्वासनहरु दिने गरेको भन्ने सुनिन्छ । म त बागलुङ मै जन्मिएको हो । भाषण भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मलाई लागेको छ । म के भन्न चाहन्छु भने, म जे बोल्छु, त्यो कार्यन्वयन गरेरै छोड्छु । हामीले केही समयमै कुनै न कुनै काम यहाँ सुरु गर्नेछौं ।

उहाँले आफ्नो व्यवसायिक नेटवर्क सबै जिल्ला, नगरमा रहेकोले चुनावपछि नेतृत्वले जिल्लाका गुनासा नसुनेको भन्ने व्यवसायीको गुनासाहरु आफ्नो हकमा लागु नहुने स्पष्ट पार्नुभयो ।

७७ वटै जिल्लामा हाम्रो व्यवसायिक नेटवर्क छ । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरुलाई महासंघको केन्द्रिय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न सजिलो हुनेछ । यहीँ नेटवर्कका माध्यमबाट पनि मैले स्थानीय व्यवसायी, सरकार तथा केन्द्रबीच पुलको रुपमा काम गर्नेछु –उहाँले बताउनुभयो ।

यस अघि बागलुङ महोत्सवका अवसरमा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको आगामि ५४औं वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गरेको थियो ।

एनएमबि बैंकद्वारा लोकप्रिय घर कर्जा सार्जनिक

एनएमबि बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ ५ बर्ष सम्म स्थीर ब्याजदर सहित नयाँ योजना प्रस्तुत गरेको छ । उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको गर्भनरमा शिवाकोटी पक्का

नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरनजीवी नेपालको कार्यकाल चैत्र ५ गते सकिदैछ । अब को गर्भनर होला ? कसले गर्भनर जस्तो महत्वपूर्ण पद पाउला भन्ने चर्चा र चासो बढेको देखिन्छ ।

दर्जनौ गर्भनरका लागि आकाक्षी भएपनि नेपालको राजनीतिक समिकरण यहि रहिरहे राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शिवाकोटी गर्भनर बन्ने पक्का पक्की जस्तै देखिएको सरकारका एक मन्त्रीले नाम नलेख्ने शर्तमा आर्थिक बजार न्यूज डटकमको एक भेटमा बताए । उनीले थपेः– प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको रोजाईमा शिवाकोटी छन् । अर्थमन्त्री डा.युवराज खतिवडाको रोजाईमा नेपाल लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी छन् । तर, हजुरबाले रोजेपछि छोरा नाति बोल्ने कुरानै भएन नि ।

आगामी फाल्गुन २५÷२६ गते गर्भनर सिफारिसको समिति बन्ने भएको र सो समितिले राष्ट्र बैंकका डिपुटी गर्भनरद्वय चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ र लगानी बोर्ड सीइओ महाप्रसाद अधिकारीको नाम सिफारिस गर्ने छ । यि तीन जनाबाटै मन्त्री परिषदको बैठकले १ जना नेपाल राष्ट्र बैंकको १७ औं गर्भनर चुन्ने ति मन्त्रीले लामो कुराकानीमा प्रस्टै पारे । दर्जनौ दावेदार बीच पनि यी तिन जनाको नाम आए चिन्तामणी सिवाकोटी नै गर्भनर बन्न अब कसैले छेक्न नसक्ने स्रोतको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर बिगत लामो समय देखि काम गर्दै आएका राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटी बलियोे मात्रै होइन एक मात्रै प्रधामन्त्रीका रोजाईका मान्छे हुन् । यसको पुष्टी प्रधामन्त्री केपी शर्मा ओलीलले सिवाकोटीद्वारा लिखित पुस्तकको विमोचन समारोहमा व्यक्ति विचारबाटै प्रस्ट भएको एक बैंकरले बताए ।

विगत लामो समय विद्यार्थीकाल देखि नै एमाले निकट भएर काम गरेका शिवाकोटीलाई प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्भनर बनाउने आंकलन बजारमा छताछुल्ल भएपछि अन्य दावेदारको दौडधुप केही कम देखिन्छ ।

राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीले आर्थिक बजार न्यूजडटकमका सम्पादक भूपेन्द्र आचार्यसंग टेलिफोनमा कुरा गर्दै भनेः– म गभर्नरको उपयुक्त पात्र हुँ । राष्ट्र बैंकको डिपुटी गर्भनर हुँ । मेरो दाबी स्वभाविक हुन्छ । गर्भनरमा उनीकै शब्द शापटी लिने हो भने राष्ट्र बैंकका सिनीयर डिपुटी गर्भनर सिवाकोटी आकांक्षी भन्दा अब्बल र बलियो गर्भनरका उम्मेदवार हुन् भन्दा अब फरक पर्दैन ।

सिवाकोटीले आगामी गर्भनरमा आफ्नो दाबी राख्नु स्वभाविक पनि हो । उनी हालका राष्ट्र बैंकको सिनीएर डिपुटी गर्भनर समेत हुन् ।
एक सीइओले प्रस्टै भने लेखेर राख्नुहोस् राजनैतिक समिकरण परिवर्तन नभए राष्ट्र बैंकका डिपुटी गर्भनर शिवाकोटी नै १७ औं गभर्नर बन्ने पक्का पक्की छ ।

गर्भनरको दौडमा दौडिएकाहरुमा डिपुटी गर्भनरद्वय चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ, नेपाल लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी पूर्ण सचिव राजन खनाल, डा. मीन बहादुर श्रेष्ठ देखिन्छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोजाईमा डा. मीन बहादुर श्रेष्ठ परेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडी दाहालको केही नलाग्ने प्रस्टै देखिन्छ ।

गर्भनर नियुक्तिमा अर्थमन्त्री जति बलियो भए पनि प्रधानमन्त्रीकै अधिकार भित्र पर्ने भएपछि राष्ट्र बैंकको डिपुटी गर्भनर चिन्तामणी शिवाकोटी गर्भनर बन्ने पक्का पक्की जस्तै देखिन्छ । सचेत भया ।

मौद्रिक निति 2076-77 को अर्धबार्षिक समिक्षा हेर्दा:

क) लक्ष्य र प्राप्ति प्रमुख बुंदाहरु:
सकारात्मक कुन कुराहरु रहे?
# निर्यात 26.1 %  ले बढेको र आयात 4% ले घटेको कारण व्यापार घाटामा 6.1% ले कमी आएको।
# बिदेशी निक्षेप स्वीकार गर्न सक्ने प्राबधानको सदुपयोगको शुरुवात संगै USD 1 Million बराबरको बिदेशी निक्षेप बैकहरुले प्राप्त गरेको छन।
#RTGS संचालनमा ल्याईसकिएको छ।

के कुराहरु सोचे जस्तो भएनन?
#सरकारको पुजीगत खर्च गर्ने अबस्था अझै उस्तै रहेको। राजश्व संकलन जति पनी बजेट खर्च नभएको स्थीति। पुजीगत खर्च जम्मा रु.62.77 अरब भएको।
#मुद्रास्फिति दर 6% मा राख्ने लक्ष्य पुरा नभएको। खाध्य बस्तुको मुद्रास्फिति दर 10% भन्दा माथी पुगेकोछ ( पौष 2075 मा जम्मा 2.7% थियो)।
#आन्तरिक कर्जा 24% तथा निजीक्षेत्र तर्फको कर्जा 21% ले बृद्दिको लक्ष्य रहेकोमा क्रमश 14.1% र 14.9% मात्र हुन सकेको।

ख) नितीगत व्यबस्थामा मुख्य परिवर्तन:
के सहज बनाईयो?
#घर कर्जा र कृषि, पर्यटन तथा SME कर्जा:
स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घर तथा रु.50 लाखदेखि रु.2 करोड रुपैयाँसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला पेशा र व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान र नवीकरण गर्न सक्ने व्यवस्था।

#घरजग्गा व्यबसाय:
नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरुले सञ्चालन गर्ने सरकारको सम्वन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको मूल्य अनुपात महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम 50% सो बाहेकका क्षेत्रमा 60% कायम गरिएको छ । ( वर्तमान व्यबस्था यो 40% र 50% थियो)।

#बैदेशीक ऋण:
नेपाली नागरिक, फर्म तथा सस्ंथाले व्यवसाय संचालन वा विस्तार गर्न यस बैंककोपूर्व स्वीकृति लिई भारतबाट भा.रु. 10 करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर 10 लाखसम्म कम्तिमा  3 वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण/सापटी लिन पाउने व्यवस्था गरिनेछ ।

#कोरोना प्रभावित व्यबसायलाई राहत:
कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने।
#प्राथमिकता क्षेत्रमा कर्जा:
प्राथमिकता क्षेत्रमा गरेको कर्जा लगानीलाई watch list मा राखी 5% कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने कुरामा केहि लचकता हुने।

के लाई नकारात्मक असर पर्यो?
#लघुवित्तका शेयरधनीलाई लाभांस:
वार्षिक 20 % भन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले 20% भनादा माथिको प्रस्तावित लाभांशको 25% ले हुने रकम ग्राहक संरक्षण कोष र 25% ले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था। (लेखक मनोज कुमार ज्ञवली ज्योति विकास बैंकका सीइओ हुनुहुन्छ)

 

नबिल बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै

नबिल बैंकले २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले चैत २ गतेबाट ऋणपत्र निष्कासन गर्नेछ।

चैत ५ गतेसम्म बिक्री गर्ने लक्ष्य राखिएको ऋणपत्र त्यसबीचमा नबिके १६ गतेसम्म बिक्री खुला हुने छ। ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत छ। ऋणपत्र २०८२ सालमा परिपक्व हुनेछ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँका दरको ऋणपत्र निष्कासनको टुंगो गरेको छ। खरिदकर्ताले न्युनतम २५ कित्ता किन्नु पर्नेछ। अधिकतम सबै किन्न पनि सकिने छ।

बैंकले १२ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्ट (ब्यक्तिगत तवरबाट) बिक्री गर्नेछ। बाँकी ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने भएको छ। ८ लाख कित्तामध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप बीच सहकार्य

मुक्तिनाथ विकास बैंक लि.र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तल उल्लेखित विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १०% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक प्रभाकर खड्का हस्ताक्षर गर्नु भएको छ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनु भएको छ ।

ग्लोबल टपअप मुद्दती निक्षेप योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिने छ ।

जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।

साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।

ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।
बैंकले हाल देशभर २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
बैंकले वित्तीय सेवाको पहँुच नपुगेका देशका विभिन्न सुगम तथा दुर्गम स्थानहरुमा आफ्ना शाखा संजाल विस्तार गरी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेपालको बैकिङ्ग क्षेत्रमा एक उत्कृष्ट बैंक हुने लक्ष्य राखेको छ ।

एन आई सी एशियाको मुद्दती खातामा सबैभन्दा बढी फाइदा !

एन आई सी एशिय बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न अविस्वासनीय सुविधाहरु दिदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनिय बीमा सुविधा दिएको छ । जसले परम्परागत रुपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषानै फेरिदिएको छ ।

बैंकले ग्राहक महानुभावहरुको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकमहानुभावले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नुहुनेछ ।

ग्राहक महानुभावले बहिरंग उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सक्नुहुनेछ । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।

बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरीसक्नु भएको छ । एन आई सी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

२१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँको सेवा लिन सक्नेछन् ।
न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरुको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नेछन् ।
ग्राहक महानुभावहरूले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नुहुनेछ ।

बैंकर्स संघमा भएको भद्र सहमती अनुसार बैंहरुले मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशत सम्म ब्याज पाउनुहुनेछ । त्यसमा शाखा प्रमूखले बढीमा ०.५० प्रतिशत सम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा ९.७५ प्रतिशत सम्म ब्याज दिन्छन् । एन आई सी एशिया बैंकले भने सर्वाधिक उच्च ब्याजदर सँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको हो ।