जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्नेछन् ।

यो अफर यही बिहीबार (फागुन १५) देखि लागु हुनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ । यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्«स१७१०६ह्यास् डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन् ।

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रति मिनेट छुटको

लाभ ७ दिनका लागि पाउनेछन् । रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।

यसैगरी ग्राहकहरुले रु १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् ।

यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यो अफर ९० दिन सम्म संचालनमा रहनेछ । ग्राहकले एस्टिक्«स१७१०६एस्टिक्«स१ह्यास् डायलगरी आफुले सुचारु गरेको अफरको समयसिमा सजिलै थाहा पाउन सक्नेछन् ।

५४ बर्षदेखि रहेका कागजका ढड्डा अब १० प्रतिशत मात्र बाँकी छ। कति ट्रक कागज व्यवस्थापन भयो होला त्यसको भनि साध्य छैन

सरकारी  बैंक, झन्झटिलो प्रकृया, कागजको थुप्रो, प्रविधि नबुझेका कर्मचारी जस्ता शब्दले चिनिने बैंक आज देशकै अग्रणी बैंकभित्र पर्छ। नाफा र व्यवसायको अंकमा बैंकिङ उद्योगमा नै पहिलो नम्बंरमा छ। 

गत आर्थिक बर्षको कुरा मात्रै गर्ने हो भने बैंकले ४ अर्ब ३२ करोड खुद मुनाफा आर्जन गरेर बैंकहरुमा नै धेरै नाफा कमाउने बैंकमा आफुलाई स्थापित गर्यो। पछिल्ला बर्षहरुमा नाफाको अंकमा मात्र नभई व्यवस्थापनमा, सेवाको गुणस्तरमा बैंकले लोभलाग्दो प्रगति गरेको छ। 

प्रत्येक खरिद बिक्रिमा सार्वजनिक खरिद ऐन अन्तर्गत रहनुपर्ने, ब्यवस्थापन र संचालक समिति सरकारलै नै बनाउनु पर्ने, बिभिन्न पार्टीमा आस्था राख्ने फरक फरक कर्मचारी युनियनलाई रिझाउनुपर्ने, कर्मचारी भर्ना लोकसेवा आयोगबाट मात्रै गर्नुपर्ने जस्ता प्रकृयागत जटिलतालाई व्यवस्थापन गरेर बैंकलाई उत्कृष्ट बैंकको पहिचान दिन कसरि सम्भव भयो भन्ने आम चाँसोको बिषय बनेको छ। यहि चाँसोलाई सम्बोधन गर्नका नेपाल बैंकमा करिब अढाई दशक काम गरेका, हाल नेपाल ब्यवस्थापन संघमा अध्यक्षमा निर्वाचित भएका र राष्ट्रिय बाणिज्य बैंकलाई ४ बर्षदेखि नेतृत्त्व गरिरहेका अग्रज बैंकर तथा  बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो)  किरणकुमार श्रेष्ठसंग गरिएको  कुराकानीको सम्पादित अंश:      

४२ साल पछि अर्थात करिब दशकपछि १२ प्रतिशत नगद लाभांश खुवाउन सफल हुनु भएको त्यस्तो के जादु गर्नुभयो ?

बैंकले गत आर्थिक बर्ष बैंकिङ उद्योगमै सबै भन्दा बढी ५ अर्ब ४ करोड मुनाफा आर्जन गरेको थियो। त्यसबाट नै १२ प्रतिशत अर्थात १ अर्ब ८ करोड रुपैयाँ लाभांशको रुपमा बितरण गरिएको हो, जुन ऐतिहासिक नै हो। नाफा गर्ने बैंकमा आरबीबी २७ वटै बैंकमा उत्कृष्ट बनेको छ भने राज्यलाई कर तिर्नेमा पनि पहिलो नम्बरमा पर्छ।

यो उपलब्धि एकै दिन एकै बर्षमा सम्भव भएको होइन। २०५० सालपछि नेपालको बैंकिङ स्तिथि एकदम बिग्रियो। २०५८ सम्म हाम्रो  बैंकिङ बिर्ग्रिएर चरम अवस्थामा पुगेको थियो। २०५९-६० सालमा वित्तीय क्षेत्र सुधार कार्यक्रम आयो र त्यसपछि हामि अघि बढ्यौं। वित्तीय सुधार कार्यक्रम अन्तर्गत बैंकको आन्तरिक अवस्था बलियो बनाउने, लेखा प्रणाली चुस्त बनाउने, खराब कर्जा अनुपात सुधार्ने, कर्मचारी पनि लोकसेवाबाट लिने, व्यवसायी कर्मचारी प्रतिस्पर्धाबाट लिने जस्ता काम भए।  त्यसपछि नेपाली व्यवस्थापन आयो र वित्तीय सुधार कार्यक्रमलाई निरन्तरता दियो।

त्यो अवस्थामा ४ बर्षअगाडी म बैंकमा आए। त्यो बेला बैकको नेतृत्त्व लिएर आउँदा स्रोत अत्यन्त धेरै भएको तर कम प्रयोग भएको पाए। ८० प्रतिशत कर्जा क्षमता भएको बैंकले त्यो बेला ५६ प्रतिशत मात्रै कर्जा लगानी गरेको थियो। त्यो बेला ८४ अर्ब कर्जा प्रवाह भएकोमा ४ बर्षको अवधिमा यो अंक १ खर्ब ५४ अर्ब पुगेको छ। व्यवसाय बढेपछि स्वाभाविक रुपमा मुनाफा बढ्छ। म आएपछि गरेको एउटा काम मध्ये यहाँ भएको स्रोतको अधिकतम प्रयोग नै हो।

नेपाल बैंकमा २८ बर्ष काम गरेको हुनाले र त्यहाँ महाप्रबन्धकको जिम्मेवारी निभाएको हुनाले सरकारी बैंकको कार्य संस्कृतिबारे मलाई राम्रोसँग थाहा थियो। सरकारी संस्थाप्रति हामीमा भएको सरकारी सँस्था प्रतिस्पर्धी हुदैनन्, पारदर्शी हुदैनन्, कर्मचारी ग्राहकमैत्री हुदैनन्, कार्यलयको लेआउट देखि लुक निजि जस्तो हुदैनन्, प्रकृया झन्झटिलो हुन्छ, जस्ता नकारात्मक टिप्पणी सुन्दै आएको थियो।

हिजो महाप्रबन्धक भएर साइडको कुर्चीमा बसेर यस्ता नकारात्मक टिप्पणी सुनेको थियो तर अहिले आरबिबि मा म सीईओ को हैसियतले  ड्राइभरको कुर्चीमा बसे। पहिलो दिनदेखि नै यी कुरा बदल्ने अभियानमा लागे। स्रोतको उचित र अत्यधिक प्रयोग गरे भने अहिलेका नकारात्मक टिप्पणी कम हुन्छन भन्ने बुझाईले हामि गर्न सक्छौं भन्ने मानसिकता बोकेर हिडेको थिए।

तेस्रो कुरा, बजारले साथ् दियो। बजारमा कर्जाको माग बढ्यो। अन्य बैंक ‘टाइट’ अवस्थामा पुगे तर हामीसँग प्रशस्त कर्जा क्षमता थियो। ५६ प्रतिशतको कर्जा क्षमतालाई बढायौं। अरु बैंकका करिब १० अर्ब कर्जा पनि किन्यौं। यसले हामीलाई धेरै फाइदा दियो।

अर्को कारणमा, आरबीबी सरकारी बैंक भएकाले यसको आधार दर सबैभन्दा कम भयो, कोषको लागत पनि कम नै थियो। जसले गर्दा अन्य बैंकसँगको तुलनामा निक्षेप लिन र कर्जा दिनलाई आरबिबि सहज अवस्थामा थियो। समयले पनि हामीलाई साथ दियो।   यी सबै कारणले गर्दा गत बर्ष आरबीबीले ऐतिहासिक मुनाफा गर्यो र झन्डै ४२ बर्षपछि लाभांश वितरण गर्न सफल भयौं।

कोषको लागत . प्रतिशत, ब्याजको आधार दर . प्रतिशत हुँदा पनि आरबीबीले किन एकल अंकमा कर्जा प्रवाह गर्न सकेन ?

कर्जा प्रवाह गर्नलाई आधार दरमा दिएपनि पाइन्छ त्यसलाई केहिले रोक्दैन। तर ब्याजको बिषयलाई दूईतर्फी दृष्टिकोणबाट हेरिनुपर्छ। निक्षेपको साइडबाट पनि हेर्नुपर्छ। ४ बर्ष अगाडी करिब २ प्रतिशत जति बचतको ब्याजदर थियो तर अहिले ४ देखि ६ प्रतिशत पुगेको छ। हिजोको तुलनामा ब्याज खर्च दोब्बरले बढेको छ। तर ब्याज आम्दानी ३० प्रतिशतले बढेको छ।

आरबीबीले लिने अधिकतम ब्याजदर १२ प्रतिशत हो। आधार ब्याजदरमा ४-५ प्रतिशत प्रिमियममा कर्जा दिने भनेको रियल सेक्टर, गाडी र सेयर कर्जामा हो, सबैमा होइन। यति हुँदा पनि बैंकिङ उद्योगमा हामीले लिने ब्याज अन्य बैंकको तुलनामा कम नै हो। त्यसमा पनि हामीले सहुलियत कर्जा ८.६ प्रतिशतमा दिंदै आएका छौँ। आरबीबिले सहुलियतमा दिने कर्जाको हिस्सा कुल बैंकिङको ५० प्रतिशत हो। यसमा नाफाको मार्जिन कम छ। १ अर्ब कर्जा ११०० जनालाई दिईसकेका छौं र कुल कर्जाको १ प्रतिशत अर्थात १ अर्ब ६० करोड पुर्याउछौं। यो भनेको २२ सयलाई सहुलियत कर्जामा ऋण दिन्छौं।

अर्को कुरा, अरु बैंक अहिले दुर्गममा पुग्दैछन, हामि सुरुवातदेखि नै दुर्गममा पुगेका छौं। द्वन्द्वकालमा बिस्थापित शाखा स्थापित गरेका छौँ। खर्च बढेको छ। त्यसमा पनि स्प्रेड रेट ४.४ प्रतिशतमा झार्नुपर्ने बाध्यता छ। सबै कुराले खर्च बढिरहेकाले ब्याजदर सिंगल डिजिटमा गर्छौं भनेर पनि सम्भावना छैन।

बैंकले बैंकहरुमै धेरै मुनाफा गरेको तर त्यसको हिस्सा सर्वसाधारणले पाउन सकेका छैनन्, सर्वसाधारणमा साधारण सेयर आइपीओ कहिले ल्याउनुहुन्छ ?

सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने कुरा २०७२ सालको निर्णय हो। त्यो निर्णय अहिलेपनि यथावत नै छ। त्यो निर्णयमा बाफियाको व्यवस्था अनुसार ७०-३० कायम गर्नुपर्ने कुरा छ, जुन अहिले पनि कायम छ।  त्यो निर्णय कायम हुनुको अर्थ सिद्धान्त सर्वसाधारणमा जान्छ भन्ने नै हो।

तर व्यहारिक पाटोबाट यसको विश्लेषण गर्ने हो भने, सबै बैंकहरुमा निजि क्षेत्रकै बाहुल्यता छ। त्यसमा सरकारको बाहुल्यता भएको बैंक बाणिज्य बैंक मात्रै हो। भोलि सरकारले कुनै कार्यक्रम ल्याउँदा त्यसमा आरबीबीलाई नै प्रयोग गर्र कार्यक्रम कार्यन्वयन गर्न पनि सकिन्छ। अहिले यस तरिकाबाट पनि विश्लेषण सुरु भएको छ।

त्यसैले आरबीबी आइपीओमा नजाने भन्ने निर्णय पनि गर्न नसकेको अवस्था, पुरानो निणर्य पनि सच्याउन नसकेको अवस्थामा आरबीबी बैंक छ। सरकारी स्वामित्वको बैंक सर्वसाधारणमा जाँदा कतै इन्ट्रेस्ट बांझिन्छ कि पनि भन्ने मेरो बुझाई हो। तर फेरी पनि निर्णय गर्ने सर्वाधिकार सरकाको हुन्छ।

गत आर्थिक बर्षको वित्तीय विवरणमा आरबीबीको मुनाफा अडिट अनअडिटबीच करिब ८३ करोडको फरक आएको , यो कसरि भयो ?

अहिले पनि हाम्रो नाफा ५ अर्ब ४ करोड हो तर अन अडिट नाफा ५ अर्ब ३६ करोड हो। यसलाई हेर्दा पनि ३२ करोड कम देखियो। तर यसमा दुई कारण छन। हामीले कर्जाको किसिमलाई व्याख्या गर्ने र त्यसमा प्रोभिजन गर्नुपर्ने कुरा र अडिटरले गर्ने कुरा फरक हुन् सक्छ। हामीले कुनै कर्जालाई ५ प्रतिशत राख्नुपर्ने ठानेर राखेका हुन्छौं त्यहि कुरा उहाँहरुले ५० प्रतिशत प्रोभिजन राख्नुपर्छ भन्न सक्नुहुन्छ।

कतिपय कुरा, कर, प्रमोटरलाई दिने ऋण, लगायतका कुरामा पनि प्रभाव पर्छ। खर्चमा गर्नुपर्ने व्यवस्थापन लगायतका कुराले नाफाको अंकमा फरक पर्न गएको हो। गत बर्ष प्रतिशतका हिसाबले नाफामा धेरै फरक परेको हो तर १० प्रतिशतसम्मको फरकलाई सामान्य मानिन्छ।

सरकारी बैक भन्ने सर्वसाधारणको धारणामा अहिले कस्तो परिवर्तन पाउनु भएको ?

सरकारी बैंक भन्ने जुन प्रकारको धारणा थियो त्यसमा शतप्रतिशत सुधार आयो भन्ने दाबि अहिले पनि म गर्दिन। तर एउटा कुरा दाबाका साथ् भन्न सक्छु कि धेरै परिवर्तन भएको छ। यो कुरा ग्राहक, सरोकारवाला, मिडिया लगायतबाट आउने प्रतिकृयाले पनि प्रमाणित गर्छ। जति गर्न सक्छौं त्यति गर्यौं तर गर्न नसकेकोमा दुई कारण छन।  गर्दागर्दै पुरा हुन् बाँकी कामका दुई कारण छन, १ हजार कर्मचारी दरबन्दी भन्दा खालि छन, त्यसको सिधा असर ग्राहकलाई दिने सेवामा पर्छ।  १४ जना कर्मचारी चाहिने ठाउँमा ८ जना मात्रैले काम गर्नुपर्दा त्यसले ग्राहकले पाउने सेवामा असर पर्छ नै।  पोहोर साउनमा ६६१ जना आउनुपर्थ्यो र अहिले पनि ६६१ आइसकेको हुनुपर्थ्यो तर पोहोर साउनको लटमा नै अड्किरहेका छौँ।

दोस्रो कुरा, अहिले हामीसँग भएको आइटी मा ठुलो परिवर्तनको खाँचो छ। अहिलेको प्रतिस्पर्धा, आवश्यकतालाई धान्न अहिलेको प्रविधिले धान्दैन।

यो बीचमा १५०० रिटायर्ड भए अझैं त्यो क्रम जारि छ। अहिले आरबीबीमा कर्मचारीको औषत उमेर ३४ छ। अब ६६१ कर्मचारी आएपछि यो घटेर ३२ पुग्छ। जुन बैंकिङ उद्योगमै उत्कृष्ट पाटो हो र बैंकको लागि राम्रो कुरा र बलियो कुरा हो। लोकसेवाबाट आउने कर्मचारी भएकाले  अब आउने कर्मचारी सक्षम र उत्कृष्ट हुन्छन। हामीसंग तल्लो तहमा आउने कर्मचारी पनि व्यवस्थापन र इकोनोमिक्समा मास्टर डिग्री गरेका हुनेछन। यसले गर्दा बैकले अबका दिनमा झनै राम्रो गर्ने देखिन्छ।

अहिले बैंकको लागि आइटी चुनौतीको बिषय बनेको , आरबीबीको तयारि के ?

अहिले हामीले भर्खरै अध्ययन सकेका छौं। अहिले हामि ‘आइटी रोड म्याप’  १८ महिना भित्र आरबीबीको आइटी सिस्टमलाई पुरै परिवर्तन गर्ने लक्ष्य लिएका छौं।

सरकारी बैकलाई लक्ष्य अनुसार काम गर्न सार्वजनिक खरिद ऐनले बाधा पुग्दैन ?

सरकारी बैंक भएकाले सार्वजनिक खरिद ऐन अन्तर्गत नै काम गर्नुपर्ने हुन्छ। ९ महिनामा सक्ने कामलाई हामीले १८ महिनाको लक्ष्य राख्नुमा पनि यो कुरा जोडिन्छ। हामीलाई कुनै मुद्दा मामिलाले रोक्दैन, सबै काम काम नियमित हुन्छ भन्ने मान्यता राखेर १८ महिनामा सक्छौं भनेका हौँ। यो काम गरियो र १००० जना कर्मचारीको दरबन्दी पुरा गरियो भने दाबाका साथ भन्छु, सरकारी बैंक भन्ने मानसिकतालाई पुरै परिवर्तन गर्छु।

तपाइँको यो लक्ष्यमा कर्मचारी युनियन कति हाबी अर्थात तपाइँको काममा बाधा कति ?

सरकारी संस्थामा कर्मचारी युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। आर्बिबीमा ३ वटा कर्मचारी युनियन छन, सबैसँग हाम्रो सुमधुर सम्बन्ध छ। २०५४ ५५ यता ट्रेड युनियनको आन्दोलनले परिपक्वता पाएको छ। एउटालाई च्याप्ने र अर्कालाई छाड्ने प्रवृतिले समस्या हुने हो। तर सबैसँग समान समदुरी राखेर काम गर्ने, सम्बन्धित बिषयमा उनीहरुसंग छलफल गर्ने, प्रतिबद्दता जनाएका कुरा पुरा गर्ने, झुटा प्रतिबद्धता नजनाउने काम गरेकाले यहाँ समस्या छैन र मलाइ काम गर्नलाई कुनै बाधा छैन।

त्यसो   बैंकिङ क्षेत्रमै नाफा घटिरहेको अवस्था , आरबीबीको पनि प्रतिशतले घटेको , नाफा घटीरहनुको फ्याक्टर के छन यो बर्ष आरबीबीको मुनाफा कस्तो हुन्छ ?

पोहोर र अहिलेको अर्धबार्षिकको तुलना गर्दा कर्जाको वृद्धि कम छ। कर्जाको किसिम पनि एसएमई छन। अहिले आएका नियम, कर सर्टिफिकेट, डबल ब्यालेन्ससिट, क्यास फलो लगयातका कुरामा नयाँ प्राबधान छ, सिद्धान्त यी सबै ठिक छन तर व्यवहारमा केही कठिनाई देखिएको छ।  साना तथा मझौला व्यवसायमा सरकारले अहिले ल्याएका नयाँ प्राबधान पुरा गर्ने क्षमता नै भएन। उनीहरु यो प्राबधानमा आउनलाई अझैं केहि समय लाग्ने देखिएको छ। यसले गर्दा आरबीबी जस्तो बैंक जसले ६० प्रतिशत कर्जा एसएमई मा लगानी गरेको छ, असर त पर्छ नै।

अर्को, उद्योगमा निर्माण सामग्रीको माग घटेको स्थिति छ। २०७२ साल तिर माग अत्यधिक थियो तर अहिले त्यो घटिरहेको छ। यसले गर्दा एकातर्फ उद्योगबाट आउने कर्जाको माग घटेको छ अर्को तर्फ एसएमईले लिने ऋणको माग घटेको छ, दोहोरो असर कर्जाको मागमा परेको छ। र यसका चेन इफेक्ट पनि छन।

खर्च पनि बढिरहेको छ। स्प्रेड रेट ४.४ मा ल्याउनलाई निक्षेपको ब्याजदर बढाउनुको बिकल्प छैन। निक्षेपको ब्याजदर बढाउँदा ब्याज खर्छ बढ्छ। यसको सिधा असर नाफामा देखिन्छ।  त्यसैले समग्रमा बैंकको मुनाफामा असर देखिन्छ नै। २०७७ असार मसान्तसम्ममा ४।४ स्प्रेड रेट कायम गर्नलाई निक्षेपको ब्याजदर बढाउनुको बिकल्प छैन। यसले गर्दा बैंकिङ उद्योगमा नै यो बर्ष नाफा घट्छ भन्ने मेरो बुझाई छ। तर पनि राष्ट्रिय बाणिज्य बैंकमा एक दुई अलि फरक देखिन्छ। हामी सबै कुरामा राम्रो हुँदाहुँदै पनि एउटा कुरा नराम्रो हुँदा पुरै राम्रा काम प्रभावित हुन्छ।

हाम्रो खराब कर्जा निक्षेप अनुपात ४.७७ प्रतिशत छ र यसलाई २.५ मा ल्याउने लक्ष्य हो। तर एनपीएल घट्ने भनेको सावाँ ब्याज संकलन हुनु हो। करिब १ खर्ब ६० अर्ब थप संकलन हुन्छ । त्यसको सकारात्मक असर हाम्रो ब्यालेन्स सिटमा पर्छ। तर व्यवसायको हिसाबले नाफा बढाउँन अहिलेको अवस्थामा चुनौतिपूर्ण नै छ।

म्यानको अध्यक्ष पनि हुनुहुन्छ, बैंकिङ व्यवस्थापनमा भूमिका कस्तो हुन्छ ?

भर्खर निर्वाचित भएको छु, हाम्रो कामहरु सुरु हुन बाँकी छ। पूर्ण बैठकको तयारी हुदै छ। व्यवस्थापन र अर्थतन्त्रका क्षेत्रमा एलाइट समुहलाई नेतृत्त्व गर्ने संस्था हो म्यान। अब म्यानलाई नयाँ तरिकाले लैजानुपर्छ भन्ने मेरो बुझाई छ। संघिय संरचनामा जाने, म्यान नै भनेपछि नेपालको बिकास गर्न गर्नुपर्ने व्यवस्थापनको मोडालिटी बनाउने, अन्तर्राष्ट्रिय संगठनमा सम्बन्धलाई थप सुधार गरेर हामीले गरेका राम्रा अभ्यासको बारेमा जानकारी दिने जस्ता नयाँ काम गर्ने सोच छ।

बैंकर संघको अध्यक्ष बन्न छाडेर म्यानको अध्यक्षमा चाँसो किन ?

एनबिएको चुनाव हुँदै गर्दा आरबीबीमा मेरो कार्यकाल ४ महिना बाँकी हुँदा निरन्तरताको बिषय थियो। निरन्तरतामा मेरो इच्छाले मात्र नभई सरकार र बैंकका संचालकको कुरा महत्त्वपूर्ण भूमिका राख्छ। उता म्यानमा म यो संस्थामा रहेपनि, अन्त कतै हुँदापनि निरन्तरता पाउने कुरा छ। अर्को कुरा एनबि ए भन्दा म्यानको कार्यक्षत्र र दायरा फराकिलो लाग्यो। यसका सदस्य, दायरा, इतिहास ठुलो र फराकिलो लाग्यो। र धेरैले म्यानको नेतृत्त्व लिनलाई आग्रह गर्नुभयो र सबैले चाहेका रहेछन भन्ने कुरा निर्वाचित हुँदा प्राप्त मतले पनि प्रमाणित गर्यो। ८८ प्रतिशत मत पाउँदा साथीहरुले म्यानको नेतृत्त्व लिनुपर्छ भएको कुरा प्रमाणित भयो। यी सबै कारणले गर्दा एनबिए भन्दा म्यानमा बढी चाँसो भयो।

तपाईका कार्यकालमा तपाईले गरेका भन्नैपर्ने सुधारका काम 

बाहिर आएका र ब्यालेन्ससिटमा देखिएका सुधार भन्दा अरु धेरै काम मेरो ४ बर्षे कार्यकालमा भएका छन। “क्लिन आरबीबी, स्मार्ट आरबीबी” अभियान, यो भनेको आरबीबीमा भएका हरेक फिजिकल कुरा क्लिन गर्छौं भनेको हो र भयो पनि। यस अभियान अन्तर्गत सोच क्लिन, व्यवहार क्लिन, कार्यशैली क्लिन गरेका छौँ। यस अभियान अन्तर्गत ५४ बर्षदेखि रहेका कागजका ढड्डा अब १० प्रतिशत मात्र बाँकी छ। कति ट्रक कागज व्यवस्थापन भयो होला त्यसको भनि साध्य छैन।

त्यस्तै पुराना गाडी, फर्निचर लगायतका बस्तु लिलाम गर्ने चलन पहिले रहेनछ तर यो ४ बर्षमा त्यो सबै लिलाम गर्यौं। अहिले पुराना बस्तु छैनन।  रिकनसाइल भएर बसेका पैसा व्यवस्थापन गर्ने काम भईरहेको छ। नयाँ जनशक्तीलाई अथाह तालिम दिएका छौँ। ब्यालेन्स सिटमा देखिएको सुधारका आधार स्तम्भ खडा गर्न यी महत्त्वपूर्ण काम भएका छन्।   बिजपाटी डटकम

कास्टिङ्ग सुरु वास्तविकता त आउनै बाँकी

गाउँ घरमा एउटा उखान छ दशा लाग्न थाल्यो भने त्यसले केही संकेतहरु देखाउँछन् अहिले त्यही उखान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीमाथि चरितार्थ भएको छ । प्रधानमन्त्री केपी ओलीले सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको तारिफ बास्कोटाकै जिल्लामा पुगेर गरेका थिए । उनले त्यसबेला भनेका थिए काभ्रे जिल्ला प्रतिभा जन्माउने प्रमुख जिल्ला हो जसले बास्कोटाजस्ता प्रतिभा जन्माएको छ ।

आफ्नो मन्त्रिपरिषद्का सबै सदस्यहरु एकातिर अनि बास्कोटा एकातिर राख्दा बास्कोटाकै पल्लाभारी हुन्छ बास्कोटाको अनुहार हेरेपछि विरोधीहरु पनि नतमस्तक हुन्छन् भनेर । प्रधानमन्त्रीले त्यसो भनेकै अर्को दिन अर्थात फागुन ७ गते सेक्युरिटी प्रेस खरिद काण्डको कमिसन मागेको अडियो सार्वजनिक भयो । अडियो सार्वजनिक भएका बेला बास्कोटा उपत्यका बाहिर रहेका थिए ।

प्रधानमन्त्रीका अति विश्वासपात्र मानिएका व्यक्ति नै कमिसन काण्डमा मुछिएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहितका अन्य केही नेताहरुले प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने यहि अवस्था हो भनेर संविधान संशोधन गर्ने र त्यसको आधारमा प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं. १ बाट चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएर प्रधानमन्त्री बनाउने कसरतमा लागेका थिए ।

उनले आफूले कुनै गल्ती नगरेको र खाएको विषमात्र लाग्ने हो नखाएको विषय लाग्दैन भन्दै विरोधीहरुलाई एक दुई दिन रमाइलो गर्न भनिरहेका थिए । उनले त्यसो भनिरहँदा प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारमा वार्ता गरीरहेका थिए त्यही वार्ताबाट सञ्चार तथा सूचना मन्त्री बास्कोटालाई राजिनामा दिन लगाइयो, बास्कोटाले फागुन ८ गते नैतिकताको आधारमा भन्दै राजिनामा दिए ।
बास्कोटाको राजिनामापछि नेपाल कम्युनिष्ट पार्टीभित्र नै तरङ्ग उत्पन्न भयो ।

प्रधानमन्त्रीका अति विश्वासपात्र मानिएका व्यक्ति नै कमिसन काण्डमा मुछिएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहितका अन्य केही नेताहरुले प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने यहि अवस्था हो भनेर संविधान संशोधन गर्ने र त्यसको आधारमा प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं. १ बाट चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएर प्रधानमन्त्री बनाउने कसरतमा लागेका थिए । यस भन्दा अगाडि तिनै गौतमको घर भैसेपार्टीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको गोप्य बैठक बसेको थियो ।

त्यही बैठकबाट रिक्त रहेको प्रतिनिधिसभामा पूर्व माओवादीका नेता अग्नि प्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउने र वामदेव गौतमलाई संविधान नै संशोधन गरेर राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाउने सहमति अध्यक्ष दाहालले गराएका थिए । त्यही सहमति अनुसार गत शनिबार बसेको पार्टीको सचिवालय बैठकमा संविधान संशोधनको प्रस्ताव अध्यक्ष दाहालले राखेका थिए । बैठकमा नारायणकाजी श्रेष्ठ बाहेकका सबै ८ जना सचिवालय बैठकमा उपस्थित रहेका थिए ।

सचिवालयको बैठक सकिनासाथ त्यो निर्णय बाहिर चुहिएको हुनाले सामाजिक सञ्जाल र भोलीपल्ट प्रकाशित हुने प्राय सबै पत्रपत्रिकाहरुमा उक्त समाचार प्रकाशित भएपश्चात् त्यसको व्यापक विरोध भएको थियो । सामाजिक सञ्जाल र पत्रपत्रिकाहरु त्यस्तो समाचार आएपछि सचिवालयका सदस्यहरुले त्यस्तो निर्णय नै नभएको बताएतापनि पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालयमै खिमलाल देवकोटालाई तपाईलाई संविधान संशोधनको कमिटीमा राखिएको छ भोली भेटेर सल्लाह गर्नु छ भनेपछि निर्णय भएको पुष्टि भएको थियो ।

अध्यक्ष दाहालले त्यस्तो प्रस्ताव राख्दा प्रधानमन्त्री ओली मौन बसेका र दाहालले नै संविधान संशोधनको प्रस्ताव बनाउन वरिष्ठ नेता माधव नेपालको अध्यक्षतामा संसदीय दलका उपनेता सुभाष नेम्वाङ्ग र केन्द्रीय सदस्य खिमलाल देवकोटाको नाम प्रस्ताव गरेका थिए । त्यस प्रस्तावलाई माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापाले समर्थन गरेका भएपनि प्रधानमन्त्री र पार्टीका महासचिव विष्णु पौडेल मौन बसेका र अर्का सचिवालय सदस्य एवं रक्षामन्त्री इश्वर पोखरेलले विरोध जनाएका भएपनि बहुमतको आधारमा त्यो निर्णय पारित गरिएको थियो तर त्यो निर्णय तत्काल बाहिर नल्याउने सहमति दाहाल पक्षीय नेताहरुले गरेका थिए ।

सचिवालयको बैठक सकिनासाथ त्यो निर्णय बाहिर चुहिएको हुनाले सामाजिक सञ्जाल र भोलीपल्ट प्रकाशित हुने प्राय सबै पत्रपत्रिकाहरुमा उक्त समाचार प्रकाशित भएपश्चात् त्यसको व्यापक विरोध भएको थियो । सामाजिक सञ्जाल र पत्रपत्रिकाहरु त्यस्तो समाचार आएपछि सचिवालयका सदस्यहरुले त्यस्तो निर्णय नै नभएको बताएतापनि पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालयमै खिमलाल देवकोटालाई तपाईलाई संविधान संशोधनको कमिटीमा राखिएको छ भोली भेटेर सल्लाह गर्नु छ भनेपछि निर्णय भएको पुष्टि भएको थियो । तर निर्णय नै नभएको बताउँदै आएका नेताहरुले फागुन १४ गते बसेको सचिवालय बैठकबाटै उक्त निर्णय खारेज गर्ने निर्णय गरेपछि पहिला निर्णय भएको पुष्टि भएको छ ।

पछिल्लो समयमा सत्ताधारी दल नेकपाभित्र चरम असन्तुष्टि जन्मिएको छ । पार्टीभित्र रहेका गुटहरुको सन्तुलन मिलाउन नसक्दा गुटगत राजनीतिले प्रश्रय पाउन थालेको छ । जब पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्ष सहितको अधिकार प्रत्यायोजन गरे त्यसैबेला देखि दाहाल सहितका सचिवालयका बहुमत सदस्यहरु प्रधानमन्त्री ओलीका विरुद्ध खनिन थालेका थिए । ठीक त्यही बेला गोकुल बास्कोटा कमिसन काण्ड बाहिर आएपछि कमजोर अवस्थामा रहेका प्रधानमन्त्रीका विरुद्ध अनेक षड्यन्त्रका तानावाना बुन्न केही व्यक्तिहरु लागि परेका थिए ।

आफूले त्यस्तो प्रस्ताव राख्दा अर्का अध्यक्ष ओलीले विरोध गर्ने कुरामा दाहाल ढुक्क थिए तर ओली मौन बसेपछि दाहाल आफ्नै जालमा परेको उनले आफूनिकट व्यक्तिहरुलाई सुनाएको एक नेताले बताएका छन् । यसरी एक व्यक्तिलाई ढोकाबाट होइन झ्यालबाट भित्र पसाउन खोज्दा दाहालमात्र होइन नेता नेपालपनि चिप्लिएका छन् ।

प्रधानमन्त्री ओलीले पूर्व एमालेभित्रको गुट उपगुटकोे सही रुपमा व्यवस्थापन गर्न नसकेकै कारण अर्का अध्यक्ष दाहाललाई पार्टीभित्रै खेल्न सजिलो भएको छ । पूर्व एमालेभित्र निकै पहिला देखि नै केपी ओली गुट र माधव कुमार नेपाल गुट रहेकोमा पछिल्लो समयमा वामदेव गौतमले समेत सानो गुट सञ्चालनमा ल्याएका थिए । जब तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बन्यो त्यसबेला पूर्व एमालेलाई ५५ प्रतिशत र पूर्व माओवादीलाई ४५ प्रतिशतको हिस्सेदारी भाग लागेको थियो ।

पूर्व माओवादीमा पुष्पकमल दाहाललाई चुनौती दिन सक्ने व्यक्ति कोही नभएका हुनाले उनीसँग अहिले पनि त्यही ४५ प्रतिशतको हाराहारमिा हिस्सेदारी रहेको छ भने पूर्व एमालेमा केपी ओली र माधव नेपालबीच भागवण्डा हुँदा ओली पक्षमा ३५ प्रतिशत र माधव नेपाल पक्षमा २० प्रतिशतको हिस्सेदारी भएकाले सोही अनुसार तल्लो कमिटी देखि केन्द्रीय समिति हुँदै अन्य समितिहरुमा समेत भागवण्डा भएको छ । अहिले अध्यक्ष पुष्पकमल दाहालले पूर्व एमालेका ओली र माधव नेपालबीच सहमति हुन नसक्ने बुझेरै उनले माधव नेपाललाई आफ्नो पक्षमा पारेका छन् । त्यही कारण दाहाल र नेपाल पक्ष मिल्दा नेकपामा दाहाल पक्ष बहुमतमा रहेका र ओली पक्ष अल्पमतमा परेका हुनाले ओलीलाई संकट आइपरेको हो ।

अहिले प्रधानमन्त्री ओली सचिवालय, केन्द्रीय समिति र स्थायी समितिमा समेत अल्पमतमा परेका र बहुमतको फाइदा उठाउँदै वामदेव गौतमलाई आफ्नो पक्षमा राखी राख्नका लागि अध्यक्ष दाहालले संविधान संशोधन गरेर राष्ट्रियसभा हुँदै प्रधानमन्त्री बनाउने रणनीतिक खेलमा लागेका थिए । आफूले त्यस्तो प्रस्ताव राख्दा अर्का अध्यक्ष ओलीले विरोध गर्ने कुरामा दाहाल ढुक्क थिए तर ओली मौन बसेपछि दाहाल आफ्नै जालमा परेको उनले आफूनिकट व्यक्तिहरुलाई सुनाएको एक नेताले बताएका छन् । यसरी एक व्यक्तिलाई ढोकाबाट होइन झ्यालबाट भित्र पसाउन खोज्दा दाहालमात्र होइन नेता नेपालपनि चिप्लिएका छन् ।

राष्ट्रिय सभाका सदस्य प्रधानमन्त्री बन्न नसक्ने सम्वैधानिक व्यवस्था रहेकोमा एक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि संविधान नै संशोधन गर्न खोज्नु नेकपाको दम्भ नै हो । संविधान निर्माणकै बेला देखि समाजवादी दल र राजपाले संविधानसभा नै छोडेर आन्दोलनमा गएका थिए, त्यसबेला पनि उनीहरुले संविधानले सबैको मुद्दालाई समाधान गर्न नसकेको भन्दै संविधान संशोधन गर्ने माग गरिहेका बेला उनीहरुका मागलाई वेवास्ता गर्दै एक व्यक्तिलाई सत्तामा लैजान संविधान नै संशोधन गर्न खोज्नुलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन । संविधान आवश्यकता अनुसार संशोधन हुन सक्छ तर कसैलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न सकिने अवस्था रहँदैन ।

रणनीतिमा दाहालले खनाललाई आउँदो प्रतिनिधिसभाको निर्वाचन पछि राष्ट्रपति बनाउने गोप्य सहमति गरिसकेका छन् भने नेपाललाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुई मध्येका एक पद रोजेर लिन भनेपछि अहिले त्यही रणनीतिको काष्टिङ्गको खेलमात्र सुरु भएको छ । वास्तविक खेल त आउँदा दिनमा देखिन नै छ । प्रधानमन्त्री ओलीको व्यवहार समेत उनीहरुका लागि सहयोगी बनेको छ ।

त्यसमा पनि प्रतिनिधिसभाको निर्वाचनमा जनताले हराएका व्यक्तिलाई संविधान नै संशोधन गरेर प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता दाहाललाई अहिले किन प¥यो ? तिनै दाहालले केही समय पहिला पाँच वर्ष केपी ओली नै प्रधानमन्त्री रहिरहने र आफूले पार्टीको काम गर्ने उद्घोष गरिसकेका हुनाले अहिले तिनै दाहालले गौतमलाई प्रधानमन्त्री बनाउन खोज्नुले ओली दाहालबीचमा कटुता उत्पन्न भएको सहजै अनुमान गर्न सकिन्छ ।

पार्टी अध्यक्ष दाहाल, नेपाल, गौतम, खनाल र नारायणकाजी श्रेष्ठको कहिले झम्सिखेलको गोप्य बैठक त कहिले भैसेपाटीको गोप्य बैठकको एउटै मात्र उदेश्य थियो प्रधानमन्त्री ओलीलाई अल्पमतमा पारेर राजिनामा दिन बाध्य पार्ने । त्यही रणनीतिमा दाहालले खनाललाई आउँदो प्रतिनिधिसभाको निर्वाचन पछि राष्ट्रपति बनाउने गोप्य सहमति गरिसकेका छन् भने नेपाललाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुई मध्येका एक पद रोजेर लिन भनेपछि अहिले त्यही रणनीतिको काष्टिङ्गको खेलमात्र सुरु भएको छ । वास्तविक खेल त आउँदा दिनमा देखिन नै छ । प्रधानमन्त्री ओलीको व्यवहार समेत उनीहरुका लागि सहयोगी बनेको छ ।

प्रधानमन्त्री ओली विरोधीहरुको कुरा सुन्न चाहँदैनन्, उनको मन्त्रिपरिषद्ले गरेका हरेक निर्णयहरु विवादको घेरामा तानिएका छन् । आफ्नै पार्टीभित्रका आफ्ना विरोधीहरुलाई समेत उनी आफ्नो पहुँचमा आउन दिँदैनन्, आफ्नो गुणगान गाउने व्यक्तिहरुलाई मात्र आफ्नो पहुँचमा आउन दिने स्वभावका कारण प्रधानमन्त्री ओली आलोचित हुँदै गएका छन् । सञ्चारजगत्सँग समेत प्रधानमन्त्रीको राम्रो सम्बन्ध हुन नसकिरहेका बेला सञ्चारमन्त्री बास्कोटा राजिनामा दिन बाध्य भएकाले समेत दाहाल गुटको मनोबल बढेको छ । सरकारले संसदमा पेश गरेका हरेक विधेयकहरु विवादको घेरामा तानिएका छन् । अमेरिकाले सञ्चालनमा ल्याएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा समेत प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएका छन् ।

टेलिभिजन पत्रपत्रिकामा यिनै सम्पादक थिए त्यसबेला यिनै सम्पादक, पत्रपत्रिका र टेलिभिजनहरुले समाचार दिन्थे, दिएका थिए । त्यसबेला उनीहरुको मुटु थियो अहिले किन मुटु भएन भनेर तपाईले आफ्नो सरकारले गरेका निर्णय र कामको मूल्याँकन गर्नुभएको छ ? तपाई पहिलो पटक प्रधानमन्त्री बन्दा मुलुक असहज अवस्थामा थियो भारतले नाकाबन्दी लगाएको थियो त्यसबेला तपाईलाई के तपाईको पार्टीका के विरोधी के विद्यार्थीहरु सबै तपाईका प्रशंसक थिए ।

जसरी भएपनि संसदबाट पारित हुन्छ भन्नुको अर्थ के ? नेकपाको केन्द्रीय समितिको बैठकले निर्णय गरेअनुसार (एमसीसी)को अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा प्रदीप ज्ञवाली र भीम रावल सम्मिलित भएको समिति गठन भएको र सो समितिले समेत अहिलेकै अवस्थामा एमसीसीलाई पारित गराउन नसकिने प्रतिवेदन पार्टी अध्यक्षहरुलाई बुझाईसकेको हुँदा अब त्यसलाई नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र नेपालको संविधान ऐन कानुन अनुसार संशोधन गरेर मात्र (एमसीसी) पारित गरिनुपर्दछ । प्रधानमन्त्री ओलीका वरिपरि बस्ने व्यक्तिहरु समेत व्यक्तिगत स्वार्थमा डुबेर आफ्नो स्वार्थ पूरा गर्न लागेका हुनाले त्यस्ता व्यक्तिलाई तत्काल बर्खास्त गरेर मुलुकको हितका लागि काम गर्ने व्यक्तिलाई आफ्ना सल्लाहकारमा राखिनु उपयुक्त हुनेछ ।

केही समय पहिला प्रधानमन्त्रीले केही दैनिक पत्रिकाका सम्पादकहरुसँगको भेटमा सरकारका राम्रा कामहरुको बारेमा लेख्न पत्रकारहरुको मुटु नै नभएको भन्दै आपत्ति जनाएका थिए । हामी भन्दछौँ प्रधानमन्त्री ज्यू ! तपाई पहिलो पटक २०७२ असोज २५ गते देखि २०७३ श्रावण ९ गतेसम्म प्रधानमन्त्री हुँदा अहिलेकै सम्पादकहरु थिए । टेलिभिजन पत्रपत्रिकामा यिनै सम्पादक थिए त्यसबेला यिनै सम्पादक, पत्रपत्रिका र टेलिभिजनहरुले समाचार दिन्थे, दिएका थिए । त्यसबेला उनीहरुको मुटु थियो अहिले किन मुटु भएन भनेर तपाईले आफ्नो सरकारले गरेका निर्णय र कामको मूल्याँकन गर्नुभएको छ ? तपाई पहिलो पटक प्रधानमन्त्री बन्दा मुलुक असहज अवस्थामा थियो भारतले नाकाबन्दी लगाएको थियो त्यसबेला तपाईलाई के तपाईको पार्टीका के विरोधी के विद्यार्थीहरु सबै तपाईका प्रशंसक थिए । तर अहिले सहज अवस्थामा तपाई प्रधानमन्त्री बन्दा किन उनीहरुले तपाईलाई सहयोग गर्न सकिरहेका छैनन् त ?

के त्यसमा तपाईले कहिल्यै सोच्नुभएको छ ? प्रधानमन्त्री भनेको सम्पूर्ण नेपाली जनताको हो । तर पछिल्लो समयमा तपाई सम्पूर्ण नेपाली जनताको प्रधानमन्त्री बन्न सक्नुभएको छैन । तपाईलाई विपक्षीबाट कुनै अवरोध छैन तपाईकै पार्टीको संघीय संसदमा र ७ प्रदेशसमध्येका ६ प्रदेशमा बहुमतको सरकार रहेको छ । तर त्यति हुँदाहुँदै पनि तपाईले जनताको पक्षमा काम गर्न सक्नुभएको छैन ।

कम्युनिष्ट सरकारको यो चरित्रले गर्दा तपाईको सरकारलाई कुनै हालतमा पनि कम्युनिष्टको सरकार भन्न सकिने आधारहरु देखिएका छैनन् । आफ्नो जन्म दिनको उपलक्ष्यमा नेपालको नक्सा जस्तै केक काटेर खानुपर्ने बाध्यता तपाईलाई कसरी आईप¥यो ? नेपाल भनेकै कहिल्यै पनि पराधिन नभएको देश हो नेपाली जनताको आमा हो आमालाई कुपुत्र बाहेक अरुले कसैले काटेर खाँदैनन् त्यो पनि विवादास्पद यति समूहको सहयोगमा ।

ओली सरकारको पालामा केही राम्रा काम समेत भएका छन् । तर त्यस्ता राम्रा कामलाई नराम्रा कामले गर्दा ओझेलमा पारेका छन् । सरकारी जग्गा यति समूहलाई दिने तपाईको सरकारका निर्णयहरु विवादास्पद बनेका छन् । सबै शक्ति आफ्नो हातमा लिँदैमा र अरुलाई गाली गर्दैमा मुलुकमा विकास र समृद्धि हुन सक्दैन ।

पञ्चायती कालमा समेत नेपाली सेनालाई नागरिकहरुमाथि निगरानी गर्ने ऐन थिएन । तर अहिले तपाईको सरकारले संसदमा पेश गरेको ऐन जस्ताकोतस्तै पारित गरिएमा अब नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागले जस्तै सेनाले पनि जनतामाथि निगरानी र उनीहरुको अभिलेख राख्न पाउने ऐनको आवश्यकता किन प¥यो ? कम्युनिष्ट सरकारको यो चरित्रले गर्दा तपाईको सरकारलाई कुनै हालतमा पनि कम्युनिष्टको सरकार भन्न सकिने आधारहरु देखिएका छैनन् । आफ्नो जन्म दिनको उपलक्ष्यमा नेपालको नक्सा जस्तै केक काटेर खानुपर्ने बाध्यता तपाईलाई कसरी आईप¥यो ? नेपाल भनेकै कहिल्यै पनि पराधिन नभएको देश हो नेपाली जनताको आमा हो आमालाई कुपुत्र बाहेक अरुले कसैले काटेर खाँदैनन् त्यो पनि विवादास्पद यति समूहको सहयोगमा ।

यी सबै कार्यहरुले गर्दा तपाईलाई जनताले सहयोग र समर्थन गर्ने दिन सकिन लागेको जस्तो देखिएको छ । त्यसमा तपाईकै पार्टीका अध्यक्ष सहितका अन्य नेताहरुको व्यवहारले गर्दा तपाईको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा असफल हुने निश्चित छ ।

ग्लोबल आइएमइ छाडेर रविन्द्र ढकाल सनराइज बैंक जाने

ग्लोबल आईएमई बैंक छाडेर रविन्द्र ढकाल सनराइज बैंक जाने भएका छन् । एक पद बढुवा भएर ढकाल सनराइज बैंक जाने भएका हुन् ।

ग्लोबलमा डेपुटी म्यानेजर रहेका ढकाललाई जनक शर्मा पौडेलले आफ्नो टिम बनाउने क्रममा रविन्द्रलाई रोजेका हुन् ।

१३ वर्षअघि बैंकिङ करियर शुरु गरेका ढकालसँग ग्लोबलमा ब्राञ्च म्यानेजर, मार्केटिङ, कार्ड, सेल्स र रेमिट्यान्स प्रमुख भएर काम गरेको अनुभव छ । उनी  आगामी सोमबारदेखि सनराइजमा हाजिर हुनेछन् ।

मौलाकालिका केवलकारका लागि स्वीकृति

सरकारले मौलाकालीका केवलकार आयोजना निर्माणका लागि स्वीकृति दिएको छ। फागुन १२ गते बसेको मन्त्रीपरिषदको बैठकले लागि २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

आयोजनाको रो एलानइन्टमेन्ट (१०/१० मिटर सहित केहि टावर संरचना रहने गरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापुर्व नवलपुर) को गैडाकोट नगरपालिका- ०१ मा पर्ने मौलाकालीका सामुदायिक वन/मौलाकालीका धार्मिक वनसमेत प्रयोग गर्न स्वीकृति दिएको हो।

सरकारले वन क्षेत्र प्रयोग गर्नका लागि स्वीकृति नदिँदा यो आयोजना पछिल्लो समय अन्योलमै थियो। स्वीकृति पाएसँगै अघि बढ्ने भएको छ।

आईएमई ग्रुपले चर्चित धार्मिक तथा पर्यटकीयस्थल मौलाकालीका मन्दिर क्षेत्रमा केवलकार निर्माण गर्न लागेको हो। आईएमई  समुहको यो दोस्रो आयोजना हो।

पहिलो चन्द्रागिरी केवलकार निर्माण गरेर संचालनमा ल्याईसकेको छ। करिव एक अर्ब रुपैया लाग्ने अनुमान गरिएको यो आयोजना आईएम समुहले ५१ प्रतिशत र बाकी ४९ प्रतिशत स्थानीयको रहने गरि प्रोजेक्ट अघि बढाउन लागिएको छ।

त्यसै गरि मन्त्रीपरिषदले सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-०१ स्थित राष्ट्रिय वन क्षेत्रको  २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

एन आई सी एशिया बैंकका ग्राहकहरूलाई वाल क्याम्बिङ्गमा विशेष छुट

एन आई सी एशिया बैंक लिमिटेड र Astrek Climbing Wall Pvt. Ltd. बीच यस बैंकका ग्राहक महानुभावहरू एवं बैंकका कर्मचारीहरूलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्री श्याम लामिछानेज्यू र कम्पनीका तर्फबाट महाप्रबन्धक श्री कमल घले गुरुङज्यूले हस्ताक्षर गर्नुभयो ।

उक्त समझदारी अनुसार यस बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि ठमेलमा रहेको वाल क्याम्बिङ्ग कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०% छुट हुनेछ । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५०% छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ । यो समझदारीले यस खेलमा रमाउन चाहनुहुने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।

बैंकले डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरूले मर्चेन्टहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न यस बैंकको वेबसाइट www.nicasiabank.com मा हेर्न सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

एनएमबी बैंक र धाङ्सीखोला जलविद्युत् आयोजनाबीच सम्झौता

एनएमबी बैंक लिमिटेडले रोल्पा लगानी सम्मेलन २०७६ का क्रममा धाङ्सी खोला जलविद्युत् आयोजनाका लागि लगानी लगायत सबै किसिमका बैंकिङ सेवा उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख व्यवसाय तथा रणनीति अधिकृत सुदेश उपाध्याय र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्यान, बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र काफ्ले तथा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दलगायतको उपस्थितिमा हस्ताक्षर गर्नुभयो ।

सो सम्झौता देशको दिगो विकासर्तफ बैंकले लिएको दिर्घकालीन रणनीति अन्तर्गत पर्दछ , जहाँ जलविद्युत्ले ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका र्निवाह गर्दछ । यस आयोजनाले स्थानीय समुदायको ऊर्जा आवश्यकता सम्बोधन गर्न तथा यस क्षेत्रमा अझ बढी आर्थिक गतिविधि बढाउन सक्षम तुल्याउने छ । मुलुकलाई ऊर्जा उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गराउँनका लागि विभित्र जलविद्युत् तथा नवीकरणीय ऊर्जाका आयोजनाहरूमा लगानी गर्दै आएर्कोे एनएमबी अग्रणी बैंक हो ।

मुक्तिनाथ विकास बैंकद्धारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भक्तपुर, ठिमी स्थीत श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गर्नुभयो । बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाई प्रकियामा थप सहयोग पुग्ने अपेक्षा गरेको छ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनु भएको छ ।

प्रभु बैंकको नयाँ निक्षेप योजना

प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित प्रभु गुडलक सेभिङ्ग नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ्ग खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट रु. १००।– जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । प्रभु गुडलक सेभिङ्ग योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रभु गुडलक सेभिङ्ग अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आप्mनो सहायक कम्पनी प्रभु क्यापिटल लि. सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवशरहरु जस्तै IPOs, FPOs, Capital Market आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ ।

बैंकको यस प्रभु गुडलक सेभिङ्गमा सहभागी हुने विद्यार्थीहरुलाई आप्mनो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवशर समेत मिल्नेछ ।
बैंकले सञ्चालनमा ल्याएको यस निक्षेप योजना प्रभु गुडलक सेभिङ्गमा विभिन्न कलेज तथा विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरु सहभागी हुनुभई प्रभु बैंक लि. को अत्याधुनिक एवं गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्दै देशको पूँजीबजारसँग सम्बन्धित अवसरको यथेष्ठ लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

एनएमबिको १६४ औंँ शाखा रोल्पाको माडीमा

एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । माननीय उर्जा मन्त्री श्री वर्षमान पुन र श्री पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा मिति २०७६ फल्गुन १५ गते माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गर्नु भयो ।

२४ बर्ष देखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नविनतम् सेवा तथा सुविधाहरु द्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको छ ।

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

माथि पुग्ने या धनी बन्ने मेरो सोचाइ छैन

भ्रष्टाचारको आरोप लागेर मन्त्री पद त्यागेका गोकुल बाँस्कोटा सम्पन्न परिवारका व्यक्ति होइनन्, यो धेरैलाई थाहा छ, तर आर्थिक रूपले सम्पन्न बन्ने र सुखसयलको जिन्दगी बिताउने उद्देश्य बोकेका व्यक्तिमा पनि गोकुल पर्दैनन्। जडीबुटीनजिकै भक्तपुरपट्टिको मनोहरा नदी किनारको फाँटमा तीनआना जमिनमा बनेको सानो घरमा दुई छोरा र पत्नीसहित गोकुलको बसोवास छ। दुई वर्षअघि मन्त्री (शुरुमा राज्य) नियुक्त भएपछि घरमा आगन्तुकहरूको भिड बढ्यो। बस्नका लागि मन्त्रीनिवास (हरिहरभवन) मा उनले घर पाएनन्। घरमा आएका शुभचिन्तक तथा आगन्तुकहरूले बाथरुम (ट्वाइलेट) प्रयोग गरेर बिहानै ट्याङ्कीको पानी सिध्याइदिएपछि गोकुल ननुहाईकन मन्त्रालय जाने गर्थे।

केही दिनदेखि नुहाउन नपाएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएपछि ओलीले आफ्नै निवासमा बिहान बिहान आएर नुहाउन भनेका थिए। ओलीको त्यस्तो भनाइपछि गोकुल बिहान उठेर नुहाउनका लागि प्रधानमन्त्रीको निवासस्थान पुग्ने गर्दथे। केही दिनसम्म यो क्रम चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुललाई बालकोटस्थित आफ्नो निजी निवासमा बसोवासको व्यवस्था मिलाइदिएका थिए। गोकुल बाँस्कोटा मन्त्री भएको एक वर्षपछि (२०७५ माघमा) यो संवाददाता कुराकानीका निम्ति निवासस्थान पुगेको थियो। ‘कुनै बेला मन्त्री बनिएला र यसरी प्रधानमन्त्रीको निजी घरमा बसोवास गरिएला भन्ने सोच्नुभएको थियो’ भन्ने प्रश्नको जवाफमा गोकुलले भनेका थिए, ‘कहिल्यै कल्पना गरेको थिइनँ, म त हिँड्दाहिँड्दै यहाँसम्म आइपुगेको हुँ।’

० तपाईंको बोल्ने शैलीलाई लिएर निकै टीका–टिप्पणी भएको छ, अलिक नरम भएर प्रस्तुत हुन सकिँदैन ?

म कुनै खानदानी परिवारमा जन्मे–हुर्केको मानिस होइन। जसरी हुर्किएँ त्यस्तै बोली–वचन भयो, कसरी बोल्यो भने नरम भइन्छ भन्ने मलाई थाहा पनि छैन। हजुर आइबक्स्योस्, गइबक्स्योस भन्ने प्रकारको भाषा बोल्न म जान्दिनँ। तथापि सबैले नरम हुनुपर्छ भनेकोले म कोसिसचाहिँ अवश्य गर्दैछु।

० मन्त्री भएपछि पैसा कमाइन्छ भन्छन् र त्यस्तै देखिएको पनि छ, मन्त्रीले कमाउँछन् भन्नेबारेमा तपाईंको धारणा के छ ?

कसै–कसैले कमाए पनि होलान्। तर म त्यतापट्टि लाग्दिनँ। म पैसा कमाएर आजको हैसियतमा आइपुगेको होइन र, कमाउनुपर्छ भन्ने मेरो दिमागमा पनि छैन। अहिले मलाई जुन हैसियत प्राप्त भएको छ यो नै मेरो निम्ति पर्याप्त हो। योभन्दा माथि पुग्ने या धनी बन्ने मेरो सोचाइ छैन।

तपाईं कमाइ कार्यतिर लाग्नुहुन्न भन्ने कुरामा कसरी विश्वास गर्न सकिएला भन्ने प्रश्नमा उनले जे भने त्यस आधारमा तयार गरिएको व्यहोरा यहाँ प्रस्तुत छ।

घरदेखि एक घन्टाको दूरीमा भएको घट्टमा जौ र मकै पिसाउन गएका थिए। दश पाथी जौ र मकै बोकेर भाउजूसँगै घट्ट गएका उनले पिस्ने पालो आउन समय लाग्ने देखेपछि भाउजूलाई घर फर्काइदिए र आफू मात्र घट्टमा बसे। राति आफ्नो पालो पाउनै लागेका बेला खोलामा ठूलो बाढी आयो र घट्टको बाँध बगाइदियो। त्यही जौ र मकै पिसिएर आएपछि पेटभरि खाने प्रतीक्षामा परिवारका सदस्यहरू बसिरहेका थिए। उनी अर्थात् गोकुल बास्कोटाले बुद्धि लगाए, घट्टनजिकै भिरालो परेको जमिनमा खेत थियो, उनी खेतका कान्ला चढ्दै माथि पुगे र गह्रामा जमेको पानी आली भत्काएर झारे, त्यसरी झरेको पानी घट्टसम्म आइपुग्ने कुलोमा झर्थ्यो र, केही घन्टासम्म घट्ट घुमाउन पुग्ने पानी कुलोमा आउँछ भन्ने अनुमानका आधारमा गोकुल त्यसरी खेतको गह्रागह्रामा जम्मा भएको पानी झार्नका निम्ति आली भत्काउन गएका थिए।

उनको अनुमान सही निस्कियो, खेतमा जम्मा भएको पानी ओर्लिएर कुलोमा आइपुग्यो, त्यही पानीले घुमाएको भट्टले गोकुलको ‘जौ–मकै’ पिस्न थाल्यो। भोलिपल्ट उज्यालो भएपछि पिसिएको पिठो दुईवटा साना बोरामा भरेर गोकुल घर जान भनेर हिँडे। लेकतिर (नगरकोट क्षेत्रमा) भीषण वर्षा भइरहेको थियो र, जुन खोला तरेर उनी आउनुपर्ने थियो त्यसैमा बाढी आयो। एउटा बोरा वारिपट्टि राखेर अर्को बोरा बोकी लौरो टेक्दै खोला पार गरे उनले।

खोला बढ्दै थियो र उनले अर्को एउटा बोरा लिन फेरि फर्किएर खोला तर्नुपर्ने थियो। आफू पारि पुगेपछि अर्को बोरा लिएर आउन नसक्ने भइयो भने समस्या पर्ने ठाने र उनले वारिपट्टि ल्याइएको बोरालाई एउटा सानो ओडारजस्तो ठाउँमा सुरक्षित राखे। त्यसपछि अर्को बोरा लिन खोलामा पसे, पहिलेभन्दा पानी निकै बढिसकेको थियो, सम्पूर्ण बल र बुद्धि लगाउँदै उनले खोला तरे। नाम्लो लगाएर बोरा बोकेका मात्र के थिए, खोलो उर्लिएर आयो, उनी रोकिए, वर्षात् रोकिएन।

त्यसपछि गोकुल घट्टमै फर्किए। घट्टका मालिक एक्लै थिए, खोला घट्ने र आफ्ना ग्राहकलाई घर पठाएर आफू पनि घर फर्कने सोचमा घटुवारे थिए। झमक्क रात पऱ्यो, तर खोला घट्ने सुरसार देखिएन। ६ कक्षा पढ्दै गरेका किशोरवयका केटोलाई रातको समयमा एक्लै छोडेर जान घटुवारेको मनले मानेन, उनी त्यस रात घट्टमै बस्ने भए। दुईजना मिलेर आगो बाले, त्यही आगोमा जौ र मकैको पिठोको रोटी पकाए, खाए र सुते। रातभरि पानी परिनै रह्यो, भोलिपल्ट खोलाको आकार झन् बढ्यो, पानी रोकिने र खोला घट्ने प्रतीक्षामा उनी घट्टमै बसे। गोकुलसँग भएको पिठो बाँकी छइन्जेल खानेकुराको चिन्ता थिएन। तर, आफूले बढीमा दुईवटा मात्र रोटी खाँदा घटेराले चारवटाभन्दा धेरै रोटी खाने गरेकोमा चाहिँ गोकुल निकै चिन्तित बनेका थिए। उनको चिन्ता घटेराले खाएकोमा भन्दा घरमा भोकै बसेका परिवारसम्म पुऱ्याउनुपर्ने पिठो बाँकी नै नरहने हो कि भन्नेमा थियो।

दोस्रो दिन पनि खोला घटेन, पारिपट्टि माथितिरबाट एकजना मानिस घट्टलाई लक्षित गरेर आउँदै गरेका देखिए। नजिकिँदै गर्दा गोकुलले ती व्यक्ति आफ्नो दाजु भएको पहिचान गरे। उनी खोलाको किनारमा पुगे, दाजु र भाइ खोलाको वारिपारि भए। खोला तर्न सकिने अवस्था थिएन। गोकुलले दाजुलाई अघिल्लो दिन एक बोरा पिठो राखिएको ठाउँतिर जान इसारा गरे। गोकुलले इसारा गरेको ठाउँमा पिठोको बोरा भेटिएपछि सो बोरा लिएर गोकुलका दाजु आफ्नो घरतर्फ फर्किए। खोला घटेपछि अर्को बोरा पिठो लिएर आउने बताउँदै उनले दाजुलाई खोलावारिबाटै बिदाइ गरे र गोकुल आफू घट्टमै फर्किए।

वर्षात् जारी थियो र घट्ट बन्द थियो। यसरी घट्टमा बस्दा आफ्नो घरमा समस्या परिरहेको बताउँदै थिए ती घटुवारे। साँझ पर्नुअघि नै तिनले भने, ‘बाबु, आज राति म यहाँ बस्न सक्दिनँ, तिमी यहीँ बस्नु। चितुवाहरू यता हिँडिरहेका हुन्छन्, आगो बाल्नु र नडराईकन बस्नु, म जान्छु।’

चितुवा आउने कुरा सुन्दा गोकुल एकछिन झस्किए, तर घटेरो त्यहाँबाट गएमा आफ्नो पिठो जोगिने कुरा सम्झिए र उनले ‘हुन्छ’ म एक्लै बस्न सक्छु भन्ने जवाफ फर्काए। घटेरो आफ्नो घरतिर लागे, घट्टमा केही दाउरा थिए, गोकुलले थप केही दाउरा जम्मा गरे र घट्टको वरिपरि चार ठाउँमा आगो बाले, रोटी पकाए र खाए। रात परिसकेको थियो, उनले आगोमा दाउरा थपे र आफू बीचमा बसे। डरले निदाउन सकेका थिएनन्, पानी घरी वर्षने र घरी रोकिने क्रम चलिरहेको थियो।

मध्यराततिर पानी रोकियो, त्यसरी पानी रोकिएको एकै छिनपछि चितुवा कराएको आवाज गोकुलको कानमा पऱ्यो। उनले आगोमा दाउरा थपे र, डरले काँप्दै बसे।

चितुवा घट्टमै आइपुग्यो, घुर्दै गोकुललाई लक्षित गरेर भित्रपट्टि गोकुल बसेको ठाउँमा छिर्न खोज्यो। चारैतिर आगो बलिरहेको थियो र बलिरहेको एउटा अगुल्टो हातमा लिएर गोकुल बीचमा बसेका थिए । चितुवाले मुख मिठ्याउँदै गोकुल भएको ठाउँमा पस्ने कोसिस गऱ्यो। घरि एकापट्टिबाट त घरि अर्कोपट्टिबाट भित्र पस्ने कोसिस गर्दागर्दै चितुवाले करिब आधा घन्टाको समय बितायो। घरिघरि त दुईतिरको आगोको चेपबाट झन्डै भित्र छिर्न खोज्थ्यो, गोकुल काँपिरहेको आफ्नो हातको अगुल्टो चितुवा भएतिर सोझ्याउँथे। अगुल्टोले हान्न खोजेझैँ गरेपछि चितुवा पछि हट्थ्यो। यसरी करिब आधा घन्टासम्म गोकुलले बाँच्ने र चितुवाले उनलाई खाने प्रयास गरिरहे। सिकार सजिलै हात नपर्ने देखेर हुनुपर्छ, चितुवा त्यहाँबाट हिँड्यो। हिँड्नुअघि गोकुललाई पक्रने गरी अन्तिमपटक चितुवाले झम्टिएको थियो। तर, उनी छलिए र बाँचे। त्यसपछि चितुवा त्यहाँबाट हिँड्यो।

आगोको उज्यालो फैलिएसम्मको ठाउँमा चितुवा देखिएन, डराई–डराई उनले आगोमा दाउरा थपे र दाउरा थप्दै रात कटाए। पानी परिरहेकै थियो, वर्षा भइरहेको र खोला बढेका कारण तीन दिनदेखि घट्टमा कोही पनि आइरहेका थिएनन्। उज्यालो भइसकेपछि गोकुलले हातमुख धोए, रोटी पकाए र खाए। रातभरि जाग्राम बसेका थिए, रोटी खाएपछि उनी निदाए।

दिउँसो भएको अनुमान गर्न सकिन्थ्यो, वर्षात् र खोला घटिरहेको थिएन। आजको रात पनि घट्टमा एक्लै बिताउनुपर्ने सङ्केत गोकुलले पाइरहेका थिए। घट्टबाट बाहिर निस्किएर उनले वरिपरिबाट दाउरा सङ्कलन गरे। साँझ नपर्दै रोटी पकाएर खाए र चारैतिर अघिल्लो रातको भन्दा ठूलो आगो बाले। बलिरहेको आगोमा मुढा झोसे र रातभरिलाई पुग्ने गरी आगोको इन्तिजाम गरे। रात बढ्दै गएपछि उनी घट्टमाथि झुन्ड्याइएको सोलीभित्र छिरे। जुन सोलीमा पाथीका पाथी अन्न अट्थ्यो, त्यहाँ बाह्र–तेह्र वर्षका किशोर गोकुल नअट्ने कुरै थिएन। सोलीमा बसेर रात काट्नु सजिलो थिएन, तर जीवनरक्षाका निम्ति त्योभन्दा सुरक्षित ठाउँ पनि त्यहाँ थिएन। पूरा रात पानीघट्टको सोलीमै काटे गोकुलले। चितुवाले उनलाई देखेन र उनले पनि चितुवा देख्नुपरेन।

भोलिपल्ट उज्यालो हुँदा आकाश थामिएको र खोलामा पानी पनि कम भइसकेको थियो। खोला तर्न सक्ने देखिएपछि गोकुलले नाम्लो लगाएर पिठोको बोरा बोके र घर फर्किए, जहाँ बिरामी आमासहित परिवारका दुःखी सदस्यहरू उनको प्रतीक्षामा बसिरहेका थिए।

०३९ साल साउनको महिना भर्खर प्रारम्भ भएको थियो। आमासहित परिवारका सबै सदस्य एक–एक गर्दै बिरामी परे। बास्कोटा परिवारका कनिष्ट पुत्र गोकुल जो ६ कक्षामा पढ्दै थिए, उनी बिरामी पर्नबाट जोगिएका थिए। सिकिस्त बिरामी आमालाई जाउलो बनाउन कतैबाट एकपाथी चामलको जोहो गरिएको थियो। मकैको थाँक्रो तथा धानको भकारी रित्तिएको र अन्नका नाममा बिउका लागि राखिएको केवल दश पाथी (करिब ४० केजी) जौ बाँकी थियो। दुई दिनदेखि घरमा सबै सदस्य भोकै थिए, गोठमा बाँधिएका गाईभैंसीले घाँससमेत खान नपाउने स्थिति भयो। भोक र बिरामीले ग्रस्त कोही पनि घाँस–पानीको जोहो गर्न सक्ने स्थितिमा थिएनन्। बिरामीलाई औषधि खुवाउन नसके पनि खाना त कुनै न कुनै तरिकाले उपलब्ध गराउनैपर्ने हुन्थ्यो। घरमा अन्न सकिएको र सबै भोकै बस्नुको पीडा त छँदै थियो, त्योभन्दा ठूलो पीडा घरमा अन्न सकिएर भोकै बस्नुपरेको जानकारी छिमेकीहरूले पाउँछन् कि भन्ने थियो। घरमा खाद्यान्न सकिएको सूचना छरछिमेकीले पाए भने माटोमा इज्जत मिल्ने त्रास बास्कोटा परिवारलाई थियो। स्वयम् नवकिशोर गोकुल बाँस्कोटा पनि यस कुराप्रति सचेत थिए।

इज्जत बचाउने उपाय सोच्दासोच्दै भोकै बसेको दोस्रो दिनको पनि साँझ पऱ्यो। गोकुल अचानक घरबाट निस्किए र एउटा लौरो खोजे। हातमा लौरो बोकेर उनी सोझै आफ्नो मकैबारीतिर लागे। साँझ ढल्किएर रातमा रूपान्तरित हुँदै थियो, हातमा लौरो लिएका गोकुल आफ्नो मकैबारीको डिलमा पुगेपछि ठिङ्ग उभिए, चारैतिर आँखा लगाए। कोही कतै नदेखिएपछि लौरोको दुई छेउमा आफ्ना दुई हातले समाए र मकैका बोेट ढाल्दै (सोत्तर बनाउँदै) अघि बढे। हुरीबतासले ढालेस्तै देखिने गरी करिब आधा रोपनीजति बारीको मकै ढालेपछि उनी घर फर्किए। भोलिपल्ट बिहान बारीको मकैका बोट भुइँमा सुतेको खबर छरछिमेकीहरूले गोकुलका घरमा पुऱ्याए। घरका बिरामी सदस्यहरू थप चिन्तित भए। तर गोकुल भने बारीतिर गए र मकै भाँच्दै आफूले लिएर गएको डोकोमा राखे । मकैका बोटचाहिँ गाईभैंसीका लागि बिस्तारै ओसारे।

हरियो मकै छोडाएर घाममा सुकाइयो, उनकी भाउजूले बिउका लागि राखिएको जौ ढिकीमा लगेर कुट्न थालिन्। आँगनमा सुकाएको मकैलाई घाम अस्ताउनुभन्दा अघि नै ढिकीमा कुटिएको जौमा मिलाइयो। काँचो (हरियो) मकै घट्टमा नपिसिने भएकोले त्यसरी जौमा मिसाइएको थियो। भाउजूको सहयोगमा गोकुलले दुईवटा साना बोरामा ‘त्यो’ राखे। एउटा भाउजूले बोकिन् र अलिक सानो बोराचाहिँ उनले बोके। साँझ परिनसक्दै उनीहरूलाई घट्ट पुग्नु थियो। सामान्यतया एक घन्टाको बाटो भए पनि त्यस दिन आधा घन्टामै उनीहरू घट्ट पुगेका थिए। अन्न पिसाउन पालो कुरेर त्यहाँ अन्य केही मानिस पनि बसिरहेका थिए। राति ढिलो मात्र पालो आउने देखिएपछि गोकुलले आफ्नी भाउजूलाई घर फर्किन आग्रह गरे। आकाश धुम्मिएको थियो, पानी परिहाल्यो भने खोला बढ्ने भएकोले नगरकोट र पाँचखालको बीच पहाडमा पर्ने आफ्नो घरतिर भाउजू फर्किइन्। पिस्ने पालो पर्खिएर गोकुल बसे घट्टमा। ज्यान बचाउनका लागि पिठो बनाउन घट्ट पुगेका गोकुलको ज्यान झन्डै त्यही घट्टमा चितुवाको शिकार बनेको थियो।

काभ्रे जिल्लाका बासिन्दा र पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि परिचित भए पनि गोकुल बाँस्कोटालाई आमदेशवासीले चिनेकोचाहिँ मन्त्री बनेपछि नै हो। सूचना तथा सञ्चारजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने युवा व्यक्तित्वप्रति आमदेशवासीले आँखा र कान लगाए। गोकुलको बोलीमा रस नभेटिएपछि उनको प्रस्तुतीकरणलाई लिएर नकारात्मक टिप्पणी हुन थाल्यो। उनी कति इमानदार छन्, कति न्यायप्रेमी छन् या योग्य छन् भन्नेतर्फ मानिसले ध्यान दिएनन्। बोलीकै आधारमा मानिसले गोकुलप्रति धारणा बनाउन थाले। उनी स्पष्ट बोल्छन्, जे गर्ने हो त्यही भन्ने र बोलेबमोजिम गर्ने उनको स्वभाव–चरित्र हो। अत्यन्त सङ्घर्षपूर्ण पृष्ठभूमिबाट राजनीतिमा आएका गोकुल छलकपट र चाकडी-चाप्लुसी जान्दैनन्। कुनै बेला मन्त्रीको जिम्मेवारी लिनुपर्ने सपना पनि उनले देखेका थिएनन्। अल्पायुमै आमाको निधन भएपछि गोकुलले प्रेमिल वातावरणसँग साक्षात्कार गर्ने मौका पनि पाएका थिएनन्। जसरी हुर्किए त्यसैगरी बोल्न सिके। सुख पाउनका लागि दुःखबाहेक अरू केही गर्नु हुन्छ या पर्छ भन्ने उनले कहिल्यै सिकेनन्।

दुःखको जिन्दगी कस्तो हुन्छ गोकुलले बाल्यकालदेखि नै महसूस गरेका हुन्। बेइमानीको कला उनले कसैबाट सिक्न चाहेनन्, मन्त्रीको जिम्मेवारीमा रहँदा पनि आत्मविश्वासका साथ आफ्नै मौलिक शैलीमा प्रस्तुत हुन सक्नुको मूख्य कारण के हो भने उनमा अन्तरनिहित इमान। रस मिसाएर बोल्नेहरूमध्ये कैयनको मन र व्यवहार विषमिश्रित रहने गरेको महसुस धेरैले गरेका छन्। तर, गोकुल ‘इमानका साथ काम गर्नेले सायद बोलीमा रस मिलाउन आवश्यक नपर्ने’ ठान्छन्, टर्रो बोली गोकुलको पहिचान बनिसकेको छ। आफूले जीवनमा भोगेको दुःख गोकुल सायद बिर्सन चाहँदैनन्, त्यो किनभने त्यसले उनलाई इमानदारीका पक्षमा दृढतापूर्वक उभिन सहयोग गरिरहेको बुझ्न सकिन्छ।

तर, इमानदारीको पक्षमा दृढतापूर्वक उभिएको दाबी गर्ने गोकुल बाँस्कोटा यतिबेला भ्रष्टाचारको आरोपमा पदमुक्त भएका छन्। उनीमाथि भएको छानबिनले सत्यतथ्य पत्ता लगाउने विश्वास गरिएको छ।

यसरी आफ्नो जीवनकथाको केही अंश बताउँदै त्यस दिन गोकुलले भनेका थिए, ‘म धेरै दुःखबाट यहाँसम्म आइपुगेको हुँ। सङ्घर्ष र दुःखबाट आएको मजस्तो मान्छेका निम्ति अहिले प्राप्त उचाइ अकल्पनीय छ। त्यसैले म पैसा कमाउनेतिर लाग्दै लाग्दिनँ, एउटा इमानदार मानिस सिद्ध भएर सरकारबाट बाहिरिनेछु।’

तर, गोकुलले सोचेजस्तो परिणाम अहिले आएन। घटना राजनीतिक या अन्य जुनसुकै कारणबाट सिर्जना भएको भए पनि चितुवाबाट जोगिएका गोकुल यतिबेला मान्छेको भने सिकार बनेका छन्। घटना र विचार साप्ताहिकमा समाचार छ।

यती होल्डिङ्सका मालिकका कान्छा छोरा लागूऔषधसहित पक्राउ

व्यापारिक घरानिया यती होल्डिङ्सका तत्कालीन अध्यक्ष दिवंगत आङछिरिङ शेर्पाका कान्छा छोरा लागूऔषधसहित पक्राउ परेका छन् । गत माघ १८ गते आङछिरिङ छोरा नवांग पासाङ शेर्पा लागूऔषधसहित पक्राउ परेका हुन् । उनसँगै पक्राउ पर्नेमा राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नोफिन २ पिस, फेनगोजान ३९ पिस, सिरिन्ज १२ थान बरामद गरेको छ ।आङछिरिङका छोरा पक्राउ परेको घटनालाई प्रहरीले गोप्य राख्न खोजेको थियो ।

उनलाई स्वयम्भू प्रहरी वृत्तमा राखिएको छ । पक्राउ परेका शेर्पासहित चारजनाको मुद्दाको काठमाडौं जिल्ला अदालतमा बुधबार बयान लिइएको थियो । जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा बुधबार बयान सकिएको छ ।

प्रहरीले शेर्पा परिवारका सदस्य नवाङ पासाङ नियन्त्रणमा परेको विषयलाई करिब एक महिनासम्म गोप्य राखेको थियो ।

यसअघि पनि नवाङ पासाङ शेर्पालाई नक्कली पाइलट लाइसेन्स लिएको आरोप लागेको थियो ।

लागूऔषध दूव्र्यसनी भएको शेर्पा परिवारले थाहा पाएपछि नवाङ पासाङलाई भारतको पुर्नस्थापना केन्द्रका केहि समय राखिएको पनि बताइएको छ ।